Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: नेकपा एमालेका पोलिटव्युरो सदस्यसमेत रहेका नेता महेश बस्नेतविरुद्धको मुद्दा खारेज गरिदिएको छ। बस्नेतविरुद्ध शाेभा पाठकले हालेको मुद्दा उच्च अदालत पाटनले खारेज गरिदिएको हो। यस अघि जिल्ला अदालत काठमाडौंमा हालेको मुद्दा पनि खारेज भएपछि ती महिलाले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई विपक्षी बनाएर उच्च अदालत पाटनमा रिट दायर गरेकी थिइन्। दायर रिटमा सुनुवाई गर्दै न्यायाधीश ऋषि राजभण्डारी र खडानन्द तिवारीको संयुक्त इजलाशले खारेज गर्ने निर्णय गरेको उच्च अदालत पाटनका रजिष्ट्रार श्रीलाल पौडेलले जानकारी दिए। एमाले नेता बस्नेतविरुद्ध ति महिलाले बलात्कार, भ्रुण हत्या तथा डकैतीको आरोप लगाउँदै मुद्दा हालेकी थिइन्। ती महिलाले बस्नेतबाहेक अरु केही पुरुषलाई पनि ब्ल्याकमेल गरेर दु:ख दिएको…

Read More

काठमाडौं: घुससहित पक्राउ परेका प्रहरी हवल्दारविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका हवल्दार डुकबहादुर खड्का क्षेत्रीविरुद्ध मुद्दा दर्ता गरिएको छ।  उनीविरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ। आयोगको बुटवलबाट खटिएको टोलीले गत साउन ३१ गते उनलाई १५ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो। अनुसन्धानको क्रममा रुपन्देहीको भगवानपुर नाका हुँदै भारतबाट भन्सार छलीका घरायसी सामान ल्याउन सहजीकरण गरिदिने भनी उनले सेवाग्राहीसँग घुस लिएको खुल्न आएको अख्तियारले जनाएको छ।  अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम १५ हजार रुपैयाँ बिगो कायम गरी कैद र जरिवाना हुन मागदाबीसहित मुद्दा दायर…

Read More

काठमाडौं: ६० किलो सुन तस्करी प्रकरणमा ठमेलस्थित क्यासिनो वाल्डोका सञ्चालक फ्लोरेन्स पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले छायाँ सेन्टरमा रहेको क्यासिनोका सञ्चालकलाई मंगलबार पक्राउ गरेको हो। फ्लोरेन्सको सुन तस्करीमा संलग्न चिनियाँ तस्कर समूहसँग सम्बन्ध रहेको खुलेको थियो। मुख्य आरोपी याओ पुचिङ नियमित रुपमा यो क्यासिनो जाने र हुण्डी कारोबार गर्ने गरेको भेटिएको थियो।

Read More

धनगढी: नेपाल प्रहरीका ३ डीआईजीको सरुवा भएको छ। आज (बुधबार) गृह मन्त्रालयले प्रहरीका ३ डीआईजीको सरुवा गरेको हो। डीआईजीत्रयको सरुवा भएको प्रहरी प्रधान कार्यालय नक्सालका प्रवक्ता तथा डीआईजी दानबहादुर कार्कीले महेन्द्रनगरपोष्टलाई जानकारी दिए। जसमा डीआईजी लालमणी आचार्यलाई मधेस प्रदेश पठाइएको छ। आचार्य, भरतपुर तालिम केन्द्रमा कार्यरत थिए। यस्तै डीआईजी राजेशनाथ बास्तोलालाई भरतपुरस्थित प्रहरीको शिक्षालय र मधेशका डीआईजी यज्ञविनोद पोखरेललाई हेडक्वार्टर तानिएको छ।  पोखरेललाई अहिले प्रदेश समन्वय विभागमा सरुवा गरिएको हो। यस अगाडि उनीमाथि तराईका तस्कर र बिचौलियाबाट अनुचित लाभ लिएको भन्दै प्रहरी प्रधान कार्यालयले छानविन गरेको थियो। उनले खटाएका घुमुवालाई समेत झिकाएर प्रहरी प्रधान कार्यालयले विस्तृत छानविन गरेको थियो। अब…

Read More

काठमाडौं: कमेडीमा ‘इकु’ को नामले परिचित कलाकार सुलेमान शंकर ठगी आरोपमा पक्राउ परेका छन्। कलाकार भिसामा विदेश पठाइदिन्छु भन्दै ठगेपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई नियन्त्रणमा लिएको छ। उनलाई हिजो बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) होविन्द्र बोगटीले बताए। काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थपेर शंकरमाथि अनुसन्धान थालिएको उनले जानकारी दिए।  ‘उनलाई हिजो बूढानीलकण्ठबाट पक्राउ गरिएको छ। कलाकार भिसामा विदेश पठाइदिन्छु भनेर ठगेको आरोपमा अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेका छौं’,उनले भने।  गत कात्तिकमा उनीसहितको टोली जुवातास खेलेको आरोपमा पक्राउ परेका थियो। जिल्ला प्रशासन कार्यालय, काठमाडौंको आदेशपछि १५–१५ हजार रुपैयाँ धरौटीमा उनीहरुलाई छोडिएको…

