Author: महेन्द्रनगर पोष्ट

धनगढी : कैलालीको गौरीगंगा नगरपालिका ६ बनबेहडामा जुपिटर एकेडेमी नेपालको १६औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । विद्यालयका अध्यक्ष खकेन्द्र बुढाको अध्यक्षतामा सुरु भएको कार्यक्रममा वडा नम्बर ६ का वडाध्यक्ष टेकबहादुर कुवँर प्रमुख अतिथि र नेसनल प्याब्सन कैलाली अध्यक्ष ललित साँउद विशिष्ट अतिथि रहेका थिए । यस्तै कार्यक्रममा बनबेहडा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका सचिव हेमन्तराज जोशी (बाजे) बिणा बिद्या मन्दिरका प्रध्यानाध्यापक दल बोगटी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा शिक्षक भरतमणी ओझालाई सम्मान गरिएको थियो। सोही अवसरमा विभिन्न खेलकुद तथा सास्कृतीक कार्यक्रमहरु आयोजना गरिएको थियो ।

Read More

धनगढी : नेकपा (एमाले)को चैत्र २४ गते धनगढीमा भएको छ । तेस्रो पूर्ण बैठकले गरेका निर्णय मंगलबार सार्वजनिक गरिएको छ । प्रदेश कमिटीका अध्यक्ष कमरेड कृष्णप्रसाद जैशीको अध्यक्षतामा भएको बैठकमा पार्टी केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा, पोलिटव्युरो , केन्द्रीय कमिटी, सल्लाहकार परिषदका सदस्यहरुको उपस्थितिमा बैठक भएको थियो । बैठकले केन्द्रीय कमिटीको निर्णय अनुसार २०८१ को पार्टी सदस्यता नविकरण यही चैत्र मसान्त भित्र गरिसक्ने, बझाङ प्रदेश निर्वाचन क्षेत्र नम्बर १ मा हुने उपनिर्वाचनमा जिल्ला कमिटीका अध्यक्ष दमन भण्डारीलाई विजय गराउन सहयोग पार्टीका नेता कार्यकर्ता तथा आम मतदातालाई अनुरोध गर्ने र उपनिर्वाचनमा सहयोगको लागि प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीको अध्यक्षतामा ५०१…

Read More

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा कृषि विकास निर्देशनालय, गण्डकी प्रदेशका तत्कालीन निमित्त कार्यालय प्रमुख निलकण्ठ पोखरेलसहित आठ जना विरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । आयोगले मंगलबार निर्देशनालयकै कृषि इन्जिनियर विश्वनाथ पौडेल, तत्कालिन कृषि अर्थविज्ञ (शाखा प्रमुख) भानुभक्त भट्टराई, स्याङजाको गल्याङ नगरपालिका तीन पकवादी सहकारी संस्थाका अध्यक्ष हरिलाल खनाल, उपाध्यक्ष हेमा न्यौपाने, सचिव परसुराम खनाल र कोषाध्यक्ष उमा श्रेष्ठ र स्थानीय श्रीप्रसाद श्रेष्ठ विरुद्द प्रतिव्यक्ति २८ लाख ३७ हजार २१७ रुपैयाँ बराबरको विगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो । स्याङ्गजाको गल्याङ्ग नगरपालिकामा रहेको पकवादी कृषि सहकारी संस्थाले भवन निर्माण गर्न भनी कृषि निर्देशनालय,…

Read More

धनगढी : नेकपा माओवादी केन्द्रले बझाङ प्रदेश सभा १ मा आफ्ना उम्मेदवार जनकराज बुढाले उम्मेदवारी कायम राखेका छन् । सत्ता गठबन्धन दलहरु बिच बुढालाई उम्मेदवारी फिर्ता लिएर एमालेका दमन भण्डारीलाई सहयोग गर्ने छलफल भएपनि बुढा उम्मेदावारी फिर्ता लिएनन् । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि विभिन्न राजनीतिक दलहरूले शनिबार उम्मेदवारी दर्ता गरेका थिए । उम्मेदवारले उम्मेदवारी फिर्ता लिनका लागि निर्वाचन आयोगले बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकेको छ । मंगलबार सुदूरपश्चिम इन्चार्ज गिरिराजमणि पोखरेलसहित प्रदेश समितिका पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठकले माओवादीका उम्मेदवार बुढालाई सहयोग गर्न गठबन्धनका अन्य दललाई आग्रह गर्ने समेत निणर्य गरेको छ । बुढा संविधानसभा…

Read More

काठमाडौं : सिंहदरबार सिंहदरबारभित्रैका एक हवल्दारले जवानलाई थप्पड हानेका छन् । सिंहदरबार सुरक्षा गणमा कार्यरत् प्रहरी जवान सुन्दर सिंहलाई हवल्दार उज्जवल भण्डारीले अर्थ मन्त्रालयभित्र दुर्व्यवहार गरेको स्रोतले बताएको छ । मंगलबार बिहान किन सल्युट नगरेको भन्दै प्रहरी जवान सिंहलाई भण्डारीले थप्पड हानेको प्रहरीले जनाएको छ । यसबारे बुझिरहेको उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापाले बताएका छन् ।

