Author: महेन्द्रनगर पोष्ट

धनगढीः भारतको पुनेबाट गौरीफन्टाआइरहेको बसमा आगो लागेको छ। भारतको मध्य प्रदेशमा आइतबार बिहान नेपाली सवार बसमा आगो लागेको हो। भारतबाट नेपालीहरू पठाइएको गाडीमा आगो लागेको बताइएको छ। तर, भारतबाट नेपालीहरू पठाउने समितिको बारेमा खुलेको छैन। बसमा चल्दाचल्दै आगो लागेको बताइएको छ। बस जलेर नष्ट भएको छ। मानवीय क्षति नभएको बसमा सवारहरूले बताएका छन्। बसमा सवारहरू अहिले बाटोमा अलपत्र परेका छन्।

Read More

काठमाडौं : नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको आयोजनामा गुल्मीमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीमा सम्पन्न शिबिरमा २ बढी सेवाग्रहीले सेवा लिएका छन् । एक दिने निःशुल्क शिबिरमा प्रहरी कर्मचारी र आम नागरिकको सहभागिता रहेको थियो । शिबिरमा १०७ जना पुरुष, १०० जना महिला गरि २०७ जनाले सेवा लिएका थिए । जसमध्ये स्त्रीरोग गाइनोलोजिष्ट तर्फ महिला ५७ जनाले, नेत्र परिक्षण ९० जना, भिडियो एक्सरे १०४ जना, फिजिसियन १३१ जना, इसिजि ७५ जना र ल्यावमा ११९ जनाले शिविरमा नि।शुल्क स्वास्थ्य सेवा लिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक किरण सापकोटाले बताए निःशुल्क स्वास्थ्य…

Read More

काठमाडौं : नेपाली सेनाले ठूलो संख्यामा महासेनानी (कर्णेल) र प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) पदका लागि बढुवाको सिफारिस गरेको छ । नेपाली सेनाको सैनिक सचिव विभागका अनुसार नेपाली सेनाको कर्णेल (महासेनानी) पदमा ४८ जना र प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) मा ८९ जना बढुवाका लागि सिफारिस भएका छन् । सेनाले बढुवा सिफारिस उपर चित्त नबुझेमा एक साताभित्र उजुरी गर्न सकिने पनि जनाएको छ । को–को भए बढुवा सिफारिस ? https://drive.google.com/file/d/16-GKORWukj8kOmFInxFmp9SgLXlHiQLB/view

Read More

काठमाडौं : तनहुँको व्यास नगरपालिका–५ सांगे शेरामा एक महिलाको हत्या भएको छ । ३५ वर्षका जीतबहादुर कुमालले धारिलो हतियारले हिर्काउँदा ३२ बर्षकी सुकमाया कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी अपिलराज बोहराले जानकारी दिए । जीतबहादुर र सुकमाया श्रीमान श्रीमती हुन् । शनिबार दिउँसो सवा ४ बजे भएको उक्त घटनाका विषयमा अनुसन्धान भइरहेको एसपी बोहराले बताए । प्रहरीले जीतबहादुरलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ ।

Read More

काठमाडौं : नेपाली सेनाका १४१ जना क्याप्टेनलाई मेजरमा बढुवा गरिएको छ । सैनिक मुख्यालय जंगी अड्डाले सुचना प्रकाशित गरि बढुवा गरेको जनाएको हो । file:///C:/Users/unique%20computer%20hous/Downloads/Promotion%20(1).pdfPromotion (1)

Read More

काठमाडौं : आगामी वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ का लागि विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी २० जनाको उम्मेदवारी दर्ता भएको छ । शनिवार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म राजनीतिक दलबाट १२ जना र ८ जना स्वतन्त्र व्यक्तिले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन । मनोनयन दर्ताका लागि साँझ ५ बजेभित्र पुगेका उम्मेदवारहरूको ६ बजेसम्म उम्मेदवारी दर्ता गरिएको छ । इलाम २ मा नेकपा एमालेबाट सुहाङ नेम्वाङ, नेपाली कांग्रेसबाट डम्बर खड्का, नेकपा एसबाट जितबहादुर राई, जनमत पार्टीबाट प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीबाट श्यामबहादुर दर्जी, मंगोल नेश्नल अर्गनाइजेशनका मनीबहादुर लिम्बूले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन…

