ताप्लेजुङ– स्थानीय तहको निर्वाचनमा ताप्लेजुङमा दश जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । हिमाली बस्ती फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका वडाध्यक्षसहित पाँच जना निर्विरोध निर्वाचित भएका हुन् । पछिल्लो समय निर्विरोध हुनेमा एक महिला सदस्य र चार दलित महिला सदस्यसहित दश जना रहेको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ । नेपाली काँग्रेसबाट तीन जना उम्मेदवार, कम्युनिष्ट पार्टी एमालेबाट एक जना र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट एक जना उम्मेदवार निर्विरोध निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ । त्यस्तै ओलाङचुङगोलामा भने वडाध्यक्षसहित पाँच स्वतन्त्र उम्मेदवार निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । फुङ्लिङ नगरपालिका–५ मा एमालेबाट उम्मेदवारी दिएकी महिला सदस्य गङ्गा दर्नाल…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं- हाल नेपालमा स्थानीय र पश्चिमी वायुको प्रभावले मौसम बदली भइरहेको छ । सोमबार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा सामान्य बदली रही कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, मधेस प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू र बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
काठमाडौं- नेपाल जिम्बाब्वे ‘ए’ सँगको पहिलो टी–२० अभ्यास खेलमा ६ विकेटले पराजित भएको छ । नेपालले दिएको एक सय ८२ रनको लक्ष्य जिम्बाब्वेले चार विकेट गुमाएर १८ ओभर ५ बलमा भेटायो । जिम्बाब्वेका लागि तादिवान्से मरूमनीले ५६, टोनी मुनयोङ्गाले ५० र इनोसेन्ट कायाले ४७ रन बनाए । बलिङतर्फ नेपालका बसिर अहमदले दुई विकेट लिए । यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ८१ रन बनायो । नेपालका लागि मोहम्मद अदिल आलमले नटआउट ४७ रन बनाए । यस्तै कुशल भुर्तेल ४६, रोहित पौडेल ३६ र दीपेन्द्रसिंह ऐरी २८ रनमा आउट…
कञ्चनपुर- कञ्चनपुरमा एक जना मृत फेला परेका छन् । जिल्लाको वेदकोट नगरपालिका– ३ मा स्थित वेदकोट ताल नजिकै पुरुष मृत भेटिएका हुन् । पहिचान नखुलेका अन्दाजी ४०–५० वर्षका पुरुषको शरीरमा चोटपटक लागेको कञ्चनपुर प्रहरीले जनाएको छ । साथै उनीसंगै तोडफोड गरिएको अवस्थामा मोटरसाइकल पनि भेटिएको छ । घटनाको प्रकृति हेरेर हत्या भएको अनुमान प्रहरीले गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
कैलाली आसन्न स्थानीय तह निर्वाचनका लागि मत माग्न घरदैलो पुगिरहेका उम्मेदवारसँग मतदाताले विगतका चुनावका बेला दिइएको अश्वासन किन पूरा नगरेको भनी तिखो प्रश्न गर्न थालेका छन्। शनिबार धनगढी उपमहानगरपालिका—१३ मा पुगेका उम्मेदवारसँग स्थानीय मतादाताले चुनावका बेला ठूलाठूला अश्वासन दिने, तर चुनाव जितेर गएपछि नफर्किने भन्दै गुनासो पोखेका थिए। उम्मेदवारले मत माग्दै गर्दा स्थानीयवासी डबल सिंहले असन्तुष्टि पोख्दै भने, ‘‘तपाईहरुलाई किन र केका लागि भोट दिने, के काम गर्नुभएको छ र ?’’ उनको प्रश्नपछि पार्टीका कार्यकर्ता अलमलिएका थिए । सोही वडाका देवराज पाण्डेयले आफूहरुको बसोबास रहेको हिमाली टोलको सडकको स्तरोन्नति गरिदिन बारम्बार अनुरोध गरिए पनि कसैबाट सुनुवाइ नभएको गुनासो गरे। उनले…