Read More

धनगढी :  सुदूरपश्चिमवासीले मनाउँदै आएको बिसु पर्व अर्थात् नयाँ वर्ष नजिकिएसँगै रोजगारीका लागि छिमेकी राष्ट्र भारत गएकाहरू यतिबेला घर फर्कन थालेका छन् । कैलालीको त्रिनगर भन्सार नाकाबाट दिनहुँ रोजगारीका लागि भारतका विभिन्न सहर गएका पर्व नजिकिएसँगै नेपाल भित्रिने क्रम बढेको सीमास्थित सशस्त्र प्रहरी बल हेल्प डेस्कले जनाएको छ । हेल्प डेस्कका अनुसार भारतको केरला, मथुरा, पुना, गुजरात, सुरत, मुम्बई, दिल्लीलगायतका विभिन्न सहरबाट पछिल्लो समय झण्डै तीन हजार नेपाली भित्रिएका छन् । जसमध्ये मङ्गलबारदेखि हिजो आइतबारसम्म दुई हजार छ सय ७७ नेपाली फर्किएका छन् । चाडपर्व नजिएकाले भारत जानेभन्दा पनि नेपाल फर्किने नेपालीहरुको सङ्ख्या बढ्न थालेको हुन् । अन्य विदेशी मुलुक…

Read More

काठमाडौं : डोल्पास्थित मष्टा भवानी सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा गम्भीर घाइते भएका एक सैनिकको निधन भएको छ । डढेलो निभाउँदा घाइते भएका सिपाही हेमन्त रावलको निधन भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताए । प्रजिअ दाहालका अनुसार जमदार केशरबहादुर जागा मगर र सिपाही रावललाई  थप उपचारका लागि नेपालगञ्ज लैजाने तयारी भइरहेको थियो । यसअघि आगलागीमा परेका देवीदक्त गण ‘क’का प्यूठ विजय कोइराला र सिपाही आशिष बुढालाई सैनिक हेलिकप्टरमार्फत उद्दार गरेर नेपालगञ्ज पठाइएको थियो । उनका अनुसार, डोल्पाको सामुदायिक वनमा केही दिनदेखि डढेलो लागिरहेको थियो । त्यसको नियन्त्रणका लागि नेपाली सेनाका दुई वटा गुल्म, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी…

Read More

धनगढीः भारतको उत्तराखण्डस्थित नैनिताल जिल्लामा गाडी दुर्घटना हुँदा मृत्यु भएका सबैजना भेरी अञ्चलको बबईका भएको खुलेको छ। भारतीय प्रहरीको स्थानीय प्रहरी थानाका सिनियर इन्सपेक्टर अनिश अहमदले मृतक सबै नेपाली रहेको र उनीहरु बबईका भएको महेन्द्रनगरपोष्टलाई जानकारी दिए। उनका अनुसार मृत्यु हुनेमा चालक राजेन्द्र कुमारसहित (नेपालीहरू) ५० वर्षीय विश्राम चौधरी, ४५ वर्षीय धिरज, ४० वर्षीय अनन्तराम चौधरी, ३८ वर्षीय विनोद चौधरी, ५५ वर्षीय उदयराम चौधरी, ४५ वर्षीय तिलक चौधरी र ६० वर्षीय गोपाल बस्नेत छन्। चालक भने भारतीय नै हुन्। उनी बेतालघाटका स्थानीय हुन्। बेतालघाटको उचकोट गाउँमा मृतकहरू जल जीवन मिसन प्रोजेक्टमा काम गर्थे। प्रहरी स्रोतका अनुसार सोमबार राति नैनितालको बेतालघाट…

Read More

धनगडीः भारतको उत्तराखण्डस्थित नैनिताल जिल्लामा गाडी दुर्घटना हुँदा ७ जना नेपालीसहित ८ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ७ जना नेपाली रहेको बताइएको छ। भारतीय प्रहरी स्रोतका अनुसार सोमबार राति नैनितालको बेतालघाट नजिकै गाडी सडकबाट १५० मिटर तल खसेको हो। गाडी खाल्डोमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटना भएको खबर प्राप्त भएपछि स्टेट डिजास्टर रेस्पोन्स टिमको टोली घटनास्थलमा पुगेर उद्धारका लागि खटिएको थियो। उक्त टोली र स्थानीयले मिलेर घटनास्थलबाट आठ जनाको शव निकालेको थियो। दुर्घटनामा परी मृत्यु हुने सात जना भेरी अञ्चलको बबईका हुन्। उनीहरु दुर्घटनास्थल नजिकै सडक छेउमा पाइप बिछ्याउने काम गर्थे। उनीहरुको शव नैनीतालस्थित सरकारी अस्पतालमा राखिएको…

Read More

धनगढीः सुदूरपश्चिम प्रदेशमा कांग्रेस र नागरिक उन्मुक्ति पार्टीका नेताहरूले सभामुख भीम भण्डारीलाई भेटेर छलफल गर्न पुगेका छन्। पछिल्लो राजनीतिक अवस्थाबारे सभामुख भण्डारीलाई कांग्रेस र नाउपाका सांसदले छलफल गर्न पुगेका हुन्। कांग्रेस प्रमुख सचेतक विक्रम धामीको नेतृत्वमा कांग्रेसका केही नेता र नाउपका संसदीय दलका नेता घनश्याम चौधरीको टोली सभामुख भण्डारीलाई भेट्न पुगेका हुन्। घनश्याम चौधरीलाई हिजै अध्यक्ष रन्जिता श्रेष्ठले दलको नेता बर्खास्त गरेकी थिइन्। श्रेष्ठले सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीलाई पत्र लेख्दै घनश्यामको जिम्मेवारी खोसेर कैलाश चौधरीलाई जिम्मेवारी दिएकी थिइन्। नाउपाकै एक सांसद इन्दिरा गिरी पनि हिजो पदमुक्त भएको छन्। आज दुवै जना सभामुख कक्षमा पुगेका छन्।

Read More