Author: महेन्द्रनगर पोष्ट

धनगढी: डडेल्धुराको परशुराम नगरपालिकाका हाकिम कुटिएका छन्। नगरपालिकाको कार्यपालिका बैठकमै प्रमुख प्रशासकिय अधिकृत कृष्णदेव जोशीमाथि कुटपिट भएको हो। कार्यपालिका सदस्यहरुले उनलाई कुटपिट गरेको बुझिएको छ। कार्यपालिकामा नेकपा माओवादी केन्द्रका बहुमत सदस्य रहेका छन्। टाउकोमा तीनवटा टाँका लाग्नेगरी कुटिएका अधिकृत जोशीको अहोले जोगबुढा अस्पतालमा उपचार भइरहेको छ। बैठकमा एजेन्डामाथि विवाद भएपछि घटना घटेको हो। नगरपालिकाका तत्कालीन योजना अधिकृत रहेका जोशीलाई मंसिर पहिलो साता प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको थियो।

Read More

धनगढी: चैतन्य पाठशालाले धनगढी खबरका सम्पादक हरि जोशी लाई सम्मान गरेको छ। नेपाल पत्रकार महासंघ सुदूर पश्चिम प्रदेश समितिका सचिव तथा धनगढी एफएमका कार्यकारी  निर्देशक समेत रहेका हरी जोशीलाई लाई चैतन्य बहुआयामिक युवा उत्प्रेरक सम्मान २०८० प्रदान गरेको हो। चैतन्य पाठशालाले सोमवार आयोजित २३ औं वार्षिकोत्सव समारोहमा पत्रकार जोशीलाई चैतन्य बहुआयामिक युवा उत्प्रेरक सम्मान २०८० प्रदान गरेको हो। प्रमुख अतिथि प्रदेश सभा सदस्य डा. तारा जोशी, बिशिष्ट अतिथि मदन पुरस्कार बिजेता महाकाव्यकार डा.नवराज लम्सालले कदर पत्र र दोसल्ला सहित रेडियो हरुको व्यवसायीक छाता सस्था ब्रोडकाष्ट्रीङ एसोसिएसन अफ नेपाल (बान) का केन्द्रिय कोषाध्यक्ष समेत रहेका पत्रकार जोशीलाई चैतन्य बहुआयामिक युवा उत्प्रेरक सम्मान…

Read More

काठमाडौ:प्रमुख सेनानीसहितका अधिकृतहरुलाई काज नियुक्ति (पदस्थापन) गरिएको छ । हिजोबाट लागु हुनेगरी झण्डै डेढ दर्जन अधिकृतको काज नियुक्ति गरिएको हो । जसअनुसार सैनिक प्रहरी गणका प्रमुख सेनानी दिनेश गौतमलाई नेपाली सैनिक वार कलेजमा लगिएको छ । मध्यपश्चिम पृतना हेडक्वार्टरका प्रमुख सेनानी सुभाषचन्द महत सैनिक कमाण्ड तथा स्टाफ कलेज पुगेका छन् । सेनानी विशालबहादुर शाहको अनुशासनहिनहरुलाई समातेर थुन्ने सैनिक प्रहरी गण (मिलिटरी पुलिस) मा पदस्थापन भएको छ । उनी गुणस्तर नियन्त्रण महाशाखामा कार्यरत थिए । नेपाली सैनिक प्रतिष्ठानका सहसेनानी भीमसेन देवकोटालाई सुरक्षा तथा समारोह व्यवस्था सचिवालय, प्रधानमन्त्रीको कार्यालय, भगवतीदल गणका सहसेनानी भीमबहादुर भुजेललाई सैनिक उच्च शिखर शिक्षालयमा लगिएको छ । गुरुबक्स गुल्मका सहसेनानी सरोज…

Read More

काठमाडौं:आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा भाग लिनका लागि २० वटा राजनीतिक दल दर्ता भएका छन् ।  आयोगका अनुसार प्रतिनिधिसभातर्फ २० र प्रदेशसभातर्फ १९ वटा राजनीतिक दल दर्ता भएका हुन् । दल दर्ताका लागि तोकेको हिजोसम्मको अवधिमा नेपाली कांग्रेस,नेकपा एमाले,नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी दर्ता भएको आयोगले जनाएको छ । त्यस्तै,नेपाल मजदुर किसान पार्टी, मंगोल नेशनल अर्गनाइजेशन,राष्ट्रिय जनमुक्ति पार्टी,जनमत पार्टी,संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च,नेपाली जनता दल, बहुजन शाक्ति पार्टी, नेशनल रिपब्लिक नेपाल, नेपाल समाजवादी पार्टी, राष्ट्रिय मातृभूमि पार्टी र राष्ट्रिय मुक्ति आन्दोलन नेपालले पनि उपनिर्वाचनमा सहभागी हुनका निम्ति…

