धनगढीः कञ्चनपुरको महेन्द्रनगरमा १० बिघा अतिक्रमित जग्गा खाली गर्न डोजर चलाइएको छ। भीमदत्त नगरपालिकाले पुरानो बसपार्क क्षेत्रमा अतिक्रमण गरि निर्माण गरिएको भौतिक संरचनाहरू खाली गर्न डोजर चलाइएको हो। भीमदत्त नगरपालिकाको बसपार्क क्षेत्रमा अतिक्रमणमा परेको १० बिघा जमिन खाली गर्न शनिवारदेखि डोजर प्रयोग गरिएको नगरपालिकाले बताएको छ। तत्कालीन महेन्द्रनगर नगर विकास समितिमा विभिन्न समयमा बनेका अध्यक्षहरुले बसपार्क क्षेत्रको जग्गा अवैध रूपमा भाडामा वितरण गरेका थिए। नगरपालिकाले अतिक्रमित सार्वजनिक क्षेत्र खाली गराउन पटक–पटक पत्राचार गर्दा पनि अटेर गरेपछि शनिवारदेखि डोजर चलाउन थालिएको हो। भीमदत्त नगरपालिकाका प्रवक्ता पदमराज अवस्थीका अनुसार उक्त क्षेत्रमा तीन सय ७३ वटा भौतिक संरचनाहरू निर्माण गरिएका छन्। दुई सय…
Author: महेन्द्रनगर पोष्ट
धनगढी: नेकपा एमालेको बाजुरा जिल्लामा अधिवेशन जारी छ। आज (आइतबार) पदाधिकारीसहितका पदका लागि मतदान भैरहेको छ। तर, युवा कलस्टरसहितका केही पदमा भने सर्वसम्मत सदस्य निर्वाचित पनि भएका छन्। बाजुरामा युवामाझ लोकप्रिय मानिने नरेन्द्र थापा सहवीर पनि एमाले बाजुराको जिल्ला सदस्यमा सर्वसम्मत चयन भएका हुन्। उनी एमाले बाजुराको आठौं जिल्ला अधिवेशनमा खुला युवा सदस्यमा सर्वसम्मत निर्वाचित भएको बताइएको छ। यस अगाडि उनी पालिकाको प्रमुख भएर पार्टीको जिम्मेवारीमा थिए। उनी सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय मानिन्छन्।
काठमाडौं : ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा ६ जनालाई पक्राउ गरिएको छ। काठमाडौं जिल्ला प्रहरी परिसरले अभियुक्तहरूलाई आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्न लागेको हो । खोटाङको मजुवागढी गाउँपालिका–१ का स्थायी बासिन्दा प्रहरी जवान घिमिरेको शव शङ्कास्पद अवस्थामा गत शुक्रबार काठमाडौंको तारकेश्वर–९ मनमैजुस्थित निर्माणाधीन घरमा फेला परेको थियो । गएको शुक्रबार घिमिरे एक निर्माणाधीन घरको भुइँमा उनी रक्ताम्मे अवस्थामा मृत फेला परेका थिए ।
धनगढीः कैलाली प्रहरीको हिरासतमा राखिएका एक युवकको मृत्यु भएको छ। आज (आइतबार) बिहान थुनामा रहेका ३५ वर्षीय धनगढी गाउँका बुद्धीराम चौधरी अचानक बेहोस भएर ढलेकोमा उपचारका लागि अस्पताल लगेपछि उनको मृत्यु भएको हो। जिल्ली प्रहरी कार्यालय कैलालीका इन्सपेक्टर लोकेन्द्र कार्कीका अनुसार अस्ति जेठ ३ गते उनलाई भन्सार छलीका कपडासहित समातिएको थियो। त्यसपछि उनलाई ४ गते भन्सार बुझाइएकोमा थुनामा राखिएको थियो। तर आज अचानक बिहान साढे ५ बजेको समयमा उनी। हिरासतमा बेहोस भएर ढलेका थिए। त्यसपछि उनलाई उपचारका सेती प्रादेशिक अस्पताल लगिएकोमा उतै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
काठमाडौ : प्रतिनिधिसभा बैठक सुरु हुनु अघि विपक्षी दलहरू छलफलमा जुटेका छन् । कांग्रेस सभापति शेर बहादुर देउवाको कार्यकक्ष वानेश्वरमा विपक्षी दलहरूको बैठक बसिरहेको छ । आज ११ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक अघि सभामुख देवराज घिमिरेले पनि प्रमुख सचेतकहरुसँग छलफल गर्दै छन् । सहकारीको संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने माग नेपाली कांग्रेसले गर्दै आएको छ । कांग्रेसको यो मागमा जसपा नेपाल, राप्रपा, लोसपा लगायतका दलहरुले पनि समर्थन जनाएका छन् । उनीहरुको अडानका कारण संसदको गतिरोध अन्त्य हुन सकेको छैन । गतिरोध अन्त्यको प्रयासमा शनिबार बसेको सत्ता पक्ष…
