काठमाडौँ : बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार राति ४.४ म्याग्निच्युडको भूकम्प गएको हो । मापन केन्द्रका अनुसार राति ११:३२ मा बझाङको पातलचौर आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
Author: महेन्द्रनगर पोष्ट
कैलाली : दाङको राप्ती नदीमा बस खसेर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । नेपालगन्जबाट काठमाडौं जाँदै गरेको बस दाङको भालुबाङ नदीमा खस्दा मृत्यु हुनेको संख्या ५ पुगेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्वल सिंहले जानकारी दिए । भे १ ख ३९१२ नम्बरको रात्री बस राप्ती गाउँपालिका भालुवाङस्थित शुक्रबार राति करिब १० बजे राप्ती नदीमा खसेको हो । दुर्घटनामा कम्तिमा २० जना घाइते भएको बताइएको छ । दुर्घटनामा घाइते हुनेहरूलाई लमही र राप्ती विज्ञान स्वास्थ्य प्रतिष्ठान घोराहीमा पठाइएको छ । अहिले प्रहरी, सशस्त्र प्रहरी र स्थानीय लगायतको टोलीले उद्धारको काम गरिरहेको छ ।
धनगढी : दीपायल सिलगढी नगरपालिका ९ की २२ वर्षकी गर्भवतीलाई बेथा लागेपछि बिहीवार साँझ साढे ७ बजेतिर सासूसहित छिमेकीले जिल्ला अस्पताल डोटी पुर्याए। गर्भवतीको बेथा बढ्दै गयो र राति १० बजेतिर पाठेघर खुल्यो तर बच्चा बाहिर निस्कन सकेन। पाठेघर खुलेको दुई घण्टापछिसम्म शिशु बाहिर निस्किन नसकेपछि मध्यरातमा डा. निराजन श्रेष्ठको टोली अपरेसनको तयारीमा जुट्यो । यता अस्पतालबाटै आमाले बुहारीको अपरेसन गर्ने जानकारी भारतको दिल्लीमा रहेका छोरालाई सुनाइन्। छोराले लागदोष (देउता, भूतप्रेत) लागेर बिरामी भएको होला, भोलि देउतालाई नसोधी केही गर्न हुँदैन भन्ने खबर पठाए । छोराको कुरा आमाले डाक्टरको टोलीलाई सुनाइन्। तत्काल अपरेसन नगर्ने हो भने अवस्था गम्भीर हुने भन्दै…
धनगढी : हालै सुदूरपश्चिम प्रहरी प्रमुखको रुपमा सरुवा भएका डीआइजी रविन्द्र केसीको सम्बन्धको दोबाटो सार्वजनिक भएपछि चर्चा चुलिएको छ । काभ्रेपलान्चोकमा जन्मिएका रविन्द्र केसी नेपाल प्रहरीमा प्रहरी नायब महानिरीक्षकको रूपमा कार्यरत छन् । सेवाको क्रममा उनी राष्ट्रपतिबाट जनसेवा श्री पदकले विभूषित भएका छन् । राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका उनले साहित्य, समाजशास्त्र, अन्तर्राष्ट्रिय मामिलामा रुचि राख्छन् । राष्ट्रिय पत्रपत्रिका तथा अनलाइन पोर्टलहरूमा फुटकर लेख रचनाहरू प्रकाशित गराइरहने केसीको पहिलो कथासंग्रह सम्बन्धको दोबाटो प्रकाशित भएको छ ।कथासंग्रह ‘सम्बन्धको दोबाटो’ बारेमा डीआइजी केसीले कसरी तयार गरेका छन् र पाठकले के पाउनेछन् ?‘सम्बन्धको दोबाटो’ मेरो पहिलो कथा कृति हो । यसमा समावेश भएका सबै सिर्जनाहरू…
डडेल्धुरा : डडेल्धुराको एक सरकारी मोटरसाइकल (बाइक)को चरम दुरुपयोग भइरहेको छ। सामाजिक विकास कार्यालय डडेल्धुराको मोटरसाइकल चरम दुरुपयोग भइरहेको हो। सुपप्र ०२ ००१ प ६१९ नम्बरको मोटरसाइकल कार्यालय सहयोगी उमेश बिष्टले चरम दुरुपयोग गर्दै आएका छन्। उनले शनिबार र सार्वजनिक बिदाका दिन जिल्ला प्रशासनबाट अनुमति लिएर मात्रै सञ्चालन गर्नुपर्ने भए पनि अनावश्यक चलाउने गरेको भेटिएको हो। स्रोतका अनुसार उनीसँग सवारीचालक अनुमतिपत्र समेत छैन्। उनले पारिवारिक कामकाजदेखि साथीलाई समेत प्रयोग गर्न दिइरहेका छन्। सामाजिक विकास कार्यालय डडेल्धुराका प्रमुख प्रयागराज जोशीको सरुवा भएपछि कार्यालय सहयोगी उमेशको सरकारी बाइकमा रजाइँ बढेको कर्मचारी बताउँछन्। लामो समयदेखि रिक्त रहेको सामाजिकको हाकिमको रूपमा केही दिनअघि कुलराज…
