Author: महेन्द्रनगर पोष्ट

धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार विश्वासको मत लिने भएका छन्। २६ गते एमाले–काँग्रेस–नागरिक उन्मुक्ति पार्टीको समर्थनमा नियूक्त भएका मुख्यमन्त्री शाहले ३० गते विश्वासको मत लिने भएका हुन्। सरकारमा सहभागी भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। त्यसैका आधारमा मुख्यमन्त्री शाहले विश्वासको मत लिन लागेका हुन्। सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसका १८ सांसद छन्। ५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ। सात सांसद रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) पनि सरकारमा सहभागी छ। मुख्यमन्त्री शाहको पक्षमा नेकपा (एमाले) का ११ र उन्मुक्तिका सात सदस्य रहेका छन्। विपक्षमा रहेका नेकपा (माओवादी केन्द्र) का सभामुख सहित ११,…

Read More

बझाङ: बझाङमा पहिरोमा परेर एक वृद्धको मृत्यु भएको छ। जिल्लाको केदारस्यूँ गाउँपालिका–८ सिलङ्गी घर भएका ७१ वर्षीय रामप्रसाद जोशीको पहिरोमा परेर मृत्यु भएको हो। वडाध्यक्ष सुरेशबहादुर जेठाराका अनुसार आइतबार दिउँसो घर नजिकैको जंगलमा दाउरा काट्न गएका उनी एक्कासी ढुंगामुडा सहितको सुख्खा पहिरो जाँदा बेपत्ता भएका थिए। जोशीको आज खोजतलास गर्दा जंगलमा शव भेटिएको वडाध्यक्ष जेठाराले बताए। यस्तै वर्षासँगैको पहिरोले बैतडीको डिलाशैनीमा दुई घर भत्किएका छन्। डिलाशैनी गाउँपालिका वडा नं ३ दौँखोलाका अम्मर बोहराको घरमा क्षति पुगेको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बोहराको घर भत्किँदा घरभित्रका सबै अन्नपात, अन्य सामग्री नष्ट हुँदा १५ लाख बराबरको क्षति पुगेको बताए। पहिरोका…

Read More

काठमाडौँ : नेपाल प्रहरी (जनपद समूहतर्फ) र सशस्त्र प्रहरीमा ठुलो सङ्ख्यामा उच्च अधिकृतहरू अवकाशमा जाँदैछन्। २०५१ भदौ १६ मा प्रहरीमा प्रवेश गरेकाहरू भदौ १५ बाट अवकाशमा जान लागेका हुन्। माओवादीले २०५२ सालमा सशस्त्र विद्रोह सुरु गर्दा प्रहरी सहायक निरीक्षक (असई) मा भर्ना भएर उनीहरू तालिम गर्दै थिए। १०५ टोली भनेर चिनिने उनीहरूमध्ये केही सशस्त्रमा समाहित भए। युद्धमा लडेका उनीहरू ३० वर्षे सेवा अवधि पुरा गरेर संगठनबाट बिदा हुन लागेका हुन्। असईमा भर्ना भएका उनीहरूले पछि प्रहरी निरीक्षकमा नाम निकालेर डीआईजीसम्म भएका थिए। यो टोलीमध्ये सशस्त्र विद्रोहमा १५ जनाले ज्यान गुमाए। काठमाडौँ, भरतपुर र विराटनगरमा तालिम गरेका सो टोलीमा ४३२ जना…

