Author: महेन्द्रनगर पोष्ट

धनगढी : नेपाल सशस्त्र प्रहरी विद्यालय झलारीका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक (एसपी) प्रेमबहादुर रावल सम्मानित भएका छन्। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अधिकारीले एसपी रावललाई कदर पत्र र खादा लगाएर सम्मान गरेका हुन्। आईतबार कर्मचारी मिलन केन्द्रले आयोजना गरेको एक कार्यक्रममा उनलाई जिल्लाकै लागि उच्च र प्रशंसनीय काम गरेको उच्च मुल्याङकन गर्दै सम्मानित गरेको हो। रावलले एक वर्ष शैलेश्वरी गणमा नियुक्त रहि विपद् व्यवस्थापन, सिमा स्तम्भ रङरोगन तथा मर्मत सम्भार लगाएतका कार्यमा विषेश योगदान पुर्याएका थिए।

Read More

काठमाडौं : नेपाल बंगबन्धु कप अन्तर्राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । बंगलादेशको ढाकामा आइतबार सम्पन्न निकै रोमाञ्चक दोस्रो सेमिफाइनलमा नेपालले केन्याविरुद्ध अतिरिक्त पाँच रेडमा ९-५ को जित निकाल्यो । निर्धारित समयमा दुवै टोलीको ५०-५० अंक भएपछि खेलको निर्णय अतिरिक्त पाँच रेडबाट लिइएको हो । नेपालले पहिलो पटक फइनलमा स्थान बनायो । नेपालले उपाधिका लागि घरेलु टोली बंगलादेशको सामना गर्नेछ ।

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सभा बैठकमा आइतवार आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा अधिकांश पुरानै कार्यक्रमलाई समेटिएको छ। प्रदेश गौरवका सडक योजनालाई निरन्तरता दिनेदेखि क्रममागत अन्य पूर्वाधार विकास योजनालाई तीव्र रुपमा अघि बढाउने विषयमा नीति तथा कार्यक्रममा समावेश गरिएको हो। शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार लगायत क्षेत्रको विकासका लागि प्रदेश सरकारले देखिने गरी काम गर्ने विषय नीति तथा कार्यक्रममा राखिएको छ। त्यस्तै सुदूरपश्चिम प्रदेश राजधानी निर्माण प्रक्रिया अगाडि बढाइने विषय पनि नीति तथा कार्यक्रमा समावेश गरिएको…

Read More

काठमाडौं : भारतको मुम्बईबाट आज काठमाडौं आएका एक जना हवाई यात्रुले लगाएको ट्राउजर (पाइजामा) भित्र आधा किलोग्रामभन्दा बढी सुन फेला परेको छ । इण्डिगो एअरको उडान नम्बर ६ इ ११५७ मा दिउँसो २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका गुल्सन पाण्डेले पाइजामाको भित्री भागमा लेपन गरिएको ५९८ ग्राम सुन फेला परेको बताइएको छ ।  विमानस्थलको अध्यागमन कार्यालयमा भारतीय मतदाता कार्ड नम्बर आरआइएन ३२२२४७ देखाएका उनले पाइजामाको भित्री भागमा सुनको लेप लगाएको पाइएको हो । विमानस्थलबाट बाहिर निस्कने क्रममा उनलाई प्रहरीले सुनसहित फेला पारेको हो ।  आवश्यक अनुसन्धान र कारबाहीको निम्ति पाण्डेलाई प्रहरी वृत्त गौशालामा राखिएको छ ।

Read More

धनगढीः सुदूरपश्चिम प्रदेश सरकार मातहतका निकायले आवश्यक प्रमाणपत्र र कागजपत्र पेस नगरेरै रकम भुक्तानिको काम हुँदै आएको छ। महालेखा परीक्षकको कार्यालयले हालै मात्र सार्वजनिक गरेको आर्थिक वर्ष २०७९र८० को वार्षिक लेखापरीक्षण प्रतिवेदनमा प्रमाण र कागजात पेस नगरेरै राज्यकोषको रकम पचाउने काम भएको उल्लेख छ। प्रदेश सरकार मातहतका मन्त्रालय र विभिन्न कार्यालयको गरेर २७ करोड ६६ लाख ५१ हजार रुपैयाँ बेरुजू देखिएको छ। सोमध्ये असुल गर्नुपर्ने तीन करोड ४६ लाख ८२ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने ६ करोड ३२ लाख ६८ हजार, नियमित गर्नुपर्ने तीन करोड ८१ लाख ३२ हजार र पेश्की बाँकी १४ करोड ५ लाख ६९ हजार बेरुजू देखिएको…

Read More

धनगढी : भारतको बैग्लुरमा खाना पकाउने ग्याँस लिक हुँदा जलेर घाइते भएकी बझाङकी प्रेमजला बोहराको मृत्यु भएको छ। कर्नाटक राज्यको एहलंका भन्ने ठाउँमा भएको उक्त दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ। दुर्घटनामा बझाङको जयपृथ्वी नगरपालिकाका–११, सुइलका एकै परिवारका पाँच जना जलेर घाइते भएका थिए। ३० वर्षीया प्रेमजलाको शनिवार साँझ मृत्यू भएको हो। यसअघि उनका आठ वर्षीया छोरी अनिता र चार वर्षका छोरा प्रशान्तको सोही दुर्घटनामा परी मृत्यु भएको थियो। मृतक प्रेमजलाका श्रीमान मदन र जेठी छोरी निरुताको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। गत बुधवार राति ११ बजेतिर सबै परिवार कोठामै भएको बेला खाना पकाउने क्रममा एक्कासी ग्याँस बिस्फोट भएको…

