Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको समर्थन फिर्ता लिँदै नेकपा एमाले सरकार गठनको तयारीमा लागेको छ। प्रधानमन्त्री दाहालले शुक्रबार विश्वासको मत लिने तयारी गरेका छन्। उनको पक्षमा अहिलेसम्म नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीमात्रै रहेका छन्। त्यसकारण दाहालले विश्वासको मत पाउने सम्भावना निकै कम देखिन्छ। दाहालले यसअघि कांग्रेस नेतृत्वमा सरकार बनाउन पहल गरे पनि सम्भावना कम देखिएको छ। तर अहिले केपी शर्मा ओली नेतृत्वको एमाले र कांग्रेसमा भने सरकारमा को-को जाने भन्ने विषयमा आन्तरिक छलफल चलिरहेको छ। कांग्रेसमा उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय दिएमा महामन्त्री गगन थापा, नेताद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलामध्ये एकलाई पठाउने तयारी छ। तर यसअघि कांग्रेस…

Read More

धनगढी : कैलालीको धनगढीबाट एक शिक्षक बेपत्ता भएका छन् । शिक्षक सेवा आयोगको परीक्षा दिन धनगढी आएका अछामका एक शिक्षक धनगढीबाट बेपत्ता भएका हुन्। अछामको मेल्लेख गाउँपालिका–६ का टंकबहादुर बोहरा धनगढीबाट सम्पर्क विहीन भएका छन। जनता क्याम्पसका मावि शिक्षक रहेका बोहोरा शनिवारदेखि सम्पर्क विहीन भएका हुन् । शिक्षक सेवा आयोगको परीक्षाका लागि धनगढी आएका बोहरा भन्सार रोड तरकारी थोक बजार क्षेत्रबाट सम्पर्क विहीन भएका छन्। शनिवार साँझ ५ बजेसम्म सम्पर्कमा रहेका बोहोरा बेपत्ता भएका हुन। उनले राति १० बजे तिर घरमा फोन गरेका थिए। मोटरसाइकलमा आएका युवाहरूले लखेटेको बताएका बोहरा बेपत्ता भएका छन्। आफन्तले प्रहरीमा खबर गरेका छन्। तर, प्रहरीले…

Read More

धनगढी : अछाममा वेवारिसे शव फेला परेको छ। जिल्लाको साँफेबगर नगरपालिका–७ मेलसैनस्थित बुढीगंगा नदीमा वेवारिसे शव फेला परेको हो। वेवारिसे शवको नाम थर, लिङ्ग पहिचान भने नखुलेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले बताए। शवको पहिचानका लागि बाजुरा लगायतका प्रहरीसँग समन्वय भइरहेको भण्डारीले जानकारी दिएका छन्। कङ्काल फेला परेको स्थानभन्दा माथिबाट बगेर आएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल पठाइएको छ।

Read More

धनगढी : कैलालीको कैलारी गाउँपालिका–९ गधरियास्थित भुरा नदीमा नुहाउने क्रममा बेपत्ता भएका युवकको शव सशस्त्र प्रहरीले मंगलबार फेला पारेको छ । सोही ठाउँ बस्ने अन्दाजी २० वर्षीय अजय राना असार २३ गते नुहाउने क्रममा उक्त नदीमा डुबेर बेपत्ता भएका थिए । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म खोनपुरबाट खटिएको सुरक्षा फौजले उनको शव डुबेको स्थान भन्दा करिब १९ किलोमिटर तल काठमा अड्किएको अवस्थामा फेला पारेको हो । उनको शव पोस्टमार्टमको लागि सेती प्रादेशिक अस्पताल धनगढीतर्फ पठाइएको छ ।

Read More

धनगढी : नेकपा एमालेकी पोलिटब्यूरो सदस्य तथा डडेल्धुरा इन्चार्ज गौरी ओलीलाई मातृशोक परेको छ। संविधानसभा सदस्य समेत रहेकी नेतृ ओलीकी ममतामयी आमा भक्तिदेवी ओलीको ८४ वर्षको उमेरमा आज निधन भएको छ। उनको निधनले एमाले नेतृ ओली र उनका परिवारजनलाई गहिरो शोकमा डुबाएको छ। भक्तिदेवी ओलीको निधन प्रति नेकपा एमाले परिवार, उनका सहकर्मी, शुभचिन्तक र शुभेच्छुकहरुले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन्। उनको अन्तिम संस्कार सम्बन्धी जानकारी पछि सार्वजनिक गरिने जनाइएको छ।

Read More

धनगढी: धनगढीको निसर्ग अस्पतालमा युवतीको मृत्यु प्रकरणमा डाक्टर ओमप्रकाश भट्टलाई कारबाही गर्ने सहमति भएको छ। डाक्टर भट्टलाई निर्सग अस्पतालबाट बर्खास्त गर्ने, मेडिकल काउन्सिलमा कारबाही सिफारिसको लागि पत्र पठाउने र डाक्टरविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिने सहमति भएको छ। भट्टले गलत औषधी प्रयोग गर्दा धनगढी उपमहानगरपालिका १ की २२ वर्षीया लक्ष्मी जोशीको हिजोराति मृत्यु भएको थियो। डाक्टरको लापरबाहीले गर्दा नै बिरामीको मृत्यु भएको भन्दै आफन्तले आज दिनभर अस्पतालमा आन्दोलन गरेका थिए। मृतकका अंकल हेमराज जोशीले उपचारमा संलग्न डाक्टरलाई कारबाही गर्ने सहमति भएको बताए। सामान्य पेट दुखेर राति १२ बजे अस्पताल भर्ना भएकी उनको तीन घण्टाको फरकमा उपचारको क्रममा मृत्यु भएको थियो।…

