धनगढी : घुससहित महोत्तरीबाट प्रहरी सहायक निरीक्षक र वरिष्ठ हवलदार नै पक्राउ परेका छन्। आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी चौकी कान्तिबजारका इन्चार्ज प्रहरी सहायक निरीक्षक शर्मा प्रसाद यादव र सोही चौकीका वरिष्ठ हवलदार मन्जित कुमार झालाई २० हजार घुससहित पक्राउ गरेको हो। अदालतको फैसलाको कार्यान्वयन नगराई छलफलबाट मुद्दा मिलाई दिने भन्दै प्रहरीले सेवाग्राहीसँग घुस मागिरहेको जानकारी अख्तियारमा आएपछि बर्दिबासबाट खटिएको टोलीले उनीहरूलाई घुस रकमसहित पक्राउ गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। उनका अनुसार महोत्तरीको गौशाला नगरपालिका-१२ स्थित गैरीटोलबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो। उनीहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
Author: महेन्द्रनगर पोष्ट
धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार पनि मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन् । उनले नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीलाई सामाजिक विकास मन्त्री नियुक्त गर्न लागेका हुन् । । नाउपा अध्यक्ष रञ्जिता चौधरी निकट उनले दिउँसो ३ बजे प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनीयाको शपथ लिने तय भएको स्रोतले बताएको छ । मुख्यमन्त्री शाहले यसअघि शुक्रबार नाउपा संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्री, खुशीराम चौधरीलाई विना विभागीय मन्त्री र इन्दिरा गिरीलाई कृषि राज्यमन्त्री नियुक्त गरेका थिए । नाउपाबाट रामेश्वर चौधरी यसअघि नै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री छन् । लक्ष्मणकिशोर चौधरी मन्त्री बनेपछि सुदूरपश्चिम…
धनगढी: जिल्ला प्रहरी कार्यालय दार्चुलाको थुनुवा कक्षमा रहेका एक थुनुवा भागेर भारततिर पुगेकोमा अहिले नियन्त्रणमा लिइएको छ। आज (सोमबार) दिउँसो जिल्ला प्रहरी कार्यालय पछाडिबाट हाम फालेर महाकाली नगरपालिका–१ दहका २३ वर्षीय उमेश कुँवर भागेका थिए। उनी दार्चुलास्थित महाकालीमा पौडी खेलेर भारततिर पुगेका थिए। त्यसपछि महाकाली किनारमा रहेका भारतपट्टिका गोरखा रेजिमेन्ट (जीआर) ले उनीलाई नियन्त्रणमा लिएर नेपाललाई बुझाएको छ। तर, कुँवरलाई नियन्त्रणमा लिन खोज्दा नेपाल प्रहरीका एक जवान भिरबाट खसेका छन्। खसेर गम्भीर घाइते भएका कैलालीको कैलारी घर भएका जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत प्रहरी जवान सोहन चौधरीको मृत्यु भएको हो। उनको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले…
बैतडी: आजदेखि नेकपा एमाले बैतडीको अधिवेशन सुरु भएको छ । आगामी जिल्ला नेतृत्व चयनका लागि हुन गइरहेको अधिवेशनका लागि ६ सय ३१ प्रतिनिधि छनौट भएका छन् । १ सय २६ जना आयोजक, ४ सय ४७ पालिका प्रतिनिधि र ५८ जना जनवर्गीय संगठनबाट प्रतिनिधि चयन भएका नेकपा एमाले बैतडीले जनाएको छ । अधिवेशनकै लागि नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र एमालेका केन्द्रिय सदस्य एवं नेपाल सरकारका उद्योग, बाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारी बैतडी पुगिसका छन् । आगामी नेतृत्वका चयनका लागि हुन गइरहेको अधिवेशनमा ५जनाले आकांक्ष देखाएका छन् । नरेश विक, लोकेन्द्र भण्डारी, नरेन्द्र बिष्ट, गोविन्द गिरी र हजारी साउँदले आकांक्षा देखाएका…
काठमाडौँ । काठमाडौँको कोटेश्वरमा बसको ठक्करबाट घाइते भएका प्रहरी नायव निरीक्षक (सई) टोबहादुर खत्रीको मृत्यु भएको छ । उपचारको क्रममा माइतीघरस्थित अन्नपुर्ण न्यूरो अस्पतालमा उनको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी जिवन श्रेष्ठले बताए । फागुन २० मा जुनेली यातायातको प्रदेश–३–०१–००५ ख ९७५५ नम्बरको बसको ठक्करबाट उनि घाइते भएका थिए । उपचारको क्रममा आइतबार उनको मृत्यु भएको हो । दुर्घटना गराउने बसका चालक नवराज गिरीलाई प्रहरीले ‘सवारी ज्यान’ सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।
