डोटी: नेकपा एमाले डोटी जिल्ला कमिटी सदस्यमा सरस्वती साउद चयन भएकी छन्। जिल्ला अधिवेशनमार्फत अनेरास्ववियु प्रदेश कमिटी सदस्य समेत रहेकी सरस्वती खुला महिला सदस्य पदमा सर्वसम्मत निर्वाचित भएकी हुन्। उनी जिल्लाकै कान्छी सदस्य समेत रहेको दाबी गरिएको छ। २५ वर्षीय सरस्वतीको घर डोटीको पूर्वीचौकी गाउँपालिका–७ हो। उनले समाज शास्त्र र पत्रकारिताबाट स्नातक तह पास गरिसकेकी छन्। साथै उनी हाल अनेरास्ववियू प्रदेश कमिटी सदस्य छन् भने सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मला साउँद (आमा) को स्वकिय सचिवको रुपमा समेत कार्यरत छन्। गत मंसिर २९ गतेको नवौं जिल्ला अधिवेशनमार्फत अध्यक्षमा मञ्जु मलासी निर्वाचित भएकी थिइन्।
Author: महेन्द्रनगर पोष्ट
कञ्चनपुर: मनाङको चामेबाट हराएका कञ्चनपुरको बेदकोट नगरपालिका–९ सुन्दरपुरका तारणीप्रसाद पन्त ५४ दिन बितिसक्दा पनि सम्पर्कमा आएका छैनन्। मनाङको चामेस्थित नेपाल बैंक लिमिटेडमा चौथो तहमा कार्यरत पन्त कात्तिक १० गतेदेखि सम्पर्कविहीन भएका हुन्। भ्युटावर हेर्नका लागि तारणी सहकर्मी अर्जुन खड्कासँग गएका थिए। खड्काले भ्युटावर चढ्न नसक्ने भनेपछि बीच बाटोबाट फर्केका थिए। त्यसपछि पन्त एक्लै भ्युटावरको उकालो चढेका थिए। भ्युटावरको उकालो चढेका पन्त साँझ ४ः४५ मिनेटमा खड्कासँग कुराकानी भएको पन्तका परिवारका सदस्य बताउँछन्। राति अबेरसम्म नआएपछि खड्कालगायत बैंकका कर्मचारीले कुरा गर्न खोजे, तर राति १०ः४५ बजेसम्म मोबाइल फोनमा घण्टी बजे पनि फोन उठेको थिएन। त्यसपछि उनको मोबाइल ‘स्वीचअफ’ भएको थियो। सम्पर्कविहीन भएको…
धनगढी: नेपाल प्रहरीको सुदूरपश्चिमस्थित प्रदेश कार्यालयका प्रहरी प्रमुख डीआईजी गणेश चन्दले हालको गृहजिल्लासमेत रहेको कञ्चनपुरबाट निरीक्षण सुरु गरेका छन्। चन्द हालै सरुवा भएर आएकोमा कञ्चनपुरबाट निरीक्षण सुरु गरेका हुन्। यस अगाडिका डीआईजी रविन्द्र केसीको सरुवापछि चन्द आएका थिए। उनै चन्दले हिजो ४ गतेका नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगर, कञ्चनपुरको स्थलगत निरीक्षण गरे। सो क्रममा उनले गणको कार्यालय भवन, बिभिन्न शाखाहरु, ब्यारेक, मेस समेतको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिएका थिए। यस्तै निरीक्षणको क्रममा उनले प्रहरी कर्मचारीहरुले आचरण ब्यवहारमा सुधार गर्न, गलत प्रवृति भएका मानिसहरुसंग अनुचित सम्बन्ध नबनाउन, ब्यक्तिगत फाईदाको लागि आफ्नो अधिकारको दुरुपयोग नगर्न, प्रहरी आचरण…
