Author: महेन्द्रनगर पोष्ट

धनगढी: कैलालीको अत्तरियास्थित एक होटलमा यौनधन्दा चलाइएको पाइएको छ। गोदावरी नगरपालिका २ स्थित अत्तरियाको कैलपाल सिगास होटलमा यौनधन्दा चलाइएको हो। प्रहरीले सो होटलमा अनैतिक क्रियाकलाप हुने गरेको भन्ने सूचनाको आधारमा छापा हान्दा धन्दा खुलेको हो। इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार हिजो (मंगलबार) राति नमस्ते गल्ली स्थित “कैलपाल सिगास होटलमा” मा अनैतिक क्रियाकलाप गरे गराएको अवस्थामा एक जना पुरुष, एक जना महिला र होटल सञ्चालक महिला एक जना गरी जम्मा ३ जना लाई पक्राउ गरिएको छ। सो सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढी : कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाले बाढीपीडितका लागि सहयोग गर्न सबैमा आग्रह गरेको छ । नगरको अधिकतम भूभागमा बाढी पसेपछि बालीनाली, खाद्यान्न, घरगोठ तथा पशु चौपायाको क्षति र कयौं घरपरिवार विस्थापित भएपछि सहयोगका लागि आह्वान गरिएको हो । नगरपालिकाले विपद्मा आर्थिक, प्राविधिक तथा खाद्यान्न सहयोगका लागि ईच्छुक व्यक्ति, संघसंस्था तथा निकायहरुलाई अनुरोध गरेको छ । आज जारी विज्ञप्तिमा भनिएको छ, ‘अविरल वर्षाका कारण यस नगरपालिकाको अधिकतम भूभागमा बाढी पस्न गई बालीनाली, खाद्यान्न, घरगोठ तथा पशु चौपायाहरुको क्षति भएको तथा कतिपय व्यक्तिहरु विस्थापित हुन गएकोले यस विपद्को घडीमा आर्थिक, प्राविधिक तथा खाद्यान्न सहयोगका लागि इच्छुक संघसंस्था, व्यक्ति, निकायहरुलाई आह्वान गरिन्छ ।’…

Read More

धनगढी : चालु आर्थिक वर्ष २०८०/८१ मा सुदूरपश्चिम प्रदेश सरकारले ६३ प्रतिशत बजेटमात्र खर्च गरेको छ । सरकारले चालु आवको लागि विनियोजन गरेको २९ अर्ब २८ करोडको १८ अर्ब ६२ करोड २५ लाख अर्थात् ६३.५९ प्रतिशत खर्च गरेको हो । सुदूरपश्चिम प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख बासुदेव जोशीका अनुसार चालुतर्फ ११ अर्ब ९६ करोड विनियोजन गरेकोमा ८ अर्ब ५१ करोड खर्च भएको छ । पुँजीगत तर्फको १७ अर्ब २५ करोडमध्ये १० अर्ब ५७ करोड बजेट खर्च भएको जोशीले बताए । प्रदेश सरकारले गत आर्थिक वर्ष २०७९/८० मा कुल बजेटको ६६ प्रतिशत बजेट खर्च गरेको थियो । जेठ मसान्तसम्म सुदूरपश्चिम प्रदेश…

Read More

धनगढी : नेपाल–भारत सीमा क्षेत्रमा कैलालीको टीकापुर–९ खक्रौलामा रहेको १०५ नम्बर पिलर कटानको उच्च जोखिममा परेको छ । मोहना नदीले कटान तीव्र पारेपछि सीमा पिलर जोखिममा परेको हो । सीमामा रहेको पिलर नदी कटानको जोखिममा परेपछि स्थानीय चिन्तित भएका छन् । सो नम्बरको पिलर भत्काउन ५० फिट पनि बाँकी नरहेको बताइएको छ । मोहना नदीले पिलर बगाउने हो भने दुई दर्जन परिवारको विस्थापित हुने र सयौँ बिघा जमिन नदीमा परिणत हुने स्थानीय बताउँछन् । भारत र नेपालको सीमामा पर्ने १०५ नम्बर पिलर मोहना नदीले बगाउने जोखिम रहेको स्थानीयवासी खड्ग धामीले जानकारी दिए । ‘पिलर बगाएपछि समस्या हुन्छ’, उनले भने, ‘स्थानीय…

Read More

काठमाडौं : उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा यात्रु बहाक डबल डेकर बस दूध ट्याङ्करमा ठोक्किँदा १८ जनाको मृत्यु भएको छ । बिहारको सीतामढीबाट दिल्ली जाँदै गरेको डबल डेकर बसले पछाडिबाट दुधको कन्टेनरमा ठोक्किएपछि दुर्घटना भएको हो। दुर्घटनामा अन्य १९ जना घाइते भएका प्रहरीले जनाएको छ। उत्तर प्रदेशको राजधानी लखनऊबाट करिब ६८ किलोमिटर पश्चिममा उन्नाओ जिल्लाको गाढा गाउँ नजिकैको लखनऊ–आगरा एक्सप्रेस वेमा दुर्घटना भएको हो। बिहारको मोतिहारीबाट आउँदै गरेको निजी यात्रु बस यहाँ राष्ट्रिय राजमार्गमा दूध ट्याङ्करसँग ठोक्किएको थियो। दुर्घटनामा १८ जनाको ज्यान गएको र अन्य १९ जना घाइते भएका उन्नाओ जिल्ला मजिस्ट्रेट गौराङ राठीले मिडियालाई बताएका छन्। प्रारम्भिक अनुसन्धानले बस…

