Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : सशस्त्र प्रहरी प्रधान कार्यालयले सशस्त्र प्रहरी नायब निरीक्षक (सई) बाट सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर)का लागि बढुवा सुची प्रकाशित गरेको छ । सशस्त्रले लेखा उपसमूहतर्फ रिक्त रहेको इन्स्पेक्टरका लागि बढुवा सिफारिस सूची प्रकाशित गरेको हो । सशस्त्रका अनुसार इन्स्पेक्टर बढुवाका लागि ३ जना सिफारिस भएका छन् । सिफारिस हुनेमा बद्रीबहादुर सोडारी, ईन्द्र सिंह बोहरा र रविन्द्र क्षेत्री रहेका छन् । उनीहरुको बढुवाउपर चित्त नबुझेमा ७ दिनभित्र उजुरी दिन सकिने पनि सशस्त्र प्रधान कार्यालयले जनाएको छ ।

Read More

धनगढी : नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । संसदीय दलका नेता गङ्गा चौधरीको अध्यक्षता बसेको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको प्रमुख सचेतक लालवीर चौधरीले जानकारी दिए । यस अघि रञ्जिता श्रेष्ठ दलको नेता हुँदा प्रचण्ड सरकारलाई समर्थन गरेको नाउपाले दलको नेताबाट श्रेष्ठलाई हटाएसँगै समर्थन फिर्ता लिने निर्णय गरेको हो ।आजको बैठकमा श्रेष्ठ बाहेकका गङ्गा चौधरी, लालवीर चौधरी र अरुण चौधरी उपस्थित थिए । केही समय अघि नाउपाका नेता रेशम चौधरीले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर वर्तमान सरकारबाट समर्थन फिर्ता लिने र एमाले कांग्रेसको सरकारमा सहभागी हुने बताइसकेका थिए ।

Read More

धनगढी : धनगढीको हार्डवयर व्यवसायमा एकछत्र रजगज चलाएका भारतीय व्यापारी आशिष गुप्तालाई ३२ लाख जरिवाना गरिएको छ । धनगढीमा हरिओम हार्डवयर एण्ड सप्लायर्सका सञ्चालक रहेका गुप्ताले ३२ लाख तीन हजार बराबरको कर छली गरेको भेटिएपछि आन्तरिक राजश्व कार्यालय धनगढीले जरिवाना तिराएको हो । गुप्ताले दुलारीदेवी भन्ने महिलाको नाममा फार्म दर्ता गरि सञ्चालन गरेको आरडेन इन्टरप्राइजेजले मूल्य अभिबृद्धि कर छली गरेको पाइएपछि ३२ लाख रुपैयाँ प्रारम्भिक कर निर्धारण गरिएको थियो । राजश्व कार्यालयले निर्धारण गरेको कर तिरेको आधार प्रमाण देखाउन नसकेपछि गुप्तालाई जरिवाना तिराइएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीले बुधबार साँझ सञ्चार माध्यममा इमेल पठाउँदै आरडेन इन्टरप्राइजेजलाई ३२ लाख तीन…

Read More

काठमाडौं : काठमाडौंबाट ३८ लाख नगदसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई काठमाडौं महानगरपालिका-२२ सुन्धाराबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका-१५ गणेशटोल बस्ने ४८ वर्षीय माधव श्रेष्ठ छन्। अवैध रूपमा शंकास्पद कारोबार भइरहेको भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त सूचनापछि जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। ५०० दरको ६ हजार थान र एक हजार दरको ८ सय थान नोट बरामद गरेको हो। उनीको एउटा स्कुटर र मोबाइल पनि प्रहरीले बरामद गरेको छ।

Read More

धनगढी : डडेल्धुरामा खोलामा डुबेर एक किशोरीको मृत्यु भएको छ। जिल्लाको पर्शुराम नगरपालिका–११ सलेता स्थित सिद्ध खोलामा नुहाउने क्रममा अन्दाजी १५ वर्षीया बसन्तीकुमारी बिष्टको डुबेर मृत्यु भएको हो। घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

Read More

काठमाडौँ : जेठ दोस्रो हप्तायता झण्डै डेढ सय नेपालीहरु रुसी सेनाबाट स्वदेश फिर्ता भएको सरकारी अधिकारीहरुले बताएका छन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मस्कोस्थित नेपाली राजदूतावासको माध्यमबाट स्वदेश फर्कने नेपालीहरुको संख्या १ सय ३८ पुगेको छ। दूतावासको माध्यम प्रयोग नगरी अन्य केही नेपालीहरु पनि रुसी सेनाबाट फिर्ता भइसकेका छन्। मस्कोस्थित नेपाली राजदूतावास स्रोतका अनुसार, स्वदेश फिर्तीका लागि तीनजना नेपालीहरु दूतावासको सम्पर्कमा छन्। उनीहरुलाई राजदूतावासले आश्रयको व्यवस्था गरेको छ। स्वदेश फर्कन रुसी सेनाले स्वीकृति दिएपछि दूतावासको सम्पर्कमा पुगेका उनीहरुमा लमजुङ दुधपोखरीका नवराज गुरुङ लगायत छन्। २२ फेबु्रवरी २०२२ मा युक्रेनमाथि आक्रमण गरेको रुसले २०२२ सेप्टेम्बरदेखि विदेशी नागरिकहरुलाई सेनामा भर्ती लिन थालेको थियो।…

