Author: महेन्द्रनगर पोष्ट

धनगढी: बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा नेकपा एमालेकी उम्मेदवार विजयी भएकी छ। आइतबार सम्पन्न उपनिर्वाचनको अन्तिम मतपरिणाम अनुसार पालिका उपाध्यक्षमा एमालेकी उम्मेदवार सुलोचना कुमारी भण्डारी बुढा विजयी भएकी हुन्। उनले नेपाली काँग्रेसकी पुल्तिसरा शाहीसँग २६६ मत अन्तरले जितेकी छ। बुढाले १ हजार ७ सय ४० मत प्राप्त गर्दा र निकटतम प्रतिद्वन्दी शाहीले १ हजार ४सय ७४ मत ल्याएकी छन्। यस्तै नेकपा एसकी जवा शाहीले ५५३ मत ल्याइन्। यस अघि यो पालिकामा उपाध्यक्षमा नेपाली काँग्रेसले जितेको थियो। २०७९ सालकाे निर्वाचनमा विजयी कांग्रेसकी मैनादेवी जाेशीकाे निधन भएपछि स्वामीकार्तिकमा उपनिर्वाचन भएको थियाे।

Read More

धनगढी: कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। अन्तिम मत परिणाम अनुसार सुरुदेखि नै अग्रता लिएका नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका हुन्। आज (आइतबार) राति देखि मतगणना कार्य सुरु भएकोमा सोमबार बिहान सम्पन्न भएको छ। जसअनुसार जम्मा २ हजार ९ सय ९१ मत खसेकोमा काँग्रेसका प्रकाश बहादुर चन्दले १ हजार १ सय ७ मत प्राप्त गर्दै विजयी भएका छन्। त्यस्तै उनका प्रतिद्वन्दी नेकपा एमालेका बहादुर चन्दले ४ सय ८७ मत प्राप्त गरे। उनीहरु काका भतिजसमेत हुन्। जसमा नेपाली काङ्ग्रेसका उम्मेदवार एमाले उम्मेदवारका भतिज हुन्। यस्तै त्यहाँ राप्रपाका उम्मेदवार सुशील कुमार भट्टले ३ सय ६९…

Read More

धनगढी: कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ मा नेपाली कांग्रेसका उम्मेदवारको जित निश्चितजस्तै भएको छ। अहिलेसम्मको मत परिणाम अनुसार झन्डै दोब्बरले अग्रता लिएका नेपाली काँग्रेसका उम्मेदवारको जित निश्चितजस्तै देखिन्छ। झन्डै दोब्बर मतको अग्रता कायम राखेका उनी जितोन्मुख देखिन्छन्। आज (आइतबार) राति देखि मतगणना कार्य सुरु भएकोमा काङ्ग्रेसका उम्मेदवारले सुरुबाटै अग्रता लिएका थिए। अहिलेसम्म कांग्रेसका प्रकाश बहादुर चन्दले ७ सय ३३ मत प्राप्त गरेका छन्। त्यस्तै उनलाई पछ्याउँदै गरेका नेकपा एमालेका बहादुर चन्दले ३ सय ४३ मत प्राप्त गरेका छन्। उनीहरु काका भतिजसमेत हुन्। जसमा नेपाली काङ्ग्रेसका उम्मेदवार एमाले उम्मेदवारका भतिज हुन्। यस्तै त्यहाँ राप्रपाका उम्मेदवार सुशील कुमार भट्टले २ सय…

Read More

धनगढी: बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा पदका लागि भएको उपनिर्वाचनमा नेकपा एमालेले अग्रता कायम गरेको छ। १ हजार ७०५ मतगणना गर्दा सम्म नेकपा एमालेकी उम्मेदवार  सुलोचना कुमारी भण्डारी बुढाले ७६५ मत पाएकी छन्। कांग्रेसकी उम्मेदवार पुलतीसरा शाहीले ६६४ मत पाउँदा नेकपा एकीकृत समाजवादीकी जवा शाहीले २३५ मत पाएकी छन्। ७ हजार ४६० मतदाता मध्ये उपाध्यक्षलागि ३ हजार ९०३ जनाले मतदान गरेका थिए। २०७९ को निर्वाचनमा एमाले काङ्ग्रेसकै प्रतिस्पर्धामा कांग्रेस उम्मेदवार  मैनादेवी जैसी विजयी भएकी थिइन्। उनको निधन भएपछि उपनिर्वाचन भएको हो।

Read More

काठमाडौं: नेपाल प्रहरीमा महानिरीक्षकका नाममा घुमुवा परिचालन गरेको विषयले एक जना एसपी छानबिनमा तानिएका छन्। प्रहरी प्रधान कार्यालय नक्सालमै कार्यरत एक एसपीले आईजीपीसा’बका घुमुवा भन्दै अवैध रुपमा घुमुवा परिचालन गरेपछि छानबिन थालेर कारबाही प्रक्रिया अगाडि बढाइएको हो। उजुरी छानविन शाखामा कार्यरत एसपी प्रकाश मल्लले आइजीका नाममा घुमुवामार्फत असुली पनि गरेको बताइएको छ। उनीमाथि छानबिन थालिएपनि कारबाही भने गरिएको छैन। उनले परिचालन गरेका घुमुवाहरू विभिन्न काण्डमा मुछिएपछि वास्तविकता बाहिर आएको हो। जसमा हवल्दार रामविश्वास यादब १५ लाख बार्गेनिङ प्रकरणमा तानिएका थिए।लामो समयदेखि पर्सामा काम गरेका यादबविरुद्ध उजुरी बढेपछि छानविनमा तानिएको थियो। उनीमाथि छानविन गर्ने एसपी उनै मल्ल थिए। तर, मल्लले प्रभावमा…

