Author: महेन्द्रनगर पोष्ट

धनगढीः दार्चुलाको अपिहिमाल गाउँपालिका ३ स्थित काँटै दोनथे पाटनमा यार्चागुम्बा संकलन गर्न गएका एक युवकको मृत्यु भएको छ। अपिहिमाल गाउँपालिका ३ राताभिटाका २४ वर्षीय मिलन कार्कीको लडेर मृत्यु भएको हो। शुक्रबार कार्कीको काँटैस्थित दोनथे भन्ने वनमा यार्चागुम्बा खोज्ने क्रममा भीरबाट लडेर मृत्यु भएको स्थानीयले बताएका छन्। यार्चा खोजेर बाँस बस्ने ठाउँमा फर्कने क्रममा उनको लडेर मृत्यु भएको बताइएको छ । मृतकको शव आफन्तहरू लेकबाट गाउँतिर ल्याइरहेको बताएको छ।

Read More

काठमाडौंः भारतीय वातावरण, वन तथा जलवायु परिवर्तन, उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण राज्यमन्त्री अश्विनी कुमार चोर्बे काठमाडौं आएका छन्। उनी हिजो राति पौने ११ बजे नेपाल आइपुगेका हुन्। चार जनाको टोलीसहित राज्यमन्त्री चोर्बे एअर इण्डियाको उडान नम्बर एआई २११ मा नयाँ दिल्लीबाट आएको बताइएको छ। यस्तै अस्ती भारतबाट दुई जना धार्मिक तथा आध्यात्मिक नेता तथा प्रचारकहरु काठमाडौं आएका थिए। उनीहरु नयाँ दिल्लीबाट विशेष विमानमा प्रचारक मोरारी बापुको नेतृत्वमा पाँच सदस्यीय टोली यहाँ आएको बताइएको छ। बापुको टोली बालाजु रानीवन छेउ ओशो तपोवनमा बसेको बुझिएको छ। यस्तै ब्रम्हऋषि कुमार स्वामी जी महाराज पनि तपोवनमा बसेका छन्। भिस्तारा एअरको उडान नम्बर…

Read More

धनगढीः धनगढीको नापी कार्यालयमा सेवाग्राहीबाट घुस माग्ने २ कर्मचारी निलम्बित भएका छन्। उनीहरुको विषयमा छानबिन गर्न समिति गठन गरिएपछि निलम्बित भएका हुन्। गत जेठ ४ गते एक जना अमिन र ६ गते सर्वेक्षकले सेवाग्राहीसँग घुस मागेको विषय बाहिरिएको थियो। त्यसमा छानबिन गर्न समिति गठन गरिएको थियो। जेठ ४ मा साबिकको दरख गाविस हेर्ने जिम्मेवारी पाएका अमिन र ६ गते चौमाला हेर्ने सर्वेक्षले घुस मागेको सेवाग्राहीले गुनासो गरेका थिए। जेठ ४ गते लेखापढी व्यवसायीमार्फत सेवाग्राहीबाट रकम असुल गरिएको थियो भने ६ गते सेवाग्राहीसँग २ लाख घुस माग्न कर्मचारीले बार्गेनिङ गरेको विषय बाहिर आएको थियो। कर्मचारीले सेवाग्राहीबाट रकम असुल गरेको र गर्न…

Read More

काठमाडौँ : आइसीसी टी-२० विश्वकप आइतबारदेखि शुरु हुदै छ । जुन २९ सम्म हुने यस विश्वकपमा २० देशले भाग लिदै छन् । यस विश्वकपमा आयोजक अमेरिका र वेस्ट इण्डिजसहित, भारत, अस्ट्रेलिया, पाकिस्तान, बंगलादेश, नेपाल, श्रीलंका, अफगानिस्तान, न्यूजील्याण्ड, दक्षिण अफ्रिका, इङल्याण्ड, आयरल्याण्ड, नेदरल्याण्डस, नामिबिया, पीएनजी, क्यानडा, स्कटल्याण्ड, ओमान र युगाण्डा सहभागी हुदै छन् । इङल्याण्ड टी-२० विश्वकपको डिफेन्डिङ च्याम्पियन हो । २०२२ मा अस्ट्रेलियामा भएको विश्वकपमा इङल्याण्डले फाइनलमा पाकिस्तानलाई पराजित गरेर दोस्रो पटक उपाधि जितेको थियो । टी-२० विश्वकप्को यो नवौं सिजन हो । यस अघि सम्पन्न आठ विश्वकपमा सबैभन्दा बढी इङल्याण्ड र वेस्ट इन्डिजले २-२ पटक जितेका छन् । इङल्याण्डले…

Read More

काठमाडौं : आईसीसी टी-२० विश्वकप क्रिकेट आज शनिबार शुरु हुँदैछ। अंग्रेजी पात्रोअनुसार जुन १ मा हुने उद्घाटन खेल शुरु हुँदा नेपालमा भने आइतबार बिहानको सवा ६ बजेको हुनेछ। अमेरिका र वेष्ट इण्डिजको संयुक्त आयोजनामा हुने विश्वकप क्रिकेटको पहिलो खेलमा समूह एमा रहेको घरेलु टोली अमेरिका र क्यानडाबीच प्रतिस्पर्धा हुनेछ। उद्घाटन खेल डल्लासको ग्राण्ड प्रेरी स्टेडियममा शुरु हुनेछ। जुन १ देखि जुलाई १ सम्म एक महिना चल्ने प्रयोगितामा २० टोली सहभागी हुँदैछन्। आइतबार साँझ नै सवा ८ बजे वेस्ट इण्डिज र पपुवा न्यूगिनीबीच प्रतिस्पर्धा हुनेछ । समूह डीमा रहेको नेपालले भने पहिलो खेलमा जुन ४ मा नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्नेछ। दोस्रो खेलमा…

