Author: महेन्द्रनगर पोष्ट

धनगढीः कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ। घोडाघोडी नगरपालिका–४ भालुफाटास्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउदै गरेको सुपप्र०१–०११ प ७४६९ नम्बरको मोटरसाइकल र सोहि दिशातर्फ आउदै गरेको से ७ प ७६०१ नम्बरको मोटरसाईकलले पैदल यात्रीलाई गएराति ठक्कर दिँदा गम्भिर घाईते भएका थिए। घाईते पुरुषको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। मोटरसाइकल चालक रमेश जैगडी, सागर बिक, मोटरसाईकलमा पछाडी सवार आचल बिक र माया घोडशाहीसहित चारै जनाको घोडाघोडी अस्पताल सुखडमा उपचार भईरहेको प्रहरीले जनाएको छ। मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको छ।

Read More

काठमाडौं : अघिल्लो महिना प्रहरी प्रधान कार्यालयमा पुगेर गृहमन्त्री रमेश लेखकले भनेका थिए, ‘नेपाल प्रहरी ऐन, २०१२ सम्बन्धी संशोधनको प्रस्ताव एक महिनाभित्र संसदमा लैजान्छु।’ गत २ साउनमा सयौँ प्रहरी अधिकारीको अगाडि गरेको गृहमन्त्रीको यो भाषण झुट साबित भएको छ। प्रहरी ऐन संशोधनको प्रक्रिया अझै गृह मन्त्रालयबाट अघि बढ्न सकेको छैन। प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्न पुगेका गृहमन्त्रीले त्यबेला दिएको आश्वासनप्रति प्रहरी अधिकारीले नै विश्वास गरेका थिएनन्। आखिर त्यस्तै भयो। उनले भनेका थिए, ‘प्रहरी समायोजन ऐन, २०७६ छ। संघ र प्रदेशको प्रहरीबीच समायोजन गर्ने उद्देश्य लिएर २०७६ मा ऐन बनायौँ। त्यो ऐनअनुसार प्रहरी समायोजन हुन सकेको छैन। त्यसमा पनि केही परिमार्जनको…

Read More

बझाङ: बझाङमा एक घरमाथिबाट पहिरो जाँदा घरभित्र च्यापिएका चारै जनाको शव फेला परेको छ। जिल्लाको बुङ्‍गल नगरपालिका-१० स्थित टुमेडामा गएराति १ बजे एक्कासी घरमाथिबाट गएको पहिरोमा परी पुरिएका काली धामी, गोल्की धामी, आसिका धामी, लक्ष्मी धामीको शव निकालिएको हो। स्थानीय र प्रहरी चौकी झापाको टोलीको सक्रियतामा बिहान ७ः२० बजे चारै जना शव पुरिएको घरभित्रबाट निकालिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। ९ जना सदस्य रहेको उक्त घरमाथि राति १ बजे खसेको पहिरोले घर क्षतविक्षत बनाएको छ। ५ जनाको तत्काल जिवितै उद्धार गरिएको थियो। प्रहरीकाअनुसार राति करीब साढे १ बजेकाे समयमा एक्कासि वीरबहादुर धामीकाे घरमाथिबाट पहिराे गएकाे थियाे। पहिरो आएको थाहा…

Read More

काठमाडौं: खैरहनी नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा इलाका प्रहरी कार्यालय मनहरीमा कार्यरत प्रहरी वरिष्ठ हवल्दारको मृत्यु भएको छ। खैरहनी–८ बाबा पेट्रोलपम्पस्थित पूर्वपश्चिम राजमार्गमा मनहरिबाट खोलेसिमलतर्फ जाँदै गरेको बागती प्रदेश०३–००३प ६३७ नम्बरको मोटरसाइकल आज विहान दुर्घटना हुँदा लमजुङ राइनस नगरपालिका–६ धमेलीकुवाका रत्ननगर नगरपालिका–१५ खोलेसिमलका ४३ वर्षीय हेमन्तकुमार श्रेष्ठ गम्भीर घाइते भएका थिए। गम्भीर घाइते श्रेष्ठको चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालले जानकारी दिए। मोटरसाइकल दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढी : बझाङको बुङ्गल नगरपालिका १० टुमेडामा पहिरोले पुरेका ४ जना मध्य दुईजनाको शव फेला परेको छ । उद्वारको क्रममा गोल्की धामी र लक्ष्मी धामीको शव फेला परेको बुझिएको छ । स्थानीय विरबहादुर धामीको ९ जनाको परिवारमा ५ जनाको सकुशल उद्वार गरिएको थियो भने ४ जना बेपत्ता भएका थिए । घटनास्थलमा उद्दार कार्य भइरहेका बेला काली धामी र आसिका धामीको उद्दार गर्ने प्रयास भइरहेको छ। उद्दारमा स्थानीयबासी र प्रहरी सक्रिय छन् भने थप सहयोगका लागि नगरपालिकाको उद्दार टोली र बिराबगरबाट सशस्त्र प्रहरी बलको टोली राहत सामग्रीसहित घटनास्थलतर्फ गएको छ।