धनगढी : धनगढी जेसिजको ४१ औं पदस्थापना तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। शुक्रबार धनगढीस्थित सौराइ ब्यांक्वेटमा सम्पन्न कार्यक्रममा गत २३ मंसिरको साधारण सभाबाट निर्वाचित अरुण सिंहको टिमको पदस्थापना र सम्मान वितरण समारोहलाई प्रमुख अतिथि कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का संघीय सांसद डिल्लीराज पन्त र विशिष्ट अतिथि नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष राजन पौडेलले सम्बोधन गरेका थिए। प्रमुख अतिथि पन्तले ४१ वर्षको जेसिजको अध्यक्षमा निर्वाचित सिंहलाई बधाई तथा शुभकामना दिँदै हरेक तहमा युवा महिलाहरू नेतृत्वको रूपमा स्थापित गरेर जानुपर्नेमा जोड दिए। साथै विशिष्ट अतिथि नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष पौडेलले आफ्नो स्थापना कालदेखि नै जेसिजले युवाको व्यक्तित्व र नेतृत्व विकासमा महत्त्वपूर्ण…
धनगढीः नेपाल टेलिकम दूरसञ्चार निर्देशनालय, अत्तरिया र बिएसएल कन्स्ट्रक्सन काठमाडौँका बिचमा तामाजन्य कबाड खरिद–बिक्रीका लागि सम्झौता गरेको थियो । बिएसएल कन्स्ट्रक्सन काठमाडौँले ९६ हजार दुई सय ५७ दशमलव ३५ किलोग्राम तामाज्य कबाड खरिदका लागि टेलिकमको खातामा धरौटी रकम जम्मा गरेको थियो । कम्पनीले निर्देशनालयको खातामा मंसिर २२ गते ८ करोड १९ लाख चार हजार चार सय १६ रुपैयाँ जम्मा गरेको छ। कम्पनीले पुस ६ गतेबाट टेलिकमको गोदामबाट कबाड सङ्कलन सुरु गरेको थियो। तर, टेलिकमका गोदामहरुबाट सङ्कलन गरिएको तामाज्य कबाडको तौल र ट्रकहरुमा रहेको कबाडको तौलमा फरक फरक परेको छ। छानबिन समितिका संयोजक शिवराज जोशीका अनुसार नेपाल टेलिकमले १५ हजार ६ सय…
धनगढी : टीकापुर घटनाका मुख्य अभियूक्त हुन रेशमलाल चौधरी । तीनै चौधरीले नागरिक उन्मुक्ति पार्टीको प्रथम अधिवेशनबाट सर्वसम्मत अध्यक्ष चयन भएका छन्। सर्वसम्मत अध्यक्षमा चयन भएपछि जिल्ला, उच्च र सर्वोच्च अदालतले दोषी ठहर गरिसकेको चौधरीको अध्यक्ष पदलाई निर्वाचन आयोगले मान्यता दिने वा नदिनेबारे बहस शुरु भएको छ । निर्विरोध अध्यक्ष बनेका चौधरीको प्रस्तावक रोशन थापा र समर्थक सानु शाक्य थिए । अहिलेसम्म पार्टीको संरक्षक रहेका चौधरी २०७४ मा कैलाली १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । तर उनी लामो समय जेलमा बसेर छुटे । अध्यक्ष रेश्म भन्छन् –‘अध्यक्षका लागि म योग्य छु । मेरो पदलाई निर्वाचन आयोगले मान्छ र मान्नुपर्र्छ…
धनगढी : बैतडीमा ६ जना चोरलाई प्रहरीले पक्राउ गरेको छ। राती पार्टी गर्ने भन्दै कुखुरा फर्मबाट ब्रोइलर कुखुरा र मरमसला चोरी गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले कुखुरा फर्मबाट दुईवटा ब्रोइलर कुखुरा, खुर्सानी, टमाटर, अदुवा, प्याज, धनिया र मसला चोरी गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुलाई चोरी गर्दै गरेको अवस्थामा प्रक्राउ गरिएको हो। हाल उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बझाङ: गत असोज १६ गतेको भूकम्पले मष्टा गाउँपालिका–५ किनाडाकी झुपू आग्रीको घर छियाछिया भयो। केही दिन त्रिपालमा बसे पनि अहिले त्यही घरमा उनको बसोबास छ। कुन दिन चर्किएको घरले आफूलाई पुर्छ भन्ने पीरबाट उनी मुक्त भएकी छैनन्। ७० वर्षीया झुपूको काँधमा अहिले घरको सम्पूर्ण जिम्मेवारी रहेको छ। ससाना नातिनातिनाको हेरचाहमै दिन बित्ने गरेको उनले सुनाइन्। करिब ३० वर्ष अगाडि श्रीमान् गुमाएकी झुपूले दुःखका पहाड झेल्दै छोराछोरीलाई हुर्काइन्। ‘अब त बुढेसकालमा आनन्दले मर्न पाइने सोचेको प्रकृतिले सिकार बनाउँदै छ’, उनले भनिन्। उनको गाउँमा कमाइ खाने जमिन छैन भएको जमिन पनि भिरालो छ। ‘आकाशे पानीकै भर पर्नुपर्छ। पानीको समस्याले बारीमा लगाएको खुर्सानीसमेत…