Author: महेन्द्रनगर पोष्ट

धनगढी : कैलाली धनगढी उप-महानगरपालिका ५ लब्लिचोकबाट अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलिले भारतबाट अवैध रुपमा भन्सार छली ल्याएको सामान बरामद गरेको हो । झण्डै १२ लाख ९ हजार मुल्य बराबरको कुर्ति, साडी, कुर्ति सेट, सेण्डो र उक्त सामान बरामद गरेको प्रहरीले जनाएको छ । साथै सु.प.प्र.०१००१ से ४७७९ नम्बरको अटो समेत बरामद गरि सामानसहित त्रिनगर भन्सार कार्यालय कैलालीमा बुझाएको छ ।

Read More

काठमाडौं : रूखमा बाँधेर मानिस जलाएको घटना अनुसन्‍धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली खटिएको छ।  गत शुक्रबार बिहान साढे ८ बजे काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ४ जिरोकिलोस्थित बिराजे खोल्चा वनमा एक पुरूष मृत फेला परेका थिए। दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर २ राम्पाका ५४ वर्षीय विष्णुप्रसाद सुवेदीको शव फेला परेको थियो।  घटना शंकास्पद भएसँगै सिआइबीबाट प्रहरी निरीक्षकको कमाण्डमा प्राविधिक विश्लेषणका लागि टोली खटिएको डिएसपी राजकुमार श्रेष्ठले बताए। सिआइबीको टोली बोधिचित्त मालाको घटनामा अनुसन्धान गर्न यसअघि नै काभ्रेमा थियो। सोही टोलीले यसमा थप सहयोग गरेको हो। मृतक सुवेदीको पहिचान मंगलबार मात्रै खुलेको थियो। उनका छोराले दाँतमार्फत् सनाखत…

Read More

धनगढी: जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक सीडिओको सरुवा भएको छ। आइतबार सहायक सीडिओ धर्मराज जोशीको सरुवा भएको हो। उनको जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा सरुवा भएको बताइएको छ। उनको स्थानमा अहिले अशोक भण्डारी हाजिर भएका छन्। भण्डारी तत्कालीन नगर विकासको भ्रष्टाचारसम्बन्धिको मुद्दामा मुछिएर निलम्बनमा थिए। तर हालै उनले अदालतबाट सफाई पाएपछि उनी पुनः जागिरमा जोडिएका हुन्। तत्कालीन समयमा महेन्द्रनगरको चर्चित नगरविकासको जग्गा घोटालाकाण्डमा मालपोतमा कार्यरत हुँदा भण्डारी भ्रष्टाचार मुद्दामा मुछिएका थिए। अहिले सहायक कञ्चनपुरका सीडिओको सरुवा पनि भूमाफियाहरुकै बलमा भएको बताइन्छ। किनभने जोशीको सक्रियता महेन्द्रनगरमा नगरविकास लगायतका कब्जा गरिका जग्गा खाली गराउने अभियान तीव्र पारिएको थियो।

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीलाई एमालेले विश्वासको मत दिने भएको छ । आज बसेको एमाले संसदीय दलको बैठकले विश्वासको मत लिने तर तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेको हो । मुख्यमन्त्री सोडारीले भोलि विश्वासको मत लिँदै छन् । आज एमालेले विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप पनि लगाएको छ । ‘हामीले विश्वासको मत दिन ह्विप लगाएका छौँ’ संसदीय दलका नेता राजेन्द्रसिंह रावलले भने ‘विश्वासको मत दिने र सरकार बाहिरैबाट हामीले समर्थन गर्ने निर्णय गरेका हौँ ।’ एमालेले विश्वासको मत दिने निर्णय गरेसँगै मुख्यमन्त्री सोडारीले करिब विश्वासको मत पाउने निश्चित जस्तै भएको छ । २१ र २२ गते प्रदेशसभा…

Read More

रुकुम पश्चिम : आफैंले जन्म दिएको सन्तानलाई सलले पासो लगाएर मार्न खोजेको आरोपमा रुकुम पश्चिममा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। आफ्नी डेढ वर्षकी छोरीलाई पासो लगाउने मुसिकोट नगरपालिका वडा नम्बर १४ लोरिबाङकी अन्दाजी २१ वर्षीया नन्दकली विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक नवराज पोखरेलका अनुसार नन्दकलीले मंगलबार आफ्नी डेढ वर्षकी छोरी टीका ओलीलाई आफू सुत्ने कोठामा सलले झुन्ड्याएर भिडियो बनाएकी थिइन्।  नन्दकलीले नाबालक छोरीलाई पासो लगाइदिएर बनाएको भिडियो वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा रहेका उनका श्रीमानलाई पठाएकी थिइन्। यस्तो भिडियो देखेपछि श्रीमानले विदेशबाट तुरुन्तै घरका अन्य सदस्य र छरछिमेकलाई खबर गरे। छिमेकीहरू तत्काल विष्टको…

