Author: महेन्द्रनगर पोष्ट

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आइतवार नीति तथा कार्यक्रम ल्याउने भएको छ। सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले बुधवार प्रदेश सभामा सरकारको आगामी आर्थिक वर्षको विनियोजन विधेयक, २०८१ को प्राथमिकता र सिद्धान्तहरू प्रस्तुत गरेका छन्। हाल सो विधेयक उपर छलफल चलाउन खोजिएको छ। तर, प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस र नागरिक उन्मुक्ति पार्टी (रेशम पक्ष)ले निरन्तर प्रदेश सभा बैठक बहिष्कार गर्दै आएको छ। यसैबिच जेठ २० सरकारका आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउने तयारी भएको हो। सोही बमोजिम बैठक आह्वान गरिएको छ ।

Read More

धनगढी : नेकपा एमालेका नेता तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले दोहोरो भूमिका देखाइरहेको आरोप लगाएका छन् । प्रेस चौतारी कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपालले अहिले काङ्ग्रेससँग पनि छलफल गरिरहेको भन्दै दोहोरो भूमिका देखाइरहेको आरोप लगाएका हुन् । उनले यस्तो दोहोरो भूमिकाले स्वयम् नेपाललाई नै क्षति पुग्ने बताए । ‘सत्तामा बसिरहने प्रतिपक्षसँग छलफल पनि गर्ने दोहोरो भूमिकाले स्वयम उहाँलाई नै क्षति पुराइ रहेको छ । उहाँको पार्टी, उहाँको विचार र उहाँका अस्थिरताले यो खालका सङ्कटहरू धेरै लामो रहँदैन । त्यसले चाँडै निकास पाउँछ’ उनले भने, ‘सत्तामा पनि…

Read More

काठमाडौं : कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको नागरिकता जारी गर्ने र प्रतिलिपी दिने तत्कालीन दुई कर्मचारी पनि अनुसन्धानमा तानिने भएका छन् । सिरोहियाको नागरिकता सम्बन्धी थप अनुसन्धानका लागि प्रहरीले दुई जनालाई पक्राउ गर्ने अनुमति लिएको छ । वंशजको नागरिकता दिने तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराई र प्रतिलिपि दिने तत्कालीन शाखा अधिकृत काशिराज दाहालविरुद्ध प्रहरीले जिल्ला अदालत धनुषाबाट पक्राउ पूर्जी लिएको हो । ०३४ सालमा सिरोहियाले जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएका थिए । उनका बुवा स्व.घासीराम मारवाडीको नागरिकता अंकिकृत थियो । तर सिरोहियालाई वंशजको नागरिकता जारी गरिएको अनुसन्धानबाट खुलेको छ । सिरोहियाको वंशज नागरिकता तत्कालिन प्रमुख जिल्ला अधिकारी शरदकुमार…

Read More

सुर्खेत : सुर्खेतमा आज बिहान भएको जिप दुर्घटनामा परी ज्यान गुमाएका चार जनाकै पहिचान खुलेको छ ।  सुर्खेतबाट कालिकोट जाँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जिप सुर्खेत–दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगरस्थित रातानाङ्गला नजिकै दुर्घटनामा परेको थियो ।  मृत्यु हुनेमा कालिकोट गाउँपालिकाका ४० वर्षीय तन्त विक, १७ वर्षीय वीरेन्द्र विक, २७ वर्षीय नवराज विक र दैलेख भैरबी गाउँपालिका ४ का ३८ वर्षीय महेन्द्र शाही रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिए ।  दुर्घटनामा गम्भीर घाइते भएका दुई जनाको प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।  घाइते हुनेमा कालिकोटका नरी विक र नरेन्द्र विष्ट रहेका छन्…

Read More

काठमाडौँ : ‘प्रहरी हौँ’ भन्दै काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१२ स्थित कपनको मुस्कान चोक नजिक रहेको सुन पसलमा लुटपाट भएको छ । लुटपाटमा संलग्न एक जनलाई प्रहरीले पक्राउ गरेको छ भने ३ जना अझै फरार रहेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार प्रहरीले घटनामा संलग्न रहेका सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर भएका ४८ वर्षीय भाग्यराम पाइनलाई पक्राउ गर्न सफल भएको हो । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–३ अत्तरखेल बस्दै आएका पाइन र उनको समूहले गत जेठ १३ गते सोहील बाह्रबिसे सुनचाँदी पसलमा लुटपाट गरेका थिए । अनुसन्धानको क्रममा घटनामा पाइनको समूह संलग्न रहेको खुलेको थियो । पाइनलाई…

