धनगढी: सशस्त्र प्रहरी बल नेपालका १६ डीआइजी र १८ जना एसएसपीहरुको सरुवा गरिएको छ। गृहमन्त्रालयले हिजो (मंगलबार) डीआइजी र एसएसपीहरुको सरुवा गरेको हो। जसमा केही एसएसपीहरु भने ८ महिनामै हेडक्वार्टर तानिएका छन् भने वाहिनी एवं प्रदेश मुख्यालयका डीआइजीहरु पनि फेरबदल भएका छन्। सरुवामा बाहिनी पतिहरू परेका छन्। जसअनुसार नम्बर एक बराह बाहिनी सुनसरीमा शम्भु सुवेदी, नम्बर २ छिन्नमस्ता बाहिनी महोत्तरीमा कालीदास धौबजी, नेपाल नम्बर ३ गढीमाई बाहिनी, मकवानपुरमा गणेशबहादुर ठाडामगर पुगेका छन्। यस्तै नम्बर ७ बैद्यनाथ बाहिनी कैलालीमा दीपक अधिकारीलाई पठाइएको छ। नम्बर ६ महेश्वरी बाहिनी सुर्खेतमा दुर्गाप्रसाद भट्टराई, नम्बर ४ मुक्तिनाथ बाहिनी कास्कीमा कुलबहादुर नेम्वाङ र नम्बर ५ विन्ध्यवासिनी…
Author: महेन्द्रनगर पोष्ट
धनगढी: सशस्त्र प्रहरी बल नेपालका सुदूरपश्चिम प्रदेशका प्रमुख डीआइजी कुमार न्यौपाने र एसएसपी रमेश कुमार पाण्डेको सरुवा भएको छ। हिजो (मंगलबार) गृहमन्त्रालयले डीआइजी न्यौपाने र एसएसपी पाण्डेको सरुवा गरेको हो। उनीहरू दुबै जनाको काठमाडौं सरुवा भएको हो। सशस्त्रको प्रधान कार्यालयले सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ वाहिनी मुख्यालय कैलालीमा कार्यरत डीआइजी न्यौपानेको प्रधान कार्यालयस्थित आइजीपीको सचिवालय र एसएसपी पाण्डेको सशस्त्र प्रहरी बल नेपालको खेलकुद तथा शारीरिक सुगठन शिक्षालय काठमाडौं सरुवा भएको जनाएको छ। यस्तै अब न्यौपानेको स्थानमा डीआइजी दिपक अधिकारी आउने भएका छन्। उनी सशस्त्र प्रहरी बल नेपालको नम्बर ५ विन्ध्यावासिनी वाहिनी मुख्यालय रुपन्देहीबाट सरुवा भएर आउन लागेका हुन्।…
काठमाडौं : प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा वैशाख ११ देखि १३ गतेसम्म संचालन भएको ‘१९औं हेड अफ एनसिबी कन्फरेन्स’मा नेपालको तर्फबाट सहभागी भई बुधबार स्वदेश फिर्ता भएका छन् । कन्फरेन्समा मुख्यगरी अन्तराष्ट्रिय संगठित अपराधका बारेमा छलफल भएको थियो । अन्तराष्ट्रियस्तमा हुने अपराध नियन्त्रणमा इन्टरपोलका १९६ वटै सदस्य राष्ट्रहरुका एनसीबी प्रमुखहरू र इन्टरपोल महासचिव तथा पदाधिकारीबीच छलफल भएको थियो । महानिरीक्षक कुँवरलाई स्वागत गर्न विमानस्थलमा अतिरिक्त महानिरीक्षकहरू, नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरु पुगेका थिए। कुँवर कन्फरेन्समा सहभागी हुन वैशाख १० गते त्यसतर्फ प्रस्थान गरेका थिए।
काठमाडौं: जापानको रोजगार उपलब्धता अनुपात आर्थिक वर्ष २०२३ मा तीन वर्षयता पहिलो पटक घटेको छ। जापान सरकारले तथ्यांक सार्वजनिक गर्दै रोजगार उपलब्धता घटेको जानककारी गराएको हो। स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले २०२३ को मार्च महिनाको तुलनामा रोजगार–आवेदक अनुपात ०।०२ प्रतिशतले घटेको बताएको छ। मार्चमा कम रोजगारीको अवसर भएका क्षेत्रहरूमा निर्माण क्षेत्र १०।८ प्रतिशतले घटेको छ भने जीवनशैली र मनोरन्ञ्जन सेवा क्षेत्र तथा शिक्षा क्षेत्र दुवै १०।५ प्रतिशतले घटेको छ।
काठमाडौं : पर्साको वीरगञ्जस्थित नबिल बैंकबाट रकम चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी कुमोध ढुंगेलले पुष्टि गरे । अनुसन्धान भइरहेकाले उनीहरुको विवरण प्रहरीले गोप्य राखेको छ । चोरी प्रकरणमा अन्य व्यक्ति पनि पक्राउ पर्न बाँकी नै रहेकाले प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ । सोमबार बिहानी ४ बजेतिर बैंकबाट एक करोड ३४ हजार ८०० रुपैयाँ चोरी भएको थियो । चोरी गरेर बोरामा रकम हालेर लगेको सीसीटीभी फुटेजमा देखिएको छ । चोरी भएको समयमा बैंकमा सुरक्षा गार्डसमेत नभएको खुलेको छ । सुरक्षा गार्ड नभएका कारण घटना थप शंकास्पद भन्दै…
