काठमाडौं : नेपाल सुपर लिग (एनएसएल)को उपाधिका लागि शनिबार धनगढी एफसी र ललितपुर सिटी एफसीबीच भिडन्त हुने भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपराह्न ५:३० बजे शुरु हुने खेलमा धनगढी र ललितपुर भिड्न लागेका हुन्। पोखरा थण्डर्सलाई टाईब्रेकरमा ४–३ ले हराउँदै धनगढी फाइनलमा पुगेको हो । पोखरालाई २–१ गोल अन्तरले पराजित गर्दै ललितपुरले धनगढी एफसीसँग उपाधि भिडन्त पक्का गरेको हो। धनगढीका कप्तान देवेन्द्र तामाङले पहिलो संस्करणमा फाइनलमा पुगेर पनि उपाधि जित्न नसकेको पक्षलाई स्मरण गर्दै यो सिजनमा उपाधिका लागि तयारी गरेको बताएका छन्। ललितपुरका कप्तान अनन्त तामाङले यो सिजन जित्नका लागि आफूहरु तयार रहेको प्रतिक्रिया दिएका छन्। प्रतियोगिताको विजेताले ७० लाख रुपैयाँ…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं : नेपाल विद्युत प्राधिकरणले विगतमा डेडिकेटेड फिडर एवम् ट्रंक लाइनबाट विद्युत उपभोग गरेका तर त्यसबापतको प्रिमियम सहितको महशुल नतिरेका थप १४ वटा उद्योगहरुको विद्युत आपूर्ति बन्द गरेको छ । प्राधिकरणले शुक्रबार ५ करोड रुपैयाँभन्दा बढी विद्युत् बक्यौता भएका ग्राहकहरुको विद्युत् लाइन काटेको हो । बाबा जुट मिल (५ करोड ६१ लाख रुपैयाँ), निगाले सिमेन्ट (१४ करोड २१ लाख रुपैयाँ), त्रिवेणी सिन्थेटिक यार्न इन्डस्ट्रिज (१५ करोड ६६ लाख रुपैयाँ),हिमाल आइरन एण्ड स्टील (८ करोड १३ लाख रुपैयाँ), जगदम्बा इन्टरप्राइजेज (४७ करोड ९८ लाख रुपैयाँ), हामा आइरन (११ करोड ५५ लाख रुपैयाँ),एभरेष्ट पेपर मिल (२१ करोड ३६ लाख रुपैयाँ)को लाइन काटिएको…
काठमाडौं : कार्यान्वयनको लागि अधिकार माग्दै मुख्यमन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन्। आज बिहान बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर उनीहरुले नौ बुँदे निर्णय बुझाउँदै ध्यानाकर्षण समेत गराएका हुन्। हिजो मकवानपुरको हेटौँडामा भएको मुख्यमन्त्रीहरुको भेलाले गरेको निर्णयअनुसार सङ्घीयता कार्यान्वयन र संविधानमा प्रदत्त अधिकार प्रदेश सरकारलाई दिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन्। गृहमन्त्री नारायणकाजी श्रेष्ठ समेत सहभागी भेटमा मुख्यमन्त्रीहरुले प्रधानमन्त्रीलाई साझा अवधारणापत्र बुझाएका हुन्। पहिले पोखरामा भएको निर्णय पनि कार्यान्वयन नभएको र अहिलेको यो नौ बुँदे साझा अवधारणापत्रलाई त्यसैगरी बेवास्ता नगर्न पनि उनीहरुले भनेका छन्। हिजो हेटौँडा भेला सकेलगत्तै मुख्यमन्त्रीहरु काठमाण्डौ आएका थिए। सात वटै प्रदेशका मुख्यमन्त्रीहरुले सङ्घीयता कार्यान्वयनमा सङ्घीय सरकार गम्भीर…
रुपन्देही : रुपन्देहीको मर्चवारी गाउँपालिका–१ इस्लामपुरमा एक बालिकाको हत्या भएको छ। स्थानीय सात वर्षीया नन्दनी कुर्मीको हत्या भएको हो। उनको शव मर्चवारी–१ इस्लामपुरमा आज फेला परेको हो। कुर्मी शुक्रबारदेखि हराइरहेकी थिइन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मनोहर भट्टका अनुसार कुर्मीको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हत्यामा संलग्न रहेको आशङ्कमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक भट्टले बताए।
काठमाडौं : शुक्रबार दिउँसो ललितपुरको बालकुमारीमा भएको आकस्मिक र अप्रत्याशित घटनाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालयसहित सुरक्षामा खटिएका अधिकारीहरूसँग ब्रिफिङ लिएका छन्। शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्रीले घटनाको ब्रिफिङ लिएका हुन्। ब्रिफिङमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरी महानिरीक्षक वसन्त कुँवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायत उपस्थित थिए।