Read More

काठमाडौँ : नेपालले टी-२० विश्वकप अघि आज अमेरिकाविरुद्ध वार्म- अप खेल खेल्दै छ । डलासस्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा हुने यो खेल नेपाली समय अनुसार राति ९: १५ बजेदेखि शुरु हुने छ । यो खेल मौसमले प्रभावित गर्न सक्ने समेत बताइएको छ । नेपालले यस अघि क्यानडाविरुद्ध खेलेको वार्म-अप खेलमा ६३ रनको हार बेहोरेको थियो । आइसीसी वरियतामा नेपाल १७औं स्थानमा छ भने अमेरिका १९औं स्थानमा रहेको छ । विश्वकप खेल्न रोहितकुमार पौडेलको कप्तानीमा नेपालले १५ सदस्यीय टिम छनौट गरेको छ । टी-२० विश्वकपमा नेपाल समुह डी मा रहेको छ । यस समुहमा नेपालसहित दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्डस…

Read More

काठमाडौ : मुगुको छायाँनाथ रारा नागरपालिकाले सरकारका मन्त्रीहरुलाई रारा प्रवेशमा रोक लगाएको छ । सरकारले आर्थिक बर्ष २०८१।०८२ का लागि मंगलबार सार्वजनिक गरेको बजेट प्रस्तुतमा रारालाई नसमेटेको भन्दै मन्त्रीहरुलाई रारा प्रवेशमा निषेध गरिएको हो । कर्णाली प्रदेशको प्रमुख पर्यटकिय स्थल रारालाई संघीय सरकारले बेवास्ता गरेको नगरपालिकाका मेयर विष्णुकुमार भामले बताए । रिफ्रेसमेन्टका लागि रारा घुम्न आउने तर यहाँको भौतिक संरचना निर्माणमा मन्त्रीहरुले ध्यान नदिएको उनको भनाई छ । एक वर्षमा रारामा कार्यक्रम गर्ने र खाने काम बाहेक रारा विकास र प्रवर्द्धनका लागि मन्त्रीहरुले केही काम नगरेको समेत उनले आरोप लगाएका छन् ।

Read More

काठमाडौं : स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव तथा बंगलादेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण बिहीबार देशका केही भूभागमा वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखा अनुसार बिहान कोशी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा मौसम आंशिकदेखि मुख्यतया सफा छ। दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जनाएको छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ। कोशी प्रदेशको थोरै स्थान र बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। महाशाखाका अनुसार राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी…

Read More

सुर्खेत : सुर्खेतमा आज बिहानै जिप दुर्घटना भएको छ । दुर्घटनामा परी चार जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ । सुर्खेतबाट कालिकोट जाँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जिप सुर्खेत–दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगरस्थित रातानाङ्गला नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार जिप सडकबाट ३ सय मिटर तल खसेको छ । थप विवरण आउन बाकी छ ।

Read More

धनगढी : बझाङको बित्थडचिर गाउँपालिका वडा नं.१ मा नयाँ प्रहरी चौकीको शिलान्यास गरिएको छ। बुधबार जिल्ला प्रहरी कार्यालय बझाङका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक ब्यापक चन्द्र शाहले शिलान्यास गरेका हुन्। यो प्रहरी चौकीको निर्माणले बित्थडचिर गाउँपालिकाको सुरक्षा व्यवस्थामा सुधार ल्याउने अपेक्षा गरिएको छ। स्थानीय समुदायले यस चौकीको स्थापना प्रति आभार प्रकट गरेका छन् र यसले क्षेत्रको शान्ति र सुरक्षामा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। प्रहरी चौकीको शिलान्यास कार्यक्रममा स्थानीय बासिन्दा, जनप्रतिनिधि, तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो। प्रहरी निरीक्षक शाहले आफ्नो सम्बोधनमा स्थानीय सुरक्षालाई थप मजबुत बनाउने प्रतिवद्धता व्यक्त गरे।

Read More