Author: महेन्द्रनगर पोष्ट

धनगढी: पूर्वयुवराज पारस शाह सुदूरपश्चिममा छन्। अस्ति सोमबार कैलालीको धनगढी पुगेका शाह सुदूरपश्चिमको भ्रमणमा छन्। सोमबार आएर मंगलबार सुटुक्क कैलालीकाे बेहडाबाबा मन्दिरमा दर्शनका लागि पुगेका उनी अहिले महेन्द्रनगर पुगेका छन्। उनी साेमबार धनगढी पुगेर दोस्रो बिहान धनगढी उपमहानगरपालिका-१६ स्थित बेहडाबाबा मन्दिरमा दर्शनका लागि पुगेका थिए। त्यसपछि उनले केही आफ्ना समर्थकका साथ झण्डै ४ घण्टा बिताएको बताइएको थियो। एक युवतीसहितको समूहमा आएका उनले सुदूरपश्चिमका धार्मिकस्थलको दर्शन गर्दै छन्। शाहले सुदूरपश्चिम प्रदेशका धार्मीक स्थलहरुको भ्रमण गर्ने समय तालिकाअनुसार उनी झण्डै एक साता सुदूरपश्चिममै रहने बताइएकाे छ। धनगढीबाट महेन्द्रनगर गएका उनी महाकाली गौशाला अनुसन्धान केन्द्र ब्रह्मदेव महेन्द्रनगर, सिद्धनाथ मन्दिर महेन्द्रनगर, वनदेवी, महाकाल गुरुको…

Read More

बाँके: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उपभोक्ताको हित संरक्षणसम्बन्धी प्रभावकारी नीति निर्माण गरी कार्यान्वयन गर्ने बताउनुभएको छ । बाँकेको नेपालगञ्जमा आज उद्योग वाणिज्य कार्यालयद्वारा आयोजित कार्यक्रममा मन्त्री भण्डारीले संविधानमा उल्लेखित उपभोक्ता हित संरक्षणका लागि उपभोक्ता अदालत गठनलगायत कानुन निर्माण गर्ने जानकारी दिनुभयो । “उपभोक्ताबीच विगतमा भएका कार्यको समीक्षा गर्दै आगामी दिनमा रणनीति तय गरिने छ”, मन्त्री भण्डारीले भन्नुभयो, “उपभोक्ता हित संरक्षण नीति जारी गरिनेछ ।” उक्त सिलसिलामा स्वच्छ बजार र उपभोक्ता हित संरक्षण कार्यलाई प्रभावकारी बनाइने उहाँको भनाइ थियो । मन्त्रालयले अनुचित मूल्य वृद्धि नियन्त्रण कार्यलाई प्रभावकारी बनाउने मन्त्री भण्डारीले उल्लेख गर्नुभयो । कार्यक्रममा सहभागी उपभोक्ताले सीमानाकाबाट हुने चोरी…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख (डीआइजी) रविन्द्र केसीले प्रहरी र प्रहरीका कार्यालयमाथि निगरानी बढाएका छन्। केही दिनदेखि डीआइजी केसीले अनुगमन तथा निगरानी बढाएका हुन्। उनले एक साता अगाडिबाट विभिन्न मातहत कार्यालयको अनुगमन थालेकोमा निरन्तर अनुगमन गरिरहेको जनाएका छन्। सोही क्रममा उनले आज (शुक्रवार) नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगर, कञ्चनपुरको स्थलगत निरीक्षण गरेका छन्। अनुगमनका क्रममा उनले गणको कार्यालय भवन, विभिन्न शाखाहरु, ब्यारेक, मेससमेतको निरीक्षण गर्दै कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिएको बताइएको छ। प्रहरी कर्मचारीहरुले बोलीब्यवहारमा सुधार गर्नुपर्ने, गलत प्रवृती भएका मानिसहरुसंग साँठगाँठ नगर्ने, ब्यक्तिगत फाईदाको लागि आफ्नो अधिकारको दुरुपयोग नगर्ने, प्रहरी आचरणविपरीतका कार्य नगर्ने, कुनै पिरमर्का गुनासाहरु भए…

