बैतडी: नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल बैतडीको अध्यक्षमा यज्ञ भट्ट चयन भएका छन्। १० औँ जिल्ला अधिवेशनले भट्टको अध्यक्षतामा २५ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो। यस्तै, भुवन कार्की उपाध्यक्ष, कर्ण कुँवर सचिव, दानसिंह धामी कोषाध्यक्ष, वसन्ती भट्ट र वीरेन्द्र महरा सहसचिवका रूपमा चयन भएका छन्। भट्ट डिलासैनी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष समेत हुन्। उनी तत्कालीन समयमा एमालेमा बिद्रोह गरेर स्वतन्त्र रुपमा चुनाव लड्दै निर्वाचित भएका थिए। उनी त्यसबेला पुतली चुनाव चिन्हबाट चुनाव लडेकोमा अहिले भने एमालेमै फर्किएका हुन्। राष्ट्रिय युवा संघ बैतडीको अध्यक्षको जिम्मेवारी पाएपछि भट्टले संगठनले दिएको जिम्मेवारी इमान्दारीपूर्वक निभाउने प्रतिबद्धता जनाएका छन्।
Author: महेन्द्रनगर पोष्ट
धनगढी: सुदूरपश्चिम प्रदेशका स्थानीय तहका कर्मचारी फेरि आन्दोलनमा उत्रिएका छन्। स्थानीय सेवा ऐन जारी गर्नुपर्ने माग गर्दै प्रदेशभरका स्थानीय तहमका कार्यरत कर्मचारीले आन्दोलन थालेका हुन्। यसअघि पनि उनीहरुले सोही ऐन विधायन तथा प्रदेश मामिला समितिले पठाएको प्रतिवेदनअनुसार हुबहु पास गर्नुपर्ने भन्दै दुई सातासम्म आन्दोलन गरेका थिए। माग पूरा नभएपछि फेरि आन्दोलनमा उत्रिनुपरेको स्थानीय सेवा कर्मचारी प्रदेश संघर्ष समितिका संयोजक झलक दौल्यालले बताए। आन्दोलनका कार्यक्रमअन्तर्गत स्थानीय तहमा अत्यावश्यकबाहेकका सेवा बन्द गरेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा धर्ना दिन सुरु गरिएको दौल्यालले जानकारी दिए। संघर्ष समितिका उपसंयोजक समेत रहेका नेपाल निजामती कर्मचारी युनियनका प्रदेश प्रतिनिधि गम्भीर साउदले अन्य छ प्रदेशमा स्थानीय सेवा ऐन जारी…
काठमाडौं: दक्षिण एसियाका दुई आणविक शक्ति सम्पन्न छिमेकी भारत र पाकिस्तान विनाशकारी युद्धको सँघारबाट पछि हट्न तयार भएका छन्। शनिबार अमेरिकाको मध्यस्थतामा उनीहरू तत्काल लडाइँ रोकेर वार्तामा बस्न तयार भएका हुन्। त्यसको घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका हुन्। ट्रम्पलगत्तै अमेरिकी विदेशमन्त्री मार्को रुबियो पनि भारत र पाकिस्तान तत्काल युद्धविराम गरेर तटस्थ स्थानमा वार्तामा बस्न तयार भएको बताएका छन्। एक्समा रुबियोले लेखेका छन्, ‘भारत र पाकिस्तानका सारकार तुरुन्त युद्धविराम गरेर अनेकौँ विषयमा तटस्थ स्थानमा वार्ता सुरु गर्न सहमत भएका छन्।’ ‘शान्तिको मार्ग चुन्ने प्रधानमन्त्री मोदी र सरिफको बुद्धिमत्ता, विवेक र शासनकलाको सराहना गर्छौं,’ उनले थपेका छन्। सहमतिको पुष्टि पाकिस्तानी विदेशमन्त्री…
धनगढी: भारत–पाकिस्तानबीच उत्पन्न पछिल्लो युद्धको प्रभाव सीमावर्ती क्षेत्रहरूमा समेत प्रत्यक्ष देखिन थालेको छ। भारतसँग जाेडिएकाे कैलालीकाे गौरीफन्टा नाकामा चेकजाँचमा कडाइ गरिएकाे छ। सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको टोलीले गौरीफन्टामा आवतजावत गर्ने सबै नागरिकहरूमाथि कडाइका साथ निगरानी थालेको छ। सशस्त्र प्रहरी बलको प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगरका प्रमुख, सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रेमसिंह धामीले भारत जान चाहने नेपाली नागरिकले अनिवार्य रूपमा नागरिकताकाे प्रमाणपत्र तथा भारतीय आधार कार्ड अनिवार्य रूपमा देखाउनुपर्ने बताए। गृहमन्त्रालय एवं प्रधान कार्यालयको निर्देशन अनुसार धामी आफैंसमेत खटिएर कडाईका साथ कार्यान्वयन गराउन लागेका छन्। “सामान्य समयमा भन्दा अहिले चेकजाँच, गस्ती र पेट्रोलिङ व्यापक रूपमा बढाइएको छ,”…
काठमाडौं: नेपाल प्रहरीका सहायक निरीक्षक (असई) विरोध खतिवडाको मृत्यु भएको छ। सुनसरीको दुहबीमा पिकअप दुर्घटना हुँदा असई खतिवडाको मृत्यु भएको हो। त्यस्तै दुहबी नगरपालिका-३ स्थित फुटानी चौकमा दाउरा बोकेको पिकअप भ्यान दुर्घटना हुँदा २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। इटहरी-विराटनगर सडक खण्डमा उत्तर इटहरीबाट दक्षिण विराटनगरतर्फ जाँदै गरेको प्र२-०१-००१च ०२५१ नम्बरको दाउरा बोकेको पिक अप भ्यान आफैँ अनियन्त्रित भई सडकको बायाँ किनारमा रहेको फलामको रेलिङमा ठोक्किएर दुर्घटना भएको थियो। इलाका प्रहरी कार्यालय दुहबीबाट प्रहरी निरीक्षक सागर तिमिल्सिनाले दुर्घटनामा नेपाल प्रहरी नारायणहिटी सुरक्षा गारद गुल्म काठमाडौँ दरबन्दी भई जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत उदयपुर त्रियुगा नपा-८ राजाबासका…
