Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नेपाल प्रहरीले प्राविधिक प्रहरी नायब निरीक्षक (सई)लागि लिएको परीक्षामा ५८ जना उत्तीर्ण भएका छन् । प्रहरी प्रधान कार्यालयले प्राविधिक समूहअन्तर्गत इन्जिनियरिङ र स्वास्थ्य उपसमूहतर्फ रिक्त सई पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधानबमोजिम पदपूर्ति गर्न २०८० कात्तिक १७ गते विज्ञापन खुलाएको थियो । त्यसअनुसार प्रहरी प्रधान कार्यालयमा सञ्चालित अन्तर्वार्तामा सहभागी उम्मेदवारहरूमध्ये योग्यताक्रमानुसार उत्तीर्ण भई नियुक्तिका लागि सिफारिस भएका मुख्य र वैकल्पिक सूचीमा रहेका उम्मेदवारहरूको अन्तिम नतिजा प्रकाशन गरिएको हो । tec-asi-final_result-2081-04-24Download

Read More

काठमाडौं : नेपाल प्रहरीका आईजीको पदावधि ४ वर्षबाट घटाएर ३ वर्षमा झार्नुपर्ने सुझावसहित प्रतिवेदन तयार भएको छ । गृह मन्त्रालयका सहसचिव झक्कप्रसाद आचार्य संयोजक रहेको कार्यदलले बुझाएको प्रतिवेदनमा आईजीको पदावधि ४ वर्षबाट घटाएर ३ वर्षमा झार्नुपर्ने उल्लेख गरेको छ । कार्यदलले यसअघि प्रहरी प्रधान कार्यालयले माग गर्दै आएको बिषयलाई प्रतिवेदनमा समेट्दै गृहमन्त्री रमेश लेखकलाई १७ साउनमा प्रतिवेदन बुझाएको थियो । अब बन्ने संघीय प्रहरी ऐनमा यी विषय समेट्नुपर्ने सुझाव कार्यदलले दिएको छ । कार्यदलले ३० वर्षे सेवा अवधि हटाउनेदेखि सेवा प्रवेश गरेको १६ वर्षमा पेन्सनमात्रै होइन पदावधिदेखि उमेरहदबारे समेत थपघट गर्नुपर्ने सुझाव दिएको छ । कार्यदलले आईजीको पदावधि ४ वर्षबाट…

Read More

धनगढी : नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागबाट काठमाडौँ उपत्यका प्रहरी कार्यालयको प्रमुखको रुपमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यले कार्यभार ग्रहण गरेका छन्। काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा आयोजित एक विशेष कार्यक्रममा एआईजी बज्राचार्यलाई स्वागत गरिएको छ। यसै अवसरमा, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाजिम्पाटमा सरुवा भएका एआईजी दीपक थापाको विदाई तथा फेरी भेटौंला कार्यक्रम पनि सम्पन्न भएको छ।

Read More

काठमाडौं : नेपाल प्रहरीका वरिष्ठ हवल्दारसम्मका कर्मचारीलाई १६ वर्षमै पेन्सनको सुविधा दिने सुझावसहित प्रतिवेदन तयार भएको छ । गृह मन्त्रालयका सहसचिव झक्कप्रसाद आचार्य संयोजक रहेको कार्यदलले बुझाएको प्रतिवेदनमा सेवा प्रवेश गरेको १६ वर्षमै पेन्सन हुने सुविधा दिनुपर्ने उल्लेख गरेपछि यसबारे गृहकार्य अघि बढाइएको हो । कार्यदलले यसअघि प्रहरी प्रधान कार्यालयले माग गर्दै आएको १६ वर्षमै पेन्सनको व्यवस्थालाई प्रतिवेदनमा समेट्दै गृहमन्त्री रमेश लेखकलाई १७ साउनमा प्रतिवेदन बुझाएको थियो । अब बन्ने संघीय प्रहरी ऐनमा यी विषय समेट्नुपर्ने सुझाव कार्यदलले दिएको छ । कार्यदलका संयोजक तथा सहसचिव आचार्यले १६ वर्षमै पेन्सन सुविधा दिनुपर्ने विषय समेटेर प्रतिवेदन बुझाएको बताए । उनका अनुसार १६…

Read More

धनगढी : कैलालीको टीकापुरमा करेन्ट लागेर एक महिला घाइते भएकी छन्। टीकापुर नगरपालिका–१ बिशालनगर शिबिरकी ५५ वर्षीया मनिसरा थापा आफ्नै घरमा तारमा कपडा सुकाउने क्रममा घाइते भएकी हुन्। घाइते थापालाइ उपचारका लागी मेडिकल कलेज कोहलपुर लगीएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Read More