Read More

धनगढी: केही समय अगाडि दुई जना एसपी जिल्ला कमाण्ड गर्दागर्दै तानिए। यसरी तानिनेमा इलामका तत्कालीन एसपी वासुदेव खतिवडा र सिरहाका एसपी सन्तोष आचार्य रहेका छन्। खतिवडा सरुवा भएको तीन महिना नपुग्दै त्यहाँबाट तानिएका हुन्। सिरहाका एसपी आचार्य पनि केही महिनामै तानिएका हुन्। उनीहरू तानिएपछि जिल्ला प्रहरी कार्यालय इलामको प्रमुखमा प्रभु ढकालको काज सरुवा गरिएको छ। उनले त्यहाँ पुगेर कार्यभार सम्हालिसकेका छन्। यस्तै, सिरहामा एसपी रमेश पण्डितको काज सरुवा गरिएको छ। त्यसअघि प्रहरी मुख्यालयले सिन्धुलीको एसपीमा गोविन्दराज काफ्लेको पनि काज सरुवा गरेको थियो। त्यहाँ कार्यरत एसपी विनोद शर्मालाई प्रहरी प्रधान कार्यालयमा तानिएको थियो। उनीमाथि आर्थिक अनुशासन कायम नराखेको आरोप थियो। बेलाबेला बिनाकारण…

Read More

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल र नेपालका लागि रोमानियाकी राजदूत डेनिएला मारियाना सेजोनोभ टेने बीच भेटवार्ता भएको छ। भेटमा रोमानिया र नेपालबीच श्रमलगायत आपसी हितका विषयमा छलफल भएको थियो। छलफलका क्रममा श्रममन्त्री अर्यालले रोमानिया र नेपाल सरकारबीच श्रमसम्बन्धी समझदारी समेत भइसकेको र भिसाका लागि भारत जानु पर्दा नेपालीहरुलाई आर्थिक व्ययभार बढ्ने बताए। नेपालबाट नै रोमानियाको भिसा प्रदान गर्ने व्यवस्था मिलाइदिन उनले राजदूतसँग आग्रह गरे। त्यस्तै, श्रम सचिव घनश्याम उपाध्यायले नेपाली सवारी चालक अनुमतिपत्रलाई रोमानिया सरकारले समेत मान्यता दिन अनुरोध गर्दै रोमानियामा माग हुने रोजगारका क्षेत्रहरु अनुकूल हुने गरी नेपाली श्रमिकको सीप विकासका लागि सहकार्य गर्न…

Read More

विराटनगर : प्रहरीले भारत लैजाँदै गरेको २५० किलो गाँजासहित एक जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–१७ आईसीपी रोडबाट मंगलबार राति साढ ११ बजेतिर काँचो केरा लोड गरिएको प्रदेश १–०२–०२ च ६३३१ नम्बरको पिकअप भ्यानबाट गाँजा बरामद भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख, एसपी नवराज कार्कीले बोरामा प्याक गरेर पिकअपको पछाडि ढालामा राखिएको अवस्थामा गाँजा बरामद भएको जानकारी दिए । प्रहरीले पिकअपलाई नियन्त्रणमा लिएर चालक धनकुटाको शहीदभूमि गाउँपालिका–३ का १८ वर्षीय दिवस राईलाई पक्राउ गरेको छ ।

Read More

काठमाडौँ : दोलखामा मलामी बोकेको गाडी दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।  मेलुङ गाउँपालिकाको भटमासेमा बुधबार बिहान बागमती प्रदेश ०१०२६ च ९८१३ नम्बरको बोलेरो गाडी दुर्घटना भएको हो । घटनास्थलमा अहिले स्थानीय र प्रहरीले उद्धार कार्य जारी राखेका छन् । यसबारे थप विवरण आउन बाँकी छ । 

Read More

काठमाडौं : नेकपा एमालेका नेता भीम रावलले अब आफू एमालेमै बसिरहने सम्भावना कम रहेको बताएका छन् । मंगलबार एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै उनले पार्टी छाड्ने आफ्नो मन नभए पनि नेतृत्वको व्यवहारले पार्टीमै बसिरहने वातावरण नरहेको बताएका हुन् । उनले अझै पनि आफ्नो पहिलो प्राथमिकता एमाले नै भएको बताउँदै आफूलाई पार्टीमै बसिरहने वातावरण नरहेको टिप्पणी गरे । उनले सो अन्तर्वार्तामा पार्टी अध्यक्ष केपी शर्मा ओलीको कडा आलोचना पनि गरेका छन् । अहिले आफूलाई पार्टीका औपचारिक कार्यक्रमहरूमा पनि निषेध गरिएको उनको आरोप छ ।

Read More