धनगढी : कञ्चनपुरमा डडेल्धुराकी एक बालिकाको शव फेला परेको छ । शुक्लाफाँटा नगरपालिका–१ बैसख्खा शिविर स्थित स्याली नदीमा डडेल्धुराको परशुराम नगरपालिका–६ तातापानीका महादेव नाथकी १४ वर्षीया छोरी पुष्पा नाथको शव फेला परेको हो । शनिवार मृत फेला परेकी बालिका कञ्चनपुरमा मामा घरमा बस्दै आएकी थिइन ।
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा आज प्रधानमन्त्री पदमा नियुक्त हुँदैछ । नयाँ प्रधानमन्त्रीमा दाबी गरेका एमाले अध्यक्ष ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज नियुक्त गर्न लागेका हुन् । चौथो पटक प्रधानमन्त्री बन्न लागेका ओलीले सोमबार पद तथा गोपनीयताको शपथ लिने तयारी गरेका छन् । स्रोतका अनुसार ओलीले सोमबार ११ बजे पद तथा गोपनीयताको सपथ लिने भएका छन् । राष्ट्रपतिका सल्लाहकार किरण पोखरेल अनुसार राष्ट्रपति कार्यालयले प्रकाशित गरेको आह्वान प्रस्तावको समय आइतबार साँझसम्मै रहेकाले सोमबार मात्र शपथ हुने छ । नेपाली कांग्रेसको समर्थनमा शुक्रबार राति ओलीले संविधानको धारा ७६ (२)बमोजिमको प्रधानमन्त्री दाबी पेश गरेका थिए । पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट…
धनगढी : बैतडी कारागारमा क्षमताभन्दा तेब्बर बन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । पच्चीस जनाका निम्ति बनाइएको कारागारमा ७६ जनालाई राखिएको छ। चार दशकअघि बनेको कारागार भवन मर्मतसम्भार नहुँदा जीर्ण बन्दै गएको छ भने क्षमताभन्दा बढी बन्दी राख्नुपर्नाले सुरक्षा र व्यवस्थापन चुनौती थपिएको कारागार प्रमुख धारा भण्डारीले बताए। टिनको छाना भएको भवनमा वर्षाको पानी चुहिन थालेपछि समस्या भएको छ। क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा सुरक्षा र व्यवस्थापनमा पनि चुनौती थपिएको उनले बताए। जेलर आवासगृह, सुरक्षा ब्यारेक पनि नभएको भण्डारीले बताए।।
काठमाडौं : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुुसन्धान निष्कर्षमा पुग्नै लागेको खुलाएका छन् । आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा उनले आफू मन्त्री भएका बेला यो घटनाको अनुसन्धान निश्कर्षको नजिक पुगेको दाबी गरेका छन् । ‘मैले नभनौं भनेको तर भन्नैपर्ने निर्मला पन्तको विषयमा अत्यन्तै नजिक पुगेका छौं । बारम्बार मलाई सोधियो तर मैले कहिले पनि भनिन्’, गृहमन्त्री लामिछानेले भने, ‘किनकी रिजल्ट आओस् अनि भनौला भनेर । हामी कति नजिक पुगेका छौं, सुरक्षा निकायलाई थाहा छ । मलाई क्रेडिट चाहिँदैन । सबै क्रेडिट नेपाल प्रहरीले लिओस् ।’
काठमाडौं: अक्सफोर्ड मिडिया प्रालिद्वारा सञ्चालित महेन्द्रनगर पोष्टडटकम आज (आइतबार) बाट पाँचौ वर्षमा प्रवेश गरेको छ। महेन्द्रनगर पोष्टले २०६१ सालबाट सुदूरपश्चिमको प्रथम सन्ध्याकालीन दैनिक पत्रिकाको रुपमा यात्रा आरम्भ गरेको थियो। त्यस बखतदेखि निरन्तर प्रकाशित हुँदै आएको पत्रिकाको २०६९ सालमा आएर विविध कारणले दैनिक प्रकाशन बन्द हुन पुग्यो। तत्पश्चात संविधान, लोकतान्त्रिक संघीय गणतन्त्र नेपाल हुँदै आजको दिनसम्म र बीचमा आएका कोभिडजस्ता विभिन्न महामारी एवं संक्रमणकालीन अवस्थालाई पार गर्दै हामी यहाँसम्म आइपुगेका छौँ। चार वर्षअघि आजकै मितिमा बदलिँदो प्रविधि र मिडियाको विकासक्रम अनुसार महेन्द्रनगर पोष्टडटकम डिजिटल पत्रिका (अनलाइन) संस्करणको बीजारोपण भएको थियो। हामीले कुनै ठाउँ विशेषको नाम राखे पनि विश्वभर छरिएका नेपाली भाषी…
