Author: महेन्द्रनगर पोष्ट

धनगढी : नेपालका परराष्ट्रमन्त्री आरजु राणाले आज साँझ नयाँ दिल्लीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गरेकी छन्। भेटवार्तामा नेपाल भारत सम्बन्ध र यसको बहुआयामिक विविधताका विषयमा गहन कुराकानी भएको छ। परराष्ट्रमन्त्रीको यस भारत भ्रमणलाई नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ र उचाइमा पुर्‍याउने अवसरका रूपमा हेरिएको छ। मन्त्रीले आफ्नो भ्रमण र उच्चस्तरीय भेटवार्ताबाट दुई देशबीचको सम्बन्ध अझ सुदृढ हुने अपेक्षा व्यक्त गरेकी छन्।

Read More

धनगढी : कैलालीको गोदावरी नगरपालिका २ स्थित तेघरीबाट २२ वर्षीय हरी महरा लागू औषधसहित पक्राउ परेका छन्। आज बिहान जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान टोलीले महरालाई सडकमा शंकास्पद रूपमा हिँडडुल गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो। प्रारम्भिक शंका लागेपछि प्रहरीले महराको खानतलासी गर्दा उनको साथमा १२० मिलिग्राम हेरोइन फेला परेको बताइएको छ। पक्राउपछि महरालाई थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ।

Read More

धनगढी : मोहनापुल अत्तरिया ६ लेन सडकखण्डको गेटा मेडिकल कलेज नजिकै म्याजिक र मोटरसाईकल एकआपसमा ठोक्किदा दुई जना गम्भीर घाइते भएका छन् । मेडिकल कलेज नजिकै प्रकाश बोहोराले चलाएको म १ज १६१ नम्बरको म्याजिक र पहिचाल नखुलेका चालकले चलाएको से ६ प ८४२३ नम्बरको मोटरसाईकल एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ । दुर्घटनामा दुवै जना चालक गम्भी्र घाइते भएका छन् । तत्कालै उपचारका लागि पद्यमा अस्पताल पुगाइएका उनीहरुलाई सेती प्रादेशिक अस्पताल रेफर गरिएको छ ।

Read More

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर-१७ ले बनाएको शव वाहन थन्किएको छ । यातायात व्यवस्था कार्यालय महेन्द्रनगरले ढुवानीमा प्रयोग हुने टिप्परलाई नियम विपरीत शव वाहन बनाएको भन्दै सञ्चालनको अनुमती नदिएपछि अलपत्र अवस्थामा थन्किएको हो । वडा कार्यालयले १० लाख रुपैयाँमा टिप्परलाई काटेर बनाएको शव बोक्ने महाप्रस्थान यानलाई यतायात कार्यालयले सञ्चालनको अनुमती नदिएपछि वडाको बजेट बालुवामा पानी भएको छ । यातायात कार्यालयको अनुमती बिना एकलौटी ढंगबाट बनाएको महाप्रस्थान यानमा वडा कार्यालयले गरेको लगानी खेर गएको हो । मालवाहक सवारी साधनलाई यात्रु बाहक र यात्रु बाहकलाई सवारी साधनलाई मालवाहक परिवर्तन गर्न नपाइने भएकोले उक्त टिप्परलाई महाप्रस्थान यानमा अनुमती दिन मिल्दैन ।…

Read More

काठमाडौं : बाजुरा घर भइ हाल भारतको पिथौडागढ बस्दै आएका चन्दु कार्की २९औं दिनमा पशुपतिनाथको मन्दिरमा पुगेका छन् । २६ बर्षका कार्की हरिद्वारबाट जल बोकेर पशुपतिसम्म पैदल हिँडेर पुगेका हुन् । आज ३०औं दिनमा पशुपतिमा आफूले बोकेर ल्याएको जल चढाएको उनले बताए । ‘हिजो राति १० बजे पुगेकाले आज बिहानै जनैपूर्णिमाको अवसरमा हरिद्वारबाट बोकेर ल्याएको जल चढाएँ’ उनले भने । आफ्नो स्वास्थ्य अवस्था तन्द्रुस्त रहेको बताउने उनले अब एक महिना नेपालमै रहने बताएका छन् । ‘केही दिन आराम गरेपछि यतै पैदल यात्रा गर्ने योजना छ’ उनले भने । बाजुरामा जन्मेका चन्दु कार्कीको बाल्यकाल भारतमै बितेको थियो । उनका बुवाआमाले सानैमा…