Read More

धनगढी : वैशाख १५ गते हुने प्रदेश सभा उपनिर्वाचनका लागि बझाङमा विभिन्न राजनीतिक दलबाट १२ जनाको उम्मेदवारी परेको छ। बझाङ निर्वाचन क्षेत्र १ को ‘क’ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएकोले त्यहाँ उपनिर्वाचन हुन लागेको हो। गत ५ असारमा प्रदेश सरकारका मन्त्रीसमेत रहेका सिंहको सवारी दुर्घटनामा परेर निधन भएको थियो। उनी नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए। बझाङका मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले अहिले हुन लागेको उपनिर्वाचनका लागि शनिबार निर्धारित गरिएको समयमा १२ जनाको उम्मेदवारी दर्ता भएको बताए। नेपाली कांग्रेसले बझाङका पूर्वजिल्ला सभापति समेत रहेका उनै स्वर्गीय सिंहका छोरा अभिषेकलाई उम्मेदवार बनाएको छ। अभिषेकले दिउँसो २ बजे मुख्य निर्वाचन अधिकृतको कार्यालय…

Read More

धनगढी : बझाङमा हुन गइरहेको प्रदेश सभा उपनिर्वाचनका लागि नेपाली कांग्रेसबाट अभिषेकबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका छन । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला मन्त्री एवं प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएपछि यहाँ वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । अभिषेक स्वर्गीय सिंहका जेठा छोरा हुन् । अभिषेकले नारा जुलुससहित नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता लिएर उम्मेदवारी दर्ता गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । बुवाको बार्षीकीमा रहेका अभिषेकले सेतो कपडामै उमेदवारी दर्ता गरेका थिए । उम्मेदवारी दर्तापछि संक्षिप्त प्रतिक्रिया दिदै अभिषेकले आफु गलत काम नगर्ने र झुटा नबोल्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने-‘बझाङी जनताको दुखमा साथ दिनुपर्छ…

Read More

धनगढी : बैतडीका एक युवक मृत फेला परेका छन् । जिल्लाको पुर्चौडी नगरपालिका-५ दहताल टोलका ३० वर्षिय जगदिश बोहरा शनिबार मृत फेला परेका हुन् । बोहरा आफ्नै घर भित्र झुण्डीएको अवस्थामा मृत भेटिएका पुर्चौडी नगरपालिका-५ का वडा अध्यक्ष नागिसिंह खडायतले जानकारी दिए । मृतक बोहराको घरमा श्रीमती र एक छोरा रहेका छन् । झण्डै १० वर्ष वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा बसेका बोहरा गत पुस महिनामा मात्रै नेपाल फर्किएका थिए । बोहराले पासो किन लगाए भन्ने कुरा खुलेको छैन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Read More

काठमाडौं : चौलानी ग्रुपले धनगढीमा सवा एक अर्ब लगानीमा पाँचतारे होटल निर्माण गरिरहेको छ । ग्रुपको क्लब चौलानी प्रालिले १ अर्ब २२ करोड ५० लाख रुपैयाँमा ‘लेमन ट्री होटल’ ब्राण्डमा पाँच तारे होटल निर्माण गरिरहेको छ । कम्पनीले चेन होटल लेमन ट्री होटल लिमिटेडसँग सम्झौता गरेर उक्त ब्राण्ड नेपाल भित्र्याएको हो । कम्पनीले होटलमा ८० वटा सुविधासम्पन्न होटल हुने जनाएको छ। डा.राजेन्द्र केसी अध्यक्ष रहेको कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि ९५ करोड ६६ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ९३ करोड ५६ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि २ करोड १० लाख रुपैयाँको रेटिङ गराएको…

Read More