धनगढी: सुदूरपश्चिम प्रदेश सरकारका निर्विवादित भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पालले नौलो सुरुवातका कामहरु थालेका छन्। बैतडीबाट माननीय निर्वाचित भएर एकपटक प्रदेशको अर्थमन्त्रीसमेत भैसकेका मन्त्री पालले प्रदेशमै नौलो, अनुकरणीय एवं पारदर्शी कामहरुको सुरुवात गरेका छन्। उनले यस अगाडि योजना, बजेट किनबेच रोक्नेदेखि योजना कार्यान्वयनको हकमा हुने कमिसनखोरी रोक्न निकै भूमिका खेलेका थिए। त्यसबाहेक उनले सामाजिक तथा परोपकारी काम पनि गर्दै आएका छन्। यसैक्रममा उनले हालै एउटा निर्णय गरेका छन्। जसको आम जनता र कर्मचारीतन्त्रले स्वागत गरेको छ। मन्त्री पालले यस अगाडि मन्त्रीहरुले आफ्ना कार्यकर्ता तथा आसेपासेलाई करारमा मन्त्रालय एवं मातहत जागिर खुवाउने परिपाटीको अन्त्य गरेका छन्। उनले जसका लागि करारमा…
धनगढी: नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा प्रतिनिधिसभा सांसद रञ्जिता श्रेष्ठले हिरासतमा समेत विभेदपूर्ण व्यवहार भएको भन्दै गुनासो पोखेकी छन्। प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको हालै सार्वजनिक तस्वीर र रेशम चौधरीको पुरानो फोटोबीच तुलना गर्दै उनले अन्यायमा परेको गुनासो गरेकी हुन्। रेशम जेलमा हुँदाको फोटो फेसबुकमा राख्दै रञ्जिताले भनेकी छन्, ‘उहाँ यसरी बस्नुहुन्थ्यो,अहिले त धेरै सुखसुविधा हुने रहेछ कारागारमा!’ रञ्जिताले पोष्ट गरेको उक्त फोटोमा साँघुरो खाटमा पल्टिरहेका रेशमको खुट्टामा ठूलो साङ्ग्लोले बाँधिएको छ। अहिले सामाजिक सञ्जालमा भाइरल रविको फोटोमा भने उनी खाटमा सिरक ओढेर सुतिरहेका छन्। नजिकै रहेको टेवलमा कितावहरु देखिन्छ। दुबै फोटोको तुलना…
काठमाडौं: सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आइजीपी) राजु अर्यालले तल्लो दर्जाका प्रहरी कर्मचारीको पेशागत हकहितका सवालमा कुनै सम्झौता नहुने स्पष्ट पारेका छन्। लुम्बिनी प्रदेशस्थित विभिन्न गुल्मको निरीक्षणका क्रममा उनले सो धारणा राखेका हुन्। त्यसक्रममा आइजीपी अर्यालले प्रहरी कर्मचारीलाई सम्बोधन गर्दै उच्च मनोबलका साथ देश र जनताको पक्षमा काम गर्न निर्देशनसमेत दिएको बताइएको छ। ‘म मेरा सिपाहीहरु सँधै हाँसेको हेर्न चाहन्छु, काम गर्न सहज वातावरण बनाइदिनु मेरो दायित्व हो’, अगाडि भने, ‘म सँधै तपाईंहरुसँगै छु, उच्च मनोबलका साथ काम गर्नुहोला।’ लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा भाग लिन पुस १ गते भैरहवा पुगेका आइजीपी अर्यालले हिजो ३६ नम्बर गुल्म हेडक्वाटर अर्घाखाँचीको निरीक्षण गरेका…
