धनगढी: अछाममा कार्यरत एक प्रहरी कर्मचारीले राजीनामा दिएका छन्। मदिराकाण्डले विवाद आएपछि प्रहरी सहायक निरीक्षक (असई) महेश सिंह धामीले राजीनामा बुझाएका हुन्। यस अगाडि उनीमाथि आचरण विपरित काम गरेको भन्दै छानबिन पनि भएको थियो। त्यसपछि विवादमा तानिएका असई धामीले राजीनामा बुझाएका हुन्। जिल्लाको तुर्माखाद गाउँपालिका–१ रहफस्थित प्रहरी चौकीको इन्चार्ज रहेका बेला कुटाइ खाएपछि उनी विवादमा तानिएका थिए। गत कार्तिक १४ गते राति मदिरा सेवन गरेर एक्लै गाउँ पुगेका उनीमाथि देउसी भैलो टिमले कुटपिट गरेको थियो। उनको राजीनामा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट केही दिन अघि स्वीकृत भइसकेको बुझिएको छ।
Author: महेन्द्रनगर पोष्ट
धनगढी: जिल्ला समन्वय समिति,कैलालीको प्रमुखमा नेपाली काँग्रेसकी टिकाकुमारी चौधरी भुल निर्विरोध निर्वाचित भएकी छन्। नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट उम्मेदवार बनेकी रुपमति डङ्गोरा थारुले उम्मेदवारी फिर्ता लिनासाथ उनी निर्विरोध निर्वाचित भएकी हुन्। नाउपाका नेता लक्ष्मण किशोर चौधरी, टीकापुर नगरपालिकाका मेयर रामलाल डङ्गौरा थारु,काँग्रेस कैलाली जिल्ला सभापति नारायणदत्त भट्टलगायतको उपस्थितिमा रुपमतिले उम्मेदवारी फिर्ता लिएको काँग्रेस जिल्ला सचिव केशव मिश्रले बताए। ‘उनले उम्मेदवारी फिर्ता लिएसँगै टिकाकुमारी जिसस प्रमुखमा निर्विरोध निर्वाचित भइन्’,उनले भने। टिकाकुमारी काँग्रेसबाट कैलारी गाउँपालिका र रुपमति नाउपाबाट टीकापुर नगरपालिकाको वडासदस्य हुन्।
धनगढी: धनगढीमा ६ ग्राम ३१ मिलिग्राम लागु औषध (खैरो हेरोईन) सहित १ जना पक्राउ परेका छन्। आज बुधबार धनगढी उप-महानगरपालिका वडा नं. ०३ त्रिनगर ब्यारेल नजिक वडा प्रहरी कार्यालय धनगढीबाट इन्सपेक्टर योगेश खत्रीको कमाण्डमा खटिगएको प्रहरी टोलीले उनलाई समातेको हो। प्रहरीका अनुसार समातिनेमा जिल्ला डोटी दिपायल सिलगढी नगरपालिका वडा नं. ०६ घर भई हाल धनगढी उप-महानगरपालिका वडा नं. ०१ त्रिवेणी चोक कोठा गरी बस्ने वर्ष १८ को अनुरोध श्रेष्ठ रहेका छन्। उनलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ६०१ मिलिग्राम लागु औषध (खैरो हेरोईन) फेलापारी बरामद गरिएको प्रहरीले जनाएको छ। उनले सो ड्र्ग्स साबुनभित्र लुकाई-छिपाई राखेको प्रहरीको भनाई छ। अहिले…
धनगढीः कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका–१ डोडापुलस्थित सडकमा से ३ प ७६७३ नम्बरको मोटरसाइइकल मंगलवार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका–३ जुरपानी बस्ने २४ वर्षीय अनिल चौधरीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पताल सुख्खडमा उपचारको क्रममा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। साथै मोटरसाइकल चालक घोडाघोडी नगरपालिका–४ का ३५ वर्षीय रोहीत चौधरी घाईते भएका छन्। रोहीतलाई थप उपचारको लागि निसर्ग अस्पताल धनगढी रिफर गरिएको प्रहरीले जानकारी दिएको छ।
काठमाडौं: बझाङ घर भएर काठमाडौं बस्दै आएकी एक महिला पक्राउ परेकी छन्। एमालेका केन्द्रीय सदस्य तथा बझाङका युवा नेता ऐन महरको जाहेरीले बझाङ घर भएकी रश्मिलाकुमारी धामी पक्राउ परेकी हुन्। उनलाई उच्च अदालत पाटन बाहिरबाट बुधबार प्रहरीले पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले बताए। उनका अनुसार काठमाडौं प्रहरी परिसरको खोजी सूचीमा रहेकी धामीलाई आज समातिएको हो। उनले प्रहरीलाई देख्नासाथ अदालत परिसरमै विष सेवन गरेकी थिइन्। यसपछि प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार बुधबार पाटनस्थित उच्च अदालत परिसरबाट उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीसँग उनको भेट भएको थियो। प्रहरीलाई देखेपछि उनले आत्तिएर विषादीजन्य वस्तु सेवन गरेको र…
