कैलाली : माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश सचिवालय सदस्यको जिम्मेवारी केन्द्रले नै तोकेको छ । माओवादी केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले ११ जनालाई सचिवालयको जिम्मेवारी दिएका छन् । २०७८ फागुन १७ गते प्रदेश अधिवेशन सम्पन्न भएको थियो । प्रदेश कमिटी निर्वाचन भएको २ बर्ष सम्म पनि प्रदेश सचिवालय गठन गर्न नसकेपछि केन्द्रले घोषणा गरेको हो । प्रदेशको कार्यलाई व्यवस्थित गर्न लामो समय देखी सचिवालय गठन नभएको भन्दै अर्को व्यवस्था नभए सम्मको लागि प्रदेश इन्चार्ज तथा स्थायी कमिटी सदस्यको सिफारिसमा प्रदेश इन्चार्जको नेतृत्वमा ११ सदस्यीय सचिवालय गठन गरिएको अध्यक्ष प्रचण्ड र महासचिव गुरुङले जारी गरेको पत्रका उल्लेख गरिएको…
Author: महेन्द्रनगर पोष्ट
दार्चुला : नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल दार्चुला आउने भएका छन् । नेकपा एमाले दार्चुलाको नवौं जिल्ला अधिवेसन कार्यक्रमलाई उद्घाटन एवम सम्बोधन गर्न उपाध्यक्ष पोखरेल अगामी मंगलबार दार्चुला आउने कार्यक्रम तय भएको एमाले दार्चुलाले जनाएको छ । नेकपा एमाले दार्चुलाले यहि पुस १८ र १९ गते जिल्ला सदरमुकाम खलंगामा पार्टीको नवौं जिल्ला अधिवेसन कार्यक्रम आयोजना गरेपछि कार्यक्रमलाई सम्बोधन गर्न बरिष्ठ उपाध्यक्ष पोखरेल दार्चुला आउन लागेको जिल्ला कमिटि अध्यक्ष प्रेम सिह धामीले जानकारी दिए । अहिले जिल्लामा नवौं जिल्ला अधिवेसनका लागि प्रचार प्रसार समेत तिब्र बनाइएको छ । बरिष्ठ उपाध्यक्ष पोखरेल मंगलबार १७ गते बेलुकी दार्चुला पुग्ने कार्यक्रम रहेको छ…
धनगढी : क्रिकेटर सुसान्त कार्कीले कैलाली जिल्ला क्रिकेट संघले गरेको खेलाडी छनोटलाई लिएर असन्तुष्टि व्यक्त गरेका छन्। कार्कीले खेलाडी छनोटको विषयलाई लिएर बिहीबार सुदूरपश्चिम खेलकुद परिषद धनगढी, कैलालीलाई आवश्यक छानबिनका लागि आग्रह गरेका हुन्। कार्कीले निवेदनमा विगत १७ वर्षदेखि यहि क्षेत्रको लागि क्रिकेट खेलिरहेको जनाउँदै खेलाडीको रनरेट तथा क्षमताको आधारमा खेलाडी छनौट गर्नु पर्ने भएपनि भनसुनको भरमा खेलाडी छनोट गरिएको आशंका व्यक्त गरेका छन्। छनोट प्रतियोगितामा कार्कीले उत्कृष्ट प्रदर्शन गरेका थिए।उनले खेलेका ४ वटा खेलमध्ये पहिलो खेलमा ५२, दोस्रोमा ५४, तेस्रोमा ५ र चाैथोमम १५ रन बनाएका थिए तर, खेलाडीको नामावलीमा उनको नाम समावेश भएन्। निवेदनमा उनले लेखेका छन्, ´राम्रो…
धनगढी : कैलालीको धनगढीमा जुनिअरकप क्रिकेट प्रतियोगिताको आयोजना हुने भएको छ । बिहीबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै स्टेपिङ स्टोन जुनिअर कपको तयारी भइरहेको जानकारी गराइएको हो । आगामी पुस १४ गते देखी २१ गते सम्म आयोजना हुन लागेको प्रतियोगिताका कैलाली कञ्चनपुरका १५ विद्यालय सहभागी हुने जनाइएको छ । प्रतियोगिताको विजेताले नगद तीस हजार, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् भने उपविजेताले १५ हजार, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडीले नगद २ हजार सहित धनगढी क्रिकेट एकेडेमीमा निःशुल्क भर्ना सहित ४ महिनाको छात्रवृत्ति उत्कृष्ट बलर ब्याटरले एक हजार सहित धनगढी क्रिकेट एकेडेमीमा निःशुल्क…