Read More

काठ्माडौं : अभिनेता पल शाह र गायिक समीक्षा अधिकारी लामो समयपछि एकै ठाउँमा देखिएका छन् । उनीहरुले ‘विन्ध्यवासिनी म्युजिक अवार्ड’ को १४औं संस्करणमा एउटै स्टेजमा पुगेर पुरस्कार थापेका हुन् । पलले ’जाम माया’ बोलको गीतबाट ’बेष्ट पपुलर अवार्ड’ पाएका हुन् । उनले अन्य गीतमा पनि नृत्य प्रस्तुत गरेका थिए । उनी अवार्डको लागि भनेरै हिजो बिहान काठमाडौँ आएका थिए । केही दिनयता पुजार सार्कीको छायांकन र मेला महोत्सवमा व्यस्त रहेको बताउँदै उल्लेख गरेका छन्, ’यहाँबाट सिधै पोखरा जाँदैछु । अब ४/५ दिन जति हुन्छ होला फिल्मको सुटिङ । त्यसपछि महोत्सवको सेड्युल छ ।’ हिजो आयोजित अवार्ड समारोहमा समीक्षाले पनि ’पोखरा…

Read More

काठमाडौं : सरकारले सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको छ । आज बसेको क्याबिनेट बैठकले प्रतिवेदन आवश्यक अध्ययनपछि कार्यान्वन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिएकी छिन् । ‘प्रधानमन्त्रीले प्रष्टसँग गृहमन्त्रीलाई आयोगको प्रतिवेदन कार्यान्वयमा लैजान निर्देशन दिइसक्नुभएको छ’, उहाँले भन्नुभयो, ’अब को कसको मान्छे भनेर चुप बस्ने अवस्था छैन । जो–जो दोषी ठहरिन्छन्, उनीहरूलाई आयोगको प्रतिवेदनअनुसार कारबाहीको दायरामा ल्याउने निर्णय भएको छ । गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको ६१ किलो अवैध सुन राजस्व अनुसन्धान विभागको टोलीले सिनामंगलबाट बरामद गरेको थियो । हङकङबाट मोटर साइकलको ब्रेकशुमा लुकाएर नेपाल भित्र्याइएको उक्त सुन…

Read More

डडेल्धुरा : सुदूरपश्चिममा भिटौलो पर्व सुरु भएको छ। चैत्र महिना सुरु भएसँगै सुदूरपश्चिम प्रदेशमा भिटौलो पर्व सुरु भएको हो । विशेषगरी दाजुभाई तथा दिदीबहिनी बीचको प्रेम सम्बन्ध दर्शाउने पर्वका रुपमा रहेको भिटौलो बैतडी, दार्चुला, डडेल्धुरा, बझाङसहित सीमावर्ती भारतीय गाउँतिर विवाह भईसकेकी चेलीबेटीलाई माइतीका तर्फबाट दाजुभाईले भेट्ने चलनको रुपमा प्रचलित छ। चैत्र महिनालाई खडेरीको महिनाको रुपमा पनि लिने गरिन्छ । महिना दिनसम्म मनाइने यस पर्वमा भण्डारण गरेर राखिएको खाद्यान्न पनि सकिएर जाने भएकाले चेलीबेटीलाई माइतीले मिठो मसिनो खानेकुरा कोसेलीसहित भेट्ने चलन रही आएको छ । परम्परागत कथनअनुसार भारतको कुमाउमा एक दाजुले आफ्नी बहिनीलाई चैत्र महिनामा भेट्ने बताएको र पछि व्यस्तताका कारण…

