Author: महेन्द्रनगर पोष्ट

दाङ : दाङ देउखुरीको राप्ती गाउँपालिकामा विद्युतको तार चुँडिएर करेन्ट लाग्दा एकै घरका तीन जनाको मृत्यु भएको छ । आज (शनिबार) दिउँसो करिब सवा २ बजेतिर विद्युत्को तार चुडिएर करेन्ट लाग्दा राप्ती गाउँपालिका वडानम्बर ३ का ६० वर्षीय गोरखबहादुर केसी, उनकी श्रीमती ५५ वर्षीया दिलसरा र उनीहरूका चार वर्षीय नाती कृष्णको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।

Read More

काठमाडौं : इन्डियन प्रिमियर लिगको दोस्रो खेलमा पञ्जाब किंग्लसले दिल्ली क्यापिटल्सलाई ४ विकेटले पराजित गरेको छ । दिल्लीले प्रस्तुत गरेको १ सय ७५ रनको लक्ष्य पञ्जाबले ४ बल बाँकी छँदा ६ विकेटको क्षतिमा पछ्यायो । पञ्जाबलाई जीत दिलाउन साम करनले सर्वाधिक ६३ रनको इनिङ्स खेले । उनले ४७ बलमा ६ चौका र एक छक्का हिर्काए । लियाम लिभिङस्टोनले नटआउट रहँदै २१ बलमा ३८ रनको विस्फोटक पाली खेले । प्रभसिमरन सिंहले २६ रन कप्तान शिखर धवनले २२ रनको योगदान दिए । दिल्लीका लागि कुल्दीप यादव र खलिल अहमदले २–२ विकेट लिए । इशान्त शर्माले एक विकेट हात पारे । यसअघि पहिलो…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले फागु पूर्णिमा पछि विश्वासको मत लिने तयारी गरेका छन् । मुख्यमन्त्री शाहले पार्टीको नेतृत्वसंगै प्रदेश सभामा रहेका दलहरु र प्रदेश सभा सदस्यहरुसंग छलफल भईरहेको जानकारी दिदै होलीपछि विश्वासको मत लिने बताए । सङ्घीय सरकारमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सहितका दल मिलेर नयाँ समीकरण निर्माण गरिएपछि माओवादी र समाजवादीले सरकार छाडेका थिए । त्यसपछि मुख्यमन्त्री शाह नेतृत्वको सरकार अल्पमतमा परेको थियो । मुख्यमन्त्री शाहले आफ्नो पक्षमा बहुमत जुटाउन नागरिक उन्मुक्ति पार्टी, राप्रपा र स्वतन्त्र सांसदलाई साथमा लिएर विश्वासको मत प्राप्त गर्ने गृहकार्य थालेका हुन ।

Read More

काठमाडौं : दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउलाई गैरकानूनी भन्दै गिरफ्तारीविरुद्ध उच्च अदालत पुगेका छन् । अदालतको मार्च २२ को आदेशविरुद्ध दिल्ली उच्च अदालत पुगेका हुन । अदालतले केजरीवाललाई मार्च २८ सम्म ईडी थुनामा राख्न आदेश दिएको थियो । उनको कानूनी टोलीले दिल्ली उच्च अदालतमा गिरफ्तारी र रिहाइको लागि निवेदन दायर गरिएको बताएको छ। यो अवैध भएको भन्दे उनलाई तत्काल हिरासतबाट रिहा गरिनुपर्ने माग गरेको छ । ईडीले केजरीवाललाई अदालतमा पेस गरी दश दिनको रिमाण्ड मागेको थियो, तर अदालतले ६ दिनको म्याद दिएको छ । अब उनलाई मार्च २८ गते दिउँसो २ बजे अदालतमा पेश गरिने छ ।

Read More

धनगढी : बझाङमा मलामी गएका एक जनाको सेती नदिमा बगेर मृत्यु भएको छ। शनिबार दिउँसो जयपृथ्वी नगरपालिका-७ धौलाबगरस्थित सेती नदिको किनारमा नुहाउने क्रममा बगेर स्थानीय ४० वर्षिय धनजित आग्रीको मृत्यु भएको हो। शुक्रबार राति चट्याङ लागेर मृत्यु भएका गजेन्द्र बहादुर सिंहको मलामी गएका आग्रीको बगेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । उनी अन्दाजी १ किलोमीटर तल बगएर नदिको किनारमा मृत अवस्थामा भेटिएको बताइएको छ ।

