Author: महेन्द्रनगर पोष्ट

काठ्माडौं : गण्डकी सरकारका मन्त्री दीपक मनाङेको राजीनामा स्वीकृत भएको छ । सोमबार अपरान्ह मनाङेले पेश गरेको राजीनामा स्वीकृत गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए । सोमबार मन्त्रिपरिषद विस्तार गर्दा मुख्यमन्त्री पाण्डेले मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयबाट हटाएर वन मन्त्रालयको जिम्मा दिएका थिए । मुख्यमन्त्रीको निर्णयबाट असन्तुष्ट मनाङेले अपरान्ह स्वकीय सचिव सन्तोष अधिकारीमार्फत राजीनामा पठाएका थिए । मुख्यमन्त्री पाण्डेले सत्ता साझेदार नेकपा एमालेको असन्तुष्टिका बाबजुद आफूले मनाङेलाई मन्त्रिपरिषदमै राखेको तर उनले आफैं राजीनामा गरेका कारण स्वीकृत गरेको बताएका छन् ।

Read More

काठमाडौं: गृहमन्त्री रमेश लेखकले विल्लादार जवान, आधारभूत तहका प्रहरीलाई १६ वर्ष र जुनियर अधिकृतलाई १८ वर्षको पेन्सन दिइने बताएका छन्। सोमबार सशस्त्र प्रहरी बल, नेपाल सम्बन्धी विधेयक, २०८१ को मस्यौदामाथिको छलफलमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन्। सशस्त्र प्रहरी बलले पेश गरेको बिधेयकको मस्यौदामा तल्लो तहका प्रहरीलाई १६ र १८ वर्ष सेवा अवधिमा पेन्सन दिने प्रावधान ठिक गरेको बताए। गृहमन्त्री रमेश लेखकले सय दिनभित्र बिधेयक संसदमा पुर्‍याउने लक्ष्य रहेकोसमेत बताए । समाजको गति अनुसार कानुनमा पनि संशोधन भइरहने गृहमन्त्री लेखकको भनाई छ। आर्थिक भार पनि नबढ्ने र सेवामा अकर्षण पनि बढ्छ कि भनेर उमेर हद बढाउने र पेन्सनको अवधि घटाउने…

Read More

धनगढी: सशस्त्र प्रहरीले कञ्चनपुरबाट एकै दिन ५९ लाख बढी मूल्यको भन्सार छलीको सामान बरामद गरेको छ।सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीले जिल्लाको भीमदत्त नगरपालिका–३, भाँसी आनन्द टोलस्थित सिद्धार्थ ईन्जिनीयरिङ्ग अटो वर्कसप पछाडीबाट ५९ लाख १८ हजार २ सय मूल्यको भन्सार छलीको सामान बरामद गरेको हो। केन्द्रीय ईन्टेलीजेन्ट ब्यूरोबाट प्राप्त सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुरबाट खगेन्द्रबहादुर चन्दको कमाण्डमा खटिएको ११ जना र बिओपि जिमुवाबाट सशस्त्र प्रहरी नायव निरीक्षक भरतबहादुर चन्दको कमाण्डमा खटिएको ५ जनाको संयुक्त टोलीले भारतबाट अवैध रुपमा भन्सार छली नेपाल ल्याइएको सामान बेवारिसे अवस्थामा बरामद गरेको हो। बरामद भएको…

Read More

काठमाडौँ : सरकारले इजरायलको राजदूतमा प्रस्तावित गरेका बझाङका धनप्रसाद पण्डितले इजरायल र हमास युद्ध अन्त्य गर्न आफूले भूमिका खेल्ने बताएका छन् । उनले इजरायलाई युद्ध अन्त्य गर्न भनेर सुझाव दिने बताएका छन् ।  संघीय संसद्को संसदीय सुनुवाइ समितिको सोमबारको बैठकमा प्राध्यापक पण्डितले सबै मुलुक सँगै बस्नुपर्ने भावना इजरायल सरकारका प्रतिनिधिसमक्ष राख्ने बताए । ‘त्यो लडाइँ भएको मुलुकमा हामी सँगै बस्नुपर्छ, तिमी स्वतन्त्र राष्ट्र छौं भने प्यालेस्टिनीलाई पनि बाँच्न देउ र लडाइँ कम गर, बन्द गर भन्ने सुझाव दिन तपाईंको प्रतिनिधि तयार हुनेछ,’ संसदीय सुनुवाइ समितिमा पण्डितले भने, ‘यो संसार ईश्वरले व्याप्त छ, यसलाई मेरो मात्रै हो भन्ने नठानौं, यो सबैको हो…

Read More

धनगढी: कैलालीमा एक युवकसँग २१ वटा मोबाइल फोन फेला परेका छन्। प्रहरीले सो मोबाईलको मूल्य ८ लाख ४० हजार बताएको छ। तिनै आइफोन (मोबाइल) सहित प्रहरीले धनगढी विमानस्थलबाट एक जनालाई पक्राउ पनि गरेको छ। सोमबार बिहान ११ बजे धनगढी उपमहानगरपालिका–१३ स्थित विमानस्थलबाट अन्दाजी ८ लाख ४० हजार मुल्य पर्ने २१ वटा आइफोनसहित घोडाघोडी नगरपालिका–०१ सुख्खड बस्ने २७ वर्षीय राजु चौधरी पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कार्टुनमा प्याक गरी ल्याएका आइफोनसहित चौधरीलाई आवश्यक कारबाहीका लागि त्रिनगर भन्सार कार्यालय कैलाली पठाउने तयारी भएको प्रहरीले जनाएको छ।

