Author: महेन्द्रनगर पोष्ट

काठ्माडौं : नेपाल प्रहरीको डीएसपीबाट एसपीमा बढुवा भएका अधिकारीलाई आज दर्ज्यानी चिह्न प्रदान गरिएको छ । प्रहरी महानिरीक्षक (आइजीपी) बसन्तबहादुर कुँवर तथा प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले उनीहरुलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । गृह मन्त्रालयको सचिवस्तर निर्णयले यही चैत २१ मा उनीहरुको बढुवा गरिएको थियो । दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका ढकेन्द्र खतिवडा, अंगुर जिसी, यादब ढकाल, सन्तोष तामाङ्ग, श्याम बाबु ओलिया, निरन्जन दत्त भट्ट, राजन लिम्बु, बिनोद घिमिरे र प्राविधिकतर्फका कमला लामा रहेका छन् । यसै गरी प्रावधिकतर्फ प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति भएका लक्ष्मी थापा, नितिन लाखे, चेत…

Read More

धनगढी : आगामी १५ वैशाखमा बझाङको प्रदेश सभा–१ मा उपनिर्वाचन हुँदै छ । गत ५ असारमा सवारी दुर्घटनामा परी सो क्षेत्रबाट निर्वाचित नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । ४ मंसिर २०७९ मा भएको निर्वाचनमा कांग्रेसका सिंह विजयी भएका थिए । उनले १७ हजार ११२ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका उम्मेदवार अफिलाल ओखेडा १३ हजार ३३६ मतमा रोकिएका थिए । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल कर्णबहादुर खड्काले ४२६ भोट ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका हरिलाल भट्टराईले ४०४ मत ल्याएका थिए । उपनिर्वाचनको मिति नजिकिएसँगै चुनावी सरगर्मी बढेको छ । मुख्य प्रतिस्पर्धी दलहरूले उम्मेदवारको टुंगो लगाइसकेका…

Read More

धनगढी: कैलालीको धनगढीमा आधा करोड बढीका अवैध कपडा बरामद गरिएको छ। सशस्त्र प्रहरी बल नं. ३४ गण कैलालीको टोलीले ५७ लाख बढी मूल्यका लत्ताकपडा बरामद गरेको हो। धनगढी उप-महानगरपालिका वडा नं. ४ स्थित उत्तरखेहडी ईलाकाबाट शुक्रबार ५७ लाख १८ हजार ५ सय रुपैयाँ बराबरका अवैध लत्ताकपडा बरामद गरेको डीएसपी साजेन्द्र श्रेष्ठले जानकारी दिए। उनका अनुसार धनगढी बसपार्कको उत्तरपट्टी उत्तरवेहडीस्थित जस्तापाताद्धारा निर्मित गोदाममा २३ वटा बोरामा प्याक गरी लुकाईछिपाई राखेको अवस्थामा कपडा बरामद गरिएको हो। सशस्त्रले विशेष सूचनाको आधारमा ३४ नम्बर गण हेक्वा कैलालीबाट सशस्त्र प्रहरी उपरीक्षक दलबहादुर पाण्डेको कमाण्डमा खटिएको टोलीले उक्त अपरेसन चलाएको थियो। उक्त बरामद लत्ताकपडा कैलाली भन्सार…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ।तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार साँझ राजीनामा दिएपछि प्रदेश प्रमुखले आज (शुक्रवार) नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्। सुदूरपश्चिममा मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने समय बैशाख २ गतेसम्मका लागि तोकिएको छ। प्रदेश प्रमुख नजिर मिँयाले आज संविधानको धारा १६८ (२) अनुसार दुई वा दुई भन्दा बढी दलको बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई बैशाखको २ गते बेलुकी ५ बजेसम्म मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान गरेका हुन्। ‘माननीय मुख्यमन्त्री कमल बहादुर शाहले २०८० साल चैत २२ गते संविधानको धारा १६९ (१) को खण्ड (क) बमोजिम मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएकाले माननीय प्रदेश प्रमुख नजिर मियाँ…

Read More

महेन्द्रनगर: नेपाल-भारत जोडिएको क्षेत्रमा भारतीय नागरिकको दिनदहाडै गोली हानेर हत्या भएको घटनामा प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले उत्तराखण्डको उद्यमसिंह नगर प्रहरीस्थित नानकमत्ताका नानकमत्ता गुरुद्वाराका डेरा प्रमुख तरसेम सिंहको हत्या प्रकरणमा उनीहरूलाई नियन्त्रणमा लिएको हो। भारतीय प्रहरीका अनुसार गुरुद्वारामा वर्चस्व कायम गर्न १० लाखको सुपारी दिएर तरसेम सिंहको हत्या भएको खुलेको छ। अहिलेसम्म घटनाका मुख्य योजनाकारसहित चारजना पक्राउ परेका छन् भने उनीहरूको साथबाट २ कार पनि बरामद गरिएको छ। यस्तै गोली प्रहार गर्नेको खोजी भैरहेको प्रहरीले जानकारी दिएको छ। प्रहरी स्रोतका अनुसार गोली प्रहार गर्नेहरूले अग्रिम १ लाख ६० हजार लिएका थिए र हत्यापछि ५ लाख लिएर भागेका थिए।…