Read More

काठमाडाैं: भारतीय वन विभागले काम गर्न गएका नेपाली मजदुरलाई पक्राउ गरेको छ। सीमावर्ती भारतीय बजार चन्दन चौकीमा घर बनाउने काम गर्न गएका मजदुर कैलालीकाे कैलारी गाउँपालिका–३ का ७० वर्षीय सलेफु चौधरी र ३५ वर्षीय सोनु गिरीलाई वन विभागले पक्राउ गरेको हो। उनीहरुलाई पक्राउ गर्नुको कारणबारे यथेष्ट जानकारी प्राप्त हुन नसके पनि वन क्षेत्रमा पर्ने बजारमा घर बनाउन आएको भन्दै पक्रेर लखिमपुर पुर्याएको स्थानीयले जानकारी दिएका छन्। चन्दन चौकी बजार दुधुवा नेशनल पार्क क्षेत्रमा रहेको छ। सो बजारमा गुप्ता मिष्ठान भण्डारको घर बनाउन गएका दुवै मजदुरलाई भदौ १७ गते वन विभागले पक्राउ गरेको स्थानीय जीतबहादुर चौधरीले जानकारी दिए। पक्राउ गरेका दुवैलाई…

Read More

काठमाडौं: अमेरिकामा एक अर्का नेपालीको मृत्यु भएकाे छ। पूर्व रुकुमको भुमे ७ धर्मशालाका ३९ वर्षीय भरत रोका मगरको सोमबार मृत्यु भएको हाे। उनी ७० लाख रुपैयाँभन्दा बढी रकम खर्च गरेर झण्डै २ वर्ष अगाडि विनाभिसा मेक्सिकोको सिमाक्षेत्रबाट अमेरिका गएकाे नेपयाेर्कले जनाएकाे छ। रोकामगर हालैमात्र बोस्टनमा बसाई सरेर काम गर्न थालेको जनाइएको छ। हृदयघातपछि तीनदिन अगाडि अस्पतालमा भर्ना गरिएका उनलाई सोमबार दिउँसो अस्पतालले मृत घोषणा गरेको थियो। यस्तै उता अस्ट्रेलियाको सिड्नीमा एक नेपाली युवती मृत भेटिएकी छिन्। आइतबार राति सिड्नीकाे सेन्ट्रलस्थित एक पार्कमा झापाकाे मेचीनगर नगरपालिका-४ धाइजनकी २७ वर्षीया दिक्षा सिवाकोटी मृत भेटिएकी हुन्। उनको मृत्युबारे स्थानीय प्रहरीले अनुसन्धान अगाडि बढाइसकेको…

Read More

काठमाडौं: उपसभामुख इन्दिरा रानामगरलाई हटाउने चर्चाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन्। आज साँझ ५ बजे सिंहदरबारमा डाकिएको बैठकले प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने जनाइएको छ। प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रमुख प्रतिपक्षी दलका नेता र उपसभामुख सदस्य रहने व्यवस्था छ। अहिलेको संरचनाअनुसार परिषदमा सत्ता र प्रतिपक्षको ५०–५० प्रतिशत प्रतिनिधित्व देखिन्छ। कुनै विषयमा सर्वसम्मत हुने अवस्था नरहे परिषद बैठकले बहुमतका आधारमा निर्णय गर्छ। त्यसकारण प्रधानमन्त्री ओलीले आफू अनुकूल बनाउन उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने योजना बनाएको चर्चा चलिरहँदा परिषद बैठक डाकिएको छ। प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठको आगामी असोज २० गतेदेखि अनिवार्य अवकाश हुँदै छ।…

Read More

धनगढी: बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सुर्नया गाउपालिका-८ की १८ वर्षीया सविना महरा रहेकी छन्। सुर्नया गाउँपालिका-८ ढुंगाकोटमा बाचपानीबाट दोराका लागि छुटेको जिप दुर्घटना भएको थियो। उक्त दुर्घटनामा परी गम्भीर घाइते भएकी सविनालाई थप उपचारको लागि धनगढी लगिएको थियो। उपचारकै क्रममा मंगलबार राति मृत्यु भएको प्रहरीले जनाएको छ। जिप दुर्घटनामा परी घाइते भएका अन्य चार जना उपचारपछि घर फर्किएका छन्। चालकसमेत रहेका सुर्नया गाउँपालिका- ७ का लालबहादुर कुँवर, सुर्नया- ८ का २१ वर्षीय कृष्ण मडै, सोही ठाउँका ४५ वर्षीय मानबहादुर महरा र ४० वर्षीय धनबहादुर महरा डडेल्धुरामा उपचार भएपछि घर फर्किएका हुन्। कच्ची सडकमा…

Read More

काठमाडौं: नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाको सुदृढीकरणको लागि सातवटा लक्ष्य समेटिएको ‘प्रधानसेनापति कमाण्ड मार्गनिर्देशन, २०८१’ जारी गर्ने घोषणा गरेका छन्। प्रधानसेनापति भएको भोलिपल्ट मंगलबार सकलदर्जालाई सैनिक मुख्यालय जंगीअड्डाको सभाहलमा सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेका हुन्। “राष्ट्रिय सुरक्षा, सांगठनिक सुदृढीकरण तथा व्यवस्थापन, अपरेसनल क्षमताको विकास, सैनिक सूचना प्रणालीको प्रभावकारिता, समयसापेक्ष तालिम तथा शिक्षा प्रणाली, सबल बन्दोबस्ती र कल्याणकारी कार्यको दिगोपना तथा सेवा विस्तार जस्ता महत्त्वपूर्ण क्षेत्रहरूलाई प्राथमिकतामा राख्दै सात (७) वटा लक्ष्य समावेश गरी ‘प्रधानसेनापति कमाण्ड मार्गनिर्देशन, २०८१’ जारी हुनेछ,” प्रधानसेनापति सिग्देलले भने। सम्बोधनका क्रममा उनले सबैभन्दामाथि संस्था रहेको हुँदा सबैलाई खुसी बनाउनेभन्दा पनि समग्र संस्थाको हितको लागि कार्य…

Read More