Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: नेपालमा सत्ता समीकरण फेरबदलबारे दुई ठूला दलबीच रस्साकस्सी भइरहेका बेला नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा बिरामी परेका छन्। स्रोतका अनुसार अस्वस्थ देउवा निवासमा आराम गरिरहेका छन्। उता नयाँ समीकरणमा जोडिएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने शीतल निवास पुगेका छन्। माओवादीलाई छोडेर काँग्रेससँग मिल्दै आफू प्रधानमन्त्री बन्ने लाइनमा गएका ओली मध्यरातमा राष्ट्रपति रामचन्द्र पौडेलसँग परामर्शका लागि त्यहीँ पुगेका हुन्। एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउने कुरामा दुई दलले करिब सहमति जुटाइसकेका छन्। त्यसका लागि उनले राष्टपतिसँग आवश्यक परामर्श गर्दैछन्। त्यसपछि मंगलबार नै नयाँ सरकारका लागि ठोस निर्णय लिइने बताइएको छ। नयाँ सरकार गठनका लागि दलका नेताहरूबीच बिहानसम्म हस्ताक्षर हुने…

Read More

काठमाडौँ: संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा एमालेबीच नयाँ सत्ता गठबन्धन गर्ने सहमति भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने र दोस्रो कार्यकाल शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको हो। सोमबार राति भएको सहमतिमा कुन पार्टीले कति मन्त्रालय लिनेदेखि प्रदेशमा कुन पार्टीले कति प्रदेश सरकारको नेतृत्व लिने भन्ने विषयमा पनि छन्। सहमतिको ड्राफ्ट तयार गर्ने एक नेताले दिएको जानकारी अनुसार ‘एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने र डेढ वर्षपछि देउवा प्रधानमन्त्री बन्ने’ पहिलो बुँदामा उल्लेख छ। ओली नेतृत्वको सरकारमा एमालेले अर्थ मन्त्रालयसहित ९ वटा मन्त्रालय…

Read More

काठमाडौं : नेपालको नयाँ समीकरणबारे छलफल जारी छ। आज (सोमबार) मध्यराति नेकपा एमाले-नेकपा माओवादी केन्द्रसहितको सत्ता समीकरण फुटेर नेपाली काँग्रेस र एमालेसहितको समीकरण बन्न लागेको हो। उच्च स्रोतका अनुसार अहिले नेकपा एमालेका नेताहरूसँग छलफल टुङ्ग्याएर नेपाली कांग्रेसका नेताहरू सभापति शेरबहादुर देउवा निवास पुगेका छन्। कांग्रेस र एमाले संविधान संशोधनलाई प्रमुख एजेन्डा बनाएर गठबन्धन गर्ने अन्तिम तयारीमा रहेको बताइन्छ। दुई दलबीच प्रदेशको समानुपातिक व्यवस्था खारेज गर्ने, संघमा पनि राष्ट्रियसभामा समानुपातिक व्यवस्था गर्ने प्रदेश प्रमुखलाई केन्द्रबाट तोक्ने, प्रदेशको संख्यामा पनि पुनरवलोकन गर्ने, राष्ट्रियसभा अध्यक्षको जिम्मेवारी उपराष्ट्रपतिलाई दिनेसहितका विषयमा सहमति खोज्ने प्रयास भइरहेको छ। स्रोतका अनुसार कार्यदलस्तरमा काम टुंगिसकेको छ। आजै कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीले समझदारीमा हस्ताक्षर…

Read More

काठमाडौं : धम्क्याएर व्यापारीसँग पैसा उठाएपछि नेपाल प्रहरीका पूर्वप्रहरी निरीक्षक गणेशमान श्रेष्ठ विराटनगरबाट पक्राउ परेका छन् । मोरङ प्रहरीका अनुसार विराटनगर महानगरपालिका–८ घर भएका पूर्वइन्सपेक्टर ५८ वर्षीय श्रेष्ठलाई सोमबार साँझ ५ बजे पक्राउ गरिएको हो । आफू ब्युरोको प्रहरी भएको बताउँदै धम्क्याएर व्यापारीसँग पैसा उठाउने क्रममा श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । आफू ब्युरोको प्रहरी भएको बताउँदै श्रेष्ठले पुरानो परिचयपत्र देखाएर विराटनगर–६ स्थित व्यापारी राजकुमार भगतको पसलमा छापा हानेका थिए । श्रेष्ठले डर त्रास देखाई व्यापारी भगतसँग पैसा लिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । भगतले १० हजार रुपैयाँ पैसा पूर्वइन्सपेक्टर श्रेष्ठलाई दिएको बताइएको छ । व्यापारीसँग पैसा लिएको…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशका प्रहरी वरिष्ठ उपरीक्षक दिल्लीराज विष्टको प्रमुख आतिथ्यमा सोमबार एक दिने सिसिटीभि संचालन तथा मर्मत सम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रहरी नायब उपरीक्षक, सिनियर तथा जुनियर प्रहरी अधिकृतहरू सहित विभिन्न तहका प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो। प्रमुख अतिथि दिल्लीराज विष्ट ज्युले बदलिँदो परिस्थितिमा सिसिटीभिको महत्व र आवश्यकताबारे निर्देशन दिएका थिए। अनुशिक्षण कार्यक्रममा कैलाली र कञ्चनपुर जिल्लाका सिसिटीभि मनिटरीङ्गमा रहेका प्रहरी कर्मचारीहरू सहभागी भएका थिए। सहभागीहरूमध्ये प्रहरी वरिष्ट हवल्दार २ जना, प्रहरी हवल्दार ८ जना, प्रहरी सहायक हवल्दार ३ जना र प्रहरी जवान ६ जना गरी जम्मा १९ जना रहेका छन्। यस अनुशिक्षण कार्यक्रमले सिसिटीभि संचालन…

