धनगढी: धनगढीमा झण्डै तीन किलाे चरेससहित बझाङका एम्बुलेन्स चालक समातिएका छन्। आज (सोमबार) बझाङकाे रायल स्वास्थ्य केन्द्रकाे एम्बुलेन्सका चालक २ किलो ८ सय ग्राम चरेससहित समातिएका हुन्। बझाङबाट बिरामी ल्याएर धनगढी आएका एम्बुलेन्स चालक केदारस्यु गाउँपालिका ३ का ३७ वर्षीय रामबहादुर खातीबाट चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनलाई धनगढी ३ स्थित बोराडाडी क्षेत्रबाट सुदूरपश्चिम प्रदेश प्रहरीको आरआइटी, संघिय प्रहरीको टिम, जिप्रका कैलाली र वडा प्रहरी कार्यालय धनगढीको संयुक्त टोलीले समातेको हो।
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं : देउडा सांस्कृतिक मञ्च नेपालको आयोजनामा हुन गइरहेको देउडा आइडलको टिमले तीन पूर्व प्रधानमन्त्रीहरूसँग भेटघाट तथा छलफल गरेको छ । मञ्चका केन्द्रीय अध्यक्ष महेश कुमार औजीको नेतृत्वमा आइतबार पूर्व प्रधानमन्त्री तथा साहित्यकार लोकेन्द्र बहादुर चन्द, पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपालसँग भेटघाट तथा छलफल गरेका हुन् । भेटमा पूर्व प्रधानमन्त्री चन्दले भने, ‘म यो खबरले अत्यन्तै हर्षित भए, संस्कृति रहे समाज रहन्छ यसलाई पुस्तान्तरण गर्नु हाम्रो दायित्व हो । आफू साहित्य लेखनमा रुचि राख्ने र गीत सङ्गीत मन पराउने भएकाले देउडा आइडल भित्र हाम्रो संस्कृति…
काठमाडौं : संघीय संसद सचिवालयका महासचिव भरत गौतमले पदबाट राजीनामा दिएका छन्। आइतबार साँझ उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिएको स्रोतले जानकारी दिएको छ। उनको कार्यकाल सकिन आठ महिना बाँकी थियो। गौतमले राजीनामा दिनुको कारण खुलिसकेको छैन। उनको राजीनामा आएसँगै सोमबार बिहान प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले राष्ट्रपति पौडेललाई भेटेका थिए। उनीहरूले राष्ट्रपति पौडेललाई भेटेर प्रतिनिधि सभा सचिव रहेका पदम पाण्डेलाई महासचिवमा सिफारिस गरेका छन्।
काठमाडौं : नेपाली बजारमा साेमबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ५०० रुपैयाँ र चाँदी तोलामा १५ रुपैयाँले घटेको छ । महासङ्घका अनुसार सोमबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार रुपैयाँ र तेजाबी सुन एक लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १६ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदी तोलामा १४ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
कैलाली : प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले गेटामा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको अनुगमन गरेको छ। आइतबार समितिका सभापति भानु भक्त जोशी नेतृत्वको टोलीले निर्माणाधीन विश्वविद्यालयको अनुगमन गरेको हो। अनुगमनका क्रममा समितिले विश्वविद्यालय भित्र सञ्चालित गेटा अस्पताल सँगै हाल भौतिक संरचना निर्माण गरिरहेको पूर्वाधार विकास समितिको प्रगतिका बारेमा पनि जानकारी लिएको थियो। समितिले स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिसँग पनि छलफल गरेर विश्वविद्यालयको ऐन लगायतका विषयमा छलफल गरेको थियो। अनुगमनका क्रममा बोल्दै समितिका सभापति जोशीले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक हाल राष्ट्रिय सभामा छलफलका क्रममा…
धनगढीः धनगढीमा लागुऔषधसहित डोटीका दुई युवक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–३ को त्रिनगर पोष्ट अगाडीबाट १३० मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित डोटीको केआईसिंह गाउँपालिका–१ बस्ने २० वर्षीय निश्चल शाही र केआईसिंह गाउँपालिका–२ का २१ वर्षीय मनोज रावल आइतबार दिउँसो पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ आउदै गरेको अबस्थामा प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिई गएको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट खैरो हेरोइन फेला पारी दुवैलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।
