Author: महेन्द्रनगर पोष्ट

धनगढी : पछिल्लो राजनीतिक परिस्थितिलाई लिएर आन्तरिक किचलोमा फसेको नागरिक उन्मुक्ति पार्टी एमाले–माओवादी गठबन्धनमा सामेल हुने भएको छ । सो पार्टीको आज बसेको एउटा खेमाको बैठकले केन्द्रदेखि प्रदेशसम्म गठबन्धनमा बस्ने निर्णय गरेको छ । अध्यक्ष रञ्जिता श्रेष्ठको नेतृत्वमा बसेको बहुमत संस्थापक केन्द्रीय सदस्यको बैठकले नयाँ गठबन्धनसँग सहकार्य गरेर जाने निर्णय गरेको एक केन्द्रीय सदस्यले बताए । नाउपामा एमाले–माओवादी गठबन्धनलाई समर्थन गर्ने कि विपक्षमा बस्ने भन्नेमा रञ्जिता र उनका श्रीमान् तथा संस्थापक नेता रेशम चौधरीबीच तीव्र मतभेद छ । निर्वाचन आयोगको निर्णयले अध्यक्षमा पुनर्स्थापित भएकी रञ्जिता प्रधानमन्त्री प्रचण्डलाई समर्थन गरेर गठबन्धनमा सामेल हुनुपर्ने पक्षमा छिन् । रेशम भने नेपाली काँग्रेस नेतृत्वको…

Read More

काठमाडौं : पूर्व डीआईजी रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका छन् । आफूले बुधबार मात्र पार्टीमा राजीनामा बुझाएको खरेलले जानकारी दिए । आम चुनाव २०७९ मा काठमाडौं–१ मा चुनाव लडेका उनी गत वैशाख १० मा भएको उपचुनावमा रास्वपामा जोडिएका थिए । खरेल रास्वपाबाट बारा–२ मा उपचुनाव लडेका थिए, तर जनता समाजवादी पार्टी (जसपा)का उपेन्द्र यादवसँग पराजित भए । चुनावपछि रास्वपाको कुनै भूमिकामा नरहेका खरेलले पछिल्लो समय पार्टी सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाउँदै आएका थिए । यसलाई लिएर रास्वपाले स्पष्टीकरण सोधेको थियो ।

Read More

धनगढी : अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण सिंह बोहरा र निर्वतमान अध्यक्ष अशोकराज देवकोटा प्रहरीमा हाजिर भएका छन्। संघले अत्तरियामा सञ्चालन गरेको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा भेटिएको नक्कली टिकटमा नाम मुछिएपछी दुवैजना सम्पर्कमा थिएनन्। जिल्ला प्रहरी कार्यालयले उनीहरु दुवैजना आज आफै जिल्ला प्रहरी कार्यालय कैलालीमा हाजिर भएको जनाएको छ। उनीहरुमाथी थप अनुसन्धान भईरहेको छ।

Read More

काठमाडौं : पाँच वर्षअघि बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको घटनाको अनुसन्धान अझै जारी रहेको गृहमन्त्री रवि लामिछानेले बताएका छन् । बुधबार प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै लामिछानेले आफूले महत्त्वपूर्ण रूपमा हेरिएको भन्दै अनुसन्धान अझै जारी रहेको बताएका हुन् । सुरुको अनुसन्धानमा केही समस्या भएका कारण अनुसन्धान ट्रयाकबाहिर जादाँ केही समस्या आएको बताए । १३ वर्षीया निर्मलाको हत्या आरोपमा प्रहरीले सयौँ व्यक्तिसँग सोधपुछ गरे पनि आरोपीलाई पक्राउ गर्न सकेको छैन । घटनालगत्तै कञ्चनपुरका दिलीप विष्ट पक्राउ परे पनि उनको डीएनए परीक्षण नमिलेपछि उनी थुनामुक्त भएका थिए ।

Read More

धनगढी: नागरिक उन्मुक्ति पार्टी(नाउपा)ले एमाले-माओवादी र रास्वपासहितकाे गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेकाे छ। बुधबार नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठकाे अध्यक्षतामा टीकापुरमा बसेकाे संस्थापक केन्द्रीय सदस्यकाे बैठकले संघ र प्रदेश सरकारमा नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेकाे हाे। संस्थापक केन्द्रीय सदस्य रमेश बिकले सबै तहकाे सरकारमा सत्ता गठबन्धनलाई समर्थन गरेर अघि बढ्ने निर्णय गरेकाे जानकारी दिए। २१ जना केन्द्रीय सदस्य मध्ये बैठकमा १२ जना सहभागी थिए। प्राविधिक समस्याका कारण केही केन्द्रीय सदस्य बैठक सहभागी हुन नसकेको बिक बताउँछन्। यसअघि नाउपाका संरक्षक रेशमलाल चाैधरी पक्षीय संस्थापक केन्द्रीय सदस्यकाे बैठकले प्रचण्ड नेतृत्वकाे सरकारलाई समर्थन नगर्ने निर्णय गरेकाे थियोे तर अध्यक्ष श्रेष्ठले भने प्रचण्डलाई विश्ववासकाे…

