धनगढीः धनगढीका एक युवक लागूऔषधसहित पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका ७ देवरियाबाट १ ग्राम १६० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित सोही ठाँउका २२ वर्षीय सेवा चौधरी बिहीवार साँझ पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित फेला पारी पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। यस्तै चोरी मुद्धामा १५ वर्ष फरार रहेका कञ्चनपुरका एक जना पक्राउ परेका छन्। भीमदत्त नगरपालिका–६ ऐठपुरका ३० वर्षीय महेश चौधरी पक्राउ परेका हुन्। वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले चौधरीलाई पक्राउ गरेको हो। जिल्ला अदालत कञ्चनपुरको मिति २०६५ माघ २१ गतेको फैसलाले चोरी मुद्धामा १४ दिन कैद सजाय र…
Author: महेन्द्रनगर पोष्ट
धनगढी: सुदूरपश्चिमको बाजुरा केन्द्रबिन्दु भएर शुक्रबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ३ बजेर ५३ मिनेटमा बाजुराको बाह्रबिसे केन्द्रबिन्दु भएर ३.७ म्यग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस भएको बताइएको छ।
डडेल्धुरा: संघीय सरकार मातहतको एक मात्रै अस्पताल हो डडेल्धुरा अस्पताल। ०१८ सालदेखि विभिन्न नामले सञ्चालित अस्पताल ०७५ फागुन ५ गते विशिष्ट विशेषज्ञ सेवा सहितको डडेल्धुरा अस्पतालमा स्तरोन्नति भएको थियो। ०७५ सालमै विशिष्ट विशेषज्ञ अस्पताल भए पनि अहिलेसम्म स्विकृत दरबन्दी भने उपक्षेत्रीय अस्पतालकै छ। उपक्षेत्रीय अस्पताल सञ्चालनका लागि १०९ जनाको दरबन्दी स्वीकृत भएको थियो। जहाँ दरबन्दीअनुसार एक जना ११औं तहको मेडिकल सुपरिटेन्डेण्ड, ९औं र १०औं तहका थप १९ जना कन्सल्टेण्ड चिकित्सक हुनुपर्ने हो। कागजको खोस्टामा विशिष्ट विशेषज्ञ अस्पतालको उपमा पाएको डडेल्धुरा अस्पतालले दिने सेवा सुविधाले सुदूर पहाडका नागरिक आक्रान्त छन्। प्रदेश मातहतको अस्पतालले संघ मातहतको अस्पतालमा बिरामी रेफर गर्नुपर्ने हो। तर, संघ…
धनगढी: नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु कैलालीको अधिवेशन बैशाखमा हुने भएको छ। अनेरास्ववियुको जिल्ला अधिवेशन आगामी बैशाख २८ र २९ गते हुने भएको हो। आज (बिहीबार) बसेको अनेरास्ववियु कैलाली जिल्ला आयोजक कमिटीको निर्णयअनुसार अधिवेशन कैलालीको घोडाघोडी नगरपालिकास्थित सुखडमा हुने छ। अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिने प्रचार प्रसार समितिका संयोजक तथा कैलाली जिल्ला सह-संयोजक नितिश जोशीले बताए।
कञ्चनपुरः कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगरस्थित सिद्धबाबा मन्दिरमा दर्शनार्थीको भीड बढेको छ। मन्दिर बाहिर लहरै ठेला राखेर पसल थापिएका छन्। मन्दिर दर्शनका लागि पुगेका दर्शनार्थी कोही मन्दिरभित्र प्रवेश गरिररहेका छन्। कोही आफूलाई मनपर्ने सामान किन्न व्यापारीसँग मोलमोलाइ गरिरहेका भेटिन्छन्। पछिल्लो केही सातायता महेन्द्रनगरको सिद्धबाबा मन्दिरमा दर्शनार्थीको चहलपहल बढेको हो। हजारौँको सङ्ख्यामा दर्शनार्थी सिद्धबाबाको दर्शनका लागि आउँदा महेन्द्रनगर बजारमा पनि चहलपहल बढेको छ। पश्चिमी सीमानाका गड्डाचौकी हुँदै भारतीय दर्शनार्थी सिद्धबाबाको दर्शनका लागि आउने श्रद्धालुको भीडभाडले यहाँको व्यापार–व्यवसाय पनि बढेको हो। पछिल्लो समय गड्डाचौकीबाट महेन्द्रनगर बजारसम्मै श्रद्धालुको लस्कर देखिन्छ। नेपाल र भारतमा लाग्ने पूर्णागिरि मेलाले महेन्द्रनगरस्थित सिद्धबाबा मन्दिर दर्शनार्थी गुलजार बनेको छ। “अरु बेला…