काठमाडौं- नेपाल प्रहरी र सशस्त्र प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी)ले सोमबार विहान दर्ज्यानी चिन्ह लगाउन भएका छन् । नवनियुक्त दुबै आईजीपीले सिंहदरबास्थित गृह मन्त्रालयमा भोलि विहान ८ः४५ बजे गृहसचिव टेकनारायण पाण्डेबाट दर्ज्यानी चिन्ह लगाउने कार्यक्रम तय भएको मन्त्रालयले जनाएको छ। मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले नेपाल प्रहरीको महानिरीक्षकमा एआईजी धीरजप्रताप सिंह र सशस्त्र प्रहरी महानिरीक्षकमा एआईजी राजु अर्याललाई नियुक्त गरेको थियो । गृहमन्त्री खाणले ३० वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा गएका प्रहरीका आईजीपी शैलेश थापा क्षेत्री र सशस्त्र आईजीपी पुष्पराम केसीलाई आइतबार नै मन्त्रालयमा बिदाइ गरिसकेका छन् ।
दार्चुला- दार्चुलाको किम्तडी भिरबाट लडेर बिचमा चौरीगाईलाई सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको छ । झण्डै १० दिन पहिले लडेको भिरमा फसेको चौरीगाईलाई सशस्त्र प्रहरीको विपद उद्धार टोलीले आइतबार मात्रै उद्धार गरेको हो । गाई धनीले घट्नाबारे सशस्त्र प्रहरीलाई आइतबार मात्रै खबर गरेकाले ढिलोगरि चौरीगाईको उद्धार भएको ४४ नम्बर गण हेडक्वाटर दार्चुलाले जनाएको छ । सशस्त्र प्रहरी सहायक निरीक्षक केशवदत्त भट्टको नेतृत्वमा खटिएको १३ जना सशस्त्र प्रहरीको टोलीले डोरीको सहायताले गाईको उद्धार गरेको सूचना अधिकारी एवम् सशस्त्र प्रहरी नायव उपरीक्षक जगत डागाले जानकारी दिए । उनका अनुसार चौरीगाई सौका समुदायका मानिस हो । महाकाली नगरपालिका–५ मा रहेको किम्तडी वनमा सौका समुदायका मानिसहरू…
डडेल्धुरा- आसन्न वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि डडेल्धुरामा नमूना मतदान गरिएको छ । आइतबार जिल्ला निर्वाचन कार्यालय डडेल्धुराको आयोजनामा जिल्ला सदरमुकाम बसपार्कमा नमूना मतदान गरिएको हो । स्थानीय तहको निर्वाचनमा सात छाप लगाउनु पर्ने भनेर सिकाइएको निर्वाचन अधिकारी करुणाकर अवस्थीले जानकारी दिए । निर्वाचनमा बदर मत कम गर्नकै लागि सबैलाई जानकारी दिन नमुना मतदान गरिएको उनले बताए । दुई नगरपालिका र पाँच गाउँपालिका गरी सातवटा स्थानीय तह रहेको डडेल्धुरामा कूल ९० हजार १ सय १९ मतदाता छन् । ४४ हजार ६ सय ६४ पुरुष र ४५ हजार ४ सय ५५ जना महिला मतदाता छन् । मतदाताको संख्याअनुसार…
ललित सामन्त दार्चुला- दार्चुलामा गठबन्धन एकढिक्का भए नेकपा एमालेलाई साख जोगाउन कठिन हुने देखिएको छ । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले जिल्लाका ९ वटै स्थानीय तहमा वडा तहसम्मै गठबन्धन गरेका छन् । ०७४ सालको स्थानीय तह निर्वाचनमा तीन स्थानीय तह जितेको एमालेको लागि यो पटक पूरानै शाख जोगाउन कठिन देखिएकोछ । गठबन्धनका कारण कतिपय स्थानमा नेता कार्यकर्ता रुष्ट देखिएका छन् । रुष्ट कार्यकर्ताको भोट तान्न सकेमात्रै एमालेलाई लाभ हुने विश्लेकहरु बताउँछन् । पहिलो स्थानीय तह निर्वाचनमा एमालेले अपिहिमाल गाउँपालिका, नौगाड गाउँपालिका, लेकम गाउँपालिका जितेको थियो । माओवादी केन्द्रले मार्मा गाउँपालिका जितेको हो भने काग्रेसले महाकाली नगरपालिका, शैल्यशिखर…
डडेल्धुरा- डडेल्धुरामा आगलागी नियन्त्रण सम्बन्धी जनचेतना मुलक डेमो प्रदर्शन गरिएको छ। जिल्ला विपद् व्यवस्थापन समिति डडेल्धुराको आयोजनामा नेपाली सेना रणबम गण, दह ब्यारेकले आइतबार जिल्ला सदरमुकाम बागबजारस्थित बस पार्कमा डेमो प्रदर्शन गरिएको हो । डडेल्धुरा सदरमुकाममा वर्षेनि आगलागीका घटना घट्ने गर्दछन् । डेमो रिहर्सलमा प्रारम्भिक उद्दार कसरी गर्ने ? घटनाको चारकिल्ला कसरी सुरक्षित राख्ने, विपद्का बेला स्थानीयसँग कसरी समन्वय गर्ने ? भन्ने कुराको डेमो गरिएको थियो । त्यसैगरी घाइतेलाई कसरी प्राथमिक उपचार गर्ने ?, पीडितको पुर्नस्थापना कसरी गराउने ?, गम्भीर घाइतेलाई अस्पतालसम्म कसरी लैजाने ? लगायतका विषय डेमोमा प्रदर्शन गरिएको थियो । आगो नियन्त्रण सम्बन्धी डेमोमार्फत जनचेतनामुलक कार्यक्रम गरिएको प्रमुख…