Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी कमिटी सदस्य समेत रहेका प्रदेश सांसद खगराज भट्टलाई मुख्यमन्त्री बनाउने गरी नेतृत्व परिवर्तन गर्ने भनेर गरेको प्रस्तावप्रति माओवादीमा ‘मतभेद’ देखिएको छ। आज (मंगलबार)को बैठकमा प्रचण्डको उक्त प्रस्तावप्रति नेताहरूबिच मतभेद देखिएपछि अर्को दिन निर्णय गर्ने भन्दै बैठक नै स्थगित हुन पुगेको हो। बैठकमा अध्यक्ष प्रचण्डले भट्टलाई आगामी दिनमा मुख्यमन्त्रीसमेत बनाउने गरी कांग्रेससँग छलफल गर्ने भनेर प्रस्ताव गरेका थिए। तर, प्रचण्डको उक्त प्रस्तावप्रति नेताहरू चक्रपाणि खनाल, जनार्दन शर्मा र देवेन्द्र पौडेल लगायतले असहमति जनाए। खनाल, शर्मा र पौडेलले गलत ढंगले नेतृत्व परिवर्तन गर्न जायज नहुने धारणा राखेका थिए। ‘सुदुरपश्चिममा यसअघि भर्खर नेतृत्व परिवर्तन…

Read More

काठमाडौं : नेकपा माओवादी केन्द्रले प्रदेश इन्चार्जहरूको जिम्मेवारी हेरफेर गरेको छ। मंगलबार बसेको स्थायी समिति बैठकले सबै प्रदेशका इन्चार्जहरूको जिम्मेवारी हेरफेर गरेको हो। कोशीमा हरिबोल गजुरेल, मधेशमा लीलामणि पोखरेल, बागमतीमा अग्नि सापकोटा, गण्डकीमा दीनानाथ शर्मा, लुम्बिनीमा चन्द्रप्रकाश खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा गिरिराजमणि पोखरेललाई जिम्मेवारी तोकिएको छ। यस्तै, प्रवास अन्तर्गत मध्यपूर्व ब्यूरोको इन्चार्जमा पम्फा भुसाल, भारतमा मातृका यादव र युरोपमा राम कार्कीलाई जिम्मेवारी दिइएको छ। विशेष प्रदेशमा हितमान शाक्य र सम्पर्क समन्वय कमिटीमा देव गुरुङलाई जिम्मेवारी दिएको छ। पार्टी सचिव गणेश साहका अनुसार कार्यविभाजन मंगलबार बसेको बैठकले टुंग्याएको र बाँकी विषयमा छलफल गर्न बुधबार पनि बैठक बस्नेछ।

Read More

काठमाडौं : टी- २० त्रिकोणात्मक सिरिजमा नेपाललाई छैठौं झट्का लागेको छ।  नेपालले छैठौं विकेटका रूपमा सन्दिप जोरालाई गुमाएको हो। उनी ५ रन बनाएर आउट भए। नेपालले पाँचौ विकेटका रूपमा गुल्सन झालाई गुमाएको थियो। उनी १२ रन बनाएर आउट भए। यसअघि कुशल मल्ल ३२, कप्तान रोहित पाैडेल ४२आउट, आशिफ शेख ६ र कुशल भुर्तेल शून्यमा आउट भएका थिए। नेपालले जितका लागि २०७ रनको विशाल लक्ष्य पाएको छ।

Read More

काठमाडौं : दार्चुला अस्पतालमा कार्यरत सिनियर अनमी बबिता विष्टलाई यस वर्षको उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार प्रदान गरिएको छ। स्वास्थ्य सेवा दिवसको अवसरमा मंगलबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गरेको कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत र स्वास्थ्य सचिव डा रोशन पोखरेलले विष्टलाई एक लाख नगद पुरस्कार सहित उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार प्रदान गरेका हुन्। बबिता सिनियर अनमी छैटौँ तहमा कार्यरत छिन्।

Read More

काठमाडौं : टी- २० त्रिकोणात्मक सिरिजमा नेपाललाई चाैथो झट्का लागेको छ।  कुशल मल्ल ३२ रन बनाएर आउट भएका छन्। यसअघि नेपालका लागि ४२ रन बनाएर कप्तान रोहित पाैडेल आउट भएका थिए। यसअघि ६ रन बनाएर आशिफ शेख आउट भएका थिए। भने कुशल भुर्तेल शून्यमा आउट भएका थिए। नेपालले जितका लागि २०७ रनको विशाल लक्ष्य पाएको छ।

Read More

काठमाडौं : टी- २० त्रिकोणात्मक सिरिजमा नेपाललाई तेस्रो झट्का लागेको छ।  ४२ रन बनाएर कप्तान रोहित पाैडेल आउट भएका छन्। यसअघि ६ रन बनाएर आशिफ शेख आउट भएका थिए। भने कुशल भुर्तेल शून्यमा आउट भएका थिए। नेपालले जितका लागि २०७ रनको विशाल लक्ष्य पाएको छ।

Read More

काठमाडौं : टी- २० त्रिकोणात्मक सिरिजमा नेपाललाई दोस्रो झट्का लागेको छ।  ६ रन बनाएर आशिफ शेख आउट भएका हुन्।  यसअघि कुशल भुर्तेल शून्यमा आउट भएका थिए। नेपालले जितका लागि २०७ रनको विशाल लक्ष्य पाएको छ।

Read More

काठमाडौँं : त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको आफ्नो पहिलो खेलमा नामिबियाले दिएको दुई सय सात रनको विशाल लक्ष्य पछ्याएको घरेलु टोली नेपालले पहिलो ओभरमै विकेट गुमाएको छ। नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल खाता खोल्नुअघि नै पेभेलियन फर्किएका हुन्। उनलाई नामिबियाका बलर रुबेन ट्रम्पलम्यानले एलबीडब्लूको धरापमा पारेका हुन्। उनी पहिलो ओभरको पहिलो बलमै आउट भएका थिए।

Read More

काठमाडौं :  त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो पहिलो खेलमा नामिबियालाई हराउन नेपालले २०७ रन बनाउनु पर्ने भएको छ। कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निणर्य लिएको नामिबियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर दुई सय ६ रन बनाएको हो।

Read More

काठमाडौं : नामिबियाका निकोल लोफ्टी-इटनले टी-२० आई क्रिकेटमा कुशल मल्लको कीर्तिमान तोडेका छन् । त्रिवि क्रिकेट मैदान कीर्तपुरमा ३३ बलमा शतक पूरा गर्दै निकोलले कुशलको कीर्तिमान तोडेका हुन्। कुशलले चीनमा मंगोलियाविरुद्ध ३४ बलमा शतक पूरा गरेका थिए। निकोलले ११ चौका र ८ छक्काको मद्दमा ३३ बलमा शतक पूरा गरेका हुन्।

Read More