धनगढी : प्रहरी जवान (जनपद) पदको लिखित परीक्षा दिँदै गरेका ६ नक्कली परीक्षार्थीलाई नियन्त्रणमा लिइएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले आज विभिन्न स्थानमा भएको परीक्षामा अर्काको नाममा परीक्षा दिँदै गरेका उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिएका छन्। उनका अनुसार रित शाहीको नाममा परीक्षा दिँदै गरेका कालिकोटका २२ वर्षीय अभिषेक शाही, हिक्मतबहादुर थापाको नाममा परीक्षा दिँदै गरेका कञ्चनपुरका ईशाक तामाङ, शर्मिला शाहीको नाममा परीक्षा दिने दोलखाकी तृप्ती सुन्दास पक्राउ परेका हुन्। यस्तै पारस बुढाको नाममा परीक्षा दिने रोशन खत्री, सविन महराको नाममा परीक्षा दिने दार्चुलाका रविन्द्र महरा र प्रदीप बस्यालको नाममा परीक्षा दिने बैतडीका दिनेश…
धनगढी : सुदूरपश्चिम प्रदेशका स्वास्थ महिला तथा बालबालिका मन्त्री ओमबिक्रम भाट “सरल” ले बाढी प्रभावित क्षेत्रकाे स्थलगत निरीक्षण गरेका छन् । २३ र २४ असारकाे वर्षासँगैकाे बाढी र डुबानमा परेका कञ्चनपुरका पाँच स्थानीय तहमा शनिबार स्थलगत निरीक्षण गर्दै मन्त्री भाटले प्रभावितहरूलाई औषध लगायतका स्वास्थ्य सामाग्री समेत हस्तान्तरण गरेका हुन् । भाटले पुनर्वास नगरपालिका, बेलाैरी नगरपालिका, लालझाडी गाउँपालिका, बेलडाँडी गाउँपालिका र दाेधाराचाँदनी नगरपालिका क्षेत्रकाे प्रभावित क्षेत्रकाे अनुगमन निरीक्षण गरेकाे उनकाे सचिवालयले जनाएको छ । बाढी तथा डुबान प्रभावित क्षेत्रमा फैलिन सक्ने संक्रामक राेगकाे उपचार तथा राेकथामका लागि स्वास्थ्य कार्यालय कञ्चनपुरकाे समन्वयमा औषधी, विभिन्न कीट र अन्य स्वास्थ्य सामाग्री पनि हस्तान्तरण गरिएको…
धनगढी : नसर्ने रोग रोकथामको तथा नियन्त्रणका लागि छोटो दुरीको मैत्रीपुर्ण दौड सम्पन्न भएको छ । प्रादेशिक स्वास्थ्य प्रबद्र्धन केन्द्र कैलालीद्धारा आयोजित मैत्रीपुर्ण दौड शनिबार धनगढी रंगशालामा सम्पन्न भएको हो । बहुमुल्य स्वास्थ्य मेरो स्वास्थ्य नारा दिएर प्रादेशिक स्वास्थ्य प्रबद्र्धन केन्द्र गरेको मैत्रीपुर्ण दौड तीन चरणमा सम्पन्न भएको थियो । पहिलो चरणमा महिलाहरुको दौड राखीएको थियो । जसमा कोपिला कुवँर प्रथम, जयन्ती गिरी दोस्रो र अमृता भट्टराई तृतिय भएकी थिइन् । यस्तै दोस्रो चरणमा सुदूरपश्चिम प्रदेश सभा सासंदहरुको दौड राखीएको थियो । उक्त समुहमा निर्मला साउँद प्रथम, डम्मरी महरा द्धितीय र खेमादेवी बिष्ट तृतीय भएकी थिइन् । तेस्रो चरणमा सुदूरपश्चिम…
काठमाडौं: हिजो पदमुक्त भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका पीएसओको पनि काज सरुवा भएको छ। यस्तै आज बन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको पीएसओ (पर्सनल सेक्युरिटी अफिसर) भने डीएसपी नवीन कार्की हुनेछन्। कार्कीको काज सरुवा भएर पिएसओको रुपमा आउन लागेका हुन्। उनको स्थान सल्यानमा भने डीएसपी केशर न्यौपानेको प्रहरी प्रधान कार्यालयले काज सरुवा गरेको छ। न्यौपानेलाई सल्यान पठाइएको र कार्की यता आउने प्रहरी प्रधान कार्यालयका प्रवक्ता डिआईजी दानबहादुर कार्कीले जानकारी दिए। प्रचण्डको पीएसओ भने सिद्दराज न्यौपाने थिए। उनी केशरकै सहोदर दाइ हुन्।
काठमाडौं: नेपाल प्रहरीका एक बदनामित एसएसपीमाथि हेडक्वार्टरले छानबिन गरिरहेको जनाएको छ। नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले एसएसपी दीपक रेग्मीमाथि छानबिन गरिरहेको हो। उनीमाथि आचरणसम्बन्धि विषयमा छानविन थालिएको स्रोतले जनाएको छ। रेग्मी नेपाल प्रहरी प्रदेश कार्यालय, पोखरामा कार्यरत थिए। तर, अहिले उनलाई त्यहाँबाट तानेर हेडक्वार्टरमा राखिएको प्रहरीका प्रवक्ता डिआईजी दानबहादुर कार्कीले महेन्द्रनगरपोष्टलाई जानकारी दिए। उनका अनुसार अहिले उनीमाथि छानबिन जारी छ। रेग्मीविरुद्ध दिपक थापा नाम गरेका व्यक्तिले आफ्नो श्रीमतीसँग नजिकिएको भन्दै उजुरी दिएका थिए। उनले उजुरीमा एसएसपी रेग्मीले आफ्नी श्रीमती मञ्जु क्षेत्रीसँग गैरकानूनी रुपमा अनैतिक सम्बन्ध राखी आफ्नो पदको दुरुपयोग गरी जबरजस्ती करणीको झुट्टा मुद्दा दर्ता गराएको दाबी गरेका छन्। साथै,…