Read More

काठमाडौँ: नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी समायोजनबारे दिएको अभिव्यक्तिलाई लिएर उनको जिब्रो थुत्नुपर्ने भनी अभिव्यक्ति दिएका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सचेत गराएका छन्। सोमबार आयोजित एक कार्यक्रममा मन्त्री गुरुङले आफूलाई त्यस्तो शब्द नबोल्न प्रधानमन्त्री ओलीले सचेत गराएको र आफू पनि सचेत भएको जानकारी दिए। कार्यक्रममा बोल्दै गुरुङले ओलीसँग विविध विषयमा कुरा हुने क्रममा अन्त्यमा जिब्रो थुत्नुपर्ने भनी दिएको अभिव्यक्तिबारे कुरा भएको बताए।  ‘उहाँले त्यस शब्द कुन सन्दर्भमा भन्नुभयो भनेर सोध्नुभयो, मैले त्यसबारे बताए। अनि तपाईंले भनेको त ठिकै हो। तर तपाईं जिम्मेवार र सरकारको प्रवक्ता समेत रहेकाले बोल्दा अबदेखि त्यस्ता शब्द नबोल्नु…

Read More

धनगढी: अछामको एक समामुदायिक वनमा पुरुष मृत अवस्थामा भेटिएका छन्। जिल्लाको चौरपाटी गाउँपालिका-१ स्थित सेलि सामुदायिक वनमा खोटो संकलनको काम गर्दै आएका रोल्पाका भबिलाल घर्तिमगर मृत अवस्थामा भेटिएका हुन्। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार आइतबार साँझ रोल्पा नगरपालिका-३ सातदोबाटो स्थायी घर भएका ४० वर्षीय घर्तिमगरको शव विन्द्रावन सामुदायिक वनमा भेटिएको थियो। घर्तिमगर सम्पर्कविहीन भएपछि उदयपुर निवासी तथा उनीसँगै काम गर्ने कोडिनेटर पौरख बस्नेतले प्रहरीलाई जानकारी गराएका थिए। प्रहरीलाई सूचना प्राप्त भएलगत्तै, प्रहरी सहायक निरीक्षक रमेश कुमार नाथको कमाण्डमा तीन जनाको टोली घटनास्थलतर्फ खटिएको थियो। उनको शव पाँच दिनपछि आइतबार साँझ भेटिएको बताइएको छ। अनुसन्धानका लागि साँफेबगर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक…

Read More

काठमाडौं: क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन गर्ने तयारी भएको छ। आइतबार उच्च सरकारी वकिलको कार्यालयले सन्दीपविरुद्धको मुद्धामा सर्वोच्च जाने रायसहितको फाइल महान्यायाधिवक्ताको कार्यालयमा पठाइसकेको स्रोतले जनाएको छ। जबरजस्ती करणी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट दोषी ठहर भएका लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको थियो। उच्च अदालत पाटनले सफाइ दिएपछि सो घटनामा पीडित भनिएकी गौशाला–२६ (परिवर्तित नाम) ले मुद्दा अगाडि नबढाइदिन भन्दै महान्यायाधिवक्ताको कार्यालयमा निवेदन दिएकी थिईन्। महान्यायाधिवक्ताको कार्यालयले पीडित भनिएकी गौशाला–२६ ले दिएको निवेदनलाई पनि साथमै राखेर मुद्दा अगाडि बढाउने तयारी गरेको बुझिएको छ।

Read More

धनगढी: कैलालीमा कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका–५ गेटा बिस्कुट फ्याक्ट्री नजिकबाट धनगढी उपमहानगरपालिका–१३ राजपुर बस्ने २१ वर्षीय बिरेन्द्र राना पक्राउ परेका हुन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी गेटाबाट खटिएको प्रहरी टोलीले रानालाई हिडिरहेको अवस्थामा संका लागि चेकजाँच गर्दा उनको साथबाट कटुवा पेस्तोल थान–१ फेला पारि आइतबार पक्राउ गरेको कैलाली प्रहरीले जनाएको छ। सो सम्बन्धमा थप अनुसन्धान भइरहेको बताइएको छ।

Read More

काठमाडौं: सिन्धुली पठाइएका तर अटेर गरि नगएका एसपी अर्जुनप्रसाद तिमिल्सिनाको अहिले हेडक्वार्टरमा कब्जा जमाएका छन्। ख वर्गको सिन्धुली नजाने भन्दै ख वर्गकै धादिङ जान इच्छा राखेका तिमिल्सिना हाल हेडक्वार्टरमा छन्। प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन (कप्र) शाखामा रहेका उनै तिमिल्सिना सरुवा रोक्नेदेखि बढुवामा समेत अनेक चलखेल गरिरहेका छन्। सोही कारण उनी हेडक्वार्टरमा सबैको तारो बनेका हुन्। उनी २०८० जेठमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान आधारभूत तालिम महाशाखा, महाराजगञ्जमा कार्यरत थिए। त्यसबेला उनलाई तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले हेडक्वार्टरमा ल्याए। त्यसपछि सत्ता गठबन्धन परिवर्तन भएर गृहमन्त्रालयमा रवि लामिछाने आएकोमा उनको पालामा कप्र शाखा प्रमुख रहेका एसपी तिमिल्सिनालाई सिन्धुलीमा सरुवा गरिएको थियो। तर, गत…

Read More