Read More

काठमाडौं : अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघमा नेपाली सेना मौका गुमाउँदै गएको छ । नागरिकता लगायतका प्रमाणपत्रमा कैफियत देखिन थालेपछि राष्ट्र संघमा कार्यरत सेनाका अधिकृतहरू जागिरबाटै बर्खास्तीमा पर्न थालेका हुन् । योसँगै अन्तर्राष्ट्रिय फोरममा नेपाली सेनाको छविमा नराम्रो प्रभाव पर्न थालेको हो । न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघका लागि नेपाली सेनाको सैनिक सल्लाहकार पदमा कार्यरत रहन कर्णेल दिरेन्द्रकुमार मल्ल नागरिकतामा केरमेट गरेको आरोप लागेको थियो । त्यसपछि उनी जागिरबाट बर्खास्तीमा परेका छन् । अहिले उनको स्थानमा कर्णेल रोहित गुरुङलाई नेपाली सेनाले छनौट गरी पठाउने तयारी गरेको सैनिक स्रोत बताउँछ । चार महिना अघि न्यूयोर्कमा सैनिक सल्लाहकार पदमा नियुक्त भई गएका कर्णेल…

Read More

धनगढी: कैलालीमा अचेत अवस्थामा भेटिएका दुई पुरुषको मृत्यु भएको छ। मंगलबार लम्कीचुहा नगरपालिकाका छुट्टा छुट्टै ठाउँमा अचेत अवस्थामा फेला परेका दुई पुरुषको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।मृतकमध्ये एक जनाको मात्रै सनाखत भएको छ। सनाखत हुनेमा लम्कीचुहा नगरपालिका–५ का ५१ वर्षीय सागर विक रहेका छन्। अर्का मृतकको नाम, थर, वतन नखुलेको प्रहरीले जनाएको छ।  विक हिजो बाटोमा अचेत अवस्थामा फेला परेका थिए। इलाका प्रहरी कार्यालय लम्कीबाट खटेको प्रहरी टोलीले उपचारको लागि स्थानीय अस्पताल भल्कामा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्। त्यसैगरी अन्दाजी ५६ वर्षका पुरुष लम्कीचुहा–३ खैरेनीस्थित रानी जमरा कुलरिया सिँचाइ आयोजनाको नहरमाथि अचेत अवस्थामा फेला परेका थिए। उनलाई…

Read More

दार्चुलाः दार्चुलाबाट नगदसहित ५ जना जुवाडे पक्राउ परेका छन्। गोप्य सूचनाको आधारमा दार्चुलाको महाकाली नगरपालिका–४ जिपपार्कमा रहेको बिरेन्द्रवन गेष्ट हाउसको कोठाबाट जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई मंगलवार राति १०ः४५ बजे पक्राउ गरिएको हो। पक्राउ पर्नेमा कञ्चनपुरको बेदकोट नगरपालिका–९ का ४० वर्षीय खडकबहादुर मल्ल, डडेल्धुराको पर्शुराम नगरपालिका–९ बस्ने ३८ वर्षीय अंगद बोहरा, बैतडीको सुर्नया गाउँपालिका–१ बस्ने ३८ वर्षीय दिपक चन्द रहेका छन्। यसैगरी दार्चुलाको महाकाली नगरपालिका–४ बस्ने ३५ वर्षीय पुरनराम खत्री र दार्चुलाको महाकाली–४ कै ३५ वर्षीय प्रेमदत्त जोशीसहित ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले बताए। उनीहरुको साथबाट नगद १ लाख २२ हजार ४७० र २…

Read More

धनगढीः कैलालीमा ठगी गर्ने ३ जना समातिएका छन्। जिल्लाको कैलारी गाउँपालिकामा पावर टिलर दिने भन्दै किसानलाई ठग्ने सहकारीका अध्यक्षहरू पक्राउ परेका हुन्। प्रहरीले ठगीमा संलग्न कालीमाई सहकारी संस्थाका अध्यक्ष अमृत चौधरी, बाल सशक्तीकरण नेपाल सहकारी संस्थाका अध्यक्ष योगेश योगी र अखुवा कृषि सहकारी संस्थाका अध्यक्ष सीताराम चौधरीलाई पक्राउ गरेको जनाएको छ। उनीहरूले पावर टिलर बाढ्ने भन्दै ठगी गरेको भेटिएपछि तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनीहरूले कैलारी गाउँपालिकामा किसानलाई ५० प्रतिशत अनुदानमा पावर टिलर बाड्ने भन्दै रकम उठाएर ठगी गरेका थिए।

Read More

धनगढी: कैलालीको गोदावरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार दुर्घटनामा गोदावरी नगरपालिका-६ का नन्दराम चौधरीको मृत्यु भएको हो। बुधबार सुपप्र ०१-००१ प ४६५४ नम्बरको मोटरसाइकललाई वीरगञ्जबाट धनगढी आइरहेको बा ५ ख १४१० नम्बरको बसले ठक्कर दिएको थियो। इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार गोदावरी नगरपालिका-६ हरैयामा उक्त दुर्घटना भएको थियो। दुर्घटनामा गोदावरी-८ जमुनानगरका लेखकराज जोशी भने घाइते भएका छन्। अर्का घाइते चौधरीको भने धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। अहिले बस चालक हेटौँडा-१३ बस्ने ३५ वर्षीय रामशरण घर्तीलाई नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More