Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री मोदीले आज राष्ट्रपति द्रौपदी मुर्मुलाई राजीनामा बुझाएका हुन् । राजीनामासँगै उनले मन्त्रिपरिषद् विघटन गर्न पनि सिफारिस गरेका छन् । बुधबार बसेको मन्त्रिपरिषद्को अन्तिम बैठकले १७ औं लोकसभा विघटन गर्न सिफारिस गरेको थियो । त्यसपछि मोदी राष्ट्रपति भवन गएर राजीनामा बुझाएका हुन् । लोकसभा चुनावमा भाजपाले २४० सिट जितेको छ । यो बहुमत संख्या (२७२) भन्दा ३२ सिट कम हो। भाजपा नेतृत्वको गठबन्धन एनडीएले प्राप्त गरेको २९२ सिटको आधारमा बहुमत जुटाउने कसरत भइरहेको छ ।बहुमत जुटाउन सके उनी जवाहरलाल नेहरूपछि तीन कार्यकाल प्रधानमन्त्री बनेर इतिहास रच्नेछन् ।

Read More

काठमाडौं: नेपाली सेनाबाट वैशाखदेखि हालसम्म दुई दर्जन बढी सैनिक बेपत्ता भएको पाइएको छ। स्रोतका अनुसार यो वर्षको सुरुवातदेखि नै देशभर विभिन्न स्थानमा कार्यरत २ दर्जनबढी सैनिक गायब भएका हुन्। जसमा सिपाही सुमन थापा वैशाख २९ गतेबाट लापत्ता छन्। यस्तै घर बिदामा बसेका सिपाही टिकाराम तामाङ जेठ १ गतेदेखि बेपत्ता छन्। यस्तै अर्का सिपाही दिलिप कुमाल पनि घरमा समस्या भएको भन्दै वैशाख १० गते बिदामा गएदेखि कार्यालय फर्केका छैनन्। उता तालिमको टर्म ब्रेकमा घर गएका सिपाही राज लोनियाको कुनै अत्तोपत्तो छैन। सेनाको लजिष्टिक केन्द्रतर्फ काजमा खटिएका नम्बर २८ बाहिनी अड्डाका सिपाही लक्ष्मी यादव पनि बेपत्ता नै छन्। दिवा बिदामा छाडिएका सिपाही…

Read More

काठमाडौं: लोक सेवा आयोगले लिएको परीक्षामा चिट चोर्ने एक जना कारबाहीमा परेका छन्।  गत वैशाख ३० र जेठ १ गते सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) पदका लागि लिइएको लिखित परीक्षामा सहभागी ललितपुरको इकुडो–१, का बुद्ध बोम्जनलाई कारबाही गरिएको हो। उनले अंग्रेजी विषयको लिखित परीक्षामा चिट चोरेको पाइएपछि परीक्षा रद्ध गरिएको आयोगले जनाएको छ।  उनले अब आगामी दुई वर्षसम्म आयोगबाट सञ्चालन हुने कुनै पनि परीक्षामा सामेल हुनसमेत नपाउने भएका छन्।

Read More

काठमाडौं: नेपाली सेनाका एक सिपाहीको उपचारका क्रममा मृत्यु भएको छ। सुदूरपश्चिमस्थित कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर २ वाणी स्थायी घर भएका सैनिक महेन्द्र सिंहको मृत्यु भएको हो। पारिवारिक स्रोतका अनुसार सिंहको उपचारका क्रममा काठमाडौंको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा मृत्यु भएको हो। उनी केही वर्ष पहिले सेनाको ब्यारेकमा काम गर्दै गर्दा लडेर घाइते भएका थिए। सो क्रममा उनको मेरुदण्ड नै भाच्चिएर उपचार थालिएको थियो। तर उपचारकै क्रममा उनको हिजो मृत्यु भएको बताइएको छ।

Read More

काठमाडौं: नेपाल प्रहरीका एक एसपीले पदको दुरुपयोग गरेको आरोप लागेको छ। धनुषास्थित नेपाल प्रहरी विशेष सुरक्षा गणका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कार्कीले पदको दुरुपयोग गरेको आरोप लागेको हो। कार्कीले मिथिला नगरपालिका-१० लालगढमा आफ्नो घर बनाउने क्रममा गणकै प्रहरी र गाडी प्रयोग गरेको भेटिएको हो। एसपी कार्कीले मजदुरका रूपमा गणकै प्रहरी कर्मचारी र निर्माण सामग्री ढुवानी गर्न गणकै गाडी प्रयोग गरेको बताइएको छ। उनले दैनिक ६ देखि ८ जनालाई आफ्नो घर बनाउने काममा लगाउने गरेको स्रोत बताउँछ। प्रहरी जवानहरू मुकेश यादव, अर्जुन गरूधामी, कपिलदेव यादव, प्रहरी कार्यालय सहयोगी रामदयाल राम र एसपी कार्कीको सुरक्षा गार्डसमेत रहेका प्रहरी सहायक हवलदार वेदबहादुर राई…

