Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : पशुपति मन्दिरको भेटी चोरी आरोपमा पक्राउ परेका पाँच पुर्पक्षका लागि कारागार चलान भएका छन् । एक जना धरौटीमा छुटेका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश कपिमणि गौतमको इजलासले पाँच जनालाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो । अदालतको आदेशपछि चोरी आरोपमा पक्राउ परेका पशुपति क्षेत्र विकास कोषका नायब सुब्बा नवराज ढोडारी र मन्दिरका ब्राह्मण नवराज घिमिरेसहित सञ्जय कपाली, कुमार दमाई र अनिल परियार कारागार चलान भएका हुन् । त्यसैगरी सत्यनारायण जोशी भने रिहा भएका छन् । उनलाई ३ लाख धरौटीमा छाड्नु भन्ने आदेशपछि धरौटी तिरेर रिहा भएका छ्न ।

Read More

चितवन : गृहमन्त्री रवि लामिछानेले दर्जनभन्दा बढी सहकारी ठगीको आरोप लागेका जीबी राई मलेसियामा भएको पत्ता लागेको बताएका छन् । श्री एयरलाइन्सको परीक्षण उडानका लागि भरतपुर पुगेका लामिछानेले पत्रकारसँग कुराकानी गर्दै राईको लोकेसन पत्ता लागेको र उनलाई नेपाल ल्याउने विषयमा पहल थालिएको बताए । मन्त्री लामिछानेले राईको मलेसियास्थित लोकेसन कन्फर्म गरिएको दाबी गरे । उनले जिबि कहाँ छन् भन्ने कुरा जानकारी भइसकेको र मलेसियाका गृहमन्त्रीसँग पनि आफ्नो कुराकानी भएको बताएका छन । राई ग्लालेक्सी टिभीको अध्यक्ष रहँदा लामिछाने प्रवन्ध निर्देशक भएर काम गरेका थिए । सहकारी ठगीको मुद्दामा राईसँगै लामिछाने पनि आलोचित छन् ।

Read More

सर्लाही: बागमती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । केही गम्भीर घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गस्थित बागमती नगरपालिका-११, रायमाझी चोकमा रोकेर राखेको लरीमा यात्रीबाहक बस ठोक्किंदा रुपन्देहीको मायादेवी गाउँपालिका निवासी हरिबहादुर चौधरी, ८५ वर्षका दशरथ कोहार र ५० वर्षका रामकरण केवटको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Read More

कञ्चनपुरः कञ्चनपुरमा नहरको पानीमा डुबेर एक बालकको ज्यान गएको छ। भीमदत्त नगरपालिका–५ तिनतारा स्थित नहरमा डुबेर सोही ठाउँका १५ वर्षीय बालक अबिरल चन्दको बुधवार ज्यान गएको हो। बालक नहरको पानीमा पौडी खेल्ने क्रमामा डुबेर बेपत्ता भएका थिए। उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी टोली खटिइ खोजतलास गर्दा पौडी खेल्ने स्थानदेखि ६०० मिटर पुर्व मृत अवस्थामा फेला पारेको कञ्चनपुर प्रहरीले जनाएको छ।

Read More

काठमाडौँ । हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। हाल कोशी र मधेश प्रदेशमा पूर्णतया बदली, बाग्मती र गण्डकी प्रदेशमा साधारणतया बदली  तथा बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ। कोशी, बाग्मती र गण्डकी प्रदेशका थोरै तथा सुदूरपश्चिम  प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र…

Read More

काठमाडौं: आईसीसी टी–२० विश्वकपको सुपर ८ अर्थात दोस्रो चरणको पहिलो खेलमा अमेरिका दक्षिण अफ्रिकासँग १८ रनले पराजित भएको छ। दक्षिण अफ्रिकाले दिएको १९५ रनको लक्ष्य पछ्याएको अमेरिकाले ६ विकेटको क्षतिमा १७६ रन मात्र बनाउन सक्यो। अमेरिकाका लागि आन्द्रियस गोउसले सर्वाधिक ८० रन बनाए। दक्षिण अफ्रिकाका लागि कागिसो रबाडाले ३ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १९४ रन बनाएको थियो। दक्षिण अफ्रिकाका लागि क्वीन्टन डी ककले सर्वाधिक ७४ रन बनाएका थिए । अमेरिकाका लागि सौरभ नेत्रभाल्कर र हरमित सिंहले २–२ विकेट लिए ।

