Author: महेन्द्रनगर पोष्ट

धनगढी: कैलालीकाे धनगढीमा बाल यौन दुरुपयोग गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ। १२ वर्षीया बालिकामाथि बाल यौन दुरुपयोग गर्ने धनगढी उपमहानगरपालिका–१० जुगेडा बस्ने ५८ वर्षीय सुखदेव रानालाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र सिंह कार्कीका अनुसार रानाले बालिकामाथि २८ साउनमा आफ्नो राइस मिलमा गएको मौकामा बालिकाको संवेदनशील अंगमा छोएर दुर्व्यवहार गरेको बताए। उक्त व्यहोरापछि बालिकाको परिवारले भदौ २ गते जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएपछि सोही दिननै रानालाई पक्राउ गरिएको कार्कीले बताए।

Read More

काठमाडौं: काठमाडौंबाट नेपालगञ्जतर्फ उडेको बुद्ध एअरको विमान डाइभर्ट भएको छ। आजबिहान पौने ८ बजे उडेको उडान नम्बर बीएचए ४५१ विमान काठमाडौं फर्केको बताइएको छ। ६२ जना यात्रु बोकेको उक्त विमान बिहान साढे ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। सो विमान नेपालगञ्जको खराब मौसमका कारण काठमाडौं फर्केको बताइएको छ।

Read More

धनगढीः धनगढीमा रहेको बागेश्वरी अटो मोटिभ्सको गोदाममा आगलागी भएको छ। धनगढी उपमहानगरपालिका-२ मा रहेको प्रेम साउदको अटो मोटिभ्सको गोदाममा गएराति १०ः३० बजेको समयमा आगलागी भएको हो। उक्त आगलागी दमकलसहित नगर प्रहरीको टोली खटिएर नियन्त्रणमा लिइएको थियो।

Read More

धनगढी : नेपालका परराष्ट्रमन्त्री आरजु राणाले आज साँझ नयाँ दिल्लीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गरेकी छन्। भेटवार्तामा नेपाल भारत सम्बन्ध र यसको बहुआयामिक विविधताका विषयमा गहन कुराकानी भएको छ। परराष्ट्रमन्त्रीको यस भारत भ्रमणलाई नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ र उचाइमा पुर्‍याउने अवसरका रूपमा हेरिएको छ। मन्त्रीले आफ्नो भ्रमण र उच्चस्तरीय भेटवार्ताबाट दुई देशबीचको सम्बन्ध अझ सुदृढ हुने अपेक्षा व्यक्त गरेकी छन्।

Read More

धनगढी : कैलालीको गोदावरी नगरपालिका २ स्थित तेघरीबाट २२ वर्षीय हरी महरा लागू औषधसहित पक्राउ परेका छन्। आज बिहान जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान टोलीले महरालाई सडकमा शंकास्पद रूपमा हिँडडुल गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो। प्रारम्भिक शंका लागेपछि प्रहरीले महराको खानतलासी गर्दा उनको साथमा १२० मिलिग्राम हेरोइन फेला परेको बताइएको छ। पक्राउपछि महरालाई थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ।

Read More

धनगढी : मोहनापुल अत्तरिया ६ लेन सडकखण्डको गेटा मेडिकल कलेज नजिकै म्याजिक र मोटरसाईकल एकआपसमा ठोक्किदा दुई जना गम्भीर घाइते भएका छन् । मेडिकल कलेज नजिकै प्रकाश बोहोराले चलाएको म १ज १६१ नम्बरको म्याजिक र पहिचाल नखुलेका चालकले चलाएको से ६ प ८४२३ नम्बरको मोटरसाईकल एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ । दुर्घटनामा दुवै जना चालक गम्भी्र घाइते भएका छन् । तत्कालै उपचारका लागि पद्यमा अस्पताल पुगाइएका उनीहरुलाई सेती प्रादेशिक अस्पताल रेफर गरिएको छ ।

