Author: महेन्द्रनगर पोष्ट

धनगढी : कञ्चनपुरमा रेष्टुरेन्ट सञ्चालकसहित ११ जना जुवाडे पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका—६ ऐठपुर बस्ने ४६ वर्षीय लालबहादुर सिंहले सोही ठाँउमा सञ्चालन गरेको कालिका रेष्टुरेन्टबाट सिंहसहित ११ जना जुवाडे पक्राउ परेका हुन् । उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा ५७ हजार ३२९ नगद र १३१ पत्ति ताससहित पक्राउ गरेको प्रहीले बताएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको प्रदेश प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं : नेपाल प्रहरीका एआइजीहरुको सरुवा र पदस्थापनको तयारी थालिएको छ। स्रोतका अनुसार सम्भवतः आजै मन्त्रीपरिषद्ले एआइजीहरुको सरुवा तथा पदस्थापनको निर्णय गर्ने जनाइएको छ। स्रोतको भनाई अनुसार सरकारले प्रहरी प्रधान कार्यालयका केही एआइजीको सरुवा गर्दै एकेडेमी र प्रधान कार्यालयमै नयाँ एआइजीको पदस्थापनको तयारी गरेको छ। अस्तीमात्रै बढुवा भएका एआइजीद्वयको पदस्थापन आजै हुनसक्ने बताइएको छ। हालै एआईजीद्वय सन्दीप भण्डारी र मिरा चौधरीले उमेरहदका कारण अवकाश पाएपछि रिक्त एआईजी पदमा दुई डीआईजी उमेश जोशी र भीम ढकालको बढुवा सिफारिस भएको थियो। उता प्रहरीका चिफ बसन्त बहादुर कुँवर भने फ्रान्समा छन्। उनी पनि आजै नेपाल फर्किने कार्यक्रम छ।

Read More

प्रहरीको साइबर ब्यूरोले कथितरुपमा अनुसन्धानका लागि भनेर अनावश्यक यातना दिएपछि जाजरकोटका गणेशमान सिंहले ‘औषधि’ सेवन गरेको बताएका छन् । वैशाख १२ मा औषधि सेवन गरेपछि उनलाई वीर अस्पताल लगिएको थियो । अहिले उनको कीर्तिपुर अस्पतालमा आईसीयूमा राखेर उपचार हुँदै छ । गृहमन्त्रीको फेसबुक पेजमा ‘सहकारी ठग’ भनेर कमेन्ट गरेपछि आफूलाई ब्यूरोका अनुसन्धान अधिकृतहरूले जेल हाल्ने धम्की दिएको सिंहले जिकिर गरेका छन् । फेसबुकमा सञ्चार भएको भिडियोमा उनले धम्की दिएपछि मैले औषधि सेवन गरेँको बताएका छन । सिंहले प्यारासिटामोल खाएको मेडिकल रिपोर्टबाट देखिएको छ । कीर्तिपुर अस्पतालस्थित आईसीयू कक्षका एक जना स्वास्थ्य अधिकृतले उनले एकैपटक अत्यधिक प्यासासिटामोल खाएको बताए।’ उनका अनुसार…

Read More

धनगढी: जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) इश्वर थापा दिउँसो-दिउँसो स्पा (मसाज सेन्टरमा) जाने गरेको भेटिएको छ। स्रोतका अनुसार अस्ती मंगलबारमात्रै दिउँसो इन्सपेक्टर थापा महेन्द्रनगरस्थित कोहीनुर स्पामा प्रकट भएका थिए। यतिमात्र होईन, थापा सदाजसो सादा पोसाकमा स्पातिर जाने गरेका छन्। उनलाई स्थानीयले त्यहाँ छापा हान्न आएको हुनसक्ने सोचेपनी उनी त्यहाँ छापा हान्न नगएको बुझिएको छ। स्पास्रोतका अनुसार उनले मसाज गराउन आउने जाने गरेको बताइन्छ। तर, यता इन्सपेक्टर थापाले भने आफू निरीक्षणमा जाँचबुझका लागि त्यहाँ गएको बताएका छन्। आजकल हप्ताहप्तामा सादा पोसाकमा आफू महेन्द्रनगरका स्पामा अनुगमनका क्रममा पुगिरहेको उनको भनाई छ। तर, उता डीएसपी उमेशराज जोशीले भने हाल स्पामा…

Read More

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्वाचन आयोगसँग राजनीतिक दलका कार्यकारिणी समितिको विवरण माग गरेको छ । निर्वाचन आयोगबाट विवरण प्राप्त भएपछि मन्त्रालयले आफूसँग भएको शिक्षक, कर्मचारीहरूको विवरण र राजनीतिक दलका कार्यकारिणी समितिका पदाधिकारीहरूको विवरण भिडाएर हेर्नेछ। त्यसक्रममा शिक्षक, कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिमा बसेको पाइएमा शिक्षा ऐनअनुसार पदबाट हटाउनेसम्मको कारबाही प्रक्रिया अघि बढ्नेछ। शिक्षकहरू दलको सक्रिय सदस्य रहेको, विभिन्न कार्यसमितिमा रहको र महाधिवेशन प्रतिनिधि बनेको जस्ता उजुरी तथा गुनासो मन्त्रालयमा प्राप्त भएका छन्। मन्त्रालयले केही दिनअघि मात्रै दलमा आबद्ध शिक्षकरकर्मचारीलाई कारबाही गर्न जिल्लास्थित सबै शिक्षा विकास तथा समन्वय इकाइलाई पत्र पठाइसकेको छ। कतिपय जिल्ला इकाइले कारबाही पनि अघि…