Read More

काठमाडौं : नक्कली स्मार्ट लाइसेन्स बनाएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले बुटवलस्थित यातायात कार्यालयका तत्कालिन प्रमुखसहित १५ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले तयार पारेको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलले जिल्ला अदालतमा लिखतसम्बन्धी कसूरमा मुद्दा दर्ता गरेको हो । यातायात व्यवस्था कार्यालय बुटवलका तत्कालीन प्रमुख (हाल वन मन्त्रालयका उपसचिव) केशव अर्याल, त्यहीँ कार्यरत शाखा अधिकृत सुवास पौडेल, यातायात कार्यालय नवलपरासीमा कार्यरत कम्युटर अधिकृत पदमराज आचार्य, यातायात कार्यालय चितवनमा कार्यरत सहायक कम्युटर अपरेटर राजेश लम्साल, यातायात कार्यालय जनकपुरमा कार्यरत सहायक कम्युटर अपरेटर दिलिपकुमार साह, सिन्धुपाल्चोकको बाह्रबिसे घर भएका केशव पौडेलविरुद्ध मुद्दा दर्ता भएको…

Read More

धनगढी : अछामको ढकारी गाउँपालिकामा कार्यालय प्रमुख लक्ष्मण साहमाथि हातपात भएको छ। स्थानिय नेपाली काँग्रेसका नेता टंकबहादुर साउँदले हाकिम शाहमाथि हातपात गरेका हुन् । सोमबार अपराह्न ४ बजेको समयमा साउँदले कार्यालयमै शाहमाथि आक्रमण गरेको बुझिएको छ । यस घटनामा गाउँपालिकाले विज्ञप्ति जारी गर्दै कार्यालयमा कार्यरत कर्मचारीको सुरक्षामा गम्भीर चुनौती उत्पन्न भएको भन्दै प्रशासनको ध्यानाकर्षण गरेको छ। गाउँपालिकाले दोषीलाई तुरुन्तै कडा भन्दा कडा कारबाहीको माग गरेको छ र कर्मचारीहरुको सुरक्षाको प्रत्याभूति नभएसम्म सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेको छ। यो निर्णयले सेवाग्राहीहरुलाई पर्ने असुविधा प्रति गाउँपालिका क्षमाप्रार्थी रहेको छ। गाउँपालिकाले आफ्नो विज्ञप्तिमा भनेको छ, “कार्यालय प्रमुखमाथि भएको यो घटनाले…

Read More

धनगढी : धनगढीको निसर्गमा युवतीको मृत्यु डाक्टरको गल्तीको भएको तथ्य बाहिर आएको छ। अस्पताल स्रोतका अनुसार डाक्टर ओमप्रकाश भट्टले गलत औषधी प्रयोग गर्दा बिरामीको मृत्यु भएको बताइएको हो। धनगढी उपमहानगरपालिका १ की २२ वर्षीया लक्ष्मी जोशीको सोमबार राति ३ बजे मृत्यु भएको थियो। सामान्य पेट दुखेर राति १२ बजे अस्पताल भर्ना भएकी लक्ष्मीको डाक्टरले औषधी दिएको केही समयपछि मृत्यु भएको हो। बिरामी पुर्जा अनुसार कोलोजिपाम र ट्रमाडोल औषधी संगै प्रयोग गरिएको छ। चिकित्सकीय स्रोतका अनुसार यो दुवै प्रकारको औषधी संगै दिनु हुँदैन। तर डाक्टर भट्टले लक्ष्मीलाई कोलोजिपाम र ट्रमाडोल संगै दिएपछि मृत्यु भएको आरोप छ। कोलोजिपाम र ट्रमाडोल संगै प्रयोग…

Read More

कञ्चनपुर: महाकाली नदीमा पानीको बहाव घटेपछि शारदा ब्यारेजको पुलमा चार दिनपछि चारपांग्रे सवारी साधनको आवागमन खुला भएको छ। मंगलबार बिहानदेखि चारपांग्रे सवारी साधन आवागमन खुला गरिएको हो। बिहान ७ बजेको मापनअनुसार महाकालीमा पानीका बहाव ९७ हजार ६ सय क्युसेक पुगेको छ। पानीको बहाव १ लाख क्युसेकभन्दा तल पुगेपछि बिहान ७ बजेदेखि पुल ठूला सवारी साधनका लागि खुला गरिएको हो। शनिबारदेखि महाकालीमा पानीको बहाव बढेपछि पुलमा चारपांग्रे सवारी साधनको आवागमनमा रोक लगाइएको थियो।

Read More