Read More

काठमाडौं : हुम्लामा बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। अदानचुली गाउँपालिका श्रीनगरबाट वडा नं ५ को बारीगाउँ जाँदै गरेको सु ००१ ज ११८३ नम्बरको बोलेरो जीप शनिवार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा अदानचुली गाउँपालिका–५ का अन्दाजी ३५ वर्षीय फागुने लोहार र सोही वडाका १३ वर्षीय प्रवेश ऐडी रहेको जिल्ला प्रहरी हुम्लाका डीएसपी एवम् प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए। दुर्घटनामा परेर अन्य ६ जना घाइते भएको र उनीहरुको परिचय नखुलेको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको छ।

Read More

धनगढी : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सामेल हुन प्रस्ताव गरेका छन्। विश्वासको मत दिएको नाउपालाई सरकारमा सामेल हुन प्रधानमन्त्री दाहालले प्रस्ताव गरेका हुन्। शनिबार नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठसहित नेताहरूसँग बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्री दाहालले नाउपालाई सरकारमा सामेल भएर संघदेखि प्रदेश सरकारसम्मै सहकार्य गरेर जान आग्रह गरेका छन्। एक मन्त्रालय दिएर नाउपालाई सरकारमा सामेल गराउन प्रधानमन्त्री दाहाल तयार देखिएका छन्। प्रधानमन्त्री दाहालसँगको छलफल सकारात्मक भएको छलफलमा सहभागी नाउपाका संस्थापक केन्द्रीय सदस्य रामलाल डगौराले बताए। उनका अनुसार, संसदमा उपस्थितिअनुसार नाउपाको सम्मानजनक व्यवस्थापन गरिनुपर्ने माग राखिएको छ। नाउपाले सुदूरपश्चिमको मुख्यमन्त्रीमा पनि दाबी गरिरहेको छ। सरकारमा सामेल गराउन गठबन्धनका दलहरू…

Read More

बैतडी, बैतडीमा टिप्पर दुर्घटना भएको छ । शनिबार दिउँसो करिब ३ बजेको समयमा दशरथचन्द राजमार्गमा पर्ने जिल्लाको पाटन नगरपालिका–८ अनारखोलीमा टिप्पर दुर्घटना भएको हो । पाटन नगरपालिका वडा नं १ १० र ८ को सिमाना क्षेत्रमा पर्ने विप्याकटालबाट डडेल्धुरातर्फ जादै गरेको सु.प.प्र.०१००१ क २०१३ नम्बरको टिप्पर पाटन नगरपालिका–८को अनारखोलीमा दुर्घटना भएको हो ।टिप्परमा चालक दार्चुलाको लेकम गाउँपालिका–१ शर्मालीका अमर बहादुर साउँदमात्रै सवार रहेको र उनले हाम फालेर ज्यान जोगएका हुन् । टिप्पर सडकबाट करिब १५ मिटर तल खसेको छ ।सडक पिच प्रयोग गर्ने ढुंगा र गिट्टीको बेस बोकेको टिप्परले उकालोमा ब्रेक नालगेपछि दुर्घटना भएको बुझिएको छ ।

Read More

धनगढी : धनगढी–अत्तरिया छ लेन सडकखण्डमा स्काभेटरसंग स्कुटर ठोक्किएपछि दुईजना घाइते भएको छन्। चौमालाबाट धनगढी आउदै गरेका सुपप्र ०१ ०१२ प २३३६ नम्बरको स्कुटर गेटानजिक स्काभेटरसंग ठोक्किएको हो। स्कुटरमा सवार धनगढि १६ बेहडाबाबाका मनोज बम र गौरिगङ्गा १ गोब्काका अनिश चन्द घाइते भएका छन्। स्काभेटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छख भने घाइतेहरुको पद्यमा अस्पताल अत्तरियामा उपचार भइरहेको छ।

Read More

बाजुरा चैत ९ गते । बाजुरामा एकै पटक सात हजार बढी स्याउका बोट रोपिएको छ । बुढीनन्दा नगरपालिका–९, अँगाउपानीमा ११५ जना परिवारको सहभागितामा एकै पटक सात हजार तीन सयभन्दा बोट स्याउ रोपेर सामुदायिक बृहत् स्याउ बगैँचा स्थापना गरिएको हो । कृषि ज्ञान केन्द्र बाजुराको बृहत् विशेष उत्पादन कार्यक्रम अन्तर्गत बुढीनन्दा नगरपालिकाले करिब २५ हेक्टरको एउटै क्लस्टरमा स्याउ रोपेर सामुदायिक स्याउ बगैँचा स्थापना गरेको हो । सोही स्थानमा आगामी वर्ष थप सात हजार सात सय बोट थप गरेर १५ हजार बोटको स्याउ बगैँचा स्थापना गर्ने लक्ष्य रहेको निमित्त कार्यालय प्रमुख मीनप्रसाद जैसीले बताए । सोही बृहत् स्याउ बगैँचाबाट अबको पाँचरछ वर्षपछि…

Read More