Read More

धनगढी: कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ मा नेपाली कांग्रेसको अग्रता कायमै छ। अहिलेसम्मको मत परिणाम अनुसार नेपाली काँग्रेसले अग्रता कायमै राखेको हो। आज (आइतबार) राति देखि मतगणना कार्य सुरु भएकोमा काङ्ग्रेसका उम्मेदवारले अग्रता लिएका हुन्। हालसम्मको मतगणनामा कांग्रेसका प्रकाश बहादुर चन्दले ३ सय ६९ मत प्राप्त गरेका छन्। त्यस्तै उनलाई पछ्याउँदै गरेका नेकपा एमालेका बहादुर चन्दले १ सय ७१ मत प्राप्त गरेका छन्। उनीहरु काका भतिजसमेत हुन्। जसमा नेपाली काङ्ग्रेसका उम्मेदवार एमाले उम्मेदवारका भतिज हुन्। यस्तै त्यहाँ राप्रपाका उम्मेदवार सुशील कुमार भट्टले १ सय २७ मत र एकीकृत समाजवादीका उम्मेदवार जितेन्द्र चन्दले ७७ मत पाउँदा रास्वपाका उम्मेदवार रामदत्त भट्टले…

Read More

काठमाडौं: नेपाल प्रहरीमा रिक्त रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाको तयारी थालिएको छ। प्रहरीमा जनपदतर्फ २० एसएसपीको दरबन्दी रिक्त छन्। केही डीआईजीमा बढुवा भएका र केही एसएसपीबाटै अवकाश भएपछि रिक्त पद संख्या २० पुगेको हो। यसअघि एआईजी र डीआईजी बढुवा भएकाले अब एसएसपीमा बढुवा गर्न लागिएको हो। जसमा रिक्त २० पदका लागि २ ब्याचका एसपीहरू लबिइङ गरिरहेका छन्। २०५६ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका र २०५८ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका एसपीहरू अहिले बढुवाका लागि जोड गरिरहेका छन्। यीमध्ये पनि दुईपटकमा एसपी भएका झन्डै ५० जना मुख्य दाबेदार देखिएका छन्। ९ वर्षपहिले नै एसपीमा बढुवा भएका विमल बस्नेत यसपटक…

Read More

धनगढी: डोटीको पूर्विचौकी गाउँपालिका– ६ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार मोहन थापा ४६८ मतसहित विजयी भएका छन्। आज सम्पन्न उपनिर्वाचनको नतिजामा उनका प्रतिद्वन्दी नेकपा (एमाले) का देव थापाले ३०१ मत पाएका छन्। यस्तै नेकपा (माओवादी केन्द्र) का देवीलाल थापाले २६, राष्ट्रिय स्वतन्त्र पार्टीकी जानकी खड्का कुँवर ३१ मत पाएका छन्। यस अगाडि दार्चुलाको दुहुँ गाउँपालिका-५ को उपचुनावमा पनि काङ्ग्रेसका धनसिंह कुँवर विजयी भएका थिए। यो वडामा यसअघि पनि नेपाली कांग्रेसकै उम्मेदवार विजयी भएका थिए। र, यो पनि: दार्चुला उपचुनाव: काँग्रेसका धनसिंह विजयी [मतसहित]

Read More

धनगढी: कञ्चनपुरमा भएको उपचुनावको मतगणना जारी छ। जिल्लाको भीमदत्त नगरपालिका-६ को वडाध्यक्षका लागि भएको उपचुनावको मतगणनामा नेपाली काँग्रेसका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन्। अहिलेसम्मको मत परिणाम अनुसार त्यहाँ काँग्रेसका प्रकाश चन्दले १२६ मत, एमालेबाट बहादुर चन्दले ६८, माओवादीबाट नानाराम कोलीले १६, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रामदत्त भट्ट १७, राप्रपाबाट सुशिलकुमार भट्टले ४८ मत पाएका छन्। यस्तै अन्य उम्मेदवार पनि पछि-पछि छन्। यहाँ स्वतन्त्रसहित १२ उम्मेदवार प्रतिस्पर्धामा छन्।

Read More

धनगढी: दार्चुलामा भएको उपचुनावमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन्। जिल्लाको दुहुँ गाउँपलिका-५ को वडाध्यक्षमा काँग्रेसका धनसिंह कुँवर विजयी भएका हुन्। उनी ३७६ मतसहित विजयी भएका हुन्। नेकपा एमालेका मानसिंह बडालले ३५८ मत पाए। नेकपा माओवादी केन्द्रका वीर सिह कार्कीले ९८ मत पाए। स्वतन्त्र लाल सिह कुवरले २५ मत पाए। २०७९ को निर्वाचनमा यहाँ माओवादी उम्मेदवार विजयी भएका थिए।

Read More