धनगढी: कैलालीको गाेदावरीमा एक युवती मृत अवस्थामा फेला परेकी छन्। गाेदावरी नगरपालिका- ३ खमाैरा बस्ने २१ वर्षीया पूर्णिमा महता अस्ति राति साढे १२ बजे आफ्नै घरमा मृत भेटिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयकाअनुसार उनी आफ्नै सुत्ने काेठाकाे पंखामा दाेपट्टाले झुन्डिएको अवस्थामा भेटिएकी थिइन्। उनी मृत भेटिएको घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनको मृत्युपछि गोदावरी नगरपालिकामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसले भोलि शोक बिदा दिएको छ। उनी त्यहाँ स्नातक तह द्वितीय सेमिष्टरमा अध्ययनरत थिइन्।
Author: महेन्द्रनगर पोष्ट
धनगढी: कञ्चनपुरको गड्डाचौकीस्थित भन्सार कार्यालयमा एसबिआई बैंकको काउन्टर खुलेको छ। बैंकले भन्सार कार्यालयमा एक्सटेन्सन काउन्टर स्थापना गरेको हो। बैंकका प्रबन्ध निर्देशक एंव प्रमुख कार्यकारी अधिकृत दीपककुमार दे र भन्सार कार्यालय प्रमुख राजनबाबु काफ्लेले हिजो संयुक्त रुपमा काउन्टर उद्घाटन गरे। सो अवसरमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत राजेशकूमार पाण्डे, प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कांत, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्यालसहित बैंक र भन्सार कार्यालयका अन्य पदाधिकारीहरु सहभागी भएका थिए। एक्सटेन्सन काउन्टरले व्यवसायी तथा अन्य सेवाग्राहीलाई उनीहरूको वित्तीय तथा भन्सारसम्बन्धी बैंकिङ सेवाको सुव्यवस्थित गर्ने लक्ष्य राखेको बैंकले जनाएको छ। भीमदत्त नगरपालिका–०५, महेन्द्रनगरस्थित कञ्चनपुर क्याम्पस रोडमा अवस्थित शाखा…
काठमाडौं: नेपाल प्रहरीका २९३ जना प्रहरी सहायक हवल्दारहरुको पदस्थापन भएको छ। प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फका हालै प्रहरी जवानबाट प्रहरी सहायक हवल्दारमा बढुवा भएका २९३ जना सहायक हवल्दारहरुको बुधबार पदस्थापन गरेको हो। उनीहरु प्रहरी उपरीक्षकको असार १ गतेको निर्णयानुसार प्रहरी सहायक हवल्दार पदमा बढुवा भएका थिए। उनीहरुलाई प्रचलित नियम बमोजिम तलव, भत्ता तथा राशन समेत हाल पदस्थापन भएको दरवन्दीबाट पाउने गरी पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। सूचीः ahc_8013_padasthapanDownload
काठमाडौं: नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका यात्रुमध्ये २० जनाको शव फेला परेको छ। जसमा २ महिला र १८ पुरुष छन्। जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालका अनुसार १४ शवको सनाखत भएको छ भने ६ जनाको सनाखत हुन सकेको छैन्। रिजालका अनुसार अन्यको खोजी कार्य निरन्तर जारी छ। बसको कुनै संकेत अझै फेला परेको छैन्। वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको गणपति डिलक्स बस गत असार २८ गते बिहान त्रिशूली नदीमा बेपत्ता भएका थिए। ती बसमा ६५…
काठमाडौं: गृहमन्त्रालयले नेपाल प्रहरीका एक प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई ७ दिने सूचना प्रकाशित गरेको छ। मन्त्रालयले प्राविधिक इन्स्पेक्टर डा. पवन श्रेष्ठलाई स्पष्टीकरणसहित ७ दिनभित्र उपस्थित नभए जागिरबाट हटाउने तयारी गरेको हो। मन्त्रालयका अनुसार खोटाङ जिल्ला हलेसी तुवाचुङ नगरपालिका वडा नं. १० स्थायी घर भएका डा. श्रेष्ठले वैशाख २३ गतेदेखि कार्यालयमा बिना जानकारी अनुपस्थित रहेकोले प्रहरी नियमावलीअनुसार खोज तलास गर्दा पनि सम्पर्कमा नआएकोले यो सूचना प्रकाशित गरिएको हो। मन्त्रालयले बाटोको म्यादबाहेक सूचना प्रकाशित भएको ७ दिनभित्र कार्यालयमा सम्पर्कमा नआएमा सेवाबाट बर्खास्त गर्ने पनि जनाएको छ।