Read More

धनगढी: बझाङको बुङ्गल नगरपालिका-१० टुमेडामा पहिरोमा परि मृत्यु भएका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले प्रतिव्यक्ति एक लाख रुपैयाँ दिने घोषणा गरेको छ। मुख्यमन्त्री कमलबहादुर शाहले प्रेस विज्ञप्ति जारी गर्दै मृतकका परिवारलाई राहत स्वरुप प्रति व्यक्ति एक लाख प्रदान गर्ने घोषणा गरेका हुन्। उनले पहिरोमा ज्यान गुमाएका परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेहरुको स्वास्थ्य लाभको कामना गरेका छन्। साथै खोज, उद्दार तथा राहतमा जुट्न सम्बन्धित निकायलाई निर्देशन गरेका छन्। पहिरोमा परि ५५ वर्षीया काली धामी, विराकी जेठी बुहारी २८ वर्षीया गोल्की धामी, गोल्कीका जेठी छोरी ६ वर्षीया आशिका धामी र गोल्कीकै कान्छी छोरी वर्ष ३ की लक्ष्मी धामीको मृत्यु भएको छ।

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले नयाँ बजेटमा २५ लाखबढीका योजना मात्रै विनियोजन गर्ने बताएको छ । प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले सोमबार पत्रकार सम्मेलनमार्फत् बजेट निर्माण प्रक्रियामा सबै क्षेत्र, राजनीतिक दल, र नागरिक समाजसँग संवाद र छलफल जारी राखेको बताएका छन्। प्रदेश सरकारले आगामी वार्षिक विकास कार्यक्रम (बजेट) प्रदेशको आवश्यकता र औचित्यका आधारमा निर्माण गरी अघि बढ्न केही आधारहरू तय गरेको छ। २५ लाख भन्दा माथि मात्र बजेट विनियोजन गर्ने, २५ लाखभन्दा कम बजेट विनियोजन गर्नुपर्ने अवस्थामा स्थानिय तहलाई सशर्त अनुदानका रूपमा हस्तान्तरण गर्ने, र कुनै पनि योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन नगर्ने निर्णय गरिएको छ। प्रदेश सरकारले भ्रष्टाचारविरुद्ध शून्य…

Read More

धनगढीः कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ। घोडाघोडी नगरपालिका–४ भालुफाटास्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउदै गरेको सुपप्र०१–०११ प ७४६९ नम्बरको मोटरसाइकल र सोहि दिशातर्फ आउदै गरेको से ७ प ७६०१ नम्बरको मोटरसाईकलले पैदल यात्रीलाई गएराति ठक्कर दिँदा गम्भिर घाईते भएका थिए। घाईते पुरुषको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। मोटरसाइकल चालक रमेश जैगडी, सागर बिक, मोटरसाईकलमा पछाडी सवार आचल बिक र माया घोडशाहीसहित चारै जनाको घोडाघोडी अस्पताल सुखडमा उपचार भईरहेको प्रहरीले जनाएको छ। मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको छ।

Read More

काठमाडौं : अघिल्लो महिना प्रहरी प्रधान कार्यालयमा पुगेर गृहमन्त्री रमेश लेखकले भनेका थिए, ‘नेपाल प्रहरी ऐन, २०१२ सम्बन्धी संशोधनको प्रस्ताव एक महिनाभित्र संसदमा लैजान्छु।’ गत २ साउनमा सयौँ प्रहरी अधिकारीको अगाडि गरेको गृहमन्त्रीको यो भाषण झुट साबित भएको छ। प्रहरी ऐन संशोधनको प्रक्रिया अझै गृह मन्त्रालयबाट अघि बढ्न सकेको छैन। प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्न पुगेका गृहमन्त्रीले त्यबेला दिएको आश्वासनप्रति प्रहरी अधिकारीले नै विश्वास गरेका थिएनन्। आखिर त्यस्तै भयो। उनले भनेका थिए, ‘प्रहरी समायोजन ऐन, २०७६ छ। संघ र प्रदेशको प्रहरीबीच समायोजन गर्ने उद्देश्य लिएर २०७६ मा ऐन बनायौँ। त्यो ऐनअनुसार प्रहरी समायोजन हुन सकेको छैन। त्यसमा पनि केही परिमार्जनको…

Read More

बझाङ: बझाङमा एक घरमाथिबाट पहिरो जाँदा घरभित्र च्यापिएका चारै जनाको शव फेला परेको छ। जिल्लाको बुङ्‍गल नगरपालिका-१० स्थित टुमेडामा गएराति १ बजे एक्कासी घरमाथिबाट गएको पहिरोमा परी पुरिएका काली धामी, गोल्की धामी, आसिका धामी, लक्ष्मी धामीको शव निकालिएको हो। स्थानीय र प्रहरी चौकी झापाको टोलीको सक्रियतामा बिहान ७ः२० बजे चारै जना शव पुरिएको घरभित्रबाट निकालिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। ९ जना सदस्य रहेको उक्त घरमाथि राति १ बजे खसेको पहिरोले घर क्षतविक्षत बनाएको छ। ५ जनाको तत्काल जिवितै उद्धार गरिएको थियो। प्रहरीकाअनुसार राति करीब साढे १ बजेकाे समयमा एक्कासि वीरबहादुर धामीकाे घरमाथिबाट पहिराे गएकाे थियाे। पहिरो आएको थाहा…

Read More