Read More

धनगढी: बैतडीका पत्रकार कृष्ण बिष्टलाई पितृशोक परेको छ। उनका ५५ वर्षीय बुवा मन्धीर विष्टको बिहीबार राति ट्याक्टर दुर्घटनामा मृत्यु भएको हो। बैतडीको सुर्नयाबाट खोडपे गईरहेको से२त ३६७८ नम्बरको टयाक्टर रातको ११ बजेतिर जयपृथ्वी सिंह राजमार्गको पाटन नगरपालिका– ८ झौलेक मोडमा दुर्घटना भएको थियो। दुर्घटनामा चालक राजेश चौधरी र विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए। राति भएको दुुर्घटनाको शुक्रबार रिपोर्टिङ गर्न गएका बेला सम्बाददाता विष्टले आफ्नै बुवाको दुर्घटनामा निधन भएको थाहा पाएका हुन्। प्रहरीले चालक राजेश केसी र सनाखत हुन नसकेका एकजनाको मृत्यु भएको समाचार पठाएर, विष्ट रिपोर्टिङका लागि मोटरसाईकलमा घटनास्थल गएका थिए। ‘समाचार बनाए,…

Read More

धनगढीः धनगढीबाट काठमाण्डौंका लागि उडेको श्री एयरलाइन्सको जहाज डाइभर्ट भएर पोखरा पुगेको छ। धनगढीबाट आज (शुक्रबार) बिहान १० बजे उडेको जहाज काठमाण्डौं पुग्न नसकेर डाइभर्ट भएको हो। डाइभर्ट भएको सो जहाज पोखरामा आकस्मिक अवतरण गराइएको बताइएको छ। सुरक्षा स्रोतका अनुसार इन्डीकेशनमा समस्या आएकाले जहाज डाइभर्ट भएको हो। जहाजका यात्रुका अनुसार अहिले पनि जहाज पोखरामै छ। यात्रुहरु जहाज अन्तै मोडिदा निकै त्रसित भएका थिए। केही समय अगाडिदेखि श्री एयरमा समस्या देखिदै आएको छ।

Read More

धनगढी : सुदूरपश्चिम सरकारका मुख्यमन्त्रीले हिजो (बिहीबार) राजीनामा दिए। उनले प्रदेश प्रमुखलाई राजीनामा बुझाएका थिए। नेपाली कांग्रेसको सुदूरपश्चिम संसदीय दलका नेता कमलबहादुर शाहले मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन्। उनले राजीनामा दिएसँगै सुदूरपश्चिम प्रदेशमा सरकार काम चलाउ बनेको छ। अब प्रदेश प्रमुखले नयाँ सरकार गठबन्धनका लागि आह्वान गर्नेछन्। तर अहिलेसम्म भने सरकार गठनका लागि आह्वान भैसकेको अवस्था छैन। केन्द्रीय सत्ता गठबन्धन फेरिएको अवस्थामा सुदूरपश्चिममा पनि मुख्यमन्त्री शाहले विश्वासको मत नपाउने भएपछि सरकार ढलेको हो। सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टी (नाउपा) मा संरक्षक रेशमलाल चौधरी (पति) र अध्यक्ष रञ्जिता श्रेष्ठ (पत्नी) बीचको विवादले पार्टीका प्रदेश सभा सदस्य नै विभाजित भएपछि मुख्यमन्त्री…

Read More

बैतडी: बैतडीमा शुक्रबार बिहान ट्याक्टर दुर्घटनामा मृत्युु भएका दुबैजनाकाे पहिचान खुलेकाे छ ।जिल्लाको सुर्नयाबाट खाेडपे जाँदै गरेकाे से २ त ३६७८ नम्बरकाे ट्याक्टर जयपृथ्वी राजमार्गकाे पाटन नगरपालिका ८ झाैलेक माेडमा दुर्घटनामा परेकाे थियाे। दुर्घटनामा परि मृत्यु हुनेमा ट्याक्टर चालक कञ्चनपुरकाे शुक्लाफाँटा नगरपालिका ३ पिपलाडीका ३० वर्षीय राजेश चाैधरी र बैतडीकाे पाटन नगरपालिका १० पनालीका ५० वर्षीय मानबहादुर बिष्ट रहेका बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक खेमबिक्रम केसीले जानकारी दिनुभयाे। उनीहरू दुबैजनाकाे घटनास्थलमै मृत्युु भएकाे प्रहरीले जनाएको छ। दुर्घटनाग्रस्त ट्याक्टर सडकबाट २ सय मिटर तल खसेकाे छ। दुर्घटनाको कारण खुल्न नसकेेकाे र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Read More

धनगढी: नेपाल आइडल सिजन–२ का बिजेता रवि ओडविरुद्ध बलात्कारको मुद्दा परेको छ। हालै चैत २० गते उनकै श्रीमतीले रबिविरुद्ध बलात्कारको जाहेरी दिएकी छिन्। कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमार्फत पत्नीले जाहेरी दिएकोमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका इन्सपेक्टर पुष्कर पन्तले जाहेरी परेर अदालतबाट पक्राउ पुर्जीसमेत जारी भइसकेको बताए। यस्तै उनले फरार रहेका उनलाई पक्राउ गर्ने तयारी रहेको समेत जनाए। ओडको घर कृष्णपुर नगरपालिका, गुलरिया हो। उनी नेपाल आइडलबाट चम्किएर गायक बनेका थिए।

Read More