Read More

धनगढी: कैलालीमा प्रहरीले नियन्त्रणमा लिएका सईमाथि थप कारबाही अगाडी बढाइएको छ। अस्ति कैलालीको टीकापुरस्थित प्रहरी चौकी सत्तीका ईन्चार्जसमेत रहेका सई अशोक खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। शनिबार बेलुका उनलाई नियन्त्रणमा लिइएकोमा अहिले उनको जिम्मेवारी खोसेर इलाका प्रहरी कार्यालय टीकापुरमै राखिएको र थप कारबाही अगाडि बढाइएको हो। प्रहरीले नियन्त्रणमा लिएपछि उनले ड्युटीमा रहेका बेला मापसे गरेको स्वास्थ्य जाँचका क्रममा पुष्टि भएको थियो। त्यसपछि कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी पदमबहादुर बिष्टले महेन्द्रनगरपोष्टलाई जानकारी दिए। खड्काले ड्युटीमै मदिरा सेवन गरेर लफडा गरेको गुनासोपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। सो समयमा उनी सादा पोसाकमै रहेको बताइन्छ।

Read More

काठमाडौं : रोल्पाको घर्तिगाउँबाट तालाबाङतर्फ गइरहेको लु १ ज ३२५२ नम्बरको यात्रुवाहक जीप बुढागाउँमा दुर्घटना हुँदा ११ जना यात्रु गम्भीर घाइते भएका छन् । अन्य केही घाइते यात्रुको उद्दार भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक रोहितकुमार शाहीले जनाएका छन् । उनका अनुसार अहिले घटनास्थलतर्फ घर्तीगाउँ प्रहरी चौकीको टोली पुगेको छ तर घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Read More

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ताप्लेजुङको फुङ्लिङ नगरपालिकाका सव–इन्जिनियर अख्तर हुसेनलाई घुससहति पक्राउ गरेको छ । अख्तियारको इटहरीबाट खटिई गएको टोलीले हुसेनलाई सेवाग्राहीबाट एक लाख रुपियाँ घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको हो । फुङलिङ नगरपालिका-४ न्यूरोड ट्याक्सी स्ट्यान्ड नजिकबाट उनलाई पक्राउ गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । उनले खेलकुद मैदान निर्माण कार्यमा सेवाग्राहीसँग एक लाख रुपियाँ घुस मागेको प्रवक्ता घिमिरेले बताए । उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

Read More

काठमाडौं : प्रधानमन्त्री पुष्पकल दाहाल ‘प्रचण्ड’ले समीकरण फेरिन हल्ला यथार्थ नभएको ब्रिफिङ गरेका छन् । सोमबारको मन्त्रिपरिषद् बैठकमा उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता सकारात्मक भएको बताएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्रीले यो गठबन्धन लामै समय जाने बताएको जानकारी दिइन् । “बाहिर असझदारी भए भन्ने चर्चा परिचर्चा, हल्ला छन् । ती सबै कुरा असत्य हुन् । त्यस्तो छैन । हाम्रो छलफल अत्यन्तै सकारात्मक ढंगले अघि बढिरहेको छ,” प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उनले भनिन्, “यो गठबन्धन लामै समय जाने स्थिति बनेको छ भनेर प्रधानमन्त्रीले ब्रिफिङ गर्नुभएको छ ।” उनले सरकार यसरी नजाओस् भन्नेहरूले गलत सूचना…

Read More

काठमाडौँ : अदालतले तपस्वी रामबहादुर बमजनलाई १० वर्ष कैदको फैसला सुनाएको छ। जिल्ला अदालत सर्लाहीले बाल यौन दुराचारको कसुरमा सोमबार यस्तो फैसला सुनाएको हो। जिल्ला न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले पीडितलाई पाँच लाख रुपैयाँ क्षतिपूर्ती भराउन समेत आदेश गरेको स्रेस्तेदार सदन अधिकारीले बताए। यसअघि भण्डारीकै इजलासले असार १० गते दोषी ठहर गर्दै सजाय निर्धारणका लागि आज सोमबारका लागि पेसी तोकेको थियो। बमजनलाई सीआईबीले २०८० पुस २४ गते काठमाडौँबाट पक्राउ गरेर कारबाहीका लागि सर्लाही पठाएको थियो। जिल्ला अदालत सर्लाहीले पुस २७ गते उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।

Read More