Read More

काठमाडौं: सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने भएका छ । आज प्रधानमन्त्रीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम प्रतिनिधिसभा सदस्यहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको संसद् सचिवालयले जनाकारी दिएको छ। बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरूले दिएका छन । आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने छ्न । त्यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सङ्घीय…

Read More

धनगढी: गोदावरी महानगरपालिकाले एकै एफएममा प्रकियाविपरीत झण्डै दुई लाख रकम खर्च गरेकाे छ। धनगढी उप-महानगरपालिकाका नगरप्रमुख गाेपाल हमाल (गोपी) सञ्चालक रहेकाे दिनेश एफएममा आर्थिक वर्ष २०७९/८० मा बिना कागजपत्र एक लाख ९७ हजार तीन सय ४५ रूपैयाँ भुक्तानी गरिएको पाइएको हाे। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३९ को उपनियम १० मा जिम्मेवार व्यक्तीले खर्च लेख्नुअघि त्यस्तो रकम खर्च गर्न वा भुक्तानी दिन आवश्यक विल भरपाई र कागजात संलग्न भए वा नभएको तथा संलग्न कागजात अनुसार भुक्तानी दिन रीत पुगे वा नपुगेको जाँच गर्नुपर्ने व्यवस्था छ। तर, दिनेश एफएम प्रालिलाई जनहीतमा जारी सूचना प्रसारण गरेवापत रू.१ लाख ९७…

Read More

धनगढी : दार्चुलाको एक विद्यालयमा विद्यार्थी बिना नै चार जना शिक्षक र कर्मचारीहरुले तलब भत्ता खाईरहकेका छन् । शैल्यशिखर नगरपालिका–८ मा रहेको लटिनाथ आधारभुत विद्यालयमा अहिले एक जनापनि विद्यार्थी छैनन् तर ७५ जना फर्जी विद्यार्थीको लिष्ट बनाई तलब भत्ता बुझ्दै आएको खुलेको हो । विद्यालय व्यवस्थापन समिति, शिक्षक र कर्मचारीहरुले फर्जी विद्यार्थीको लिष्ट बनाएर आर्थिक अनियमितता गरेको आरोप लागेको छ। विगत दुई वर्षदेखि विद्यार्थी नभएको उक्त विद्यालयमा कर्मचारीहरु आर्थिक लाभ लिइरहेको स्थानीयवासी राजेन्द्र पन्तले बताए। विद्यालयमा विद्यार्थी संख्या नभए पनि चार जना कर्मचारी राखिएको र तलब, दिवाखाजा, छात्रवृत्ती जस्ता सेवा सुविधाहरू लिइरहेको पन्तको आरोप छ। यस विषयमा वडा अध्यक्ष केशव…

Read More

काठमाडौँ : नेपाली सेनाका महासेनानी (कर्णेल) दिरेन्द्रकुमार मल्ललाई नेपाली सेनाको समरी सैनिक जनरल अदालतले सेवाबाट बर्खास्त गरेको छ। मल्लको शैक्षिक कागजपत्रमा मितिको कैफियत देखिएपछि सैनिक अदालतले मंगलबार भविष्यको लागि अयोग्न नठहरिने गरी सेवाबाट अगल गरिने फैसला गरेको हो। सैनिक प्रवक्ता गौरब केसीका अनुसार सैनिक अदालतले सेवाबाट अलग हुने र भविष्यका लागि अयोग्य नठहरिने गरी फैसला गरेको छ। उनी न्युयोर्क स्थित नेपाली नियोगमा संयुक्त राष्ट्र संघको लागि सैनिक सहचारीको रूपमा कार्यरत थिए। केसीका अनुसार महासेनानी मल्ल कार्यरत रहेको न्युयोर्कस्थित नेपाली नियोगमा नयाँ सैनिक अधिकारीलाई पठाउने कार्य अघि बढिसकेको छ। हिरासतमा राखेर अनुसन्धान गरेपछि सेनाले उनीविरुद्ध सैनिक अदालतमा मुद्दा चलाएको सैनिक अधिकारीले…

Read More