Read More

धनगढी: कैलालीमा प्रहरीका इन्चार्जसहित केही चौकीका कर्मचारी फेरबदल गरिएका छन्। स्रोतका अनुसार हालै कैलालीको टीकापुरस्थित कालाकुण्डा प्रहरी चौकीका इन्चार्ज वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) चंख कठायतसहितका प्रहरी कर्मचारी तानिएका हुन्। कठायतलाई कालाकुण्डाबाट ३ महिना पनि नबित्दै तानिएको हो। उनलाई तान्नुको कारण नखुलाएपनी कैफियत देखिएको भन्दै तानिएको स्रोतको दाबी छ। अहिले उनको स्थानमा अर्का वरिष्ठ सई गोकुल बलायरलाई पठाइएको छ। यस्तै उता टीकापुरमा घुमुवा बसेका असई तारा ठकुल्लालाई पनि प्रहरी चौकी अमरावती पठाइएको छ। यता लम्की ट्राफिकको इन्चार्ज रहेका सुरज खड्कालाई डोटी पठाइएको छ भने धनगढीको त्रिनगरबाट हवल्दार नरेन्द्र बडाल, वरिष्ठ हवल्दार महादेव धामी, हवल्दार लालबहादुर खड्का र सिपाही शम्सेर बिक…

Read More

धनगढी : बैशाख १५ गते हुने उपनिर्वाचनका लागि एकीकृत समाजवादीले बझाङमा दिलबहादुर सिहंलाई उमेदवार बनाउने निर्णय गरेको छ । समाजवादीले इलाममा–२ मा जीतबहादुर राई र बझाङ प्रदेश सभा १ मा सिंहलाई उम्मेदवार बनाउने भएको हो । उपनिर्वाचनको उम्मेदवार मनोनयन दर्ता चैत्र २४ गते हुदै छ । अहिलेसम्म एमालेले इलाम २ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने बझाङमामा दमन भण्डारीलाई उम्मेदार बनाएको छ ।

Read More

काठमाडौं: नेकपा एमाले निकट अनेरास्ववियुकी नेता राजमती उर्फ रक्षा बमलाई पक्राउ गरिएको छ। हिजो (मंगलबार) अनेरास्ववियुको स्थायी कमिटी सदस्यसमेत रहेकी बमलाई पक्राउ गरिएको हो। काठमाडौंकै बालाजु क्षेत्रबाट धनगढी घर भएकी बमलाई नियन्त्रणमा लिइएको महाराजगन्ज प्रहरीका डीएसपी अमर थापाले महेन्द्रनगरपोष्टलाई जानकारी दिए। उनका अनुसार बमविरुद्ध आपराधिक लाभ लगायत चोरीको समेत मुद्दा दायर भएको थियो। बम हाल काठमाडौंमै बस्दै आएकी थिइन्। उनी तपोवन क्षेत्रमा ध्यानमा रहेकै बेला प्रहरीले नियन्त्रणमा लिएको बताइन्छ। आज उनीमाथि म्याद थपेर थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ। स्रोतका अनुसार रश्मिला धामी नाम गरेकी महिलाले बमविरुद्ध उजुरी दर्ता गराएकी थिइन्। र, यो पनि: ऐन महर भर्सेज रश्मिलाः साइबर ब्यूरो…

Read More

महेन्द्रनगर । कञ्चनपुरको महाकाली नदीमा निमार्णाधीन चार लेनको पुल निर्माण योजनाको काम प्रभावित भएको पाँच महिनापछि पुनः सञ्चालन भएको छ । पुल योजनामा काम गरेबापतको करोडौँ रकम भुक्तानी नपाएपछि गत असोजको तेस्रो साता निर्माण कम्पनीले पुल निर्माणको काम रोकेको थियो। केही दिनअघि गत वर्ष काम गरेको रकम सरकारले उपलब्ध गराएपछि निर्माण कम्पनीले निर्माणको बाँकी काम ६ महिनाभित्र सक्ने गरी सञ्चालन गरेको जनाएको हो । विसं २०७४ मा निर्माण सुरु भएको चार लेनको पक्की पुलसँगै ८ दशमलव ६ किलोमिटर छ लेनको निर्माणको कामको ९० दशमलव १९ प्रतिशत वित्तीय प्रगति भइसकेको छ। निर्माण कम्पनी कुमार–सिएफइसी जेभीका इन्जिनियर किशोरराज पाण्डेयले गत वर्षको काम गरेबापतका…

Read More

तोकिएको समयावधिभित्र काम सम्पन्न नगर्ने दुई दर्जन ठेकेदार कालोसूचीमा परेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले २३ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको हो । कालोसूचीमा पर्ने ठेकेदार कम्पनीहरुमा आईएस कन्स्ट्रक्सन प्रालि, अरभाली इन्फापावर लिमिटेड, गणपति गु्रप अफ कन्स्ट्रक्सन प्रालि, सरस्वती निर्माण सेवा, धिताल बिल्डर्स, एके कन्स्ट्रक्सन, पञ्चपुरी कन्स्ट्रक्सन, देउती बज्यै निर्माण सेवा, पुष्पाञ्जली कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि, प्रनिश इन्टरनेशनल प्रालि छन् । त्यस्तै, बलाजी निर्माण सेवा, मालिका कन्स्ट्रक्सन, पुष्पाञ्जली कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि, सत्यस्वरी कन्स्ट्रक्सन प्रालि, चम्पावती रोडा ढुंगा बालुवा प्रशोधन केन्द्र प्रालि, पशुपति कन्स्ट्रक्सन प्रालि, न्यु प्रिसियल फेसन ओयर, प्रसाद कन्स्ट्रक्सन, क्यापिटल इन्टरप्राइज, क्रियटिभ विजनेश…

Read More