Author: महेन्द्रनगर पोष्ट

धनगढी: सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीबाट प्रहरीले ६ जना जुवाडेलाई पक्राउ गरेको छ। बिहीबार दिउँसो धनगढी धनगढी उपमहानगरपालिका–७ क्याम्पस चोकमा प्रेम जोशीले सञ्चालन गरेको नास्ता पसलको तेस्रो तलाबाट जुवातास खेलिरहेको अवस्थामा सञ्चालकसहितका ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय धनगढीको टोलीले उनीहरुलाई २३ हजार ३४० रुपैयाँसहित पक्राउ गरेको हो। उनीहरुलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यी हुन् जुवाडे प्रेम जोशीरुपक रोकायागङ्गादत्त भट्टऐन भण्डारीधर्म बिष्टकमल बिष्ट

Read More

काठमाडौं: सरकारले इजाजत प्राप्त गरेका व्यक्तिले पनि हातहतियार बोकेर सरकारी कार्यालय तथा सार्वजनिक स्थलमा हिड्न रोक लगाएको छ। गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै हातहतियार बोकेर सार्वजनिक स्थलमा हिड्न रोक लगाएको हो। संसद भवन, अदालत, सरकारी कार्यालय, अस्पताल, शैक्षिक संस्था, सार्वजनिक यातायात, हाटबजार तथा सपिङ मल, सिनेमा हललगायत सरकारी तथा सार्वजनिक स्थलमा इजाजतप्राप्त गरेको व्यक्तिले पनि हतियार बोकेर हिँड्न नपाउने गरी रोक लगाएको हो। इजाजत हतियार प्रयोगसम्बन्धी मापदण्ड बनाउँदै दर्ता हतियार घरबाहिर लिएर हिँड्न रोक लगाउने निर्णय भए अनुसार राजपत्रमा सूचना प्रकाशित भएको गृह मन्त्रालयका सचिव गोकर्णमणी दुवाडीले जानकारी दिए।

Read More

धनगढी: कञ्चनपुरमा एक जना मृत अवस्थामा भेटिएका छन्। बेदकोट नगरपालिका वडा नम्बर ३ भम्कास्थित भित्रि सडक खण्डको छेउमा डडेलधुराको आलीताल गाउँपालिका वडा नम्बर ७ घर भएका ४१ वर्षीय जोगी महरा मृत भेटिएको प्रहरीले जनाएको छ। उनी बेदकोट नगरपालिकामा बसोबास गर्दै आएका थिए। घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं: संविधान दिवसको अवसरमा हिजाे (बिहीवार) दरबारमार्गमा आयोजित कन्सर्टमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका समर्थनमा नारा लगाउने व्यक्ति ज्यान मार्ने उद्योगका फरार अभियुक्त रहेकाे खुलेकाे छ। नाराबाजी गर्ने बझाङ मष्ट गाउँपालिकाका तिलक खड्कालाई काठमाडौं प्रहरी परिसरले पक्राउ गरेकाे थियाे। उनले बालेन शाहको पक्षमा नारा लगाउँदै अरुलाई धकेलाधकेल गरेकाे र सहभागीलाई धम्क्याएकाे  भन्दै प्रहरीले पक्राउ गरेको थियो। तर, पक्राउ परेपछि उनी ज्यान मार्ने उद्योगका फरार अभियुक्त रहेकाे खुलेकाे परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले बताए। उनी एक वर्षअघि दरबारमार्गमै भएको एक घटनाको फरार अभियुक्त भएकाे अधिकारीले बताए।  खड्का अपराधमा संलग्न रहेको दुई वटा मुद्दा रहेकाेमा एउटा मुद्दाका लागि आज अदालत पठाउने एसपी अधिकारीले जानकारी…

Read More

काठमाडौं: नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष समिक बडाल न्यूयोर्क उडेका छन्। उनी उता उडेपछि अहिले संगठनको कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष गोविन्द गिरीले पाएका छन्। अध्यक्ष समिक बडाल संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा हुने सम्मिट अफ द फ्युचर एक्सन डे कार्यक्रममा सहभागी हुन गएपछि गिरीले कावा जिम्मेवारी पाएका हुन्। विधानको धारा ११ (२) को ख अनुसार कार्यसम्पादनका लागि संगठनको विधानको धारा ३१ (ज) बमोजिम असोज २ गतेबाट लागू हुने गरी जिम्मेवारी दिइएको बडालले जनाएका छन्। अध्यक्ष बडाल नफकिँदासम्म गिरीले कार्यवाहक जिम्मेवारी सम्हाल्नेछन्।