धनगढी : डोटीमा भालुको आक्रमणबाट एक जना घाइते भएका छन्। जिल्लाको आदर्श गाउँपालिका–४ मा भालुको आक्रमणबाट १७ वर्षीय विष्णु बोहरा घाइते भएका छन्। माछेखोला भन्ने ठाउँको खेत नजिकै बाख्रा चराउन गएका उनलाई आज (सोमवार) दिउँसो भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता प्रहरी नायव उपरीक्षक भीमलाल भट्टाराइले बताए। उनलाई उपचारका लागि धनगढी पठाइएको छ।

Read More

धनगढी: कैलालीको अत्तरियामा रहेकाे अपि–सैपाल बचत तथा ऋण सहकारी संस्थामा कार्यरत एक महिला फरार भएकी छन्। सहकारीमा एक करिब १२ वर्षदेखि बजार प्रतिनिधिको रुपमा कार्यरत बिना चौधरी (योगी) एक दर्जनभन्दा बढी व्यक्ति तथा व्यापारीबाट पैसा उठाए फरार भएकी हुन्। झण्डै तीन करोड रुपैयाँ उठाएर उनी फरार भएको भन्दै बचतकर्ताहरुले कारबाहीको माग गरेका छन्। उनी करिब एक महिनादेखि सम्पर्कविहीन छन्। उता अपि–सैपाल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ललित रोकायाले बिना सहकारीकै ५/७ लाख रुपैयाँ लगेर फरार भएको बताए। उनले यो विषयमा प्रहरीलाई जानकारी गराइसकिएको बताएका छन्।

Read More

धनगढी: धनगढी उपमहानगरपालिकास्थित त्रिभनगर माध्यमिक विद्यालयको सरकारी जग्गा र सटरहरुको ठेक्का आह्वान गरिएकोमा लफडा भएको छ। ठेक्काका लागि आज अन्तिम दिन भएकोमा हिजो (आइतबार) बाट लफडा सुरु भएको हो। यस अगाडिदेखि सो क्षेत्र भाडामा लिएर व्यवसाय गर्दै आएका व्यापारीहरुले हिजो त्रिनगर क्षेत्रमा लफडा मच्चाएकोमा आज नगरपालिका पसेको बताइएको छ। पहिला विद्यालयले भाडामा दिएको उक्त क्षेत्रको जमिन र सटरहरुको नयाँ ठेक्काका लागि साउन १४ गते उपमहानगरपालिकाले सूचना निकालेको थियो। नगरपालिकाले नयाँ ठेक्कामार्फत भाडामा दिन खोज्दा पहिलेबाट व्यापार गरिरहेकाहरुले ठेक्कामा लफडा गरिरहेको बताइएको छ। यद्यपि उपमहानगरपालिकाले भने सो विषयमा छलफल भैरहेको र समस्या समाधान गरिने जनाएको छ। उपमहानगरले ३५ सटर ९ कठ्ठा…

Read More

काठमाडौं: विश्व बर्मा र बिना बर्माले नेपाली भूमि छाडेको ३३ वर्ष पुग्यो। तर, नेपाल र नेपाली प्रतिको मोह भने झनझन बढ्दो छ। काठमाडौको चाबाहिलका विश्व र सिफलका बिना कार्कीविच स्न १९८९ मा प्रेम विवाह भयो। आर्मी परिवारमा हुर्किएकी बिनालाई प्रेम विवाह गर्नु त्यति सहज भने थिएन। तर, उनको प्रेमको अघि आर्मी परिवार भित्र हुने कडिकडाउ अनुशासनले हार खायो। विश्वसँगको प्रेमलाई उनले विवाहबन्धनमा परिणत गरिछाडे। विहेको दोस्रो वर्षमा बिनाको कोखबाट छोरीको जन्मभयो। छोरीको जन्मपछि भने बर्मा दम्पत्ती उच्च शिक्षा हासिल गर्न अमेरिका उडे। बर्मा दम्पत्ती छोरीसहित सन् १९९१ मा अमेरिका उडेका हुन्। त्यसयता उनीहरु नेपाल फर्किएका छैनन्। बरु उच्च शिक्षा अमेरिका…

Read More

धनगढी: धनगढीमा भदौ २६ गतेबाट दोस्रो एएमसी कप हुने भएको छ। ऐश्वर्य बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गर्ने प्रदेशस्तरीय अन्तर क्याम्पस भलिबल प्रतियोगितासहित उक्त कप हुने भएको हो। स्ववियुका अध्यक्ष कुबेर खड्काका अनुसार सुदूरपश्चिम प्रदेशका सबै जिल्लालाई समेटेर उक्त प्रतियोगिता हुने छ। उक्त खुल्ला भलिबल प्रतियोगिता भदौ २६ गतेबाट २९ गतेसम्म हुने छ। प्रतियोगितामार्फत सुदूरपश्चिमका खेलाडीहरूको राष्ट्रियस्तरमा प्रतिनिधित्व गराउने आफूहरुको उदेश्य रहेको आयोजकको दाबी छ। यस अगाडि पोहोर साल पहिलो कप समपन्न भएको थियो।

Read More