Author: महेन्द्रनगर पोष्ट

धनगढी : कैलालीको गेटा मेडिकल कलेज नजिकै सडकमा मृत फेला परेकी महिलाको पहिचान खुलेको छ । बुधबार मोहनापुल अत्तरिया ६ लेन सडकखण्डमा मृत भेटिएकी महिला धनगढी उपमहानगरपालिका-११ बरबट्टाकि ३५ वर्षीया कुमारी चौधरी भएको खुलेको प्रहरीले जनाएको छ । कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले मृतकको झोलामा भेटिएको पासपोर्ट साईजको फोटोका आधारमा उनको पहिचान भएको बताए । “झोलामा भेटिएको पासपोर्ट साईजको फोटोमा फोटो स्टुडियोको छाप रहेछ । त्यसैका आधारमा उनको पहिचान गर्न सकिएको हो,” एसपी बिष्टले भने, “अनुसन्धान गर्दै जादा माइती जान हिडेकी रहिछन् । अटो चालकले गेटाबाट भित्र रोड लैजान खोज्दा आत्तिएर हाम फालेकी रहेछिन् ।” मृतक महिला धनगढीको…

Read More

धनगढी: कञ्चनपुरमा निकै दु:खद घटना घट्यो। आज बिहानै जिल्लाको दोधारा चाँदनी नगरपालिका–२ की २६ वर्षीया हीरा शाहलाई बाघले आक्रमण गरेपछि उनको स्वर्गारोहण भएको छ। उनी आज बिहीबार बिहानै घर नजिकैको खेतमा घाँस काट्न गएकी थिइन्। उनको घर नजिकै करिब १० बिगाह क्षेत्रफलमा फैलिएको उखुबारी छ। उनी सोही खेतमा घाँस काटिरहेका बेला नरभक्षी बाघले पछाडिबाट झम्टिएर उखुबारीतर्फ लग्यो। प्रहरीका अनुसार बाघले करिब ५० मिटर घिसारेको थियो। त्यसपछि उनको त्यहीँ घटनास्थलमै मृत्यु भयो। अहिले उनको क्षतबिक्षत शव दोधारा चाँदनी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको बताइएको छ। केहीदिनदेखि दोधारा चाँदनी नगरपालिका–२ मा बाघ देखिएको थियो। मृतक हीरा र मीना शाह देउरानी जेठानी हुन्, उनीहरू…

Read More

धनगढी : पछिल्लो समय अछाम प्रहरीले अवैध रुपले लगाइएको गाँजाका बोटहरु फडानी गर्ने कार्य तीब्र पारेको छ । मातहत प्रहरी चौकी चौखुट्टेबाट खटिएको प्रहरी टोलीले चौरपाटी गाउँपालिका ६ दुनीमा गाँजाका बोटहरु फडानी गरेको हो । मंगलबार र बुधबार चौखुट्टेबाट खटिएको प्रहरी टोलीले करिब १३ हजार गाँजाका बोटहरु फडानी गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । अछाम प्रहरीका अनुसार मंगलबार वडा अध्यक्ष डबल बहादुर खड्का र प्रहरीको टोलीलले दुनीमा अवैध रुपमा उत्पादन गरेको गाँजाखेती फडानी गरेको हो ।यस्तै बुधबार पनि चौखुट्टेबाट खटिएको प्रहरी टोलीले अवैध रुपमा उत्पादन गरेको गाँजाका करिब साढे सात हजार बोटहरु फडानी गरिएको प्रहरीले जनाएको छ ।…

Read More

धनगढी : कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ की २६ वर्षीया हिरा शाहलाई आक्रमण गरेर ज्यान लिने हिंस्रक बाघ अझै नियन्त्रणमा आएको छैन। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट हात्तीसहितको टोली परिचालन हुँदा पनि बाघलाई नियन्त्रणमा लिन नसकिएको हो। घटनास्थल नजिकै उखुबारीमा बाघले कहिले यता, कहिल्यै उता मुभमेन्ट गरिरहेकोेले नियन्त्रणमा लिन गाह्रो भइरहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरले जानकारी दिए। अबेर राति भइसक्दा पनि हिंस्रक बाघ नियन्त्रणमा लिन नसक्दा स्थानीय त्रसित बनेका छन्। उखुबारीमा देखिएको बाघ नियन्त्रणमा लिन बिहीबार दिउँसो ४ बजे शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पिपरैया र शुक्ला पोष्टबाट ४ हात्ती परिचालन गरिएका थिए। बाघलाई नियन्त्रणमा लिन ४ घण्टा प्रयास गर्दा पनि सफल…

