Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : सरकारले तीन जना सचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जनसंख्या प्रशासन हेर्ने सचिव मधुसुदन बुर्लाकोटीलाई प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा गरेको छ । त्यस्तै प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव विनोदप्रकाश सिंहलाई महालेखा नियन्त्रकको कार्यालयमा र महालेखा नियन्त्रकको कार्यालयका सचिव हरि मैनालीलाई जनसंख्या सचिवमा सरुवा गरेको छ ।

Read More

धनगढीः नेपाल–भारत सीमाको भारतीय भूमिमाक्षेत्रमा एक नेपाली युवतीको शव फेला परेको छ। कञ्चनपुरको पुनर्वास नगरपालिकाको डोकेबजार नजिक भारतीय भूमिमा बिहिवार एक नेपाली युवतीको शव फेला परेको हो। उनको केही दिन अगाडी मृत्यु भएको हुन सक्ने भारतीय प्रहरीले बताएको छ। उनको परिचय खुलेको छैन। भारतीय भूमिमा शव फेला परेकाले भारतीय प्रहरीले अनुसन्धान गर्दै छ।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सुरतकुमार बमलाई धम्की दिइएको छ। बिहीबार मन्त्रालयमै घुसेर एकजना सरकारी ओभरसियरले सचिव बमलाई तर्साउनेगरी धम्की दिएका हुन्। सुरक्षा स्रोतका अनुसार पुरानो भुक्तानीको विषयलाई लिएर ओभरसियरले धम्काएर गएपछि सचिवले प्रहरीलाई गुहारेका थिए। त्यसपछि कैलालीका सीडीओ र कैलाली प्रहरीका प्रमुख एसपी पदमबहादुर बिष्ट सो विषय बुझ्न मन्त्रालयमै पुगेका थिए। तर उनलाई धम्की दिने ओभरसियर भने त्यतिबेला गैसकेका थिए। अहिले प्रहरीले सचिवलाई धम्की दिने ओभरसियरविरुद्ध कारवाहीका लागि निवेदन दिन सुझाएको बताइएको छ। तर निवेदन भने दिए नदिएको खुलाइएको छैन।

Read More

धनगढी: कैलालीमा गर्मीका कारण एक जनाको मृत्यु भएको छ। बर्दियाबाट बसमा बुधबार घर फर्किरहेका जिल्लाको कैलारी गाउँपालिका ७ रामपुरका २९ वर्षीय इन्द्रबहादुर रानामगरको मृत्यु भएको हो। ईलाका प्रहरी कार्यालय हसुलियाका प्रमुख लोकेन्द्र चन्दका अनुसार उनी बर्दियाबाट कैलालीको मसुरिया बजार झरेपछि मसुरियाबाट हसुलिया बजारको लागि हिँडेको से १ ख ८१० नम्बरको बसमा आमा बुवासहित सवार थिए। उच्च गर्मीकै बीच बसमै एकछिन आराम गर्छु भनी सुतेका उनी हसुलिया बसपार्क पुगेपछि मृत भेटिएको चन्दले बताए। मसुरिया र हसुलियाको दुरी १७ किलोमिटर मात्रै छ। उनको गर्मीपछि हृदयघातका कारण नै मृत्यु भएको प्रहरीको भनाइ छ।

Read More

काठमाडौं: गृहमन्त्री रवि लामिछानेले पछिल्लो सुन तस्करीको छानबिन गर्न गठित आयोगले कारबाहीको सिफारिस गरेका एक विवादित सहसचिवलाई पुरस्कृत गरेका छन्। गृहमन्त्रालयले बुधबार १६ (प्रमुख जिल्ला अधिकारी) सीडीओसहित २५ सहसचिवको सरुवा गरेको छ। सो सरुवासूचीअनुसार सुन तस्करी छानबिन आयोगले कारबाही गर्न सिफारिस गरेका सहसचिव अरुण पोख्रेललाई गृहमन्त्रालयबाट सरुवा गरेर नवलपरासी (बर्दाघाट सुस्ता) को सीडीओको जिम्मेवारी दिएका छन्। गृहको एउटा विभागमा कार्यरत कर्मचारीलाई जिल्लाको बागडोरको जिम्मेवारी दिएर पठाएका गृहमन्त्री लामिछानेले सुन तस्करी प्रकरणमा कर्मचारीलाई बचाउन लागेका छन्। सुन तस्करीको अनुसन्धान गरिरहेका प्रहरी अधिकृतहरुलाई कारबाहीको दायरामा ल्याएर जिम्मेवारीबिहीन बनाइरहँदा लामिछानेले कर्मचारीलाई भने पुरस्कृत गरिरहेका छन्। छानबिनको नाममा प्रहरी अधिकृतहरुको मनोबल गिराइरहेका गृहमन्त्रीले कर्मचारीलाई…