Read More

काठमाडौंः नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का दुई जना डीएसपी प्रहरी प्रधान कार्यालय तानिएका छन्। सुन तस्करीबारे छानबिन गर्न बनेको उच्चस्तरीय आयोगले कारबाही गर्न सिफारिस गरेको डीएसपीद्वय रुगम कुँवर र दुर्गा दाहाललाई प्रहरी प्रधान कार्यालय तानिएको हो। समितिको प्रतिवेदनले कुँवर र दाहाललाई कारबाही गर्न सिफारिस गरेपछि उनीहरुलाई सीआईबीबाट हटाएर प्रधान कार्यालय तानिएको हो। यस्तै तत्कालीन एसपी सञ्जय सिंह थापालाई पनि कारबाही गर्न आयोगले सिफारिस गरेको छ भने ब्यूरो प्रमुख किरण बज्राचार्यको पनि सरुवा गरिएको छ। सुन काण्डमा मुछिएका एसपी सन्जयसिंह थापा हाल नुवाकोटका जिल्ला प्रहरी प्रमुख थिए। सुसुन काण्डको अनुसन्धानमा आरोपीलाई उन्मुक्ति दिन खोजेको जाँचबुझ आयोगले प्रतिवेदन बुझाएपछि केन्द्रीय…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुख नजिर मियाँले पदभार ग्रहण गरेका छन्। शुक्रबार धनगढी आइपुगेका मियाँले प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहण गरेका हुन्। पदभार ग्रहण कार्यक्रममा बोल्दै प्रमुख मियाँले सबै पक्षसँग समन्वय र सल्लाह गरेर कामकाज गर्ने प्रतिबद्वता जनाएका छन्। मियाँ मुस्लिम समुदायबाट प्रदेश प्रमुख बनेका पहिलो व्यक्ति हुन्। १५ माघ २००८ सालमा अर्घाखाँचीको साविक पालि गाविस– २ तथा अहिलेको पाणिनी गाउँपालिका–८ मा जन्मिएका मियाँलाई सरकारले सुदूरपश्चिमका प्रदेश प्रमुखमा नियुक्त गरेको थियो। बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको सपथ लिएका थिए। उर्दु र नेपाली भाषामा माध्यमिक तहसम्मको अध्ययन गरेका मियाँ एमालेबाट २०६४ सालमा समानुपातिक संविधानसभा सदस्य बनेका मियाँ…

Read More

काठमाडौं : सरकारले आजैको क्याबिनेट बैठकबाट अर्थ सचिव कृष्णहरि पुष्करलाई जिम्मेवारीबाट हटाउनै लागेको छ । सो स्थानमा अर्थ मन्त्रालयकै राजश्व सचिव रामप्रसाद घिमिरेलाई जिम्मेवारी दिन लागिएको अर्थ मन्त्रालय स्रोतले बतायो । पुष्करलाई गत असोज ४ गतेदेखि अर्थ सचिवको जिम्मेवारी दिइएको थियो । बीचमा केही समय उक्त जिम्मेवारीमा नरहेका उनलाई अघिल्लो सरकारले सोही अर्थ सचिवमा सरुवा गरेर ल्याएको हो । यसवीच नयाँ अर्थमन्त्री बर्षमान पुनले नजानु भन्दाभन्दै अस्ति पुष्कर अमेरिका गएको बुझिएको छ । सचिवमा गृहतिर एकनारायण अर्याललाई ल्याइएपछि पुष्करलाई हटाइएको ब्युरोक्रेसीतर्फको यो दोश्रो ठूलो हेरफेर हो ।

Read More

काठमाडौं : सुन तस्करी प्रकरणमा उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालय, नक्सालबाट खटिएको टोलीले सत्तारुढ माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका महासचिव समेत रहेका उनलाई पक्राउ गरेको हो । २ साउनमा बरामद ६० किलो सुन तस्करी प्रकरणका मुख्य आरोपी दावा छिरिङसँग उनको सम्बन्ध देखिएपछि पुन छानबिनको दायरामा परेका थिए । तर, सीआईबीले गम्भीरतापूर्वक अनुसन्धान नगरी उनलाई उन्मुक्ति दिएको सुन जाँचबुझ आयोगको प्रतिवेदनमा पनि उल्लेख छ । सुनसम्बन्धी जाँच आयोगले पनि बिहीबार बुझाएको प्रतिवेदनमा पुनविरुद्ध अनुसन्धान नगरी सीआईबीले उन्मुक्ति दिएको निष्कर्ष निकालेको थियो । सुन प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका दावा छिरिङसँग दिपेशको बाक्लो…

Read More