काठमाडौं: नेपाल प्रहरीका एसएसपीहरुको बढुवा अन्यायपूर्ण भएको भन्दै विवादमा परेको छ। अस्ति मध्यरातमा गरिएको डीआइजी बढुवा सिफारिस विवादमा परेको हो। अन्यायपूर्ण तरिकाले जुनियरलाई बढुवा गरिएको भन्दै विवाद र आलोचना चुलिएको हो। अस्तिमात्रै नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरु प्रहरी नायव महानिरीक्षक (डीआईजी) बढुवाका लागि सिफारिस भएका थिए। बढुवा सिफारिस समितिले पहिलो नम्बरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयमा कार्यरत कृष्णहरि शर्मा पोखरेल, दोस्रो नम्बरमा प्रहरीको महानिरीक्षकको सचिवालयमा कार्यरत एसएसपी दानबहादुर कार्की, तेस्रो नम्बरमा प्रहरी प्रधान कार्यालयकै महिला तथा बालबालिका निर्देशनालयका कार्यरत डा. मनोज केसी र चौथो नम्बरमा हेडक्वाटरको तालिम निर्देशनालयमा कार्यरत राजन अधिकारीलाई बढुवाका लागि सिफारिस गरेको छ। हाल तीन डीआईजीको दरबन्दी…
काठमाडौं : सभामुख देवराज घिमिरेले आइतबार बोलाइएको प्रतिनिधिसभा बैठक चलाउनेबारे प्रमुख सचेतकसँग छलफल गर्दै छन् । नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा सभामुख घिमिरेले संसद् बैठक चलाउनेबारे राजनीतिक दलका प्रमुख सचेतकसँग छलफल गर्न लागेका सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए । सहकारीको रकम अपचलनमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको र छानबिनका लागि संसदीय समिति गठनको माग गरेर प्रमुख प्रतिपक्षी दल कांग्रेसले सदन अवरुद्ध गर्दै आएको छ । आइतबारका लागि प्रतिनिधिसभा बैठक बोलाइएको छ । यसअघि सहमतिको प्रयासका लागि सभामुख घिमिरेले प्रमुख सचेतकसँग छलफल गर्न लागेका हुन् ।
दार्चुला : नेपाल प्रहरीको टोली दार्चुलाको उत्तरी नाका तिङ्करमा खटिएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार व्यास गाउँपालिका वडा नम्बर–१ मा पर्ने उत्तरी नाका तिङ्करमा प्रहरी टोली खटिएको हो । प्रहरी सहायक निरीक्षक चक्रबहादुर सिंहको कमाण्डमा १३ जना प्रहरी टोली उत्तरी नाका तिङ्करमा खटिएको दार्चुला प्रहरीले जनाएको छ । भारतीय बाटो हुँदै खाद्य सामग्रीसहित टोली गएको बिहीवार नै तिङ्कर नाकातर्फ पठाएको थियो ।
धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेश समितिले पर्यटन प्रवद्र्धन र छाउपडीविरुद्धको अभियान चलाउने भएको छ । अछामको प्रमुख पर्यटकीय स्थल रामारोशन ताल क्षेत्रमा शनिबार बसेको प्रदेश समितिको पूर्ण बैठकले रामारोशनसहित सुदूरपश्चिम पर्यटकीय क्षेत्रको पहिचान तथा प्रवद्र्धन गर्ने निर्णय गरेको हो । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा व्याप्त छाउपडी कुप्रथाविरुद्ध सचेतनामूलक अभियान चलाउने र उक्त अभियान पार्टी सदस्य स्वयंको परिवारबाट सुरु गर्ने निर्णय गरिएको प्रदेश महामन्त्री पारस बाहुनले बताए । उनकाअनुसार पार्टीमा आबद्ध नेता, कार्यकर्ताले छाउपडी कुप्रथा अवलम्बन गरेको तथा परिवारका सदस्यलाई छाउपडी अवलम्बन गर्न दबाब दिएको पाइएमा कारवाही गरिनेछ ।
बुटवल : अर्घाखाँचीदेखि बुटवलतर्फ आउँदै गरेको एम्बुलेन्सको ठक्करबाट आज बिहान एक महिलाको ज्यान गएको छ । बुटवल–१३ झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट १ जनाको मृत्यु भएको छ । भने २ महिला घाइते भएका छन् । मृत्यु हुनेमा बुटवल-११ देवीनगरकी ५६ बर्सिया कमला नेपाली रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। अर्घाखाँचीदेखि बिरामी लिएर आएको लु १ झ ५३१ नम्बरको एम्बुसलेको ठक्कर दिएको थियो । पैदल हिँडेका सोही ठाउँका ५५ बर्सिया कमला नेपाली र ३५ बर्सिया झुपा ठटराई घाइते भएका छन् । एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएरको छ अघि ।