Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: जम्मूको कठुआमा सेना र आतंककारीबीच जारी भिडन्तमा पाँच सैनिकको मृत्यु भएको छ। सोमबार साँझ आतंकवादीहरूले सेनाको गाडीमा आक्रमण गरेको खबर आएको थियो। यसै क्रममा आतंककारीले ग्रेनेड पनि प्रहार गरेका थिए। यसअघि हमलामा ६ जना सैनिक घाइते भएको खबर आएको थियो जसमध्ये २ जना गम्भीर घाइते भएका थिए। केही समयपछि हमलाको अपडेटले सेनाका चारजना जवान शहीद भएको खुलासा भयो। केही समयपछि कठुआमा भएको यो हमलामा अर्को सैनिकको शहीद भएको खबर आएको छ। घाइते सैनिकको सैनिक अस्पतालमा उपचार भइरहेको छ। सहिद हुनेहरु उत्तराखण्डका सैनिक हुन्।सो जम्मू कश्मीरको कठुआ घटनालाई उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले दु:खद भएको बताएका छन्। सो घटना राज्यका…

Read More

काठमाडौं : उपराष्ट्रपति नन्दकिशोर पुन आज बिहान सशस्त्र प्रहरी बल अस्पतालमा भर्ना भएका छन्। स्वास्थ्य समस्याका कारण उनलाई बिहान १० बजे अस्पतालमा भर्ना गरिएको हो। सशस्त्र प्रहरी बल अस्पतालका एक अधिकारीका अनुसार उप राष्ट्रपति पुनको स्वास्थ्य अवस्था जाँच र उपचारको लागि अस्पतालमा भर्ना गरिएको हो। अस्पताल प्रशासनले उपराष्ट्रपतिको स्वास्थ्य स्थितिबारे थप विवरण आएको छैन ।

Read More

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री डा.मुकुल ढकाललाई अनुशासन आयोगले पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासनको सिफारिस गरेको छ । अस्वाभाविक हर्कत र पार्टी हितविपरितको गतिविधि गरेको भन्दै गत बुधबार बसेको केन्द्रीय समितिले ढकाललाई एक साता निलम्बन गर्ने निर्णय गरेको थियो । आयोगको सिफारिसमाथि केन्द्रीय समिति बैठकमा छलफल भइरहेको छ ।

Read More

धनगढी : बझाङको केदारस्यूँ गाउँपालिकाले समग्रमा ९० प्रतिशत वित्तीय प्रगति गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा गाउँपालिकाले चालुतर्फ ९१ दशमलव ८८ प्रतिशत र पूँजिगत तर्फ ८९ दशमलव ५५ प्रतिशत प्रगति हासिल गरेको हो । गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत पदमराज उपाध्यायका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को सम्पुर्ण खर्च तथा भुक्तानी सम्बन्धी लेखांकन कार्य बन्द भएको र चालु आर्थिक वर्षको वित्तीय प्रगति ९०.७१ प्रतिशत खर्च भएको बताए । गाउँपालिकाले आर्थिक बर्ष २०८०/८१ का लागी ५५ करोड २६ लाख ५४ हजार ५३६ रुपैयाको बार्षिक स्वीकृत बजेट मध्ये ५० करोड २४ लाख १९ हजार ९२३ रुपैया अर्थात ९०.७१ प्रतिशत प्रगती भएको जनाइएको…

Read More

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री मुकुल ढकालबारे निर्णय गर्न केन्द्रीय समितिको बैठक बस्दै छ । बैठकमा अनुशासन समितिले बुझाएको प्रतिवेदनमाथि छलफल हुने कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । रास्वपाको गत बुधबार बसेको केन्द्रीय समिति बैठकले महामन्त्री मुकुल ढकाललाई एक साता निलम्बन गर्ने निर्णय गरेको थियो ।

Read More

काठमाडौँ : कांग्रेस, एमालेसहितको समीकरण अन्तर्गत एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा एमालेबाट मन्त्री बन्नेहरूको न्यूनतम तीन वटा आधारसहितको मापदण्ड बनाउने भएको छ । त्यसका लागि एमालेले मंगलबार बस्ने केन्द्रीय सचिवालय बैठकमा व्यापक छलफल गर्ने एमाले नेताहरूले बताएका छन् । मन्त्री बन्नका लागि काविल, योग्य तथा कार्यक्रम र नीतिगत हिसाबमा आफ्नो मन्त्रालय लिड गर्न सक्ने मान्छे सरकारमा जाने एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले बताए । मन्त्री हुनलाई यिनै मुख्य तीन आधारलाई अपनाएर अघि बढ्ने गौतमको भनाइ छ ।

Read More

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ। बैठक बिहान ११ बजे बस्नेगरी बोलाइएको संसद् सचिवालयले जनाएको छ।  बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारु आयोगको पाँचौं वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ। यस्तै अर्थमन्त्री वर्षमान पुनले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। बैठकमा उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ‘जलस्रोत विधेयक, २०८१’ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्ने कार्यसूची छ।

Read More

धनगढी: सुदूरपश्चिमस्थित कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई पितृशोक परेको छ। आज (सोमबार) उनका ८२ वर्षीय पिता उजिरसिंह भण्डारीको निधन भएको हो। मृतक भण्डारी जिल्लाकै पुराना राजनैतिक र सामाजिक व्यक्तित्व मानिन्थे।

Read More

काठमाडौँ : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आजदेखि काठमाडौँ महानगरपालिका–१२ स्थित टेकुबाट सेवा प्रवाह सुरु गरेको छ । विगतमा जिल्ला प्रहरी परिसर काठमाडौँले सेवा प्रदान गर्दै आएको टेकुस्थित कार्यालयबाट सेवा प्रवाह सुरु गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिए । उनले भने, “हाम्रो भवन टेकुमै निर्माणाधीन अवस्थामा छ, आजदेखि विगतमा जिल्ला प्रहरी परिसर काठमाडौँले सेवा प्रदान गर्दै आएको टेकुस्थित कार्यालयबाट सेवा प्रवाह सुरु गरेका छौँ ।” उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले आज पूजापाठ गरी कामकाज सुरु गरेका हुन् । आइतबार जिल्ला प्रहरी परिसर काठमाडौँ भद्रकालीस्थित आफ्नै भवनमा सरेपछि उपत्यका अपराध…

Read More

धनगढी : साहित्यकार हेमबाबु लेखक सम्मानित भएका छन् । महेन्द्रनगरस्थित भीमदत्त नगरपालिका सभाकक्षमा आयोजित काव्य गोष्ठीमा लेखक सम्मानित भएका हुन् । विगत लामो समयदेखि नेपाली तथा डोट्याली भाषा, साहित्य, संस्कृति तथा साहित्यिक पत्रकारिताका क्षेत्रमा काम गर्दै आइरहेका लेखकले नेपाली तथा डोट्याली भाषा संरक्षण, सम्बर्धन तथा विकासका लागि योगदान गरेको भन्दै आयोजक गुगुल्डि वाङमय प्रतिष्ठानले सम्मान गरेको प्रतिष्ठानका अध्यक्ष वीरबहादुर चन्दले बताए । विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका समाजका उदाहरणीय व्यक्तित्वहरूलाइ समेत सो अवसरमा सम्मान गरिएको छ । भाषा, साहित्य, कला, संस्कृति, इतिहास तथा सामाजिक एवं परोपकारी कार्यमा समर्पित लेखकलाई प्रतिष्ठानले नगद पुरस्कारसहित “ग्वाल्लेक गौरव सम्मान” अर्पण गरिएको साहित्यकार रमेश पन्तले…

Read More