काठमाडौं: बझाङ स्थायी घर भएर काठमाडौं बस्दै आएकी रश्मिला कुमारी धामीले आत्मदाहको प्रयास गरेकी छन्। धामीले उच्च अदालत पाटन परिसरमा आत्मदाह प्रयास गरेकी हुन्। उनले आफू एमाले केन्द्रीय सदस्य तथा अखिलका पूर्व अध्यक्ष ऐन महरद्वारा पीडित भएकाले आत्मदाह प्रयास गरेको जनाएकी छन्। महर पनि बझाङका विवाहित नेता हुन्, भने धामी पनि डिभोर्सी महिला हुन्। केही समय अगाडिदेखि उनीहरुको गोप्य सम्बन्ध संजालमा चर्चामा आएकोमा सो विषय अहिले प्रहरीदेखि अदालतसम्मै पुगेको बताइन्छ। महरले लामो समयसम्म आफूलाई बिहे गर्छु भनी यौन शोषण गर्दै आएको भन्दै धामी पाटन अदालत धाइरहेकी छन्। उनको मुद्दामा सुनुवाई नभएको अवस्थामै महरले पनि बार्गेनिङ गरेको र साइबर अपराधमा धामीविरुद्ध…
धनगढी: कञ्चनपुरमा भरुवा बन्दुकसहित २ जना पक्राउ परेका छन्। भीमदत्त नगरपालिका–९ टुडिखेल बस्ने ५३ वर्षीय गगन तरामी र ५५ वर्षीय प्रेमबहादुर धामी पक्राउ परेका हुन्। दुबै जनालाई २ नाल भरूवा बन्दुक, २ प्याकेट बारुद, बन्दुकको सिसा ३८ टुक्रा, फलाम २७ टुक्रा, बन्दुकको क्याप १२ वटा र खुकुरी २ थानसहित फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। इलाका प्रहरी कार्यालय ब्रहमदेव र सशस्त्र प्रहरी बल बिओपी खल्लाबाट खटिएको संयुक्त गस्ति टोलीले भीमदत्त नगरपालिका–९ कालीगाडा खोलाबाट दुबै जनालाई पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
धनगढी: डेंगु संक्रमणबाट डडेल्धुराका एकजनाको मृत्यु भएको छ। अजयमेरू गाउँपालिका –१ का कोटेलीका आन्दाजी ५२ वर्षीय राम सिंह खडकाको संक्रमबाट मृत्यु भएको हो। रोजगारीको शिलशिलामा भारतको बेङ्गोर भएका बेला उनलाई डेंगु संक्रमण भएको पारिवारिक स्रोतले बताएको छ। त्यहाँबाट उपचारका लागि कैलालीको सेती प्रादेशिक अस्पताल ल्याइएका उनको उपचारकै क्रममा मृत्यु भएको बताइएको छ। उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उनका २ सन्तान रहेका छन्।
धनगढी: डडेलधुरामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। हिजो मंगलबार पर्शुराम नगरपालिका ९ नौलास्थित दैजि जोगबुढा सडक खण्डमा पर्शुराम यातायातको लु १ ज ४५७९ नम्बरको बोलेरो जिप दुर्घटना भएको हो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार जिप अनियन्त्रित भई सडकबाट अन्दाजी १०० मिटर तल खसेको थियो। सो जिप दुर्घटना हुँदा जिपमा सवार चालक सहित १४ जना मध्ये पर्शुराम नगरपालिका ११ सलेता बस्ने वर्ष ४० की मोतिदेवी सार्की र आलिताल गाउँपालिका ७ थली बस्ने वर्ष ३८ की धना देवी बुढाको घटनास्थलमै मृत्यु भएको हो। यस्तै प्रहरीका अनुसार डडेल्धुराको पर्शुराम नगरपालिका ११ सलेता बस्ने वर्ष…
काठमाडौं: भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी आज दिउँसो काठमाडौं आइपुग्दै छन्। नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलको निमन्त्रणामा द्विवेदी पाँच दिने नेपाल भ्रमणमा आउन लागेका हुन्। उनी दिउँसो एअर इण्डियाको उडान नम्बर एआई २१५७ मा नयाँ दिल्लीबाट दिउँसो २ बजे काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ। भ्रमणको क्रममा नेपाली समकक्षी सिग्देलसँग औपचारिक भेटवार्तासँगै राष्ट्रपति, प्रधानमन्त्री, रक्षामन्त्रीसँग भेट गर्ने र शीतल निवासमा मानार्थ सेनापतिको पदवी बुझ्ने तालिका छ। भारतीय सेनाध्यक्ष मुक्तिनाथ दर्शन जाने कार्यक्रम पनि तय गरिएको छ। उनी नेपाल भ्रमण पूरा गरेर आगामी आइतबार बिहान पौने १० बजे भुटान एअरलाइन्सको उडानमा नयाँ दिल्ली फर्कने भ्रमण बनेको छ।यसअघि सेनाध्यक्ष सेनाकै जहाजमा आउने…