Read More

काठमाडौं : भारतमा आज लोकसभा निर्वाचनका लागि सातौँ तथा अन्तिम चरणको मतदान हुँदैछ । यस निर्वाचनका लागि सात राज्य र एक केन्द्र शासित प्रदेशका ५७ सिटमा मतदान हुँदैछ । पञ्जाब र उत्तर प्रदेशका १३–१३ सिट, पश्चिम बङ्गालका नौ सिट, बिहारका आठ, उडिसाका छ, हिमाचल प्रदेशका सबै चार सिट, झारखण्डका तीन सिट र चण्डीगढको एक सिटमा आज मतदान हुँदैछ । लोकसभा चुनावको अन्तिम चरणको प्रचारप्रसार बिहीबार साँझ सम्पन्न भएको थियो । प्रधानमन्त्री नरेन्द्र मोदी, कांग्रेस नेता राहुल गान्धी र अन्य धेरै दलका नेता अन्तिम चरणको निर्वाचनमा चुनावी मैदानमा  छन् । यो निर्वाचनमा कूल नौ सय चार जनाले उम्मेदवारी दिएका छन् ।…

Read More

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले यो वर्ष सातौंपटक तातो हावाक‍ो लहर चल्ने चेतावनी जारी गरेको छ । पछिल्लोपटक जेठ १९ र २० गते दुई दिन तातो हावाको लहर चल्ने चेतावनी जारी भएको छ । यसअघि महाशाखाले तीन-तीन दिन तातो हावा चल्ने चेतावनी जारी गर्थ्यो । विगतका दिनमा जस्तै आज शनिबार र भोलि आइतबार पनि सबैभन्दा बढी लुम्बिनीदेखि सुदूरपश्चिमसम्मका तराई क्षेत्रका जिल्ला नै तातो हावाबाट प्रभावित हुनेछन् पछिल्ला दिनमा नेपालमा गर्मी अत्यधिक बढेको छ । तराईका केही जिल्लाहरूमा ४० डिग्री सेल्सियसभन्दा धेरै तापक्रम मापन भएको छ ।

Read More

काठमाडौँ : नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो साढे १२ बजे संसद् भवन नयाँबानेश्वर स्थित ल्होत्से हलमा बस्ने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम, मधेस प्रदेश सरकार तथा सरकारले संसदमा पेस गरेको बजेटबारे छलफल हुने जनाइएको छ ।पछिल्लो समय सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिपक्षी दलहरूसँग उठबस बढाएपछि केन्द्रीय राजनीतिमा तरङ्ग पैदा भएको छ । त्यस्तै, अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते सार्वजनिक गरेको अगामी आर्थिक वर्षको बजेटमाथि भोलिदेखि छलफल सुरु हुँदै छ ।

Read More

काठमाडौँ : कीर्तिमानी हिमाली आरोही निर्मल पुर्जाविरुद्ध विभिन्न महिलाले यौन दुर्व्यवहारको आरोप लगाएका छन्। शुक्रबार प्रकाशित अमेरिकी अखबार ‘द न्युयोर्क टाइम्स’मा ती महिलाले पुर्जाले आफ्नो असहमति हुँदाहुँदै चुम्बन गर्नेदेखि गोप्य अंग छुनेसम्म हर्कत गरेको दाबी गरेका छन्। द न्युयोर्क टाइम्सका अनुसार पूर्वमिस फिनल्यान्ड लोता हिन्स्टाले २०२३ मार्च ३० मा काठमाडौँ आएका बेला पुर्जाले एक होटलमा आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी हुन्। यसअघि डिसेम्बरमा प्रकाशित आफ्नो संस्करणात्मक पुस्तक ‘द माउन्टेन्स अफ माई लाइफ २’ मा पनि उनले पुर्जाको नाम नलिई एक जना चर्चित आरोहीले आफ्नो सहमतिबिना चुम्बन गरेको उल्लेख गरेकी थिइन्। शुक्रबार प्रकाशित न्युयोर्क टाइम्समा भने उनले ती व्यक्ति पुर्जा…

Read More

काठमाडौं : नेपाल प्रहरीका १६९ नायब निरीक्षक सई० पदमा बढुवा भएकाहरुको पदस्थापन भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार जेठ १७ गतेको निर्णयानुसार असईबाट सईमा बढुवा भएकाहरुलाई जिम्मेवारी प्रदान गरिएको हो । बढुवा नियुक्ति भएका प्रहरीलाई प्रचलित नियम बमोजिम तलब, भत्ता तथा राशनसमेत हाल पदस्थापन भएको दरबन्दीबाट पाउने गरी व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ । साथै उनीहरुलाई आवश्यक कारबाही गर्न गराउन हुन एवं दज्र्यानी चिन्हद्धारा सु-शोभन गराउन हुन सम्बन्धित कार्यालयलाई निर्देशन दिइएको छ । cn_747Download

Read More