Author: महेन्द्रनगर पोष्ट

धनगढी: नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु कैलालीको अधिवेशन बैशाखमा हुने भएको छ। अनेरास्ववियुको जिल्ला अधिवेशन आगामी बैशाख २८ र २९ गते हुने भएको हो। आज (बिहीबार) बसेको अनेरास्ववियु कैलाली जिल्ला आयोजक कमिटीको निर्णयअनुसार अधिवेशन कैलालीको घोडाघोडी नगरपालिकास्थित सुखडमा हुने छ। अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिने प्रचार प्रसार समितिका संयोजक तथा कैलाली जिल्ला सह-संयोजक नितिश जोशीले बताए।

Read More

कञ्चनपुरः कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगरस्थित सिद्धबाबा मन्दिरमा दर्शनार्थीको भीड बढेको छ। मन्दिर बाहिर लहरै ठेला राखेर पसल थापिएका छन्। मन्दिर दर्शनका लागि पुगेका दर्शनार्थी कोही मन्दिरभित्र प्रवेश गरिररहेका छन्। कोही आफूलाई मनपर्ने सामान किन्न व्यापारीसँग मोलमोलाइ गरिरहेका भेटिन्छन्। पछिल्लो केही सातायता महेन्द्रनगरको सिद्धबाबा मन्दिरमा दर्शनार्थीको चहलपहल बढेको हो। हजारौँको सङ्ख्यामा दर्शनार्थी सिद्धबाबाको दर्शनका लागि आउँदा महेन्द्रनगर बजारमा पनि चहलपहल बढेको छ। पश्चिमी सीमानाका गड्डाचौकी हुँदै भारतीय दर्शनार्थी सिद्धबाबाको दर्शनका लागि आउने श्रद्धालुको भीडभाडले यहाँको व्यापार–व्यवसाय पनि बढेको हो। पछिल्लो समय गड्डाचौकीबाट महेन्द्रनगर बजारसम्मै श्रद्धालुको लस्कर देखिन्छ। नेपाल र भारतमा लाग्ने पूर्णागिरि मेलाले महेन्द्रनगरस्थित सिद्धबाबा मन्दिर दर्शनार्थी गुलजार बनेको छ। “अरु बेला…

Read More

धनगढी: थाइल्यान्डमा जार आइडब्ल्यूएफ वर्ल्ड कपमा नेपालका सागर भण्डारीले तीन नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन्। सागरले स्यान्चमा १३४, क्लिन एन्ड जर्कमा १७२ तथा कूलमा ३०६ केजीको नयाँ कीर्तिमान कायम गरेका हुन्। सागरले तीन वटैमा आफ्नौ नाममा रहेको कीर्तिमान सुधार गरे। यसअघि उनले क्लिन एन्ड जर्कमा १७१, स्न्याचमा १३३ र कूलमा ३०३ केजीको कीर्तिमान कायम गरेका थिए। यी कीर्तिमान उज्वेकिस्तामा भएको एसियाली सिनियर भारोत्तोलन च्याम्पियनसिप तथा चीनमा भएको एसियाली खेलकुदमा बनेका थिए।  कञ्चनपुरको महेन्द्रनगर घर भएका सागरले नेपालको ४४ वर्षको इतिहासमा भारोत्तलनमा सर्वाधिक भार उचाल्ने खेलाडीको रेकर्ड बनाएका हुन्। सागर अब ओलम्पिक खेल्ने सम्भावित खेलाडीको शिर्ष स्थानमा छन्।

Read More

धनगढी: सुदूरपश्चिमका तत्कालीन मुख्यमन्त्री कमल बहादुर शाहले राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया अन्योलमा परेको छ। अल्पमतमा परेका मुख्यमन्त्री शाहले केही समय अगाडि पदबाट राजीनामा दिएका थिए। उनको राजीनामापछि नेकपा माओवादी केन्द्रसहितको नयाँ सत्ता समीकरणले सुदूरपश्चिममा नयाँ सरकार गठनको कोर्स थालेको छ। जसमा निर्णायक मानिएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री माग गरेको छ। माग मात्रै होइन, केन्द्रिय सत्ता गठबन्धनमा मुख्यमन्त्री पाउने समझदारी नै बनेको नाउपाको दाबी छ। संघमा बनेको समीकरण अनुसार सुदूरपश्चिम प्रदेशमासमेत एमाले, माओवादी, नाउपा र एकीकृत समाजवादीको गठबन्धनलाई निरन्तरता दिएर आलोपालो सरकार सञ्चालन गर्ने समझदारी भएको बताइएको हो। नाउपाका केन्द्रीय सदस्य दामोदर पण्डितले सुदूरपश्चिम प्रदेशमा…

