काठमाडौं: अमेरिकाको टेक्सासस्थित ह्युस्टनमा अध्ययनरत नेपाली युवती मुना पाण्डेको गोली हानी हत्या गरेको आशंकामा एकजना संदिग्ध पक्राउ परेका छन्। संदिग्ध व्यक्तिलाई बुधबार राति ८ बजे लगत्तै ट्राफिक स्टपमा पक्राउ गरिएको हो। पक्राउ परेका व्यक्तिको पहिचान भने नखुलेको न्युयोर्कबाट सञ्चालित नेपाली अनलाइन खसोखासले उल्लेख गरेको छ। संदिग्ध व्यक्तिलाई स्थानीय समयअनुसार बुधबार राति पक्राउ गरिएको समाचारमा उल्लेख छ। प्रहरीले संदिग्धको बारेमा जानकारीसहित केही कलहरू प्राप्त गरेपछि पक्राउ गर्न सफल भएको बताइएको छ। प्रहरीले बुधबार दिउँसो संदिग्ध व्यक्तिको फोटो सार्वजनिक गरेको थियो। सीसीटीभी फुटेजबाट लिइएको फोटो अगस्ट २४ शनिबार राति ९ बजेर ४८ मिनेटको रहेको खबरमा उल्लेख छ। भोजपुरकी २१ वर्षे मुना एफ–१…
Author: महेन्द्रनगर पोष्ट
धनगढी : नेपाली कांग्रेसकी नेतृ तथा परराष्ट्रमन्त्री आरजु राणा देउवाले आफू प्रधानमन्त्रीको लाइनमा भएको बताएकी छिन् । बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राणाले पार्टी भित्र आफ्नो हैसियत बारे जानकारी रहेको भन्दै प्रधानमन्त्रीको लाइनमा नरहेको प्रष्ट पारिन् । प्रधानमन्त्री केपी शर्मा ओलीले महिलालाई प्रधानमन्त्री बनाउन चाहन्छु भनेकाले धेरैले तपाईं बन्नुहुन्छ भनेर अनुमान गरेका छन् नी भनेर पत्रकारले सोधेको प्रश्नमा उनले भनिन्, ‘बाहिर मेरोबारे जेजस्तो भए पनि पार्टीभित्र मेरो हैसियत के छ भन्नेबारे म जानकार छु । प्रधानमन्त्रीज्यूले आफ्नै पार्टीका महिलालाई प्रधानमन्त्री बनाउने कुरा गर्नुभाको होला ।’ उनले कांग्रेस पार्टीमा थुप्रै नेता प्रधानमन्त्रीका लागि योग्य भएकाले आफू त्यसको लाइनमा नभएको बताइन्…
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली अभिनित चलचित्र ‘नमेटिने घाउ’ फ्लप भएको छ। पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सांसदद्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीले समेत अतिथि भूमिका निभाएको उक्त चलचित्र फ्लप भएको हो। स्रोतका अनुसार चलचित्रले दुई करोड लगानी डुबाएको हो। अभिनेता रंमित ढुंगानाले निर्देशन गरेको यस चलचित्रको प्रचार–प्रसारका लागि कुनै कसर बाँकी राखिएको थिएन। गत शुक्रबार प्रदर्शनमा आएदेखि हलमा दर्शकको संख्या शून्य हुँदै गएको बताइएको छ। प्रदर्शनको आज चौथो दिनमा आइपुग्दा हलमा चलचित्र हेरेर प्रतिक्रिया दिने दर्शकको अभाव देखिएको बताइन्छ। चलचित्र डुबेपछि यतिबेला निर्मातासमेत रहेका निर्देशक ढुंगाना तनावमा छन्। चलचित्र बनाउँदा लगानी गरेको दुई करोड स्वाहा भएको उनको भनाई छ। उसो त…