धनगढी: नेपाल पत्रकार महासंघ कैलालीमा प्रहरीका घुमुवाहरुको बेथिति समेटेर उजुरी परेको छ। प्रहरीको कैलाली र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका कमान्डर अथात् प्रमुख फेरिलगत्तै उजुरी परेको हो। उसो त यस अगाडि पनि यस्ता उजुरी पर्दै आएका हुन्। हालै कैलालीमा एसपी बालनर सिंह राणा आएका छन् भने नयाँ डीआईजीको रुपमा डम्बर बिक आएका छन्। प्रहरीले अपराध अनुसन्धान र सूचना संकलनका लागि खटाइएका घुमुवा अथात् सादा पोशाकका प्रहरीविरुद्ध पर्ने उजुरीमा विभिन्न खालका आक्षेप लगाउँदै कारवाहीको माग गरिदै आएको देखिन्छ। हालै नेपाल पत्रकार महासंघ कैलालीमा तस्करी गराउने र गर्नेलाई कारवाही होस् भन्दै फेरि उजुरी परेको छ। राम सिंहको नामबाट पठाइएको उक्त पत्रमा सादा पोशाक…
दार्चुला: दार्चुलाको उत्तरी सिमानामास्थित टिंकर गाउँका स्थानीय छ महिनापछि गाउँ फर्किएका छन्। गत मङ्सिरमा चिसो छल्न गाउँ छोडेर खलङ्गा झरेका ७० परिवार पुनःगाउँ फर्किएका हुन्। गत मङ्सिरमा कठोर जाडो छल्न गाउँ छाडेका यहाँका स्थानीय वैशाख अन्तिम साता मात्रै पुनःफर्किएका छन्। ‘छ महिनापछि फर्कंदा आफ्नो घरको ढोका देवी–देवता भरोसामा जस्तोको तस्तै रहेछ’, स्थानीय जसपाल तिंकरीले भने, ‘भगवान् भरोसा छोडिएका घरका ताला खुलेका छन्।” छ दिनको यात्रापछि अहिले सबै स्थानीय गाउँपुगेपछि चहलपहल बढेको छ। टिंकर पुग्न नेपालकै भूमि भएर जान सकिने गोरेटो बाटो छैन। स्थानीय भारतको बाटो हुँदै कठिन यात्रा गरी गाउँ पुगेका छन्। वडा नम्बर १ का वडा सदस्य एवं टिंकरका…
धनगढी: बाजुरामा विस्फोटक पदार्थ पड्किँदा एक महिलाको मृत्यु भएको छ। शुक्रबार बिहान करिब साढे ७ बजे बुढीनन्दा नगरपालिका–७ सेरकाटियामा घाँस काट्न गएकी ५० वर्षीया काली जैशीको अज्ञात विस्फोटक पदार्थ पड्किँदा मृत्यु भएको प्रहरीले जनाएको छ। जैशी सुजारी पाताल सामुदायिक वनमा घाँस काटिरहेको अवस्थामा विस्फोटक पदार्थ पड्किदा गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि कोल्टी अस्पताल लगिएको थियो। तर, चिकित्सकले मृत घोषणा गरेका हुन्। विस्फोटको कारण खुल्न नसकेको र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
धनगढी: धनगढीमा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा एक जना नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको छ। शुक्रबार धनगढीस्थित नाष्ट कलेजमा कक्षा १२ को परीक्षा दिइरहेकी गोदावरी नगरपालिका–९ की १९ वर्षीया सिर्जना बोहरालाई प्रहरीले पक्राउ गरिएको जनाएको छ। उनले एलिजा शाहीको नाममा परीक्षा दिइरहेको पाइएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले जानकारी दिए। उनकाअनुसार बोहरालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।
काठमाडौं: नेपाली सेनाको सैनिक कल्याणकारी कोषबाट २ करोड २१ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोपमा दुईजना बहालवाला र दुईजना अवकाशप्राप्त सैनिक अधिकारीविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाइएको छ। सेनाका सहायक रथी (ब्रिगेडियर जनरल) रोशन खड्का र सेनानी (मेजर) बोधराज कार्कीलाई सैनिक हिरासतमा राखेर छानबिन भइरहेको सेनाले जनाएको छ। आन्तरिक छानबिन (कोर्ट अफ इन्क्वायरी) मार्फत हिनामिनामा संलग्नता देखिएपछि उनीहरूविरुद्ध कोर्ट मार्सलको प्रक्रिया अघि बढाइएको हो। उता, अवकाशप्राप्त जमदार आत्मराम थापा र सेनानी लक्ष्मण अधिकारीविरुद्ध जिल्ला प्रहरी परिसर, काठमाडौंको अनुसन्धानपछि आपराधिक विश्वासघात मुद्दा दायर गरिएको छ। थापा प्रहरी हिरासतमा छन् भने अधिकारी अमेरिका फरार रहेको खुलेको छ। २०७३ सालदेखि २०७५ सालसम्म सेनाको…