धनगढीः कैलालीमा मोटरसाइकलको ठक्करबाट एक जना घाइते भएका छन्। जिल्लाको गौरीगंगा नगरपालिका–१ मोहन्याल मन्दिर स्थित पश्चिमबाट पूर्वतर्फ जादै गरेको से२प २७५९ नम्बरको मोटरसाइकलको ठक्करबाट एक जना किशोर घाइते भएका छन्। घाइते हुनेमा गौरीगंगाका १५ पर्षीय चन्द्र घर्तीमगर रहेका छन्। उनको स्थानीय डिके मेमोरियल अस्पताल चौमालामा उपचार भइरहेको प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले जनाएको छ। मोटरसाइकल चालक घोडाघोडी नगरपालिका–१ का १९ वर्षीय आशिष चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
Author: महेन्द्रनगर पोष्ट
धनगढी: धनगढीबाट बैतडी घर भएका एक किशोर बेपत्ता भएका छन्। अस्तिबाट बैतडीको सिगास गाउँपालिका-९ घर भएर धनगढी बस्दै आएका १६ वर्षीय सुरेन्द्र धामी बेपत्ता भएका हुन्। उनकी दिदी लक्ष्मीका अनुसार सुरेन्द्र २ दिनदेखि कोठामा नआएपछि प्रहरीकोमा जानकारी गराएको र कैलाली प्रहरीले अहिले खोजी थालेको छ। धामी आफ्नी दिदीसँग कोठा भाडामा लिएर बस्दै आएका थिए। उनी धनगढीकै शारदा माविमा अध्ययनरत थिए। यस्तै उनलाई देख्नु, भेट्नुहुनेलाई प्रहरीलाई खबर गर्न आग्रह गरिएको छ।
धनगढी : सुदूरपश्चिम प्रदेश स्वास्थ्य महिला तथा बालबालिका मन्त्री ओमविक्रम भाट सरलले निरोगी हुनका लागि खोप अपरिहार्य रहेको बताएका छन् । आइतबार धनगढीमा जिल्ला खोप समन्वय समिति र स्वास्थ्य कार्यालय कैलाली आयोजनामा गरिएको खोप सुनिश्चितता जिल्ला घोषणा कार्यक्रममा मन्त्री भाटले सो कुरा बताएका हुन् । कार्यक्रमा प्रमुख अतिथि रहेका मन्त्री भाटले खोपलाई सबैले प्राथमिकता राख्नुपर्ने सुझाए। आफ्नो प्रयास प्रदेशको स्वास्थ्यमा सुधार गर्नमा रहेको उनले बताए। प्रदेशको स्वास्थ्य सुधार गर्नका लागि आगामि आर्थिक बर्षको बजेटमा स्वास्थ्यलाई प्राथमिकता दिएको उनको भनाइ रहेको थियो। स्वस्थ रहनको लागि मानिसले एक घण्टा भए पनि समय दिनुपर्ने उनले सुझाए। उनले समय–समयमा परिवर्तन हुने नेतृत्वले गर्दा पनि…
काठमाडौं : त्रिशूली नदीमा आइतबार थप चारवटा शव फेला परेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ७ गण्डक नहरमा दुई, पश्चिम नवलपरासीको सुस्तामा एक र भरतपुर महानगरपालिका २६ सिसुवामा एउटा शव फेला परेको हो । शवको सनाखत हुन बाँकी रहेको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले जानकारी गराएका छन् । यसअघि पाँच शव फेला परेको थियो । नदी किनारका विभिन्न स्थानमा भेटिएका पाँचवटै शवको सनाखत भइसकेको छ । शुक्रबार बिहान करिब ३ बजेतिर सिमलतामा लेदो सहितको पहिरोले दुईवटा बसलाई बगाएको थियो । ६५ यात्रु रहेको दुई गाडीमध्ये ३ जना पौडिएर किनारामा निस्किएका थिए…
काठमाडौं : प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त भएका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । ओलीले एमालेका साथै नेपाली कांग्रेसलगायत दलको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए । शुक्रबारको प्रतिनिधि सभा बैठकमा पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएपछि सोही दिन राष्ट्रपति पौडेलले धारा ७६(२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए । राष्ट्रपतिको आह्वान लगत्तै ओलीले दाबी पेस गरेका थिए । प्रधानमन्त्री नियुक्त भएका ओलीको भोलि बिहान ११ बजे शपथको कार्यक्रम तय भएको छ ।