काठमाडौं: भारतीय औद्योगिक विकास,निर्यात प्रोत्साहन, एनआरआई तथा लगानी प्रोत्साहनमन्त्री काठमाडौं आएका छन्। परिवारसहित दिउँसो ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका मन्त्री नन्दगोपाल गुप्ता ‘नन्दी’ लाई नेपाल प्रहरीले विशेष सुरक्षासहित एस्कर्टिङ उपलब्ध गराएको छ। प्रहरी प्रधान कार्यालय कार्य विभागले हिजो सम्बन्धित कार्यालय,विभाग र युनिटलाई जारी गरेको सर्कुलरमा आज दिउँसो एअर इण्डियाको उडानमा आइपुगेपछि पाहुनालाई भोलि बिहान ११ बजेसम्म उक्त सुरक्षा प्रदान गर्न निर्देशन दिइएको छ। वरिष्ठ उपरीक्षक सिद्धिविक्रम शाहले लेखेको पत्रानुसार सहायक निरीक्षक विकास सिलवाललाई व्यक्तिगत सुरक्षा अधिकृतको रुपमा खटाइएको छ। पशुपति दर्शनका लागि आएका अतिथिलाई आवागमन मार्ग, कार्यक्रमस्थल,भ्रमणस्थलमा आउजाउ गर्दा एस्कर्टिङ र आवासमा पनि आवश्यक सुरक्षा प्रदान गर्न हेडक्वार्टरको निर्देशन…
काठमाडौं: सशस्त्र प्रहरी बलका चार नायब महानिरीक्षक (डीआईजी) र १५ वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ। गृह मन्त्रालयको साउन ३२ गतेको निर्णयानुसार उनीहरुको सरुवा गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। जसअनुसार डीआईजी अभिकुमार खत्रीलाई मानव स्रोत विभागमा सरुवा गरिएको छ। यस्तै अर्का डीआईजी दुर्गाप्रसाद भट्टराईलाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा सरुवा गरिएको हो। एसएसपी कृष्णराज पाठकलाई कैलालीको बडीमालिका जवान तालिम शिक्षालय र अर्का एसएसपी विनोदराज श्रेष्ठलाई सीमा सुरक्षा विभागमा खटाइएको छ।
धनगढी : पार्टीको प्रदेश परामर्श बैठकमा सहभागी हुन धनगढी आएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको स्वागत फितलो देखिएको छ । परराष्ट्रमन्त्री आरजु राणासंगै एउटै प्लेनमा आएका प्रचण्डको स्वागतमा सुरक्षा निकाय र पार्टी प्रदेश कमिटीले लापरबाही गरेको देखिएको हो । विमानस्थलमा प्रचण्डको लागि तयार गरिएको गाडीमा मन्त्री राणालाई बसाईयो भने पार्टीको बैठकमा ढाड दुख्ने कुर्सी राखियो । एयरपोर्टमा झरेपछि परराष्ट्र मन्त्री देउवालाई भीआईपी कक्षबाट सुरुमै बाहिर ल्याइयो । त्यसपछि प्रचण्डलाई ल्याइयो । बाहिर प्रचण्ड र देउवाको लागि छुट्टाछुट्टै गाडी राखिएको थियो । हतारिएको प्रहरीले प्रचण्डको लागि राखिएको गाडीमा देउवालाई बसायो । अक्क नबक्क भएको प्रहरीले पछि मात्रै थाहा पाएर मन्त्री देउवालाई…
धनगढी : परराष्ट्र मन्त्री आरजु राणा देउवाले कैलालीको भारतसँग सिमाना जोडिएको गौरीफन्टा नाका र फाप्ला क्रिकेट मैदानका बारेमा भारतीय प्रधानमन्त्रीसँग कुराकानी भएको बताएकी छन् । आज कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को वडा कार्यालय भवन उद्घाटन गर्दै राणाले गौरीफन्टा नाका र फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानको विषयमा भारतका प्रधानमन्त्री सकारात्मक रहेको बताएकी हुन्। उनले भारतका प्रधानमन्त्री मोदीसँग सुदूरपश्चिमको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको धनगढी–गौरीफन्टा नाकाको स्तरोन्नति गरिदिन र धनगढीमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाइदिन अनुरोध गरेको बताइन्। ‘मैले सुदूरपश्चिमको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको गौरीफन्टा नाकाको स्तरोन्नीका लागि भारतीय प्रधानमन्त्रीसँग कुराकानी गरेको छु।