Read More

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर-१७ ले बनाएको शव वाहन थन्किएको छ । यातायात व्यवस्था कार्यालय महेन्द्रनगरले ढुवानीमा प्रयोग हुने टिप्परलाई नियम विपरीत शव वाहन बनाएको भन्दै सञ्चालनको अनुमती नदिएपछि अलपत्र अवस्थामा थन्किएको हो । वडा कार्यालयले १० लाख रुपैयाँमा टिप्परलाई काटेर बनाएको शव बोक्ने महाप्रस्थान यानलाई यतायात कार्यालयले सञ्चालनको अनुमती नदिएपछि वडाको बजेट बालुवामा पानी भएको छ । यातायात कार्यालयको अनुमती बिना एकलौटी ढंगबाट बनाएको महाप्रस्थान यानमा वडा कार्यालयले गरेको लगानी खेर गएको हो । मालवाहक सवारी साधनलाई यात्रु बाहक र यात्रु बाहकलाई सवारी साधनलाई मालवाहक परिवर्तन गर्न नपाइने भएकोले उक्त टिप्परलाई महाप्रस्थान यानमा अनुमती दिन मिल्दैन ।…

Read More

काठमाडौं : बाजुरा घर भइ हाल भारतको पिथौडागढ बस्दै आएका चन्दु कार्की २९औं दिनमा पशुपतिनाथको मन्दिरमा पुगेका छन् । २६ बर्षका कार्की हरिद्वारबाट जल बोकेर पशुपतिसम्म पैदल हिँडेर पुगेका हुन् । आज ३०औं दिनमा पशुपतिमा आफूले बोकेर ल्याएको जल चढाएको उनले बताए । ‘हिजो राति १० बजे पुगेकाले आज बिहानै जनैपूर्णिमाको अवसरमा हरिद्वारबाट बोकेर ल्याएको जल चढाएँ’ उनले भने । आफ्नो स्वास्थ्य अवस्था तन्द्रुस्त रहेको बताउने उनले अब एक महिना नेपालमै रहने बताएका छन् । ‘केही दिन आराम गरेपछि यतै पैदल यात्रा गर्ने योजना छ’ उनले भने । बाजुरामा जन्मेका चन्दु कार्कीको बाल्यकाल भारतमै बितेको थियो । उनका बुवाआमाले सानैमा…

Read More

धनगढी: बझाङको बुङ्गल नगरपालिका-१० टुमेडामा पहिरोमा परि मृत्यु भएका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले प्रतिव्यक्ति एक लाख रुपैयाँ दिने घोषणा गरेको छ। मुख्यमन्त्री कमलबहादुर शाहले प्रेस विज्ञप्ति जारी गर्दै मृतकका परिवारलाई राहत स्वरुप प्रति व्यक्ति एक लाख प्रदान गर्ने घोषणा गरेका हुन्। उनले पहिरोमा ज्यान गुमाएका परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेहरुको स्वास्थ्य लाभको कामना गरेका छन्। साथै खोज, उद्दार तथा राहतमा जुट्न सम्बन्धित निकायलाई निर्देशन गरेका छन्। पहिरोमा परि ५५ वर्षीया काली धामी, विराकी जेठी बुहारी २८ वर्षीया गोल्की धामी, गोल्कीका जेठी छोरी ६ वर्षीया आशिका धामी र गोल्कीकै कान्छी छोरी वर्ष ३ की लक्ष्मी धामीको मृत्यु भएको छ।

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले नयाँ बजेटमा २५ लाखबढीका योजना मात्रै विनियोजन गर्ने बताएको छ । प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले सोमबार पत्रकार सम्मेलनमार्फत् बजेट निर्माण प्रक्रियामा सबै क्षेत्र, राजनीतिक दल, र नागरिक समाजसँग संवाद र छलफल जारी राखेको बताएका छन्। प्रदेश सरकारले आगामी वार्षिक विकास कार्यक्रम (बजेट) प्रदेशको आवश्यकता र औचित्यका आधारमा निर्माण गरी अघि बढ्न केही आधारहरू तय गरेको छ। २५ लाख भन्दा माथि मात्र बजेट विनियोजन गर्ने, २५ लाखभन्दा कम बजेट विनियोजन गर्नुपर्ने अवस्थामा स्थानिय तहलाई सशर्त अनुदानका रूपमा हस्तान्तरण गर्ने, र कुनै पनि योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन नगर्ने निर्णय गरिएको छ। प्रदेश सरकारले भ्रष्टाचारविरुद्ध शून्य…

Read More