काठमाडौं : वैदेशिक रोजगार विभागले कोरियाको उत्पादनमूलक क्षेत्रको रोजगारीका लागि पुनः आवेदन खुला गरेको छ । तर, पुस १६ देखि १८ गतेसम्म आवेदन दिन पाइने यो परीक्षामा जहाज निर्माण (सीप बिल्डिङ) कम्पनीमा सहभागीहरूले मात्र सहभागिता जनाउन पाउने विभागले सीमा तोकेको छ । विभागद्वारा जारी सूचनामा भनिएको छ, ‘सन् २०२३ मा सीप बिल्डिङ सेक्टरमा फाराम भरेका आवेदकहरूले मात्र फारम भर्न सक्नेछन् । सो भन्दा बाहेकका व्यक्तिले फारम भर्न पाइने छैन । यदि भरेको खण्डमा स्वतः रद्द हुनेछ ।’ यसअघि ईपीएस कोरिया शाखाले मंसिर १९ गते सूचना प्रकाशित गरेर कोरियाको उत्पादनमूलक क्षेत्रको रोजगारीका लागि दरखास्त आह्वान गरेको थियो । तर, त्यसमा जहाज निर्माण कम्पनीतर्फ परीक्षा दिएकाहरुले सहभागी हुन नपाउने विभागले…
बैतडी : बैतडीको सीमा नाका झुलाघाटस्थित हेल्थ डेस्कका कर्मचारीहरुले तलब पाएका छैनन्। चालु आर्थिक वर्षको साउन र भदौमा आधा तलब पाएका त्यहाँ कार्यरत कर्मचारीले अहिलेसम्म तलब पाएका छैनन्। संघीय सरकारले स्वास्थ्य निर्देशनालयमार्फत उनीहरुको तलब निकासा गर्ने भएपनि श्रोतको अभावमा तलब निकासा नभएको जनाइएको छ। झुलाघाट नाकामा तीन स्वास्थ्यकर्मी र एक जना कार्यालय सहयोगी गरेर चार जना कर्मचारी कार्यरत रहेका छन्। उनीहरुले समयमै तलब नपाउँदा समस्या भएको बताएका छन्। सीमा नाकामा कोरोना कालमा नै हेल्थ डेस्क स्थापना गरिएको थियो। अघिल्लो आर्थिक वर्षमा प्रदेश सरकार मातहत रहेको सो डेस्कका कर्मचारीहरुलाई स्वास्थ्य कार्यालयमार्फत तलब निकासा भएको थियो।
धनगढी : आज राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियसन नेपाल (एन–प्याबसन) कैलालीको ९ औं जिल्ला अधिवेशन हुँदैछ। एन–प्यावसन कैलालीले हिजो (शुक्रवार) धनगढीमा पत्रकार सम्मेलन गर्दै गोदावरी नगरपालिकाको गोदावरीमा रहेको ग्रीन गोदवारी रिसोर्टमा अधिवेशन गर्ने जानकारी दिएको हो। एन–प्याब्सनका कैलाली जिल्ला अध्यक्ष राजेन्द्रप्रसाद चापागाईले जिल्ला सम्मेलनको सामाजिक विकास मन्त्री झपटबहादुर साउँदले समुद्घाटन गर्ने जानकारी दिए। उनले अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको बताएका छन्। शनिवार सुरुमा उद्घाटन सत्र, त्यसपछि बन्द सत्र र अन्त्यमा विद्यालयहरुले भोग्नु परेका समस्याबारे छलफल गरी निष्कर्ष निकालिने एन– प्याब्सन कैलालीले जनाएको छ। एन–प्याब्सनले संघीय सरकारले बनाउन लागेको शिक्षा ऐन, स्थानीय तहबाट भोग्नुपरेका विभिन्न समस्याबारे अधिवेशनमा छलफल गरिने जनाएको…
धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका–१८ मा सुदूरपश्चिम लोक सांस्कृतिक फूलवारी मेला तथा प्रादेशिक सम्मानित खुल्ला डेउडा प्रतियोगिता सञ्चालन हुने भएको छ। डेउडा तथा लोक संस्कृतिको संरक्षणका लागि भुँवा पर्वको अवसरमा सुदूरपश्चिम लोक सांस्कृतिक समाज फूलावारीको आयोजनामा पुस २५ देखि प्रतियोगिता आयोजना हुने शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले जानकारी गराएको हो। उक्त मेला तथा प्रतियोगिता २९ गतेसम्म सञ्चालन हुने छ। प्रतियोगितामा भाग लिन शुक्रवारदेखि आवेदन खुल्ला गरिएको समाजका अध्यक्ष तिलक बहादुर ओलीले बताए। प्रतियोगितामा सहभागि हुन चाहने समुहले एक हजार शुल्क तिर्नुपर्ने आयोजकले जनाएको छ। प्रतियोगितामा प्रथम हुनेलाई ४० हजार, दोस्रोलाई २५ र तेस्रो १० हजार पुरस्कार राशी प्रदान गर्ने…
काठमाडौं : नेपाल प्रहरीका ६६२ बरिष्ठ हवल्दार प्रहरी सहायक निरिक्षक (असई) मा बढुवा भएका छन्. प्रहरी प्रधान कार्यालयका अनुसार जनपद तर्फका बढुवा भएर रिक्त रहेको असईका लागि बरिष्ठ हवल्दारहरुको बढुवा भएको हो। साथै बढुवा भएका असईहरुलाई पदस्थापन पनि गरिएको जनाइएको छ। सूची shc-asi-2080-09-13Download