काठमाडौं : गृहसचिव एकनारायण अर्यालय, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले सिमलतालमा गएको पहिरोले दुई बस बगाएको क्षेत्रको स्थलगत अवलोकन गरेका छन् । स्थलगत अवलोकनमा गृहसचिव अर्याल, महानिरीक्षक कुँवरलगायत सुरक्षा निकायका प्रमुखहरू, राष्ट्रिय विपद् न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका पदाधिकारी, विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका सह-सचिव तथा वरिष्ठ प्रहरी अधिकृतको उपस्थित रहेका थिए । शुक्रबार बिहान गएको पहिरोले दुई यात्रूबाहक बस बगाएर बेपत्ता बनाएपछि अहिलेसम्म बस फेला पर्न सकेका छैनन् । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले त्रिशुली नदीमा खोजी कार्य जारी रहेको छ । दुवै बसमा रहेका ६५ यात्रु मध्ये तीन जना सकुशल रहेपनि ६२ जनाको अवस्था अहिलेसम्म अज्ञात रहेको…
काठमाडौं : कामचलाउ सरकारका गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेले आफू सरकारमा नरहे पनि गृह मन्त्रालयको कामकारवाहीलाई नजिकबाट नियालिरहने बताएका छन् । आज मन्त्रालयमा पत्रकार सम्मेलन गरेर उनले सरकार परिवर्तनसँगै अपराध अनुसन्धानमा प्रभाव पर्नसक्ने आशंकासमेत गरे । गृहसचिव र तीन वटै प्रहरी संगठनका प्रमुखहरुलाई अगाडि राखेर उनले नक्कली शरणार्थी प्रकरणका आरोपित बेचन झाको बयान,जिबी राई पक्राउ सम्बन्धमा भएको प्रगतिलगायत अन्य विषयको अनुसन्धानमा हात नकमाउन आग्रह गरे । यी सबै कुरा प्रतिपक्षमा बसेर नियालिरहने लामिछानेले बताएका छन् । राजनीतिमा नयाँ पुस्ता आइसकेको उल्लेख गर्दै उनले अहिले जसरी चलेको छ, त्यसरी चल्दैन भन्ने कुरा महसुस गर्न सुरक्षा निकायका प्रमुखलाई अनुरोध पनि गरे…
काठमाडौं : नेपालको जासुसी संस्था राष्ट्रिय अनुसन्धान विभागका चिफ हुतराज थापासँग काठमाडौंमा केही युवाको विवाद भएको बताइएको छ। हिजो बेलुकी दरबारमार्गको शेर्पा मल छिरेका थापाको त्यहाँ विवाद भएको बताइएको हो। मलभित्र थापा केही युवाबीच खानपिनको क्रममा भनाभन भएको स्रोतको दाबी छ। स्रोतका अनुसार बिदा मनाउन भन्दै थापा पूर्वयोजना बमोजिम हिजो साँझ दरबारमार्गको शेर्पा मलभित्र पुगेका थिए। सोही क्रममा त्यहाँ पूर्व सभामुख कृष्णबहादुर महराका छोरा एटम (निर्मल)सँग कुराकानी गर्दैगर्दा थापासँग मलभित्रको रेष्टुरेन्टमा एटमका साथीहरु अनिल र अविनाश पनि पुगेका थिए। सोही समयमा उनीहरूको थापासँग विवाद भएको बुझिएको छ। उक्त घटनापछि थापा रेष्टुरेन्टबाट बाहिरिएका थिए। हुतराजको एटमसँग निकै बाक्लो उठबस रहेको बताइन्छ।…
धनगढी : कैलालीको अत्तरिया क्षेत्रका विभिन्न होटलहरूमा अनैतिक क्रियाकलाप भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले छापा मारी ५ जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान शाखाबाट खटिएको विशेष टोलीले २९ गते साँझ डोटी जोरायल थापा होटल र मष्टामण्डाली सुदूर पश्चिम होटलमा छापा मारेको थियो। छापाको क्रममा डोटी जोरायल थापा होटलबाट एक जोडी पुरुष र महिला तथा मष्टामण्डाली सुदूर पश्चिम होटलबाट अर्को जोडी पुरुष र महिला पक्राउ परेका छन्। साथै, होटल संचालक समेत पक्राउ परेका छन्। प्रहरीका अनुसार पक्राउ परेका ५ जनामध्ये दुई जोडी अनैतिक क्रियाकलापमा संलग्न रहेका थिए भने एक जना होटल संचालक हुन्। पक्राउ परेकाहरूमाथि थप…
धनगढीः कैलालीको अत्तरियामा सवारी दुर्घटना भएको छ। बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा सशस्त्र प्रहरीका २ जनासहित ५ जना घाइते भएका छन्। शनिवार साँझ अत्तरिया–धनगढी ६ लेन सडक खण्ड अन्तरगत सब्जी मन्डी अगाडी भएको दुर्घटनामा मोटरसाइकलमा सवार २ जना सशस्त्र प्रहरी र बसमा सवार ३ जना घाइते भएका छन्। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार धनगढीबाट अत्तरियातर्फ आइरहेको से १ ख ९१५ नम्बरको बसले सडक क्रस गरिरहेको सुदूरपश्चिम प्रदेश ०१०१० प ८६३० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक डडेल्धुराको अजयमेरु गाउँपालिका–२ का ३० वर्षीय सशस्त्र प्रहरी सहायक हवल्दार सुरत ऐर र २८ वर्षीय सशस्त्र प्रहरी जवान निलम बोहरा…