Read More

बैतडी : बैतडीमा अवैध काठको गोलिया र ट्रकसहित एकजना पक्राउ परेका छन् । पञ्चेश्वर गाउँपालिका- २ घर भएका ४० वर्षका लक्ष्मण चन्द अवैध सालको काठ सहित पक्राउ परेका हुन । जिल्लाको मेलौली नगरपालिका-७ को हरिपुर बजारबाट चन्दसहित उनले चलाएको सु प प्र ०२ ००१ ख १२१८ नम्बर ट्रकसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता, प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए ।ट्रकमा ५ थान गोलिया ओसारीरहेको बुझिएको छ ।अवैध काठ ओसारपसार भइरहेको विशेष सूचनाको आधारमा चन्दलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक जोशीले बताए ।ट्रक र ५ थान सल्लाको गोलियासहित नियन्त्रणमा लिइएका चन्दलाई आवश्यक कार्वाहीका लागि सव डिभिजन वन कार्यालयमा बुझाइएको छ । …

Read More

धनगढी: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज कञ्चनपुर आउँदै छन्। नेकपा एमाले कञ्चनपुको जिल्ला अधिवेशन उद्घाटनका लागि ओली कञ्चनपुर आउन लागेका हुन। भीमदत्त नगरपालिका–४ महेन्द्रनगरस्थित संविधानचोकमा दिउँसो १ बजे जिल्ला अधिवेशन उद्घाटन गर्ने कार्यक्रम रहेको नेकपा एमाले कञ्चनपुरका सचिव पल्लवराज भट्टले जानकारी दिए। त्यसअघि एमाले अध्यक्ष ओली बिहान पौने ९ बजे कैलालीको धनगढी पुग्ने कार्यक्रम छ। उनले कञ्चनपुरका तीन ठाउँमा भवन उद्घाटन गर्ने कार्यक्रम छ। सुरुमा ओलीले कञ्चनपुरमा दोधारा चाँदनी नगरपालिका– ६ को वडा कार्यालय उद्घाटन गर्ने छन्। त्यसपछि दोधारा चाँदनीमा बन्ने सुक्खा बन्दरगाह निर्माणस्थलको अवलोकन गर्ने कार्यक्रम छ। त्यसपछि महेन्द्रनगरको मदन भण्डारी आधारभूत विद्यालयको भवन उद्घाटन गरेर ओली…

Read More

कैलाली ।कैलालीमा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ।जिल्लाको गोदावरी नगरपालिका-१ पदमा अस्पताल नजिक से १ च १५३९ नम्बरको महेन्द्रा बोलेरो जिपको ठक्करबाट  पैदल यात्री गोदावरी नगरपालिका-१ का ७० वर्षीय वासुदेव खरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ  ।ठक्करबाट गम्भीर घाइते भएका उनको पदमा अस्पताल अत्तरिया हुँदै सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए।

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीसँग मिलेर सरकार बनाउन आफू मुख्यमन्त्री छोड्नसम्म तयार रहेको बताएका छन् । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कांग्रेसका सांसदहरूलाई बोलाएर उनले यस्तो बताएका हुन् ।प्रमुख सचेतक विक्रमसिंह धामीले सांसदहरूलाई मुख्यमन्त्रीले बोलाएको खबर गरेका थिए । साँझ ५ बजेदेखि करिब २ घण्टा मुख्यमन्त्री कार्यालयमा शाहले आफ्ना सांसदहरूसँग सरकार अल्पमतमा परेको अवस्थाबारे ब्रिफिङ गरेका थिए । छलफलमा कांग्रेस प्रमुख सचेतक धामीसँगै आन्तरिक मामिला तथा कानूनमन्त्री शिवराज भट्ट, मानबहादुर रावल, प्रकाश बम, गीता चौधरी, तुलसी देवकोटा र मेघराज खड्का उपस्थित थिए । मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टीलाई ल्याउँदा पनि सरकार जोगिने सम्भावना कम रहेको…

Read More

धनगढी : बुधबार महेन्द्रनगरमा नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न भएको छ । बैठकमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र भारतको चम्पावत जिल्लाका सुरक्षा अधिकारीहरूको सहभागिता रहेको थियो । बैठकमा स्थानीय स्तरमा रहेका चासोका विषय र समस्याका विषयमा छलफल भएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जानकारी दिए । ‘विशेषगरी भारतमा हुने लोकसभा निर्वाचनको सुरक्षा व्यवस्था र अन्य विषयमा छलफल भएको छ’ प्रजिअ अधिकारीले भने । ‘लगत्तै हुने पूर्णागिरी मेला व्यवस्तित गर्ने विषयमा पनि दुबै पक्ष सहमत भएका छौं ।’ बैठकमा सीमा क्षेत्रमा हुने अपराधिक क्रियाकलाप र लागुऔषध नियन्त्रण लगायतका विषयमा दुबै देशका सुरक्षा अधिकारीहरू सहमत भएका छन् । भारतको चम्पावतका…

Read More