काठमाडौं: नेपाल प्रहरीमा सरुवा बढुवामा दबाब दिने प्रचलन बढ्दै गएको छ। जसले गर्दा नेतृत्व नै पेन्डुलम बनिरहेको छ भने प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर हैरान भएका छन्। त्यसकै कारण राजनीतिक लबिङ गरेर अनावश्यक दबाब दिने प्रहरीलाई कारबाही गर्ने चेतावनी दिँदै उनले सर्कुलर जारी गराएका छन्। प्रहरी महानिरीक्षकको सचिवालयबाट बुधबार जारी भएको सर्कुलरमा आफ्नो पदीय दायित्वअनुसारको काम नगरी व्यक्तिगत स्वार्थपुर्तिका लागि अनावश्यक दबाब र प्रभावको सिर्जना गरी आफ्नो जिम्मेवारीप्रति उदासिन रहेन गरी भएका गैरव्यावसायिक क्रियाकलापहरूप्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ। त्यस्ता प्रहरीलाई विभागीय कारबाही गरिने चेतावनी महानिरीक्षक कुँवरले दिएका छन्। केही महिनाअघि पनि प्रहरी महानिरीक्षक कुँवरले यस्तै परिपत्र जारी गराएका थिए। तर,…
धनगढी: डडेल्धुराको परशुराम नगरपालिकामा भ्रष्टाचार मौलाएको आरोप लागेको छ। विभिन्न राजनीतिक दलले सो आरोप लगाएका हुन्। पालिकामा सञ्चालन भैरहेका विकास निर्माण एवम् सुशासनका समस्याबारे विभिन्न चार राजनीतिक दलले प्रश्न गरेका छन्। बिहीबार एक संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। नेकपा एमालेका नगर अध्यक्ष ओमप्रकाश जोशी, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष शेरसिंह माल डाइमण्ड, रास्वपाका नगर सभापति लालबहादुर थापा र राप्रपाका प्रदेश कमिटी सदस्य पदमराज जोशीले जारी गरेको विज्ञप्तिमा नगरपालिकाले निर्माण गरिरहेका विकास निर्माण एवम् पालिकामा आन्तरिक खरिद प्रकृयामा समेत पारदर्शिताको कमी भएको उल्लेख छ। उनीहरुले नगरपालिकामा भइरहेका फजुल खर्चहरु तत्काल रोक्न र राजनितक दल, व्यापारी,…
काठमाडौँ: नेकपा एमाले बझाङका नेता ऐन महरसँग गोप्य सम्बन्ध रहेको बताउने रश्मिला कुमारी धामीलाई अनेरास्ववियुकी नेतृले कुटपिट गरेकी छन्। आफूलाई महरले बलात्कार गरेको आरोप लगाउने रश्मिलाले कारबाहीको माग गर्दै आएकी छन्। उनले त्यसका लागि आन्दोलन तथा प्रदर्शन गर्दै आएकी छन्। यसैक्रममा ऐनसँग राम्रो सम्बन्ध रहेकी अनेरास्ववियुको नेत्री रक्षा बम (राजमती) ले रश्मिलालाई कुटेको आरोप लागेको छ। न्यायको खोजीमा लामो समयदेखि भौँतारिरहेकी रश्मिलालाई मङ्गलवार आमरण अनसन स्थलमा रक्षाको टोलीले प्रहरीको सामुन्ने नै आक्रमण गरेको हो। रक्षा पनि ऐन र रश्मिला विवादमा जोडिएकी पात्र हुन्। नेता महरले पार्टी भित्रका कयौँ महिलाहरूलाई यौन शोषण गर्दै आइरहेको आरोपसमेत रश्मिलाले लगाइन्। उच्च अदालत पाटनमा विगत…
काठमाडौं: जनकपुर बोल्ट्स जारी नेपाल प्रिमियर लिगको फाइनल प्रवेश गरेको छ। कर्णाली याक्सलाई २ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको हो। बिहीबार भएको क्वालिफायर टु मा कर्णालीले दिएको ११९ रनको लक्ष्य जनकपुरले एक ओभर बाँकी हुादा ८ विकेट गुमाएर पूरा गरेको हो। यसअघि नै सुदूरपश्चिम रोयल्स फाइनलमा पुगिसकेको छ। अब शनिबार सुदूरपश्चिम र जनकपुरबीच फाइनल खेल हुनेछ।