Author: महेन्द्रनगर पोष्ट

धनगढी: सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीका नेताहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको जनाएका छन्। हिजो कैलालीमै भएको एक रात्रिकालिन बैठकमा समर्थन फिर्ताको छलफल भएको बताइएको छ। सो छलफलमा प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा छलफल भएको नाउपाका एक नेताले जानकारी दिए। नाउपाका नेता तथा प्रतिनिधि सभा सदस्य अरुण चौधरी, वर्तमान प्रदेश सरकारका विनाविभागिय मन्त्री लक्ष्मणकिशोर चौधरी, प्रदेश सभा सदस्य कैशाल चौधरी, केन्द्रीय सदस्य महेन्द्र उपाध्याय,नाउपाका कैलाली सचिव भक्त चलाउने, नाउपाबाट निर्वाचित जोशीपुर गाउँपालिका अध्यक्ष चित्र चौधरी लगायतका विचका प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा छलफल भएको ती नेताले बताए। उनका अनुसार १४ गते समर्थन फिर्ता लिने…

Read More

धनगढी : माटोको ढिस्कोले पुरिएर डोटीमा एक महिलाको मृत्यु भएको छ । तीन जनाको भने सकुसल उद्दार गरिएको छ । शिखर नगरपालिका ९ मा माटाको ढिस्कोले च्यापियर स्थानीय निर्मला रोस्याराको घटनास्थलमै मृत्यु भएको शिखर नगरपालिका प्रमुख दीर्घ बलायरले बताए । घटना दिउँसो तीन बजेतिर भएको र मृतकको शव निकालिसकिएको शिखर नगरपालिका ९ का वडाध्यक्ष जगन्नाथ भट्टले जानकारी दिए । सो वडाको सुण्ण भन्ने गाउँको जङ्गलमा घर पोत्ने माटो लिन गएको बेला घटना भएको थियो ।

Read More

काठमाडौँ : पन्जाबको संगरुर जिल्लामा नक्कली रक्सी पिउँदा २० जनाको मृत्यु भएको छ। बीबीसी हिन्दीका अनुसार रक्सी खाएका धेरै जनाको अस्पतालमा उपचार भइरहेको छ। राज्यका एडीजी (कानुन र व्यवस्था) गुरिंदर सिंह ढिल्लोनका अनुसार प्रहरीले यस सम्बन्धमा तीनवटा मुद्दा दर्ता गरेको छ र आठ जनालाई पक्राउ गरेको छ। भारतीय जनता पार्टीले यस विषयमा राज्यको आम आदमी पार्टी सरकार र मुख्यमन्त्री भगवन्त मानको आलोचना गरेको छ।

Read More

धनगढी : धनगढीमा होलीको अवसरमा पहिलो पटक पुल पार्टी सहितको साङ्गीतिक कार्यक्रम आयोजना हुदै छ । धनगढीको गर्मीबाट मुक्त हुन चाहनुहुन्छ र होलीमा रमाउदै स्विमीङ गर्न चाहानुहुन्छ भने यो कार्यक्रममा सहभागी हुन सकिने छ । धनगढी फाप्ला स्थित द नेचर हाउसको आयोजनामा हुने पुल पार्टी सहितको कार्यक्रममा सहभागी बन्न सक्नुहुनेछ । चैत्र १२ गते हुने कार्यक्रममा डिजे सहितका कलाकारको उपस्थिति रहने छ । कार्यक्रममा सहभाती हुन रु १ हजार टिकट राखीएको आयोजकले जनाएको छ ।

Read More

काठमाडौँ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र बङ्गलादेशका शिपिङ राज्यमन्त्री खालीद महमुद चौधरीबीच दुई पक्षीय हितका विषयमा काठमाडौँमा आज भेटवार्ता भएको छ । भेटका क्रममा मन्त्री भण्डारीले पछिल्ला वर्षमा बंगलादेशबाट नेपालमा हुने आयातको परिमाण उल्लेख्य वृद्धि भए पनि नेपालबाट बंगलादेश हुने निर्यातको मात्रा भने न्यून नै रही आएकामा राज्यमन्त्री चौधरीको ध्यानाकर्षण गराए । उनले अन्तर्राष्ट्रिय व्यापारमा दुई मुलुक बीचको व्यापारको हिस्सालाई वृद्धि गर्नुपर्नेमा जोड दिए । बंगलादेश नेपालको महत्वपूर्ण व्यापार साझेदारका रूपमा रही आएको स्मरण गराउँदै मन्त्री भण्डारीले द्विपक्षीय व्यापार सम्बन्धलाई प्रवद्र्धन गर्नुपर्नेमा राज्यमन्त्री चौधरीको ध्यानाकर्षण गराए । दुध तथा दुग्धजन्य उत्पादन, तरकारी, फलफूल, जडिबुटी तथा वनस्पतिजन्य उत्पादन,…