Read More

धनगढीः सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयको निमित्त निर्देशकमा डा. खगेन्द्र बम नियुक्त भएका छन्। बुधबार सामाजिक विकास मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै डा. बमलाई निमित्त निर्देशकको जिम्मेवारी दिएको हो। आयुर्वेद चिकित्सक बमलाई आर्थिक तथा प्रशासनिक अधिकारसहित निमित्त निर्देशकमा नियुक्त गरिएको हो। उनी सुदूरपश्चिम प्रदेशमा कार्यरत आयुर्वेद चिकित्सकहरुमध्ये सबैभन्दा वरिष्ठ चिकित्सक हुन्। निर्देशनालयका निर्देशक डा. जगदीश जोशी अध्ययन बिदामा गएपछि स्वास्थ्य निर्देशनालय निर्देशकविहीन बनेको थियो।

Read More

धनगढी: धनगढीस्थित कैलाली बहुमुखी क्याम्पसले गर्मी बिदा दिने निर्णय गरेको छ। धनगढीमा गर्मी अत्यधिक रुपमा बढेर पठनपाठनमा समस्या आएपछि बिदा दिइएको हो। क्याम्पसका सहायक क्याम्पस प्रमुख डा. लोकबहादुर बिष्टले जेठ २० गतेदेखि असार १० सम्म गर्मी बिदा रहने जानकारी दिए। उनका अनुसार बिदा अवधिमा प्रशासन भने खुलै रहने छ।

Read More

काठमाडौँः गृहमन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीको उमेरहदबारे अध्ययन गर्न सात सदस्यीय कार्यदल बनाएको छ। गृहमन्त्री रवि लामिछानेले सहसचिव तथा गृहमन्त्रालयका कर्मचारी महाशाखाका प्रमुख झक्कप्रसाद आचार्यको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेका हुन्। उक्त कार्यदलमा नेपाल प्रहरीका एक डीआईजी, सशस्त्र प्रहरीका एक डीआईजी, गृहमन्त्रालयका कानुन उपसचिव, अर्थमन्त्रालयका उपसचिव, मन्त्रालयले तोकेको सुरक्षा विज्ञ र गृहका उपसचिव एवं प्रहरी कर्मचारी प्रशासन शाखा प्रमुख कृष्ण गैरे सदस्य सचिव रहने छन्। प्रहरीका कुनकुन डीआईजी सहभागी हुने भन्ने विषयमा गृहमन्त्री र आईजीपीले टुंगो लगाउनेछन्। यो कार्यदलले एकमहिनाभित्र सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाउनेछ। अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू ५८ वर्षमा अनिवार्य…

Read More

काठमाडौ । क्रिकेटर सन्दीप लामिछानेले अमेरिका जाने भिसा पाउने प्रक्रिया अघि बढेको छ। त्यसका लागि नेपालस्थित अमेरिकी राजदूतावासले आज अपराह्न ४ बजे सन्दीपसँग अन्तर्वार्ता लिने भएको छ।  विश्वकप खेल्न अमेरिका पठाउन सन्दीपलाई भिसा दिन भनी सरकारले पनि नोट लेखिसकेको छ। भिसा मिलेको खण्डमा सन्दीप आजै राति अमेरिका उड्ने छन्। बलात्कार मुद्दामा उच्च अदालत पाटनले सफाइ दिएपछि नेपाल क्रिकेट संघ क्यानले सन्दीपलाई पनि विश्वकपमा सामेल गराउने प्रक्रिया अघि बढाएकाे थियो।  तर अमेरिकी दूतावासले भिसा दिन नमान्दा उनी जान पाइरहेका थिएनन्। उनलाई भिसा दिन माग गर्दै हिजो मात्र माइतीघरमा समर्थकहरूले प्रदर्शन गरेका थिए। 

Read More

धनगढी :  कैलालीका एक पुरुष बेपत्ता भएका छन् । जिल्लाको धनगढी उप महानगरपालिका वडा नं १ शान्तिटोल बस्ने ७० वर्षीय बाला चन्द बेपत्ता भएका हुन् ।   राम्रोसँग बोल्न र सुन्न नसक्ने चन्द यही जेठ १२ गतेबाट बेपत्ता भएका हुन् । आफ्नो दाजु पहाड जाँदै हुनुहुन्छ भनेर पछि लागेर बजार सम्म आउनु भएका चन्द त्यस दिनदेखि बेपत्ता भएको हुँदा खोजी गरिदिन हुन परिवारले आग्रह गरेका छन् । बेपत्ता भएका चन्दलाई कहीँ कतै भेटिएमा नजिकैको प्रहरी चौकी अथवा मोबाइल नं ९८४८४४४७५२ र ९८१२६२३२१४ मा सम्पर्क गरिदिन परिवारले आग्रह गरेका छन् ।

Read More