डोटी: सेती नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका पुरुषको शव फेला परेको छ। आज (बुधबार) बिहान मृतकको शव भेटिएको हो। नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोरसहितको टोलीले हिजोबाट खोजीकार्य तीव्र पारेकोमा आज उनको शव भेटिएको हो। जिल्ला प्रहरी कार्यालय डोटीका डीएसपी भीम भट्टराईले मृतकको शव नुहाउन गएको स्थानबाट करिव २५ मिटरको दुरीमा भेटिएको जानकारी दिए। उनका अनुसार अस्ति शिखर नगरपालिका-८ लुवाखडीनजिकै नदीमा धनगढी उपमहानगरपालिका-३ मायामेट्रो अस्पताल पछाडि बस्ने अन्दाजी ४० वर्षीय नरबहादुर तामाङ डुबेर बेपत्ता भएका थिए। उनी सु.प.प्र. ०१ ००१ ज. १५३४ नम्बरको अल्टो कार लिएर धनगढीबाट अछामतर्फ जाँदै थिए थिए। सोही क्रममा उनी कार सडक किनारमा रोकी नुहाउन…
काठमाडौं: इन्डोनेसियन नेशनल प्रहरीका हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजन प्रमुख आइजीपी कृष्ण मुर्ती ५ दिने भ्रमणका सिलसिलामा मंगलबार नेपाल आएका छन्। ६ सदस्यीय टोलीको नेतृत्व गरी आएका आइजीपी कृष्ण मुर्ती समेतको टोलीलाई प्रहरी नायव महानिरीक्षक जनक भट्टराई लगायतका प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा स्वागत गरेका थिए। भ्रमणको क्रममा आइजीपी कृष्ण मुर्ती सहितको टोली नेपाल प्रहरी प्रधान कार्यालय, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज र नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन लगायतका स्थानमा आयोजना हुने समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ। विशेषत उनीहरूको नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका तालिम केन्द्रहरूको अवलोकन र संयुक्त राष्ट्र संघको शान्ति मिसनसँग सम्बन्धित विषयमा…
काठमाडौं : नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाल सुनको मुल्य तोलामा २७ सयले घटेर १ लाख ३४ हजार ५० सय मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३३ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाल सुन तोलाको एक लाख ३७ हजार २ सय मा कारोबार भएको थियो भने तेजावी सुन तोलाको एक लाख ३६ हजार ५ सय ५० मा कारोबार भएको थियो । महासंघका अनुसार आज चाँदीको मुल्य तोलामा २० रुपैयाँले घटेर प्रतितोला १६ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि…
काठमाडौं : भारतमा जारी लोकसभा निर्वाचनका क्रममा सत्तारुढ भारतीय जनता पार्टीले आफ्नो चुनावी अभियान अवलोकन गराउन नेपालसहित विभिन्न देशका १८ वटा राजनीतिक पार्टीलाई दिल्लीमा निम्ता दिएको छ । भाजपाको ग्लोबल आउटरिच कार्यक्रम अन्तर्गत ‘नो बिजेपी’ ९पलयध द्यव्ए०अर्थात भाजपाबारे बुझाउने उद्देश्यले यी दलका नेताहरुलाई दिल्लीमा स्वागत गर्न लागिएको भाजपाका विदेश विभाग इन्चार्ज डा।बिजय चौथाइवालेले विज्ञप्तिमार्फत जनाएका छन् । नेपालबाट यस कार्यक्रमका लागि नेपाली कांग्रेस,नेकपा एमाले,नेकपा माओवादी केन्द्र,राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीलाई निम्ता गरिएको छ । आजै उनीहरुले बिजेपी मुख्यालयमा भाजपा अध्यक्ष जेपी नड्डासँग भेट्नेछन् । यसक्रममा भारतीय विदेश मन्त्री एस जयशंकर र रेलवे मन्त्री अश्विनी बैष्णवसँग पनि अन्तरक्रिया गर्ने भाजपाले…
धनगढी : श्रीमानको बन्चरो प्रहारबाट डडेल्धुरामा एक महिला गम्भीर घाइते भएकी छन्। जिल्लाको आलिताल गाउँपालिका–२ मटेला ४२ वर्षीय कर्णबहादुर देउवाले ३८ वर्षीया श्रीमती डम्मरीदेवी देउवालाई बन्चरो प्रहारबाट गम्भीर घाइते बनाएका हुन्। मंगलबार श्रीमान्–श्रीमतीको आपसी घरायसी झैझगडा हुँदा कर्णबहादुरले आफ्नै श्रीमतीको टाउकोमा बन्चरो प्रहार गरेको वडाध्यक्ष प्रमोदबहादुर मल्लले जानकारी दिए। घटनापछि श्रीमतीलाई स्थानीयले गांखेत स्वास्थ्य चौकीमा लगेका थिए। त्यहाँ उपचार सम्भव नभएपछि उनलाई धनगढी ल्याइएको छ । अहिले उनको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था गम्भीर रहेको बताइएको छ । उनका श्रीमानलाई मंगलबार नै नियन्त्रण लिइसकेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता कुसुम नायकले बताए।