Read More

धनगढी: नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका विद्यार्थी नेता अचेत अवस्थामा फेला परेका छन्। बैतडीबाट धनगढी आएका विद्यार्थी नेता अचेत भेटिएका हुन्। उनी अखिल क्रान्तिकारी सुदूरपश्चिमको दोस्रो प्रदेश सम्मेलनमा आएका थिए। प्रदेश सम्मेलनमा प्रतिनिधिका रुपमा आएका बैतडीको पुर्चौडी नगरपालिकाका गणेश बम बिहीबार धनगढीस्थित रातो पुलमुनी बेहोस अवस्थामा भेटिएका थिए। त्यसपछि कैलाली प्रहरीले अखिल क्रान्तिकारी बैतडीका पूर्व अध्यक्ष समेत रहेका उनलाई उपचारका लागि अस्पतालमा लगिएको थियो। प्रहरीले बमलाई बेहोस अवस्थामा फेला पारेर उपचारका लागि निसर्ग अस्पताल धनगढीमा भर्ना गरेको छ। अहिले पनि उनी अचेत नै रहेको प्रहरीले जनाएको छ। प्रहरीकाअनुसार क्रान्तिकारीको प्रदेश सम्मेलन सकिएपछि बम अन्य दुई जना नेतासँग बुधबार राति…

Read More

धनगढी: कैलालीको घोडाघोडी नगरपालिका–४ का २२ वर्षीय दिपक बिककाे उनकै बहिनी नाता पर्ने १४ वर्षीया किशोरीसँग माया बस्याे। दाजुबहिनीबीचको प्रेम सम्बन्धबारे परिवारले २०८० को फागुनमा थाहा पाए। त्यो बेला किशोरीको पेटमा ३ महिनाको गर्भ थियो। दाजुबहिनीको अनुचित सम्बन्धलाई लिएर उनीहरुको परिवारमा तनाव सिर्जना भएको थियो। परिवारले आफूहरुलाई छुट्याउन थालेको थाहा पाएपछि उनीहरु भागेर भारत जान्छन्। केही समय उतै बसेपछि परिवारका सदस्यहरुले उनीहरुलाई बिहे गरिदिने भन्दै फकाएर नेपाल ल्याउँछन्। त्यसपछि मुद्दा उनीहरू नेपाल पुगेपछि परिवार भने आफ्नो बाचाबाट पछाडी हट्छ। दिपकविरुद्ध किशाेरीलाई बलात्कार गरेको र हाडनाता करणीको आरोपमा ईप्रका सुखडमा मुद्दा दर्ता गरिन्छ। भने, किशाेरीकाे गर्भपतन गराइन्छ। त्यसपछि पक्राउ परेका दिपक दिपकलाई …

Read More

काठमाडौं: आज बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमान सिंह राउतसहित राजदूतमा सिफारिस भएका सेवा लम्साल र चित्रलेखा यादवविरुद्ध १० दिनको समय दिएर उजुरी आह्वान गर्ने निर्णय गरेको हो। संवैधानिक परिषद्ले भदौ ३१ मा नेपालको प्रधानन्यायाधीशमा राउतलाई सिफारिस गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद्का फरक-फरक बैठकले यादवलाई अस्ट्रेलिया र लम्साललाई बेल्जियमका लागि राजदूत सिफारिस गरेको थियो। यादव कांग्रेसकी नेता तथा पूर्वउपसभामुख हुन् भने लम्साल परराष्ट्र मन्त्रालयकी सचिव हुन्।

Read More

काठमाडौं: दरबारमार्गमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)का समर्थकमाथि कुटपिट भएको छ। दरबारमार्गमा सुरु भएको ‘नेशनल डे कन्सर्ट’मा मेयर बालेनको पक्षमा नारा लगाएपछि युवाहरुको समूहले कुटपिट गरेको हो। ती युवकलाई करिव पाँच जना युवाको समुहले कुटपिट गरेका थिए। कुटपिट गर्ने व्यक्तिहरूको पहिचान खुलेको छैन। संविधान दिवसको अवसरमा नागरिकस्तरबाट भएको भनिएको कन्सर्टमा ठुलो संख्यामा युवाहरु राष्ट्रिय झण्डासहित भेला भएका छन्।

Read More

काठमाडौं: संविधान दिवसको अवसरमा अहिले दरबारमार्गस्थित नारायणहिटी गेटमा ‘नेशनल डे कन्सर्ट’ सुरु हुँदैछ। त्यहाँ लफडा हुने देखिएपछि सुरक्षाका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।  कन्सर्टमा सहभागी हुने विशिष्ट व्यक्ति, कलाकार र सर्वसाधारणको सुरक्षा प्रबन्ध मिलाउन नेपाल प्रहरी र सशस्त्रका करिब चार हजार फौज सडकमा तैनाथ गरिएको छ। काठमाडौँ प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले सादा पोशाकका सुरक्षाकर्मी पनि खटाइएको जानकारी दिए।  संविधानविरोधी शक्तिहरु कन्सर्ट बिथोल्ने योजनामा रहेको सुईंको पाएपछि प्रहरीले हिजैदेखि सो क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाएको बताइन्छ। अपरान्ह ४ बजेबाट शुरु हुने कन्सर्टमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित उच्च पदस्थहरु सहभागी हुँदैछन्। कन्सर्टमा गायक प्रमोद खरेल, सुगम पोखरेल, कुन्ति मोक्तान,…

Read More