Read More

काठमाडौँ : ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा स्वयंसेवक खटाउने गृहमन्त्री रवि लामिछानेको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा भएको प्रारम्भिक सुनुवाइपछि कारण देखाऊसहित अन्तरिम आदेश जारी भएको हो। सर्वोच्चमा कृष्ण विकसहितले गृहमन्त्रीको निर्णयविरुद्ध रिट दायर गरेका थिए। गत जेठ १५ गते उपप्रधानमन्त्री समेत रहेका लामिछानेले सडकमा ट्राफिक नियम उल्लघंन गर्नेलाई स्वयंसेवकको रुपमा खटाउन मातहतका निकायलाई निर्देशन दिएका थिए। उक्त कार्य तत्काल बन्द गर्न अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा रिट दर्ता भएको थियो। रिटमा सामान्य गल्तीमा समेत सडकमा उभ्याई बलपूर्वक सवारी नियमनको काममा लगाउँदा समग्र चालकहरूको हक हितमा गम्भीर असर परेको दाबी…

Read More

काठमाडौं : भारतीय सुपरस्टार रजनीकान्त हरेक वर्ष १५ दिने आध्यात्मिक यात्राको लागि हिमालयको यात्रामा निस्कन्छन् । यतिबेला उनी नेपाल सीमावर्ती उत्तराखण्डमा छन् । उनले केही दिनअघि बद्रीनाथ र केदारनाथ दर्शन गरे । सामाजिक सञ्जाल प्लाटफर्ममा उत्तराखण्ड प्रहरीको आधिकारिक एकाउन्टबाट रजनीकान्तको तस्वीर सेयर गरिएको थियो । जसमा एक पुलिस अफिसरले रजनीकान्तलाई भेटेका छन् । उनले अभिनेतालाई केदारनाथ धामको स्मृति चिन्ह पनि उपहार दिएका छन् । सेयर गरिएको पोस्टमा भनिएको छ( ‘बद्रीनाथको दर्शन गरेपछि रजनीकान्त आनन्दित महसुस गर्दै हुनुहुन्छ ।’ रजनीकान्त हरेक वर्ष १५ दिने आध्यात्मिक यात्रामा जान्छन् । भारतीय न्युज एजेन्सी एएनआईलाई दिएको अन्तर्वार्तामा उनले भनेका छन्, ‘यस्तो पवित्र यात्राले मेरो…

Read More

काठमाडौंः बंगलादेशका सांसद अनवारुल अजिम अनारको हत्याका मुख्य आरोपी नेपालबाट पक्राउ परेपछि ढाका महानगरीय प्रहरीको जासूसी शाखा (डिबी)को टोली नेपाल आएको छ। काठमाडौंमा हत्याका आरोपी सियाम हुसेन पक्राउ परेको खबरपछि को ४ सदस्यीय डीबीको टिम शनिबार नै नेपाल आएको बुझिएको छ। नेपाल आउनुअघि हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै डीबीका चिफ हारुनोर रशिदले अन्य आरोपी पनि नेपालमै लुकेको हुनसक्ने आशंका भएपछि अनुसन्धान गर्न टोली जान लागेको बताएका थिए। उनले नेपालको रुट प्रयोग गरेर आरोपीहरु अन्य देश भाग्न सक्ने आशंका व्यक्त गरेका थिए। उपचारका लागि मे १२ मा भारत पुगेका सांसद अनार भोलिपल्टदेखि नै सम्पर्कविहीन बनेका थिए। मे २२ मा…

Read More

काठमाडौं: सुदूरपश्चिमका क्यासिनो सञ्चालक सुरेन्द्रबहादुर सिंहविरुद्धको मुद्दामा फैसला गर्ने ३ न्यायाधीशविरुद्ध उजुरी परेको छ। क्यासिनो किनबेचको फर्जी कारोबारसम्बन्धी विशेष अदालतको उक्त फैसलाविरुद्ध न्यायपरिषद्मा उजुरी परेको हो। फर्जी कारोबारलाई मान्यता दिँदै विशेषले सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ दिएको भन्दै न्यायपरिषद्मा तीन न्यायाधीशविरुद्ध उजुरी परेको जनाइएको छ। जसमा महेन्द्रनगरस्थित डायमण्ड र काठमाडौंको रोयल क्यासिनोका सञ्चालक सुरेन्द्रबहादुर सिंहविरुद्ध २७ करोड ६७ लाख बिगो कायम गरी दायर भएको मुद्दामा विशेष अदालतले सफाइ दिएको हो। पर्याप्त प्रमाण हुँदाहुँदै दूषित मनसायले फैसला गरेको भन्दै छानबिनको माग गरी भेषराज लुइँटेलले उजुरी गरेका हुन्। गत १३ वैशाखमा विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले…

Read More