Author: महेन्द्रनगर पोष्ट

काठमाडौं । पश्चिमी र स्थानीय वायुको प्रभाव रहँदा मंगलबार केही भूभागमा बर्षासँगै हावाहुरी र हिमपातको सम्भावना रहेको छ । बिहान सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाका जनाएको छ । दिउँसो पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक…

Read More

काठमाडौं: चैत्र शुक्ल अष्टमी अर्थात चैतेदशैँ। शक्तिस्वरूपा भगवतीको आराधना गरी मनाइँदै छ। चैत्र शुक्ल पक्षलाई ‘वासन्ती नवरात्र’ भनिन्छ। शारदीय नवरात्रमा जस्तै ९ दिनसम्म देवीको उपासना गर्ने परम्परा छ। नवरात्रको पूरै विधि नगर्नेले भने अष्टमीमा देवीको आराधना गर्छन्। वर्षमा चारवटा नवरात्र हुने भए पनि शारदीय र वासन्ती नवरात्रको महत्त्व रहेको धर्मशास्त्री प्राडा रामचन्द्र गौतम बताउँछन । यसै पक्षमा देवीको आराधना गरी मर्यादापुरुष श्रीरामले रावणमाथि विजय प्राप्त गरेको बताइन्छ। चैतेदशैँका अवसरमा देवीभागवत तथा चण्डी पाठ गर्ने र शक्तिपीठमा दर्शन गर्न जाने परम्परा छ। नवरात्रमा शक्तिपीठमा पशुबलिसहित पूजा गर्ने चलन रहेको छ।

Read More

धनगढी: नेपाल सद‍्भावना पार्टी नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट अलग भएको छ। एक विज्ञप्ति जारी गर्दै पार्टीको एकता तोडिएको जनाइएको छ। एकताको सहमति पूरा नगरेको र नाउपामा श्रीमान् (रेशमलाल चौधरी) र श्रीमती (पार्टी अध्यक्ष रन्जिता चौधरी)को विवादका कारण देश र जनताको लागि पार्टी सञ्चालन हुन नसकेको भन्दै नाउपाबाट नेपाल सद‍्भावना पार्टी अलग भएको हो। नेपाल सद‍्भावना पार्टीका केन्द्रीय अध्यक्ष रामकुमार महतोद्वारा जारी विज्ञप्ति अनुसार नाउपा व्यक्तिगत स्वार्थ पूरा गर्न तर्फ अग्रसर भएको समेत उल्लेख छ। नाउपा र नेपाल सद्भावना पार्टीबिच गत भदौ १४ गते एकीकरण गर्ने सम्झौता भएको थियो।

Read More

धनगढी: नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी आजदेखि सहायक रथी गौरवकुमार केसीलाई दिइएको छ। यस अगाडि सैनिक जनसम्पर्क तथा सूचना निर्देशक एवं नेपाली सेनाको प्रवक्ताको जिम्मेवारीमा रहेका सहायक रथी कृष्णप्रसाद भण्डारीले केसीलाई जिम्मेवारी हस्तान्तरण गरेका हुन्। उनलाई औपचारिक रुपमा प्रवक्ताको कार्यभार हस्तान्तरण गरिएको बुझिएको छ। प्रवक्ता केसी यसअघि पोखरास्थित ३ नम्बर बाहिनी प्रमुख थिए। प्रवक्ताबाट भण्डारी सैनिक अभिलेखालयको जिम्मेवारीमा पुगेका छन्।

Read More

धनगढी: कञ्चनपुरसँग जोडिएका नेपाल–भारत सीमा नाका बन्द हुने भएका छन्। सोमबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सूचना जारी गर्दै यही वैशाख ४ देखि ७ गतेसम्म सीमा नाका बन्द हुने जनाएको हो। भारतको लोकसभा सामान्य निर्वाचनको सिलसिलामा जनपद चम्पावत अन्तर्गत प्रथम चरणको मतदान ७ गते भएकाले ४ गते बेलुकी ५:१५ बजेदेखि मतदान नसकिँदासम्म कञ्चनपुरसँग जोडिएका गड्डाचौकी र ब्रह्मदेव सीमा नाका बन्द हुने सूचनामा उल्लेख छ।   तर अत्यावश्यक सेवा भने खुला रहने कञ्चनपुर प्रशासनले जनाएको छ।

Read More

धनगढी: भारतले डोटीमा क्याम्पस भवन बनाइदिने भएको छ। बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरवबहादुर साउद र काठमाडौंस्थित भारतीय राजदूतावासका सेकेन्ड सेक्रेटरी प्रशान्तकुमार सोनाले संयुक्त रुपमा केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पस भवनको शिलान्यास गरेका छन्। भवन भारत सरकारको दुई करोड ८९ लाख रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुने बताइएको छ।  यसैबीच भारत सरकारले नेपालका विभिन्न जिल्लाका लागि ३५ वटा एम्बुलेन्स र ६६ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरेको छ। काठमाडौंस्थित भारतीय राजदूतावासले आयोजना गरेको एक कार्यक्रममा अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा उक्त सवारी साधन हस्तान्तरण गरेको हो। हस्तान्तरित १०१ सवारी साधनमध्ये दुईवटा एम्बुलेन्स दूूतावासका प्रतिनिधिले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम जिल्लामै पुगेर प्रमुख जिल्ला अधिकारी…