‘ देउवाले भनिन् । उनले सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहलाई धनगढी–गौरीफन्टा नाकाको महत्वका बारेमा…
काठमाडौं: नेपालगञ्जको सडकमा करोडौँको सुनचाँदीको व्यापार गरेको भन्दै प्रहरीले चार जनालाई समातेको छ। नेपालगञ्ज उपमहानगरपालिका–११, बीपी चोक आसपासको क्षेत्रमा सुनचाँदीको अवैध कारोबार भइरहेको सूचनापछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले प्रदेश ०३०१–०२४ च ६७६३ नम्बरको कारबाट सुनचाँदी फेला पारेको जानकारी दिएको छ। प्रहरीका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–११, बस्ने २१ वर्षीय राहुल सोनार, राप्तीसोनारी गाउँपालिका–४, का २४ वर्षीय ओमजंग चौधरी, बर्दियाको राजापुर नगरपालिका–८, बस्ने ४० वर्षीय नेपाली थारु र सोही नगरपालिका–४, का ४२ वर्षीय निमप्रकाश सुनारलाई कारसहित नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार त्यतिबेला नेपाली, राहुल र निमप्रकाशलाई सुनसहित नियन्त्रणमा लिइएको थियो। अनुसन्धानको क्रममा नेपालगञ्ज–२, स्थित महेश मुराउले सञ्चालन…
काठमाडौं: सुदूरपश्चिम प्रदेशका निर्वतमान मुख्यमन्त्री दीर्घ सोडारी नेकपा एकीकृत समाजवादीको सचिव पदमा पराजित भएका छन्। उनले ५३ मत मात्रै पाएका थिए । उनी नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलका नेता पनि हुन्। ५ सचिवका लागि भएको निर्वाचनमा २६ जना उम्मेदवार रहेका थिए। जसमा श्रीनाथ बराल १०७, शेरबहादुर कुँवर १५३, चन्द्रबहादुर शाही ९१, सोमप्रसाद पाण्डे १४१ र सावित्रीकुमारी भुसाल १०६ ले मत पाएर विजयी भएका छन्।
एजेन्सी: अमेरिकाको भर्जिनिया राज्यको मनासस पार्कमा बस्ने नेपाली नर्स ममता काफ्ले बेपत्ता भएको एक महिना हुन लागिसकेको छ। हत्या आशङ्का गरिएपनि अहिलेसम्म उनको अवस्था अज्ञात छ। आफ्नी श्रीमती बेपत्ता हुनु भन्दा कयौँ महिना अगाडि ममताको श्रीमान् नरेश भट्टले अफिसको कम्प्युटरबाट ‘श्रीमतीको मृत्यु भएपछि अर्को बिहे गर्न कति समय लाग्छ ?’ भनेर इन्टरनेट (गुगल)मा खोजेको खुलासा भएको छ। अभियोजनकर्ता वकिलले अदालतमा यसबारे बताएका हुन्। प्रहरी हिरासतमा रहेका ३७ वर्षीय नरेशलाई सोमबार दोस्रो पटक अदालतमा उपस्थित गराइएको थियो। यस क्रममा २८ वर्षीय श्रीमती ममताको बेपत्ता भएको मामिलामा नरेशको हात रहेको सन्दर्भमा अधिकारीहरूले थप प्रमाण पेस गरेका थिए। श्रीमतीको शव लुकाएको आरोप लागेका नरेशमाथि उनका…