Read More

धनगढी: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सुदूरपश्चिममा केबलकार सहितको रिसोर्ट सञ्चालनमा ल्याउने भएका छन्। ढकालले कैलालीको चिसापानी क्षेत्रमा केबलकार बनाउन लागेका हुन्। त्यसकै सिलसिलामा आज बिहान कैलालीको चिसापानी क्षेत्रको पहाडी भूभागतिर ढकाल ट्रेकिङमा गएका थिए।उनले राजमार्गसँगैको चिसापानीदेखि राजकाँडासम्म उनले लौरो टेकेर यात्रा गरेका थिए। करिब साढे तीन घण्टा लामो ट्रेकिङ गर्दै उनी राजकाँडा पुगेको बताइन्छ। सोही स्थानमा उनी अध्यक्ष रहेको आईएमई ग्रुपले केबलकार र रिसोर्ट निर्माण गरिरहेको छ। जाल्पादेवी केबलकार निर्माणपछि सो क्षेत्रमा आन्तरिक तथा वाह्य पर्यटन प्रवर्धन हुने ढकालको विश्वास छ। तर ढकालले सो क्षेत्रमा आफ्नो योजना लागू गराउन घुस दिनेदेखि शक्तिकेन्द्रलाई खुसामद गराउनेसम्मको हतकन्डा अपनाएको पनि…

Read More

धनगढी: सुदूरपश्चिमका मनकारी मन्त्री सुरेन्द्र बहादुर पालले मोटरसाईकल दुर्घटना परि गम्भीर घाईते भएका एक युवकलाई सहयोग गरेका छन्। आज (आइतबार) सुदूरपश्चिमका भौतिक पूर्वाधार मन्त्री पालले बैतडीको डिलासैनी गाउपालिका वडा नम्बर २ स्थायी घर भएर कैलालीको गेटा बस्दै आएका घाइते राजेन्द्र बोहरालाई सहयोग गरेका हुन्। उनको उपचारका लागि पालले नगद २ लाख सहयोग गरेको जानकारी दिए। बोहराको ज्यान जोगाउने उदेश्यले आफूले सहयोग गरेको बताएका मन्त्री पालले अरुलाई पनि सहयोग गर्न आग्रह गरेका छन्। आर्थिक अवस्था कमजोर भएका बोहराले यस अगाडि ऋण सापटी गरी १६ लाखबढी उपचारमा खर्च गरिसकेको जनाएका छन्। बोहरा २०८१ सालको जेठ १३ गते बैतडीको डिलासैनी गाउपालिका वडा नम्बर…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डिआईजी) रविन्द्र केसीले सिमानाकामा कडाई गर्न निर्देशन दिएका छन्। आइतबार प्रदेश प्रहरी कार्यालय धनगढीमा आयोजित एक कार्यक्रमकाबीच डीआईजी केसीले कैलाली र कञ्चनपुरका प्रहरी प्रमुखहरूलाई सो निर्देशन दिएका हुन्। उनले शान्ति सुरक्षा तथा अपराध अनुसन्धानलाई थप सुदृढ एवम् प्रभावकारी बनाउनको लागि सम्पूर्ण प्रहरी कर्मचारीहरूले निष्ठावान, ईमान्दार एवं सिर्जनशील भई कार्य गर्दै अवैध भन्सार चोरी निकासी, लागूऔषध, जुवा तास तथा देह व्यापार जस्ता गैर कानुनी क्रियाकलापहरुविरुद्ध शून्य सहनशीलताका साथ प्रस्तुत हुन निर्देशन दिए। साथै डीआईजी केसीले सीमा नाकाबाट हुने अवैध भन्सार चोरी तस्करी तथा आपराधिक गतिविधिकाविरुद्व कडाइका साथ प्रस्तुत हुपनि निर्देशन दिए।…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा अधिवक्ता ठेकन्द्रराज जोशी प्रदेश सरकारको मुख्य न्यायाधिवक्ता नियुक्त भएका छन् ।  प्रदेश प्रमुख नजिर मियाँले जोशीलाई आइतबार मुख्य न्यायाधिक्ताको नियुक्त गरेका हुन् । कानुन व्यवसायी जोशी यसअघिको मुख्यमन्त्री शाहकै नेतृत्वको प्रदेश सरकारको समयमा ८ महिना मुख्य न्यायाधिक्ता रहेका थिए । ‘प्रदेश प्रमुख नजिर मियाँले नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम धनगढी उपमहानगरपालिका २ कैलालीका ठेकन्द्रराज जोशीलाई सुदूरपश्चिम प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नुभएको छ,’ प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता दीर्घराज भट्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । जोशी कांग्रेस नजिक प्रजातान्त्रिक कानुन व्यवसायी संघसँग आबद्ध रहेका छन् ।