धनगढी: कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बुधबार साँझ भीमदत्त नगरपालिका–४ स्थित भाँसीमा म १ प ११४५ र म २ प ७६७१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा शुक्लाफाँटा नगरपालिका–५ बनसमितका रुद्र बहादुर ओलीको मृत्यु भएको हो। महेन्द्रनगरबाट पूर्वतर्फ गइरहेका दुबै मोटरसाइकल आपसमा ठोक्किदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) उमेशप्रसाद जोशीले बताए। दुर्घटनामा भीमदत्त नगरपालिका–६ का ५२ वर्षीय हरिदत्त जोशी घाइते भएका छन्। मृतक ओली शुक्लाफाँटा नगरपालिकाका कर्मचारी हुन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
धनगढी : विराटनगर–१५ भट्टीमोडमा प्रहरीको ‘टु टन’ गाडी दुर्घटना हुँदा घाइते हुने प्रहरीको सङ्ख्या ३० जना पुगेको छ । जसमध्ये ५ जना गम्भीर घाइते भएका छन् । कोशी प्रदेश तालिम केन्द्रका प्रमुख एसएसपी अबिनारायण काफ्लेका अनुसार घाइते हुनेहरुमा आयुष लिम्बू, विवेक राई, हेमबहादुर ढाका मगर, योगेन्द्र मगर, सञ्जय ओझा, सौगात थापा, सुमन भुजेल र पुष्पराज श्रेष्ठको नाम खुलेको छ । अन्यको विवरण आउन बाँकी छ । बुधबार साँझ मोरङ जिल्ला प्रहरीबाट इलाका प्रहरी कार्यालय रानीमा थप मद्दत माग भएपछि प्रहरी निरीक्षकको नेतृत्वमा गएको प्रहरी टोली चढेको गाडी दुर्घटनामा परेको हो । घाइते भएका ३० जनामध्ये कोशी अस्पतालमा २१ जना, न्यूरो…
धनगढी : असार मसान्तभित्र बजेट ल्याउन नसक्ने सुदूरपश्चिमका तीन स्थानीय तहमा ‘बजेट होलिडे’ भएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ को उपदफा (१) र (५) अनुसार स्थानीय तहको सभामा बजेट पेस हुनुपर्ने र सोही दफाको उपदफा (६) बमोजिम असार मसान्तभित्र सभाबाट पारित गरिसक्नुपर्ने व्यवस्था छ । त्यसरी बजेट पारित हुन नसकेका स्थानीय तहले १ साउनबाट एक रुपैयाँ पनि खर्च गर्न मिल्दैन । अर्थात्, बजेट होलिडे हुन्छ । तर, सुदूरपश्चिमका ३ गाउँपालिकाले बजेट ल्याउन सकेका छैनन् । गाउँपालिका राष्ट्रिय महासंघ सुदूरपश्चिम प्रदेशका अनुसार आर्थिक वर्ष २०८१/८२ सुरु भइसक्दा पनि सुदूरपश्चिमका ३ गाउँपालिकाले बजेट ल्याउन नसकेको हो ।…
धनगढी : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्ष २०८०/०८१ मा सुदूरपश्चिमका तीन स्थानीय तहका १८ जना विरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा चलाएको छ । आर्थिक वर्ष सकिए लगत्तै स्थानीय तह विरुद्ध चलेका मुद्दाको एकीकृत विवरण आयोगले मङ्गलवार सार्वजनिक गरेको हो । जसमा डडेल्धुराको आलिताल गाउँपालिका सहायक प्रशासन चौथो तहका कर्मचारी खेमराज जोशीविरुद्ध नक्कली प्रमाणपत्र पेश गरेको अभियोगमा यहि असार २३ गते मुद्दा चलाएको छ । आयोगले २०८० भदौ १२ गते कञ्चनपुरको भीमदत्त नगरपालिका प्रमुख सुरेन्द्र बिष्टसहित १० जनाविरुद्ध राजश्व चुहावटमा मुद्दा चलाएको छ । यस्तै २०८० साउन ४ गते दार्चुलाको शैल्यशिखर नगरपालिका निमत्ति प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्रबहादुर बिष्टसहित ७…
धनगढी : देब्रे हात भाँच्चिएर उपचारका लागि आएका एक जना बालकको दाहिने हातमा पलास्टर गरिएको तस्बिर मंगलबार साँझदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जिल्ला अस्पताल बझाङका स्वास्थ्यकर्मीको लापर्बाहीले यस्तो भएको भन्दै अस्पतालका कर्मचारीलाई सञ्जाल प्रयोगकर्ताले आलोचना गरिरहेका छन् । अस्पतालले बिरामीको उपचारमा गम्भीर लापर्बाही गरेको भन्दै मंगलबार केहीबेर नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्याकर्ताले कार्यालय प्रमुखको कार्यकक्षमा तालाबन्दीसमेत गरेका थिए । भाइरल भएका ती बालक बझाङको दुर्गाथली गाउँपालिका–७, दौलाका ७ वर्षीय सुनील दौल्याल हुन् । आइतबार साँझ घरको ढोकानजिकै खेल्ने क्रममा लडेका सुनीललाई उनका दाइ आदेश दौल्यालले सोमबार जिल्ला अस्पताल सिमखेत पुर्याएका थिए । सोमबार दिउँसो तीन बजेतिर अस्पताल पुर्याइएका…