धनगढी: थाइल्यान्डमा जार आइडब्ल्यूएफ वर्ल्ड कपमा नेपालका सागर भण्डारीले तीन नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन्। सागरले स्यान्चमा १३४, क्लिन एन्ड जर्कमा १७२ तथा कूलमा ३०६ केजीको नयाँ कीर्तिमान कायम गरेका हुन्। सागरले तीन वटैमा आफ्नौ नाममा रहेको कीर्तिमान सुधार गरे। यसअघि उनले क्लिन एन्ड जर्कमा १७१, स्न्याचमा १३३ र कूलमा ३०३ केजीको कीर्तिमान कायम गरेका थिए। यी कीर्तिमान उज्वेकिस्तामा भएको एसियाली सिनियर भारोत्तोलन च्याम्पियनसिप तथा चीनमा भएको एसियाली खेलकुदमा बनेका थिए। कञ्चनपुरको महेन्द्रनगर घर भएका सागरले नेपालको ४४ वर्षको इतिहासमा भारोत्तलनमा सर्वाधिक भार उचाल्ने खेलाडीको रेकर्ड बनाएका हुन्। सागर अब ओलम्पिक खेल्ने सम्भावित खेलाडीको शिर्ष स्थानमा छन्।
धनगढी: सुदूरपश्चिमका तत्कालीन मुख्यमन्त्री कमल बहादुर शाहले राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया अन्योलमा परेको छ। अल्पमतमा परेका मुख्यमन्त्री शाहले केही समय अगाडि पदबाट राजीनामा दिएका थिए। उनको राजीनामापछि नेकपा माओवादी केन्द्रसहितको नयाँ सत्ता समीकरणले सुदूरपश्चिममा नयाँ सरकार गठनको कोर्स थालेको छ। जसमा निर्णायक मानिएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री माग गरेको छ। माग मात्रै होइन, केन्द्रिय सत्ता गठबन्धनमा मुख्यमन्त्री पाउने समझदारी नै बनेको नाउपाको दाबी छ। संघमा बनेको समीकरण अनुसार सुदूरपश्चिम प्रदेशमासमेत एमाले, माओवादी, नाउपा र एकीकृत समाजवादीको गठबन्धनलाई निरन्तरता दिएर आलोपालो सरकार सञ्चालन गर्ने समझदारी भएको बताइएको हो। नाउपाका केन्द्रीय सदस्य दामोदर पण्डितले सुदूरपश्चिम प्रदेशमा…
धनगढी: नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटिले विभिन्न २८ वटा विभाग गठन गर्दै जिम्मेवारी तोकेको छ। २४ चैतमा धनगढीमा सम्पन्न भएको बैठकले विभिन्न जिल्लाका ६ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्न सिफारिस समेत गरेको छ। बैठकले प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीलाई स्कुल विभागको प्रमुखको जिम्मेवारी दिएको छ भने उपाध्यक्ष कालीबहादुर शाहीलाई स्थानीय विकास विभागको जिम्मेवारी दिएको छ। सचिव रणबहादुर चन्द संगठन विभागको प्रमुख, उपसचिव भागरथी बिष्टलाई प्रचार तथा प्रकाशन विभाग, नरबहादुर विश्वकर्मालाई बित्त तथा कोष व्यवस्थाप विभाग, नेपालु चौधरीलाई निर्वाचन विभाग, जानकी ऐर बमलाई संसदीय विभाग, सुर्यबहादुर थापालाई उद्योग वाणिज्य तथा आपुर्ति विभागको प्रमुखकको जिम्मेवारी दिएको छ। यस्तै, झुमा चौधरीलाई उपभोक्ता हित संरक्षण…
धनगढी: अछाममा ट्याक्टर दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। जिल्लाको पञ्चदेवल विनायक नगरपालिकादेखि तोली जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा चालक बाजुराको बुढीगंगा नगरपालिकाका २५ वर्षीय महेश भारती र सहचालक पञ्चदेवल विनायक नगरपालिका–२ का २७ वर्षीय नेत्र विक घाइते भएका हुन्। बालुवा बोकेर विनायकबाट तोली जाँदै गरेको भे २ त १९८५ नम्बरको ट्याक्टर सडकबाट करिब २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। उनीहरूको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ।
धनगढीः कैलालीका विभिन्न ठाउँबाट भन्सार छलिको सामान बराद गरिएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका–४ बसपार्क, भजनी नगरपालिका–३ ठेकीपुल, भजनी–५ जुठाघाट, भजनी–६ थापापुर र भजनी–८ जनकपुरबाट भारतबाट भन्सार छलि गरेर ल्याएको सामान बरामद गरेको छ। भन्सार छलि गरेर ल्याएको अन्दाजी १ लाख ३१ हजार ८ सय मुल्य बराबरको प्याज, चिनी, मोबायलका विभिन्न सामान, बिडी, छिद्रा माछा लगायतका सामान बुधबार प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।