काठमाडाैं: हमासले बन्धक बनाएका भनिएका विपीन जोशीलाई छुटाउनका लागि पहल गर्न नेपालले फेरि कतारसँग आग्रह गरेको छ। बैतडीको दोगडाकेदार गाउँपालिका– १ रीम मूल घर भइ कञ्चनपुरमा बस्दै आएका जोशी गएको असोज २० गतेदेखि हमासको नियन्त्रणमा रहेका बुझिएको छ। सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एण्ड अर्न’कार्यक्रम अन्तर्गत जोशी भदौ अन्तिम साता इजरायल गएका थिए। उनीसंगै ४९ जना विद्यार्थीहरु इजरायल पुगेका थिए । ती मध्ये विद्रोही समूह हमासको आक्रमणमा परेर १० जनाको मृत्यु भएको थियो। हिजोदेखि शुरु भएको २१औँ दोहा फोरममा सहभागी हुन कतार पुगेका परराष्ट्रमन्त्री एनपी साउदले कतारका परराष्ट्र राज्यमन्त्री मोहम्मद बिन अब्दुलअजीज अल खुलाइफीसँगको भेटमा जोशीको रिहाइका लागि पहल गर्न आग्रह गरेका…
कञ्चनपुर: कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ पहरियास्थित ओदाल खोलामाथि निर्माणाधीन पक्की पुल एक वर्षमा काम सक्ने गरी २०७३ सालमा निर्माण सम्झौता भएको थियो। तर पटक पटक म्याद भएर सात वर्ष बिती सक्दा समेत अझै काम अलपत्र छ। पुल नहुँदा स्थानीय बासीले सास्ती खेप्नु परेको छ। पुल निर्माणको ठेकेदार र निर्माणको नियमन गराउने सडक डिभिजन कार्यालय महेन्द्रनगरका कर्मचारीको मिलेमतो रहेको आरोप स्थानीय बासीले लगाएका छन्। सात वर्षसम्म काम नसक्दा ठेक्का तोडेर अन्य कम्पनीलाई दिन नसक्नु र ठेकेदारसँग कर्मचारीको उठबसका कारण स्थानीय बासीले सास्ती खेप्नु परेको स्थानीय दिलबहादुर खत्रीले बताए। विसं २०७३ भदौ १७ गते थेगिम गाल्वा जेभीले रु पाँच करोड ४७ लाखमा ओदाल…
धनगढी: कैलालीका सीमानाकामा प्रहरीले रकम उठाउने गरेको पाइएको छ। जिल्लास्थित नेपाल-भारत सीमानाकामा प्रहरीले सवारी लगायत वारीपारी गर्नेहरूबाट रकम उठाउने गरेका हुन्। विशेष गरि यो असुली धन्दा धनगढीको त्रिनगर भन्सार नाका क्षेत्र र उता पारिको डोकेबजार क्षेत्रमा मौलाएको छ। जहाँ ट्राफिक प्रहरीले पैसा असुल्छ। यस्तै पुलमा रहेको त्रिनगर चौकीको नेपाल प्रहरीको ड्युटीले पनि कोप्चामा लगेर पैसा लिने गरेको सवारी चालकले बताएका छन्। विशेषगरी उनीहरुले नेपाल-भारत चल्ने ट्याक्सीहरुबाट एकलटको २ सयदेखि ५ सय र हजार रुपैयाँसम्म उठाउने गरेका हुन्। पैसा नदिए गाडी नै चल्न नदिने धम्की दिदै भन्सारसहितको मिलेमतोमा प्रहरीले असुली धन्दा चलाएको सवारी चालकहरुको गुनासो छ। एक सवारी चालकले नाम नखुलाउने…
बैतडी : बैतडीको सुर्नया गाउँपालिकाले आइतबारदेखि गर्भवतीहरुका लागि नि:शुल्क ग्रामीण अल्ट्रासाउण्ड घुम्ती शिविर सञ्चालन गरेको छ । गर्भावस्थामा हुन सक्ने जटीलताका बारेमा समयमै पत्ता लगाइ मातृ तथ शिशु मृत्यु रोकथामका लागि ग्रामीण अल्ट्रासाउण्ड शिविर सुरु गरिएको सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए। हिजो पहिलो दिन रौलेश्वर स्वास्थ्यचौकीमा शिविरको आयोजना गरिएको रौलेश्वर स्वास्थ्यचौकीका प्रमुख नरेशसिंह मडैले बताए । शिविरमा २३ जना गर्भवती आमाहरुको अल्ट्रासाउण्ड गरिएको उनले बताए।अल्ट्रासाउण्ड गर्ने क्रममा एकजना गर्भवती आमा जटीलता देखिएकाले अन्यत्र रेफर गरिएको मडैले बताए। आमा र बच्चाको स्वास्थ्य स्थितीका बिषयमा समयमै थाहा पाउनका लागि अल्ट्रासाउण्ड शिविर सञ्चालन गरिएको स्वास्थ्य शाखा प्रमुख महराले बताए।