Read More

धनगढी : कैलालीमा मध्यरातमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।  जिल्लाको  घोडाघोडी नगरपालिका–४ भालुफाँटा स्थित पूर्व–पश्चिम राजमार्गमा म.प्र.०३–००२ ख ००११ नम्बरको ट्रक र सुदूरपश्चिम प्रदेश ०१–०११ प ४४४३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक घोडाघोडी नगरपालिका–१ का २३ वर्षीय कमल तिरुवाको मृत्यु भएको हो । ट्रक र मोटरसाइकल मङ्गलवार राति करिब ११ः५५ बजेको समयमा एक आपसमा ठोक्किएका थिए । उक्त दुर्घटनामा गम्भीर घाइते भएका  तिरुवाको राति नै उपचारको क्रममा धनगढीमा स्थित एक निजी अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडले जानकारी दिएको छ । बिहान स्थानीयहरूले आन्दोलन गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका थिए । अहिले…

Read More

काठमाडौं : नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन तोलाको ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार ५०० मा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन प्रतितोला १ लाख ४२ हजार ७ सयमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मुल्य पनि घटेको छ । चाँदी तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १८२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Read More

काठमाडौं : सशस्त्र प्रहरी बलको नयाँ ऐनको मस्यौदा गृह मन्त्रालयमा पुगेको छ । ऐनको मस्यौदामा उच्च पदाधिकारीको पदावधि घटाउने, ३० वर्षे सेवाहद हटाई उमेरहद बढाउने तथा १६ वर्षमै निवृत्तिभरण सुविधा दिनेलगायतका प्रावधान छ ।  केही दिनअघि गृहमा बुझाइएको ‘सशस्त्र प्रहरी बल, नेपालसम्बन्धी बनेको विधेयक २०८१’ मा सशस्त्र प्रहरी महानिरीक्षकको पदावधि तीन वर्षमा झार्ने प्रस्ताव छ । हालको ऐनमा चार वर्षको प्रावधान छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आफ्नै पदावधि एक वर्ष घटाउने प्रस्तावसहितको ऐनको मस्यौदा अघि बढाएका हुन् । विधेयकमा एआइजीको चार, डिआइजीको पाँच, एसएसपीको ६ तथा एसपीको आठ जोड दुई वर्ष पदावधि राखिएको छ । ३० वर्षे सेवाहदको प्रावधान हटाएर अवकाशको उमेरहद भने बढाइएको…

Read More

काठमाडौं : मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने भएका छन । केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै उहाँले आज विश्वासको मत लिन लागेका हुन । पछिल्लोपटक सत्ता गठबन्धन मध्येका एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि यादवले पुनः विश्वासको मत लिनुपर्ने अवस्था आएको हो। कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री यादवले आज दिउँसो ३ बजे विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी चन्दनकुमार ठाकुरले जानकारी दिए ।

Read More

काठमाडौँ : भारतको लोकसभाको निर्वाचनको अन्तिम परिणाम आएको छ । मंगलबार राति सम्पन्न मत गणनामा भारतीय जनता पार्टी सबैभन्दा ठुलो दल बनेको छ । भाजपाले २४० सिट जितेको छ । यस अघिको निर्वाचनमा ३०३ सिट जितेको भाजपाले यस पटक २४० सिट जितेर एक्लै बहुमत ल्याउन असफल भएको छ । भाजपा आफु एक्लै बहुमतबाट चुकेपनि उसको नेतृत्वको एनडीए गठबन्धनले भने बहुमत ल्याएको छ । एनडीएले कुल २९३ सिटमा जित हासिल गरेको छ । जसमा प्रमुख रुपमा भाजपा पछि तेलगु देशम पार्टीले १६ सिट जितेको छ भने जनता दल युनाइटेडले १२ सिट जितेको छ । अब एनडीए घटक दलमा तेलंगानाका नेता चन्द्रबाबु…

Read More