Read More

धनगढी: कैलालीको अत्तरियास्थित एक होटलमा यौनधन्दा चलाइएको पाइएको छ। गोदावरी नगरपालिका २ स्थित अत्तरियाको कैलपाल सिगास होटलमा यौनधन्दा चलाइएको हो। प्रहरीले सो होटलमा अनैतिक क्रियाकलाप हुने गरेको भन्ने सूचनाको आधारमा छापा हान्दा धन्दा खुलेको हो। इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार हिजो (मंगलबार) राति नमस्ते गल्ली स्थित “कैलपाल सिगास होटलमा” मा अनैतिक क्रियाकलाप गरे गराएको अवस्थामा एक जना पुरुष, एक जना महिला र होटल सञ्चालक महिला एक जना गरी जम्मा ३ जना लाई पक्राउ गरिएको छ। सो सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढी : कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाले बाढीपीडितका लागि सहयोग गर्न सबैमा आग्रह गरेको छ । नगरको अधिकतम भूभागमा बाढी पसेपछि बालीनाली, खाद्यान्न, घरगोठ तथा पशु चौपायाको क्षति र कयौं घरपरिवार विस्थापित भएपछि सहयोगका लागि आह्वान गरिएको हो । नगरपालिकाले विपद्मा आर्थिक, प्राविधिक तथा खाद्यान्न सहयोगका लागि ईच्छुक व्यक्ति, संघसंस्था तथा निकायहरुलाई अनुरोध गरेको छ । आज जारी विज्ञप्तिमा भनिएको छ, ‘अविरल वर्षाका कारण यस नगरपालिकाको अधिकतम भूभागमा बाढी पस्न गई बालीनाली, खाद्यान्न, घरगोठ तथा पशु चौपायाहरुको क्षति भएको तथा कतिपय व्यक्तिहरु विस्थापित हुन गएकोले यस विपद्को घडीमा आर्थिक, प्राविधिक तथा खाद्यान्न सहयोगका लागि इच्छुक संघसंस्था, व्यक्ति, निकायहरुलाई आह्वान गरिन्छ ।’…

Read More

धनगढी : चालु आर्थिक वर्ष २०८०/८१ मा सुदूरपश्चिम प्रदेश सरकारले ६३ प्रतिशत बजेटमात्र खर्च गरेको छ । सरकारले चालु आवको लागि विनियोजन गरेको २९ अर्ब २८ करोडको १८ अर्ब ६२ करोड २५ लाख अर्थात् ६३.५९ प्रतिशत खर्च गरेको हो । सुदूरपश्चिम प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख बासुदेव जोशीका अनुसार चालुतर्फ ११ अर्ब ९६ करोड विनियोजन गरेकोमा ८ अर्ब ५१ करोड खर्च भएको छ । पुँजीगत तर्फको १७ अर्ब २५ करोडमध्ये १० अर्ब ५७ करोड बजेट खर्च भएको जोशीले बताए । प्रदेश सरकारले गत आर्थिक वर्ष २०७९/८० मा कुल बजेटको ६६ प्रतिशत बजेट खर्च गरेको थियो । जेठ मसान्तसम्म सुदूरपश्चिम प्रदेश…

Read More

धनगढी : नेपाल–भारत सीमा क्षेत्रमा कैलालीको टीकापुर–९ खक्रौलामा रहेको १०५ नम्बर पिलर कटानको उच्च जोखिममा परेको छ । मोहना नदीले कटान तीव्र पारेपछि सीमा पिलर जोखिममा परेको हो । सीमामा रहेको पिलर नदी कटानको जोखिममा परेपछि स्थानीय चिन्तित भएका छन् । सो नम्बरको पिलर भत्काउन ५० फिट पनि बाँकी नरहेको बताइएको छ । मोहना नदीले पिलर बगाउने हो भने दुई दर्जन परिवारको विस्थापित हुने र सयौँ बिघा जमिन नदीमा परिणत हुने स्थानीय बताउँछन् । भारत र नेपालको सीमामा पर्ने १०५ नम्बर पिलर मोहना नदीले बगाउने जोखिम रहेको स्थानीयवासी खड्ग धामीले जानकारी दिए । ‘पिलर बगाएपछि समस्या हुन्छ’, उनले भने, ‘स्थानीय…

Read More