Read More

काठमाडौं : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राईलाई जहाँ बसेको भए पनि समातेर ल्याउने बताएका छन् । काठमाडौंमा आज आयोजित एक कार्यक्रममा गृहमन्त्री लामिछानेले राई देश वा विदेश जहाँ भए पनि पक्राउ गर्ने दाबी गरेका हुन् । सहकारी ठगीमा संलग्नताको विषयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद् अवरोध गर्दै उनको राजीनामा मागिरहेका बेला लामिछानेले राईलाई पक्राउ गरी छाड्ने बताएका हुन् ।

Read More

दाङ : दाङ देउखुरीको राप्ती गाउँपालिकामा विद्युतको तार चुँडिएर करेन्ट लाग्दा एकै घरका तीन जनाको मृत्यु भएको छ । आज (शनिबार) दिउँसो करिब सवा २ बजेतिर विद्युत्को तार चुडिएर करेन्ट लाग्दा राप्ती गाउँपालिका वडानम्बर ३ का ६० वर्षीय गोरखबहादुर केसी, उनकी श्रीमती ५५ वर्षीया दिलसरा र उनीहरूका चार वर्षीय नाती कृष्णको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।

Read More

काठमाडौं : इन्डियन प्रिमियर लिगको दोस्रो खेलमा पञ्जाब किंग्लसले दिल्ली क्यापिटल्सलाई ४ विकेटले पराजित गरेको छ । दिल्लीले प्रस्तुत गरेको १ सय ७५ रनको लक्ष्य पञ्जाबले ४ बल बाँकी छँदा ६ विकेटको क्षतिमा पछ्यायो । पञ्जाबलाई जीत दिलाउन साम करनले सर्वाधिक ६३ रनको इनिङ्स खेले । उनले ४७ बलमा ६ चौका र एक छक्का हिर्काए । लियाम लिभिङस्टोनले नटआउट रहँदै २१ बलमा ३८ रनको विस्फोटक पाली खेले । प्रभसिमरन सिंहले २६ रन कप्तान शिखर धवनले २२ रनको योगदान दिए । दिल्लीका लागि कुल्दीप यादव र खलिल अहमदले २–२ विकेट लिए । इशान्त शर्माले एक विकेट हात पारे । यसअघि पहिलो…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले फागु पूर्णिमा पछि विश्वासको मत लिने तयारी गरेका छन् । मुख्यमन्त्री शाहले पार्टीको नेतृत्वसंगै प्रदेश सभामा रहेका दलहरु र प्रदेश सभा सदस्यहरुसंग छलफल भईरहेको जानकारी दिदै होलीपछि विश्वासको मत लिने बताए । सङ्घीय सरकारमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सहितका दल मिलेर नयाँ समीकरण निर्माण गरिएपछि माओवादी र समाजवादीले सरकार छाडेका थिए । त्यसपछि मुख्यमन्त्री शाह नेतृत्वको सरकार अल्पमतमा परेको थियो । मुख्यमन्त्री शाहले आफ्नो पक्षमा बहुमत जुटाउन नागरिक उन्मुक्ति पार्टी, राप्रपा र स्वतन्त्र सांसदलाई साथमा लिएर विश्वासको मत प्राप्त गर्ने गृहकार्य थालेका हुन ।

Read More

काठमाडौं : दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउलाई गैरकानूनी भन्दै गिरफ्तारीविरुद्ध उच्च अदालत पुगेका छन् । अदालतको मार्च २२ को आदेशविरुद्ध दिल्ली उच्च अदालत पुगेका हुन । अदालतले केजरीवाललाई मार्च २८ सम्म ईडी थुनामा राख्न आदेश दिएको थियो । उनको कानूनी टोलीले दिल्ली उच्च अदालतमा गिरफ्तारी र रिहाइको लागि निवेदन दायर गरिएको बताएको छ। यो अवैध भएको भन्दे उनलाई तत्काल हिरासतबाट रिहा गरिनुपर्ने माग गरेको छ । ईडीले केजरीवाललाई अदालतमा पेस गरी दश दिनको रिमाण्ड मागेको थियो, तर अदालतले ६ दिनको म्याद दिएको छ । अब उनलाई मार्च २८ गते दिउँसो २ बजे अदालतमा पेश गरिने छ ।

Read More