Read More

धनगढी: नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटिले विभिन्न २८ वटा विभाग गठन गर्दै जिम्मेवारी तोकेको छ। २४ चैतमा धनगढीमा सम्पन्न भएको बैठकले विभिन्न जिल्लाका ६ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्न सिफारिस समेत गरेको छ। बैठकले प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीलाई स्कुल विभागको प्रमुखको जिम्मेवारी दिएको छ भने उपाध्यक्ष कालीबहादुर शाहीलाई स्थानीय विकास विभागको जिम्मेवारी दिएको छ। सचिव रणबहादुर चन्द संगठन विभागको प्रमुख, उपसचिव भागरथी बिष्टलाई प्रचार तथा प्रकाशन विभाग, नरबहादुर विश्वकर्मालाई बित्त तथा कोष व्यवस्थाप विभाग, नेपालु चौधरीलाई निर्वाचन विभाग, जानकी ऐर बमलाई संसदीय विभाग, सुर्यबहादुर थापालाई उद्योग वाणिज्य तथा आपुर्ति विभागको प्रमुखकको जिम्मेवारी दिएको छ। यस्तै, झुमा चौधरीलाई उपभोक्ता हित संरक्षण…

Read More

धनगढी: अछाममा ट्याक्टर दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। जिल्लाको पञ्चदेवल विनायक नगरपालिकादेखि तोली जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा चालक बाजुराको बुढीगंगा नगरपालिकाका २५ वर्षीय महेश भारती र सहचालक पञ्चदेवल विनायक नगरपालिका–२ का २७ वर्षीय नेत्र विक घाइते भएका हुन्। बालुवा बोकेर विनायकबाट तोली जाँदै गरेको भे २ त १९८५ नम्बरको ट्याक्टर सडकबाट करिब २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। उनीहरूको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ।

Read More

धनगढीः कैलालीका विभिन्न ठाउँबाट भन्सार छलिको सामान बराद गरिएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका–४ बसपार्क, भजनी नगरपालिका–३ ठेकीपुल, भजनी–५ जुठाघाट, भजनी–६ थापापुर र भजनी–८ जनकपुरबाट भारतबाट भन्सार छलि गरेर ल्याएको सामान बरामद गरेको छ। भन्सार छलि गरेर ल्याएको अन्दाजी १ लाख ३१ हजार ८ सय मुल्य बराबरको प्याज, चिनी, मोबायलका विभिन्न सामान, बिडी, छिद्रा माछा लगायतका सामान बुधबार प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Read More

धनगढी: कञ्चनपुरमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका–१२ बसन्तपुरका अन्दाजी ६० वर्षीया अहिलादेबि बिष्टको बुधबार रुखबाट लडेर मृत्यु भएको हो। बिष्ट आफ्नै घर नजिकै रहेको कुसुमको रुखबाट घास काट्ने क्रममा लडेर गम्भीर घाईते भएकी थिइन्। गम्भिर घाईते भएकी बिष्टको उपचारको क्रममा धनगढीको निसर्ग अस्पतालमा गएराति दुई बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

Read More

धनगढी : भारतको उत्तराखण्डस्थित नैनीताल जिल्लाको बेतालघाटमा सोमबार राति सडक दुर्घटनामा परी ज्यान गुमाएका सात जना नेपालीको शव आज नेपाल ल्याइँदै छ। बुवाको शव बुझ्न नैनीताल पुगेका बाँके बैजनाथ गाउँपालिका–८ का प्रमोद थारुले मृतक सबैको शव परीक्षण अस्पतालले गरिसकेको बताए। प्रमोदले मृतकका केही आफन्तहरु शव लिन नैनीताल पुगेका बताए । “अस्पतालमा परीक्षणको सबै काम सकेर शव गाडीमा हाल्दैँ छौँ”, नैनीतालबाट प्रमोदले भने, “शवका लागि बरफको व्यवस्था नहुँदा हल्द्धानी पुगेर हाल्ने सल्लाह भएको छ।” पश्चिमी नाका गड्डाचौकी हुँदै शवहरु आज साझँसम्म नेपाल ल्याइदै छ। सवारी दुर्घटनामा परी मृत्यु हुनेमा बाँकेको बैजनाथ–८ का धिरज थारु, उदयराम थारु, विश्राम थारु, तिलकराम थारु, अन्तराम…

Read More

धनगढी : बझाङको बित्थडचिर गाउँपालिकामा दोस्रो कमल बोहरा स्मृति भलिबल तथा डेउडा प्रतियोगिताको सुरु भएको छ। नेकपा एमाले बित्थडचिर गाउँ कमिटीको आयोजनामा दोस्रो कमल स्मृति भलिबल तथा डेउडा प्रतियोगिता बुधबार बाट देउलेखमा सुरु भएको हो। प्रतियोगिताको उद्घाटन एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णप्रसाद जैसीले गरेको हुन। उद्घाटन समारोहका प्रमुख अतिथि जैसीले प्रतियोगिता आयोजकलाई धन्यवाद व्यक्त गरे । उनले सम्भव भएसम्म कमल स्मृती कोष स्थापना गरेर आगामी दिनहरुमा यस्तै रचनात्मक कार्यक्रमहरु आयोजना गर्न सुझाव दिए । साथै बित्थडचिरमा युवाहरुको खेलप्रतिको उत्साह देखेको बताउदै प्रतियोगिता सफलताको शुभकामना व्यक्त गरे । यस्तै कार्यक्रमका अध्यक्ष तथा एमाले बित्थडचिर गाउँपालिका अध्यक्ष दिपेन्द्र बोहराले एमालेको एक बृहत…

Read More