Read More

काठमाडौं : इन्टरपोलबाट रेड नोटिस जारी भएका एक व्यक्ति यूएईबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाँके खजुरा गाउँपालिका, २ सीतापुरका कमल विश्वकर्मा रहेका छन् । उनी वैदेशिक रोजगार कसुर मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति हुन् । एनसीबी आबुधावी यूएईको समन्वयमा विश्वकर्मालाई यूएईमा पक्राउ गरिएको हो । उनलाई कारबाहीका लागि बुधबार नेपाल ल्याइएको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौँ : नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहितले दायर गरेको रिट निवेदनमाथि सुनुवाइका लागि सर्वोच्च अदालतमा बिहीबार पेसी तोकिएको छ । रायमाझीसहित टेकनारायण पाण्डे, आङटावा शेर्पा, शमशेर मिया, केशवप्रसाद दुलाल, सन्देश शर्मा, गोविन्द कुमार चौधरी, सागर राई, डा। इन्द्रजित राई, सानु भण्डारीसहितले रिट निवेदन दिएका हुन् । न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासमा रहेको सो मुद्दा चैत २५ देखि ‘हेर्दाहेर्दै’ मा छ । उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि रायमाझीसहितका प्रतिवादीहरूले सर्वोच्च अदालतमा पुनरावेदन गरेका हुन् ।

Read More

काठमाडौं: दिपक लामिछानेले तत्कालीन गृहमन्त्री तथा हालका उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजीसँग बार्गेनिङ नगरेको दाबी गरेका छन्। उनले महेन्द्रनगरपोष्टको समाचारमा ध्यानाकर्षण भएको भन्दै आफूले बार्गेनिङ नगरेको र जानुका पाठक उर्फ ‘शोभा’सँग आफ्नो कुनै लेनदेन तथा बार्गेनिङको योजना नबनेको दाबी गरेका हुन्। यस्तै लामिछानेले शोभासँग आफ्नो नातागत सम्बन्धबाहेन अन्यथ्या नभएको प्रष्ट पारेका छन्। शोभा उनै महिला हुन्, जो पछिल्लोसमय एकपछि अर्को व्यक्तिसँग विवादित सम्बन्धका कारण नाम जोडिदै चर्चामा आएकी थिइन्। धादिङ जिल्ला ज्वालामुखी गाउँपालिका-७ स्थायी घर भएकी ‘शोभा’ले गरेका बार्गेनिङ प्लानसहितका विभिन्न विषयवस्तुहरु महेन्द्रनगरपोष्टले निरन्तर फ्लोअप गर्दै आएको छ। सोही क्रममा केही समय अगाडि महेन्द्रनगरपोष्टले शोभाको समूह अर्थात् उनका आफ्नै (बहिनी…

Read More

काठमाडौं : वेस्ट इन्डिजको एसँगको पाँच खेलको टी–ट्वेन्टी सिरिजका लागि नेपाली टोलीको नेपाल क्रिकेट सं‌घ क्यानले घोषणा गरेको छ। क्यानले आज रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टिमको घोषणा गरेको हो। नेपालको टिममा कप्तान रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, अनिल साह, कुशल मल्ल, सन्दीप जोरा, गुल्सन झा, करण केसी, प्रतिश जिसी, विवेक यादव, अभिनास बोहरा, सोमपाल कामी, ललित राजवंशी, आरिफ शेख र आकश चन्द छन्। सिरिज आउँदो शनिबारदेखि बैशाख २२ गतेसम्म हुनेछ। पाँच खेलको टी९ट्वेन्टी सिरिजका लागि वेस्ट इन्डिजको ए टोली पनि बुधबार नेपाल आइपुगेको छ। वेस्ट इन्डिजले सन् २०१६ को टी–ट्वेन्टी विश्वकप जित्दा टिममा रहेका तीन खेलाडी…

Read More

काठमाण्डौ  : नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री एवम् नेकपा एमालेका पूर्व अध्यक्ष मनमोहन अधिकारीको आज २५ औँ स्मृति दिवस । उहाँको स्मृतिमा एमालेले विभिन्न कार्यक्रम गर्दैछ । वि.सं.१९७८ सालमा काठमाण्डौमा जन्मनुभएका अधिकारीको २०५६ साल वैशाख १३ गते निधन भएको थियो । अधिकारी २०५१ सालमा देशको पहिलो कम्युनिष्ट प्रधानमन्त्री बन्नुभएको थियो । अधिकारी नेतृत्वको सरकारले नै बृद्धभत्ता वितरण गर्न शुरु गरेको थियो । एक सय रुपैयाँबाट शुरु भएको बृद्ध भत्ता अहिले चार हजार रूपैयाँ पुगेको छ । नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनको पहिलो पुस्ताका व्यक्तित्व रुपमा मनमोहनलाई चिनिन्छ । अङ्ग्रेजविरूद्धको भारतीय स्वतन्त्रता सङ्ग्राममा समेत भाग लिएका अधिकारीले २००३ सालमा विराटनगरमा भएको ऐतिहासिक मजदुर आन्दोलनको नेतृत्व…

Read More