Read More

धनगढी : बझाङमा बुङ्गल नगरपालिका-१०, टुमेडामा पहिरोमा पुरिएर ४ जना बेपत्ता भएका छन् । आइतबार राति आएको पहिरोले स्थानीय वीर बहादुर धामीको परिवारमा बस्ने १० जनामध्ये ४ जनाको पहिरोमा पुरिएका हुन् । भने ६ जना सकुशल उद्दार भएका छन्। घटना राति करिब २ बजे भएको बताइएको छ। वर्षाको कारण घरमाथिबाट आएको पहिरोले धामीको घर पुरिएको थियो। स्थानीय र प्रहरीले उद्दार गरिरहेको छ। घाइते भएका व्यक्तिहरूलाई उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा पठाइएको छ।

Read More

धनगढी: धनगढीमा मृत अवस्थामा फेला परेकी युवतीको शरीरमा निलडाम रहेको खुलेको छ। पीडित परिवारका आफन्तले मृतकको शरीर नाङ्गै रहेको र निलडाम पनि देखिएको जनाएका छन्। हिजो (आइतबार) धनगढी उपमहानगरपालिका-१ काे चकमेली चाेक नजिकै युवती मृत अवस्थामा फेला परेकी थिइन्। कञ्चनपुरकाे बेलाैरी नगरपालिका घर भएर धनगढीमा डेरा गरि बस्दै आएकी १९ वर्षीया आस्था थापा मृत अवस्थामा भेटिएकि थिइन्। आफन्तले भने उनको हत्या भएको भनेका छन्। यस्तै उनीहरूले घटनाको दिन उनकी साथी मोनिका कोठामा नरहेको र महेन्द्रनगर जान्छु भन्दै एक दिन अगाडि गएको बताएका छन्। तिनै साथी फर्किएपछि घटनाको बारेमा जानकारी भएको आफन्तहरुको भनाई छ। अहिले अस्पतालमा राखिएको थापाको शव आफन्तले बुझेका…

Read More

बझाङ : प्रगतिशील युवा समाजको आयोजनामा विद्यालय शिक्षामा सूचना तथा सञ्चार प्रविधीको प्रयोग सम्बन्धी कार्यविधी निर्माण तथा छलफल कार्यक्रम शनिबार र आईतबार चैनपुरमा भएको छ । वल्र्डभिजन ईन्टरनेस्नल नेपालको आर्थिक सहयोगमा जयपृथ्वी नगरपालिकामा सञ्चालित “विद्यार्थीहरुका लागि प्रबिधीमैत्री शिक्षा सिक्ने अवसर” (टेलस) परियोजना अन्र्तगत विद्यालयमा सुचना तथा सञ्चार प्रविधीको प्रयोग सम्बन्धी कार्यविधी निर्माण तथा छलफल भएको हो । कार्यक्रममा जयपृथ्वी नगरपालिकाका शिक्षा शाखा प्रमुख निरज प्रशाद रेग्मीले टेलस परियोजनाले नगरपालिकाका ८ ओटा विद्यालयमा स्थापना गर्दै गरेको आईसिटी ल्याबले विद्यार्थी लगायत शिक्षक तथा अभिभावकलाई प्रविधी संग नजिक गराउने बताए । साथै उनले नगरपालिकाबाट पनि आईसिटी ल्याब मर्मत सम्भार कोषमा २० हजारका दरले…

Read More

काठमाडौं : नेकपा राष्ट्रिय एकता अभियानका संयोजक एवं राष्ट्रियसभा सदस्य वामदेव गौतमले आफूले प्रधानमन्त्रीसँग भेट्न नपाएको गुनासो पोखेका छन् । राष्ट्रियसभाको विशेष समयमा बोल्दै गौतमले यस्तो दुखेसो पोखेका हुन् । उनले देश र जनताका विषयमा कुरा गर्न आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्न खोजेपनि समय नपाएको गुनासो गरे। सरकारका प्रमुखसँग कुरा गर्दा हुने विषयमा प्रधानमन्त्री ओलीसँग भेट गर्न समय नपाएकाले राष्ट्रियसभालाई गुहारेर धारणा राखेको गौतमले बताए । गौतमले नेपालको भौगोलिक बनावटका कारण प्राकृतिक प्रकोपका घटनाहरु धेरै हुने गरेको उल्लेख गरे । प्राकृतिक प्रकोपका घटना घट्नुभन्दा पहिले नै गर्नुपर्ने काममा विषयमा नेपालका राजनीतिक दलका नेताहरूको ध्यान जान नसकेको उनले बताए।

Read More

काठमाडौं : उच्च अदालत बार एशोसिएशन पाटनको हिजो सम्पन्न निर्वाचनमा एमाले निकटस्थ कानुन व्यवसायीहरु विजयी भएका छन् । पिपिएलएका विदुर ढुंगाना नेतृत्वको प्यानल अत्यधिक मतान्तरले विजयी भएको हो । विदुरले एक हजार एक सय ४० मत ल्याउँदा एकीकृत समाजवादीबाट गोपाल श्रेष्ठले ४९० मत ल्याएका थिए । उपाध्यक्षमा विष्णुऋषि कोइरालाले एक हजार एक सय ४२ र उनका प्रतिस्पर्धी दुर्गाप्रसाद चिमरियाले ४४० मत पाएका छन् । त्यसैगरी पहिलो सचिवमा विजयी प्रवल शर्माको एक हजार एक सय ५१ मत र देवीप्रसाद रिजालको ४३० तथा अर्का सचिव सुशीला चौधरीको एक हजार एक सय ४३ र उनकी प्रतिस्पर्धी यशोदाकुमार पाण्डेको ४३२ मत आएको छ ।…

Read More