Read More

धनगढी: सामाजिक सञ्जालमा नेकपा एमाले नेता ऐन महरसँग नाम जोडिदै चर्चामा आएकी रश्मिला कुमारी धामी पक्राउ परेकी छन्। बझाङ स्थायी घर भएकी धामीलाई प्रहरीले हिजो (आइतबार) काठमाडौंबाट पक्राउ गरेको हो। साइबर व्युरो स्रोतका अनुसार उनलाई पक्राउ गरेर आज म्याद थप गर्ने तयारी भैरहेको छ। अनेरास्ववियुकी निलम्बित स्थायी कमिटी सदस्य राजमती बम उर्फ रक्षाले धामीविरुद्ध विद्युतीय कारोबार अन्तरगत मुद्दा दायर गरेकी थिइन्। सोही मुद्दामा अदालतले दोषी ठहर गरेपछि साइबर ब्युरोले उनलाई समातेको हो। यस्तै उनीविरुद्ध हालसालै पनि सोही प्रकृतीको मुद्दा परेको थियो। अहिले प्रहरीले दुबै मुद्दाको कारबाही अगाडि बढाएको जनाइएको छ। पहिले बमले दायर गरेको मुद्दामा भने जिल्ला अदालत काठमाडौंले गत…

Read More

धनगढी: धनगढीकी अन्जु पुरीको उपचारका लागि सहयोग गरिएको छ। राष्ट्रिय युवा संघ नेपाल धनगढी उपमहानगरपालिकाका अध्यक्षसमेत रहेका अभिषेक लोक नाथको टिमले पुरीलाई सहयोग गरेको हो। नाथको टिमले पुरीको परिवारलाई रकम संकलन गरेर अढाइ लाख बढी रकमको चेक हस्तान्तरण गरेको जनाएको छ। धनगढी उपमहानगरपालिका-२ की अनु पुरीको फोक्सोको क्यान्सर रोगबाट ग्रसित भई हाल भारतको नयाँ दिल्लीस्थित राजिव गान्धी क्यान्सर अस्पतालमा उपचार भैरहेको छ। उनको उपचारमा आर्थिक समस्या भएपछि सहयोग जुटाइएको बताइएको छ।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशमा कांग्रेसहितको समीकरणमा जाने एकीकृत समाजवादीको कदमको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आलोचना गरेका छन्। कांग्रेसकोपछि लागेर दक्षिणपन्थी अवसरवादी चरित्र देखाएको भन्दै उनले आलोचना गरे। आज संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एकीकृत समाजवादीले अराजनीतिक निर्णय गरेर जनतामा निराशा थप्ने काम गरेको आरोप लगाए।  ‘हिजो मात्रै एस भन्ने पार्टी छ। त्यस पार्टीले हामीसँग हुँदा पहिलो कार्यकाल नाउपालाई मुख्यमन्त्री दिन नसक्ने। तर, कांग्रेससँग नजिक भएर जाँदा नाउपालाई दिनसक्ने भनेर अराजनीतिक निर्णय लियो’, उनले भने। ‘सुदूरपश्चिममा दक्षिणपन्थी अवसरवादी चरित्र प्रकट भयो। कम्युनिस्ट बोर्ड राख्ने काम चाही विदेशीको हितमा काम गर्ने गरेको देखियो’, उनले भने, ‘तर यसले केही फरक…

Read More

धनगढी: सुदूरपश्चिममा नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी(नाउपा) लाई समर्थन गर्ने निर्णय गरेको छ। अल्पमतमा परेर राजीनामा दिई काम चलाउ सरकारका मुख्यमन्त्री समेत बनेका प्रदेश संसदीय दलका नेता कमलबहादुर शाहको अध्यक्षतामा सोमबार बिहान बसेको संसदीय दलको बैठकले नाउपालाई समर्थन गर्ने निर्णय गरेको हो। कांग्रेस–नेकपा एकीकृत समाजवादीको समर्थनमा नाउपाका लक्ष्मणकिशोर चौधरीले आइतबार मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए भने नाउपाकै कैलाश चौधरीले एमाले–माओवादी र स्वतन्त्र सांसदको समर्थनमा दाबी पेश गरेका थिए। एउटै पार्टीबाट दुई जनाको दाबी परेको भन्दै प्रदेश प्रमुख नजिर मियाँले तत्काल कुनै निर्णय लिएका छैनन्। मियाँले दुवै पक्षलाई कानुनी परामर्श गर्ने र आवश्यक परेमा सांसदको सनाखत…

Read More