बैतडी : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता समीकरणले पार्टी सिध्याउने अभियान टुटेको बताएका छन्। एमाले जिल्ला अधिवेशनका लागि बैतडी पुगेका वरिष्ठ उपाध्यक्ष पोखरेलले पाटनमा प्रेस चौतारी बैतडीले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन्। पूर्व उपप्रधानमन्त्रीसमेत रहेका पोखरेलले देशभित्र र बाहिरका केही शक्तिले एमाले सिध्याउने प्रयोजनका लागि बनाएको कांग्रेस नेतृत्वको अपवित्र गठबन्धन टुटाएर नयाँ समीकरण बनाउन आफूहरू सफल भएकाले यसलाई सकारात्मक रूपमा लिएको पनि बताएका छन्। सम्मेलनमा बोल्दै उनले नयाँ सत्ता समीकरणलाई पनि मिशन–२०८४ पूरा गर्न सहयोगीको रूपमा प्रयोग गर्ने योजनासमेत सार्वजनिक गरेका थिए। वरिष्ठ उपाध्यक्ष पोखरेलले २०८४ सालको निर्वाचनमा पार्टीलाई एक्लै बहुमतमा पुर्याउने लक्ष्यसहित अघि बढाएको…
धनगढी : धनगढीमा हुने जय नेपाल कपमा डुब्का थकालीले स्किम घोषणा गरेको छ। भोलि (फागुन २८) देखि हुने जय नेपाल कप २०८० अन्तर क्याम्पस प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा डुब्काले स्किम राखेको हो। जसमा सहीदगेटस्थित डुब्का थकालीले म्याचमा ५० रन हान्ने र ५ विकेट लिनेलाई फ्याम्लीसहितको लन्च वा डिनर निशुल्क प्रदान गर्नेछ। यस्तै डुब्काले प्रतियोगितामा बाहिरका दर्शकलाई क्याच गरेकोमा नास्ता र अन्तिममा ह्याष्ट्रिकवाला र विजेता टीमलाई निशुल्क लन्च वा डिनर प्रदान गर्ने डुब्काका सञ्चालक आमिर खड्काले बताए। नेपाल विद्यार्थी सङ्घ कैलालीको आयोजना र शिवपुरी युवा क्लबको प्राविधिक व्यवस्थापनमा फागुन २८ गतेदेखि प्रतियोगिता हुँदैछ। प्रतियोगिता निर्देशक समुयल न्यौपानेले फाप्ला क्रिकेट मैदान निर्माणमा दबाब…
धनगढी : कैलालीको धनगढीमा जय नेपाल कप २०८० अन्तर क्याम्पस प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता भोलि फागुन २८ गतेदेखि हुने भएको छ । नेपाल विद्यार्थी सङ्घ कैलालीको आयोजना र शिवपुरी युवा क्लबको प्राविधिक व्यवस्थापनमा फागुन २८ गतेदेखि प्रतियोगिता हुने जानकारी दिइएको हो । प्रतियोगिता निर्देशक समुयल न्यौपानेले फाप्ला क्रिकेट मैदान निर्माणमा दबाब दिन र युवाहरूमा क्रिकेटप्रतिको आकर्षण बढाउन प्रतियोगिता गरिन लागेको बताए । उनका अनुसार स्नातक र स्नाकोत्तर तहका क्याम्पसहरूले प्रतियोगितामा भाग लग्न सक्ने छन् । २० ओभरमा खेलाइने खेल नकआउट प्रणालीमा सञ्चालन हुने उनको भनाई छ । प्रत्येक टिममा १६ खेलाडी र दुई अफिसियल हुनुपर्ने तथा प्रत्येक क्याम्पसले चार जना…
काठमाडौं : ललितपुर महानगरपालिका-१० का पूर्व-वडाध्यक्ष नरसिंह व्यञ्जनकारको निधन भएको छ। आइतबार नर्भिक अस्पतालमा व्यञ्जनकारको निधन भएको ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले जानकारी दिए। उनका अनुसार व्यञ्जनकारलाई नियमित स्वास्थ्य परीक्षणका लागि आइतबार अस्पताल लगिएको थियो। सोही क्रममा उनको मृत्यु भएको हो। व्यञ्जनकार लगातार दसपटक स्वतन्त्र उम्मेदवारी दिएर ललितपुर महानगर-१० का अध्यक्षमा निर्वाचित भएका थिए। गएको स्थानीय चुनावमा नेपाली कांग्रेसबाट उम्मेदवार उठेका आफ्नै ४४ वर्षीय भतिज रविनमान व्यञ्जनकारसँग उनी पराजित भएका थिए। व्यञ्जनकारको वडाध्यक्ष यात्रा २०२९ सालबाट सुरू भएको थियो। त्यतिबेला उनले कांग्रेसबाट उठेका आफ्नै भाइ (माइला बाका छोरा) कर्मलाललाई हराएका थिए। त्यसपछि यो वडाको जिम्मेवारी उनले कसैको हातमा जान दिएका…
काठमाडौं : प्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि परिवारवादको चर्को आरोप लागिरहँदा नेकपा माओवादी केन्द्रले उनका भाइ नारायण दाहाललाई राष्ट्रियसभा अध्यक्षमा उम्मेदवार बनाउने भएको छ । आज बसेको माओवादी पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । यसअघि हालका उपाध्यक्ष उर्मिला अर्याल र झक्कु सुवेदीको नाम पनि चर्चामा थियो । तर,अध्यक्ष प्रचण्डको प्रस्तावमा सबै पदाधिकारी सहमत भएपछि मनोनित कोटाबाट सांसद बनेका दाहालको पक्षमा पासा पल्टिएको हो । नयाँ गठबन्धनमा राष्ट्रियसभा अध्यक्ष माओवादीले पाउने सहमति छ । जसअनुसार एमाले,माओवादी, एकीकृत समाजवादी र जसपा एक ठाउँमा हुँदा दाहाल अध्यक्ष बन्ने निश्चित देखिन्छ ।