Read More

काठमाडौँ : सरकारले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुखमाथि छानबिन अघि बढाएको छ। सीआईबी प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीमाथि छानबिन गर्न समिति बनाएको हो। प्रहरी प्रधान कार्यालय प्रशासन विभागका एआईजी टेकप्रसाद राईको नेतृत्वमा पाँच सदस्यीय समिति बनाइएको प्रहरी मुख्यालयका एक अधिकारीले जानकारी दिए। प्रहरी प्रधान कार्यालयको उजुरी छानबिन शाखामा उनीविरुद्ध उजुरी परेको स्रोतले जानकारी दिएको छ। एआईजी ज्ञवालीमाथि विभिन्न प्रकारका उजुरी परेको भन्दै उनीमाथि प्रहरी मुख्यालयले छानबिन गर्न लागेको हो। ज्ञवालीले आफूखुसी काम गरेको, आईजीपी कुँवरसँग समन्वय नगरेको र मुद्दाको अनुसन्धानमा कानुनविपरीत अगाडि बढेको आरोप उजुरीमा रहेको ती प्रहरी अधिकारीले जानकारी दिए। ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका…

Read More

धनगढी: नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका जिल्ला इन्चार्जको जिम्मेवारी तोकेको छ। बिहीबार बसेको सचिवालय बैठकले प्रदेशका ९ वटै जिल्लाको इन्चार्ज तोकेको हो। केही जिल्लामा पोलिटब्युरो सदस्य र केही जिल्लामा केन्द्रीय सदस्यहरूले पनि इन्चार्जको जिम्मेवारी पाएका छन्। यी हुन् इन्चार्जहरू कैलाली – नारदमुनी राना कंचनपुर – नीरुदेवी पाल बाजुरा – लालबहादुर थापा डोटी – गौरी ओली बझाङ – भैरवबहादुर सिंह अछाम – झपट बोहरा बैतडी – लिलाधर भट्ट दार्चुला – गणेश बहादुर ठगुन्ना डडेल्धुरा – पठानसिंह बोहरा

Read More

धनगढीः कैलालीको भाँसु भिरमा दुर्घटना भएको छ। जिल्लाको चुरे गाउँपालिका–५ भासु भिरस्थित सडक खण्डमा सुदूरपश्चिम प्रदेश ०१प ००१ झ १४९१ नम्बरको जिपले विपरीत दिशाबाट आइरहेको सुदूरपश्चिम प्रदेश ०१००८प २२५६नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। जिपको ठक्करबाट मोटरसाइकल पछाडि सवार रहेका एक जना घाइते भएका छन्। घाइते हुनेमा दिपायल सिलगढी नगरपालिका–६ का २५ वर्षीय आशिष मलासी रहेका छन्। अहिले उनको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं: नेपालको जासुसी संस्था मानिने राष्ट्रिय अनुसन्धान विभागका प्रदेशका हाकिमको सरुवा गर्ने तयारी थालिएको छ। प्रधानमन्त्रीले सातै प्रदेशका प्रमुखको रुपमा रहेका डिआइजीहरु सरुवाको तयारी थालेको हो। स्रोतका अनुसार राष्ट्रिय अनुसन्धान विभागले डिआइजी सरुवाको सिफारिस दुई दिनअघि नै प्रधानमन्त्री कार्यालय पठाइसकेको छ। हाल कोशी प्रदेशमा किशोर श्रेष्ठ, सुदूरपश्चिममा इन्द्र लामा, मधेस प्रदेशमा सञ्जय यादव, बागमतीमा रामप्रसाद दास, लुम्बिनीमा ओम खड्का र कर्णालीमा माधव तिमल्सिना र गण्डकीमा कृष्ण खनाल छन्। भदौबाट नै ती डिआइजीहरु नयाँ कार्यक्षेत्रमा खटाइने सम्भावना छ।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारका समाजिक विकास मन्त्री ओम विक्रम भाट (सरल) बाघ प्रभावित क्षेत्रमा पुगेका छन्। आज बिहीबार उनी त्यहाँ पुगेका हुन्। आजै बिहान कञ्चनपुरको दोधारा चाँदनीकी २६ वर्षीया हिरा कुमारी शाहको बाघको आक्रमणबाट मृत्यु भएको थियो। सो घटनापछि मन्त्री त्यहाँ पुगेकोमा बाघलाई नियन्त्रणमा लिन आग्रह गरेका छन् भने प्रदेश सरकारको तर्फबाट क्षतिपूर्तिको लागि पहल गर्ने दाबी गरेका छन्।

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कैलाश चौधरीले पदबाट राजीनामा दिएका छन् । मन्त्री चौधरीको राजीनामा पत्र उनका स्वकीय सचिव भक्त चलाउनेले मुख्यमन्त्री दीर्घ सोडारीलाई बुझाएका हुन् । नागरिक उन्मुक्ति पार्टीका जिल्ला सचिव समेत रहका चलाउनेले दिएको राजीनामा पत्र मुख्यमन्त्री सोडारीले बुझेका छन् । मुख्यमन्त्री सोडारीले राजीनामा दिनुभन्दा एक दिन पहिले भौतिक पूर्वाधार विकास मन्त्री चौधरीले राजीनामा दिएका हुन् । उनी नागरिक उन्मुक्ति पार्टीबाट सांसद हुँदै मन्त्री भएका थिए । 

Read More