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ र बागमती प्रदेश प्रमुख दीपक देवकोटाबिच भेटवार्ता भएको छ । सुदूरपश्चिम प्रदेश प्रमुख मियाँको निवासमा दुई प्रदेश प्रमुखहरू बिच भेटवार्ता भएको हो । धनगढी निवासी देवकोटालाई सरकारको सिफारिसमा साउन १६ गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रदेश प्रमुखमा नियुक्त गरेका थिए । प्रदेश प्रमुख नियुक्त भएपछि पहिलो पटक देवकोटा धनगढी पुगेका हुन् । प्रदेश प्रमुख मियाँले प्रदेश प्रमुख देवकोटालाई आज आफ्नो निवासमा स्वगत तथा बधाई ज्ञापन गर्दै सफल कार्यकालको कामना समेत गरेका थिए । भेटवार्तामा दुबै प्रदेश प्रमुखबिच समन्वय र सहकार्य गरि अगाडी बढ्ने विषयमा छलफल भएको थियो । संविधान कार्यान्वयन गर्दै अगाडी बढ्ने दुबै…

Read More

धनगढी : कैलालीको बर्दगोरिया गाउँपालिका-१ उत्तरमुडामा आज चट्याङ लाग्दा १० जना व्यक्ति घाइते भएका छन्। स्थानीय भीमबहादुर चौधरीको घरमा १३ दिने पुण्यतिथिमा सहभागी भइरहेका स्थानीय मानिसहरू खाना पकाउने क्रममा अमट्टाको रुखमुनि टेन्ट हालेर बसेका थिए। उक्त रुखमा चट्याङ पर्दा उनीहरू घाइते भएका हुन्। घाइते व्यक्तिहरूलाई तत्काल उपचारको लागि बर्दगोरिया अस्पताल प्रा.लि., बौनिया कैलालीमा पुर्‍याइएको छ। हाल सबै घाइतेहरूको अवस्था सामान्य रहेको जानकारी प्राप्त भएको छ। घाइते हुनेहरूमा ५० वर्षीया फिरिया देवी चौधरी, ३५ वर्षीया रिता देवी चौधरी, ३२ वर्षीया माया चौधरी, ४५ वर्षीया कमलापती चौधरी, ३२ वर्षीया किरन चौधरी, ३८ वर्षीया उर्मिला डगौरा, ४० वर्षीया पार्वती चौधरी, ५० वर्षीया फुल…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश सभा सभामुख भीमबहादुर भण्डारीले संसदका तीन वटा समितिमा ८ जना सदस्य थपेका छन्। आईतबार बसेको सुदूरपश्चिम प्रदेश सभाको हिउदे अधिवेशनको पहिलो बैठकमा सभामुख भण्डारीले तीन वटा समितिमा सदस्य थप गरेका हुन्। पूर्वमुख्यमन्त्री दीर्घ बहादुर सोडारी, पूर्वमन्त्री अक्कल बहादुर रावल र पूर्व राज्यमन्त्री गीता देबी माललाई सार्वजनिक लेखा समितिमा नियुक्त गरिएको छ। यस्तै पूर्वमन्त्री रमेशसिंह धामी र लक्ष्मी विकलाई विधायन तथा प्रदेश मामिला समितिमा सदस्य नियुक्त गरिएको छ। पूर्वमन्त्री माया पन्त, ओमविक्रम भाट र झपट साउदलाई सामाजिक विकास समितिमा सदस्य नियुक्त गरिएको छ। यसअघि पन्त यस समितिको सभापति थिईन्। 

Read More