धनगढी : हेटौडा स्थित मकवानपुरमा आयोजित अन्तर प्रदेश स्तरिय उसु प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले ऐतिहाँहीक जीत हात पारेको छ । मकवानपुर उसु संघले आयोजना गरेको अन्तर प्रदेश स्तरिय राष्ट्रिय उसु प्रतियोगितामा २२ मध्य १४ स्वर्ण सुदूरपश्चिमले हात पारेको छ । प्रतियोगितामा दुई रजत र चार कास्य पदक समेत सुदूरपश्चिम प्रदेशले जीतेको छ । प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले कुल २० पदक जीतेको छ । पुस ११ र १२ सञ्चालन भएको प्रतियोगिता अन्तरगत महिला तर्फ ४८, ५२, ५६, ६० र ७० किलो तौल समुह विच प्रतिष्पर्धा गराइएकोमा ४८, ५२, ५६ र ६० किलो तौल समुह तर्फ सुदूरपश्चिम प्रदेशले स्वर्ण पदक हात पारेको खेलका निर्णायक…
काठमाडौँ : रुसका एक पाइलटले नदीमा जमेको हिउँमाथि जहाज अवतरण गरेका छन् । नदीको हिउँलाई विमानस्थल भनेर झुक्किएपछि उनले त्यसरी अवतरण गरेको बीबीसीले उल्लेख गरेको छ । ३० यात्रु र चार चालक दलका सदस्य भएको ३४ मान्छे बोकेको जहाज रुसको सुदूरपूर्वको कोलिमा नदीमा अवतरण गरिएको थियो । अवतरणमा कुनै यात्रुहरू घाइते भने नभएको बताइएको छ । बिहीबार बिहान रुसी समयमा भएको उक्त घटना अहिले विश्वभर चर्चाको विषय भएको छ । रुसको सुदूरपूर्वको प्रान्त शाखा गणतन्त्रबाट सिरिङ्काको लागि उडान गरेको एन्तोनोभ कम्पनीको जहाजको खराब अवतरणलाई लिएर अहिले अनुसन्धान भइरहेको बताइएको छ । प्रारम्भिक अनुसन्धानमा पाइलटकै दोष भएको पाइएको छ ।
काठमाडौं : विद्युत् प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङले उद्योगीलाई किस्तामा ट्रंक र डेडिकेटेड लाइनको बक्यौता तिर्न सक्ने गरी एक ‘अफर’ दिएका छन् । विहीबार प्राधिकरणमा पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । उनले भने, ‘बक्यौता किस्ता (किस्तामा तिर्न सक्नुहुन्छ । तर, तिर्दिन भन्न पाउनु हुन्न । प्राधिकरणको सञ्चालक समितिअन्तर्गत रहेको पुनारवालोकन समितिमा आएर छलफल पनि गर्न सक्नुहुन्छ । समितिमा छलफल गर्न आउँदा २५ प्रतिशत बक्यौता तिर्नुपर्छ ।’
कंचनपुर : तीव्र गतिको इन्टरनेट प्रदायक संस्था भायानेटले विशेष छुटसहित १० दिने अफर ल्याएको छ । कञ्चनपुरको महेन्द्रनगरस्थित शाखाले पुस १२ देखि २२ गतेसम्मका लागि छुटसहितको १० दिने अफर ल्याएको भायनेट महेन्द्रनगरका शाखा प्रबन्धक शुभम गौतमले बताए । इन्टरनेट र टिभीसहित इन्टरनेटमा विशेष छुटसहित अफर ल्याएको उनले बताए । अफर अन्तर्गत इन्टरनेटतर्फ १० हजारमै २ वर्षका लागि ५० एमबिपिएसको इटरनेट प्रदान गरिने उनले बताए । टिभीसहितको इन्टरनेटमा पनि आकर्षक छुटसहतको अफर भायानेटले जनाएको छ । यस्ता छन् अफर: नेपालको अग्रणी इन्टरनेट र आईपीटिभी सेवा प्रदायक मध्ये एक भायानेट सन् १९९९ मा स्थापना भएको थियो । आफ्नो स्थापना देखि नै भरपर्दो…
काठमाडौं : आठ जना सहायक प्रमुख जिल्ला अधिकारीसहित गृह मन्त्रालय अन्तरगत कार्यरत १७ जना उपसचिवको सरुवा भएको छ । मन्त्रालयले काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी रबिन्द्रप्रसा आचार्यसहित मन्त्रालय अन्तरगत कार्यरत १७ जना उपसचिवको सरुवा गरेको हो ।
काठमाडौं : सरकारले प्रधानमन्त्री कार्यालयका ६८ वटा दरबन्दी कटौती गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले त्यस्तो निर्णय भएको जानकारी दिइन् । ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा कार्यालयको पुनर्संरचनासहितको संगठन तथा सर्वेक्षण स्वीकृत गर्ने भन्ने निर्णय भएको छ । यस अनुसार प्रधानमन्त्री कार्यालयको हालको दरबन्दीमा ६८ वटा दरबन्दी कम हुने भन्ने छ,’ उनले भनिन् । शर्माले प्रधानमन्त्री कार्यालयको ६८ दरबन्दी कटौती भएको बताइन् । प्रधानमन्त्रीले एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री कार्यालयको पुनर्संरचनाबाट सुरु गर्ने भनेको र सोही अनुसार भएको उनले बताइन । त्यस्तै आजको बैठकले गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३…